गोरख ब धामी ( Bsc Ag) |
मानिसहरु आशा गर्छन, त्यही अनुरुप उनिहरु आफ्नो समय सेट गर्छन। स्टपवाच कुदाउछन, आफू पनि कुद्छन ,तर खुट्टा मुनि कहिलै हेर्दैनन, त्यहा सुन फलेको नि हुन सक्थ्यो, तर उनिहरु यो सोच्दछन कि यो मेरो खुट्टा हो, मेरो खुट्टामुनी केही पनि फल्न सक्दैन। अर्थात खुट्टा मुनिको माटोलाइ नजरअन्दाज गर्दै दगुर्दछन। आजै पनि कयन युवाहरू त्यसै गरि दगुरेका छन/ कयन दगुर्दै छन, कयनले जुत्ताको तुनाहरु कसि रहेका छन। अरुले देखाईदेका सम्भावना हरु बाट हामी सधै खुसी हुन्छौ, आफुले सम्भावना देख्न जान्दैनौ, या मैले देख्नै सक्दिन भनेर आँखा चिम्ली दिन्छौ। भर्खरै युवा किर्षी उध्यम सम्मेलन सम्पन भएको छ। युवाहरूलाई किर्षी तथा उद्यम तिर आकर्सित गराउने मामलामा थोरै भय पनि ईट्टा थप्ने काम त्यसले गरेको छ। यसै सन्दर्भ लाई लिएर नेपालमा धेरै सम्भावना बोकेको र युवाहरूलाई कृषिमा तान्न सक्ने ब्यबसायिक रुपमा खेती गरेमा सार्है फाईदा हुनसक्ने बाली अलैचि खेतिका बिगत बर्तमान र भबिस्यका पाटाहरु माथी प्रकाश पार्ने कोशिश गरेको छु।
पृष्ठभुमि
नेपालकै एक महत्त्वपूर्ण निर्यातमुखी नगदेवाली एवं मसला बालिको रुपमा अलैची लाई महत्वका साथ हेर्ने गरिन्छ। भारतमा सिमा जोडिएका पुर्वान्चल क्षेत्रका पहाडी जिल्लाहरु (ईलाम , ताप्लेजुङ ,पाँचथर)बाट करिव २०० बर्ष अघि बाट सुरु भएको अलैची खेती हाल आएर देशका सबै मध्य पहाडी जिल्लाहरूमा बिस्तार हुन थालेको छ । आ.व २०६५/०६६ सम्ममा नेपाल अधिराज्यका ३९ जिल्लाहरुमा बिस्तार भैसकेको र ती जिल्ला हरुमा जम्मा १४४७० हेक्टर जमिनमा गरिएको छ। जसमध्ये ११८४९हे.झन्डै ८२% क्षेत्रफल उत्पादन को अवस्थामा रहेको र जसबाट ७०३७ मेट्रीक टन यसको उत्पादन भैरहेको कुरा अनुसन्धान हरुले देखाउदछन ।उत्पादनको झण्डै ९७%पुर्वान्चल क्षेत्र बाट उत्पादन भएको देखिन्छ,, देशका अन्य क्षेत्रहरुमा जम्मा जम्मी ३% मात्रै उत्पादन भैरहेको तथ्य हामी माझ छ। नेपालबाट उत्पादन भएको अलैंची भारत लगायत समुन्द्र पारिका अन्य देशहरुमा निर्यात हुने गर्दछ जसबाट करिव १ अरव ३२ करोड बराबरको बिदेशी मुन्द्रा आर्जन भैरहेको छ। देशका थोरै जिल्ला हरुमामात्रै व्यबसायिक रुपमा खेती भैरहेको यसको खेति लाई अझै आधुनिक बनाउनु आजको आवस्यकता हो।
सम्भावना र चुनौतीहरु
नेपालको भौगोलिक अवस्था र वातावरणले गर्दा देशै भरी अलैची खेती उत्पादन हुन सक्ने सम्भावना प्रशस्त रहेको छ। नेपालको समुन्द्री सतह बाट ६००-२१०० मिटर सम्मको तुषारो, असिना नपर्ने,बढी ओसिलो /सेपिलो , छहारी भएको , उत्तर पुर्वी मोहडा भएको केही भिरालो,पानी नजम्ने बढी तातो पर्ने, पुर्व देखि पश्चिमसम्मको सबै मध्य -पहाडी क्षेत्रहरुमा अलैचीको व्यबसायिक रुपमा खेती गर्न सकिन्छ।
नेपालको भौगोलिक अवस्था र वातावरणले गर्दा अलैंची खेति हुन सक्ने सम्भावना प्रशस्त रहेको कुरा हामी माझ छर्लङ्ग छ। आंशिक रुपमा भएपनी सुठो तथा अलैची बिकास शाखा खुमल्टार र अलैंची बिकास केन्द्र फिक्कलमा आ.व.२०५४/०५५ मा भएको अलैची उत्पादन अनुसन्धान तथा बजार गोष्ठीबाट प्राप्त प्रोसेसिङ्को अनुमान अनुसार हाल सम्म थप ३४८० हे. क्षेत्रफलमा खेती गर्ने सम्भावना रहेको पाईएको छ।

खेर गइरहेको कमसल जग्गामा समेत सफलता पुर्वक खेती गर्न सकिने अलैची ग्रामीण किर्षक हरुको आय आर्जनमा सघाउने नगदेवाली भएकाले यसले बसाइँसराइ कम गर्न समेत सहयोग पुग्न सक्दछ! पहाड बाट बर्सेनि कयौं मानिसहरू खुसी जीवन र नोकरी खोज्न सहर तथा तराई तिर भौतारिने जीवन पद्दती बाट छुटकारा दिलाउन एउटा चिट्ठा साबित हुन सक्ने कुरामा कसैको दुइमत छैन।
अलैची आफैमा निर्यात मुखी बाली भएकाले बिदेशी मुन्द्रा को आर्जन गर्ने सुनौलो मौका पनि हामी माझ छ ।अहिले उत्पादन भैरहेको अलैंची ले मात्रै पनि अरबौ बिदेशी मुन्द्रा आर्जन भैरहेको तथ्य हरुले देखाउछन ।
अवको आवश्यकता भनेको अलैंची बाट आयातित रकम लाई अलैंची खेतिकै बिकासमा खर्च गर्नु हो । देशको उत्पादनको ९७% धानिरहेको पुर्वान्चल बिकाश क्षेत्र जस्तै अरु बिकास क्षेत्रका सम्भाबित जिल्ला हरुमा अलैंची खेती बिकास गर्न सकिएमा अहिलेको उत्पादन भन्दा दसौ गुना उत्पादन बढाउन सकिन्छ !
नगदे वालिको रुपमा परिचित यस बालीको उत्पादन बिक्री नभएको वा अनुकुल नभएको अवस्थामा पनि सजिलै भण्डार गर्न सकिने र यो बाली एक औद्योगिक बाली भएकाले पनि मसला उद्योग हरुमा कच्चापदार्थ को रुपमा प्रयोग गर्न सकिन्छ!
विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग हुने अलैंचीको देशमै उचित प्रसोधन तथा व्यबस्थापनको खाचो छ । पहाडी भेगमा बर्षेनी भूक्षय तथा बाढिपहिरो ले ठूलो मात्रामा माटो नास भैरहेको अवस्थामा खेती गरिदा माटो पनि नबग्ने र भु-संरक्षणमा समेत सघाउने हुदा यसको खेती गर्दा दुईपक्षिए फाईदा समेत हुने गर्दछ।

नेपालका सबैजसो पहाडी भागमा व्यावसायिक रुपमा खेती गर्न सकिने अलैंची खेती युवा शसक्तिकरणको एउटा पाटो बन्न सक्ने कुरामा कसैको दुईमत छैन। दिनहु झोला गुडाउदै बिदेश उड्ने युवाहरूलाई व्यावसायिक तालिम दिन सकिएमा र यसका सम्भावना हरुलाई सरकारी निकाए मार्फत युवा हरुमा जागृत गराउन सकिएमा नेपालमै अलैंची नाम गरेको सुन फल्न सक्छ। सबै कुरा हरुको सम्भावनाहरु माथी सदैव नेपालको अस्थिर राजनीति ले भुमिका खेल्ने गरेको छ। कार्यक्रमहरु ल्याउदै नल्याईनु र ल्याईहाले पनि बिचबाटोमा पुग्दा सरकार परिवर्तन हुने समस्याले योजनाहरु बिचमै तुहिने गरेका छन । बीस बर्से किर्षी बिकास रणनीतिमा प्रस्ट रुपमा लेखिएको छ,, कुनै पनि योजनाहरुको सक्षम कार्यान्वयन हुन स्थिर राज्य व्यवस्था को खाचो पर्दछ ।नेपालको अस्थिर राजनीति नै कुनै पनि बिकासको सबै भन्दा ठूलो चुनौती बनेको छ। अलैंची खेती बिकास र प्रबर्द्धन का हकमा पनि एहि सबै भन्दा ठूलो चुनौती हो। यो बाहेक सबै ठाउमा यातायात को सुबिधा नहुदा धेरै कुरा हरु अन्यौलमा परे जस्तै अलैंची खेती पनि अन्यौलमा परेको छ। समग्र रुपमा नेपालको मध्य पहाडी क्षेत्रहरूमा त्यहाको भौगोलिक बनोट ,माटो हावापानीको दृस्ठिकोणले गर्दा अलैची खेती गर्नु उपयुक्त देखिन्छ। माथी भनिए जस्तै उपयुक्त यातायात सुबिधा र बजार सुबिधा भएको ठाउँ आर्थिक दृस्टीले अति उपयोगी हुन सक्दछ।
उपसङ्हार
उपसङ्हार
माथी दर्साईएका सबै कुराहरू ले नेपालमा अलैची खेतिको बढ्दो सम्भावना लाई दर्शाएका छन । बढ्दो सम्भावना लाई अझै बढाएर आफ्नो जीवन पद्धति बदल्ने एउटा पाटोको रुपमा अलैंची खेती तपाईको सहयात्री बन्न सक्छ ! पुर्वका केही जिल्लामा गरिएको खेतिले किर्षी बाट आउने कुल ग्राहस्त उत्पादनमा केही न केही भुमिका पक्कै खेलेको छ। अझै भन्दा बर्सेनि अरबौ रुपैयाँ नेपालले अलैंची बाट भित्र्याईरहेको परिप्रेक्ष मा तपाईंको योगदानले त्यसलाई जरुर खरबौ बनाउन सक्छ! तपाईलाई खाडी जाने बिबस्था बाट मुक्ती दिलाउन सक्छ ! यसकारण तपाईको ग्यान सीप र सिकेको प्रबिधि सहि रुपमा नेपालमै प्रयोग गर्ने एउटा सुनौलो बाटो अलैंची खेती बन्न सक्छ। यसरी जाँदै गर्दा आफ्नो परिवार र जीवन सुखी बनाउने बाहनामा देश नै आत्मनिर्भर बन्न सक्ने बाटो मा हामी सबै युवा हरुले लाग्नु जरुरी छ!
यस लेख मार्फत मैले अलैंची लाई जोडे र यसमा सम्भावना हरु औल्याए! तपाई हामी हरुमाझ सम्भावना मात्रै छन। किनकि हामी सम्भावना हरुले भरिएको देश मा छौ। सम्भावना हरु मध्य एउटा सम्भावना को परिपुर्ति तपाईको हात बाट हुन सक्छ , त्यसलै असल मनले असल नेपाली युवा भएर सोच्न थालौ, आफै सुरु गर्ने तिर लागौ ,आजै गरौ अहिलै गरौ।
No comments:
Post a Comment