GORAKH'S ink

GORAKH'S ink

Edit your blog description in Settings to change this headline.

भोटेकोशीले दिएको जलवायु चेतावनी

 

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाललाई फेरि एउटा असहज प्रश्नको सामुन्ने उभ्याएको छ—हामी विपद् भएपछि उद्धार गर्ने देश मात्र बन्ने कि विपद् आउनुअघि जोखिम बुझ्ने र त्यसको अन्तर्राष्ट्रिय मूल्यसमेत माग गर्ने देश बन्ने ? भोटेकोशीको त्यो उर्लिएको पानी केवल एउटा नदीको असामान्य बहाव थिएन । त्यसले हिमालयको बदलिँदो भू–जलवायु प्रणाली, कमजोर पूर्वाधार, जोखिममा रहेका बस्ती र जलवायु परिवर्तनका कारण बढ्दै गएको अनिश्चितताको एउटा भयावह चित्र देखाएको छ । घटनाको प्रारम्भिक कारणबारे अनुसन्धान र वैज्ञानिक विश्लेषण अझै विकसित हुँदैछ । त्यसैले यसलाई सरलीकृत रूपमा ‘हिमताल विस्फोट’ मात्र भन्नुभन्दा हिम–चट्टानको ठूलो mass movement बाट उत्पन्न flash flood/debris flow का रूपमा बुझ्नु वैज्ञानिक रूपमा बढी सावधानी हुन्छ । यही सावधानी भविष्यका विपद् बुझ्ने आधार पनि हो । तर कारणको अन्तिम वैज्ञानिक वर्गीकरण जे भए पनि एउटा तथ्य निर्विवाद छ—हिमालयमा जोखिमको स्वरूप बदलिँदैछ ।

एउटा विपद्को आर्थिक आकार

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा गरिएको प्रारम्भिक Rapid Damage and Needs Assessment (RDNA) ले भोटेकोशी–रसुवा बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरेको छ । पुनर्निर्माण र पुनर्स्थापनाका लागि मात्र ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ । बाढीबाट ७,५७० निजी घर, ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । ६९ किलोमिटर सडक र ३७ मोटरेबल पुल प्रभावित भएका छन्, जसमध्ये ३३ वटा बगेका छन् । ६८ झोलुंगे पुलमा पनि क्षति पुगेको छ । ऊर्जा पूर्वाधारमा भएको क्षति अझ गम्भीर छ । ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र..........Read Full article भोटेकोशीले दिएको जलवायु चेतावनी

हरि त भागिनस??

कथा



 भोटेकोशीको उर्लंदो बाढी र गर्जनले रातको अन्धकारलाई अझ भयानक बनाइरहेको थियो। अविरल वर्षासँगै आएको पहिरोले बाटोका टहराहरू सोहोर्दै लगिरहेको थियो। मानिसहरूको भागदौड र रोदनको बीचमा उ भने ओझेल परेको किनारको पहरामा लुकेर बसेको थियो—आँखामा त्रास होइन, केवल लोभको भोको चमक बोकेर।

रातको मध्यभागमा बाढीको छालले एउटा रुखको हाँगासँगै अड्ढिँदै आएको गह्रौँ वस्तु सुक्खा किनारतिर हुत्याइदियो। टर्चको मसिनो किरणले चियाउँदा उसको सातो गयो—त्यो एउटी महिलाको निष्प्राण शरीर थियो। तर उसको नजर त्यो लाशको अनुहारमा होइन, घाँटीमा टल्किएको मोटो सुनको सिक्री र हातका बालाहरूमा पर्यो।

वरिपरि कोही थिएन। उसले छेउमा परेको एउटा तिखो बाँसको अङ्कुसे फालेर त्यो ओसिलो लाशलाई तानेर पानीको डिलसम्म ल्यायो। हिलोले लिप्त भएको त्यो चिसो हातबाट उसले हतार-हतार सुनका बालाहरू थुत्यो और घाँटीको सिक्री बलपूर्वक चुँडाल्यो।

गहना हातमा पर्ने बित्तिकै उसलाई डर लाग्यो—यदि यो लाश भोलि कसैले फेला पारे र गहना चोरी भएको थाहा पाए भने? उसभित्रको मानवता मरिसकेको थियो। लाशलाई बाहिर तान्नुको सट्टा उसले आफ्नो भारी बुटले त्यो निष्प्राण छातीमा जोडले धक्का दियो।

तर जब उसले धक्का दियो—त्यो लाशको चिसो र नीला भइसकेका औँलाहरूले एक्कासी उसको गोलिगाँठोमा कडासँग समाते!

आकाशमा भयावह चट्याङ टल्कियो। बिजुलीको त्यो एकै क्षणको चमकमा त्यो महिलाका आँखाहरू ह्वात्तै उघ्रिए—ती आँखाहरूमा नानी थिएनन्, केवल पूर्णतः सेतो र डरलाग्दो खालीपन थियो। उसको ओठबाट बाढीको गर्जनलाई चिर्दै एउटा भयानक फुसफुसाहट निस्कियो—"तँ भागिनस् हरि... तँ मसितै जाँदैछस्!"

उ सातो जाने गरी चिच्यायो। बलपूर्वक खुट्टा झट्काउँदै उ पछाडि पछारियो र अन्धकारमा बिलायो।

.......

"ए हरि! उठ् बा! के भयो तँलाई?"

मायालु आवाजसँगै उसको आँखा खुल्यो। सेतो सिलिङ, नाकमा अक्सिजनको पाइप, र पाखुरामा गाडिएको सलाइनको सुई। वरपर औषधिको कडा गन्ध थियो।

छेकैमा आमा आँसु पुछ्दै हुनुहुन्थ्यो भने डाक्टरले उसको इसिजी (ECG) मनिटर जाँच्दै थिए।

"अस्पताल...?" उसले काँपेको स्वरमा सोध्यो।

"हो बा," आमाले सुस्केरा हाल्नुभयो, "बाढी आएको रात डाँडाको बाटोबाट लडेर तँ खोलाको डिलमा बेहोस परेको थिइस। टाउकामा गहिरो चोट लागेर तीन दिनदेखि कडा जोरोमा छट्पटाइरहेको थिइस। भयानक सपना देखेर कराउँदै थिइस्!"

डाक्टरले मुस्कुराउँदै भने, "चिन्ता नगर्नुस् आमा, उहाँको खतरा टरिसक्यो। यो केवल कडा जोरो र मानसिक आघातले गर्दा देखिएको 'ह्यालुसिनेसन' (भ्रमपूर्ण सपना) मात्र थियो।"

उसले लामो र राहतको सास फेर्यो। ओहो! ती सबै त केवल एउटा भयानक सपना मात्रै रहेछन्! उसले कुनै लाशको गहना चोरेको थिएन, न त कसैलाई भोटेकोशीमा धकेलेको थियो। उ हत्यारा वा चोर थिएन। उसको आत्मामा परेको भयानक बोझ एकैछिनमा हलुका भयो।

उ पल्टिएर फेरि आँखा सिउरिनै लागेको थियो, कोठाको ढोका खोलेर दुई जना प्रहरी निरीक्षकहरू (Police Inspectors) भित्र छिरे।

प्रहरीलाई देखेर डाक्टरको मुस्कान हरायो। प्रहरी निरीक्षकले गम्भीर हुँदै गोजीबाट एउटा पारदर्शी प्लास्टिकको झोला निकाले। त्यसभित्र लेदोले लतपतिएको उही सुनको सिक्री थियो!

डाक्टरले हरिलाई हेर्दै भने, "हरिजी, उद्धार टोलीले तपाईलाईबबाढीको किनारबाट ल्याउँदा तपाईको देब्रे मुट्ठी यति कडासँग कसिएको थियो कि डाक्टरहरूले सुई दिएर मात्र खुलाउन सके। तपाईको मुट्ठीभित्र यो सिक्री थियो।"

हरिको शरीरका सबै रगत एकैपटक चिसिएर गए। मुटुको धडकन मनिटरमा ह्वात्तै बढ्न थाल्यो—बिप... बिप... बिप...

प्रहरी निरीक्षकले चिसो र कडा स्वरमा थपे, "अघि भर्खर भोटेकोशीको तल्लो किनारमा एउटी महिलाको लाश भेटिएको छ। उसको घाँटीको सिक्री थुतिएको छ, छातीमा कसैको बुटको छाप छ, र उसको चिसो मुट्ठीभित्र... तिम्रो नाम लेखिएको वालेट कडासँग कसिएर बसेको छ।"

हरिको सातो गयो। उ शब्दविहीन भयो। यदि त्यो सबै सपना थियो भने... यो सिक्री र त्यो वालेट त्यहाँ  कसरी पुगे?

त्यत्तिकैमा, अस्पतालका सबै बत्तीहरू लिलिबिलि गर्दै एकाएक निभे! पूरा कोठा गाढा अन्धकारमा डुब्यो।

अस्पतालको शान्त वातावरणमा एकाएक पानीका थोपाहरू खसेको स्पष्ट आवाज आउन थाल्यो—टिप... टिप... टिप...

सलाइनको बोतलबाट पानी होइन, भोटेकोशीको धमिलो लेदो र बाक्लो रगत थोपा-थोपा खसिरहेको थियो। प्रहरी र डाक्टरहरू कोठामा थिएनन्, केवल एउटा चिसो, भयानक हावा बहिरहेको थियो।

उसको बेडमुनिबाट ओसिलो, हिलोले भरिएको र नीला औँलाहरू भएको एउटा चिसो हात निस्कियो र उसैको गोलिगाँठोमा कडासँग समात्यो।

अनि उसको कानैछेउमा उही बाढीको लेदोले भरिएको भयानक आवाज गुञ्जियो—

"सपना र यथार्थको चक्करमा नपर हरि... तँ नदीको किनारमै मरेकी आइमाईको छेउमा अझै बेहोस छस्। यो अस्पताल त केवल तेरो मर्नुअघिको अन्तिम भ्रम मात्र हो!"



पढ्नुहोस यो पनी..

फिक्सन : अर्को बिहान

तिमि छौ र पो.....

 कविता 

शिर्षक: धन्न तिमी छौ…


सुनियो यसरी, बोल्ने फुर्सद भएन,

बुनियो यसरी, पोल्ने फुर्सद भएन।

सबै मनका कुरा तिमीले खोल्यौ,

जानियो यसरी, खोल्ने फुर्सद भएन।


तिम्रै लेखाइ पढेर बुझेँ,

तिम्रै आँखाले देखेको हेरेर बुझेँ,

तिम्रा नाङ्गा नाचहरू,

बाङ्ग्याइएका हरेक बातहरू,

सबैबाट नबोली लिँदै सिकेँ शिक्षा,

गरें निर्मम समीक्षा।


तत्पश्चात—

तिम्रै कपडा ओढेर,

तिम्रै कुटोले गोडेर,

तिम्रै बाटोमै मोडेर,

तिमीले देखाएका कर्तुतहरू,

छर्लङ्ग भएका कुन्तरहरू,

तिमीभन्दा टाढै,

तिमी आफैले सार्वजनिक गरेका गल्तीहरू,

आज मेरा लागि पाठ बने।


मैले सिक्नका लागि गल्ती गर्न परेन,

तिम्रै जस्तो बेइज्जतीले मर्न परेन।

धन्न तिमी छौ,

र पो मैले सिकेँ—

धन्न तिमी छौ, र पो…



ए आई र भैसी!

 म बदलिने बानी बाट आजित छु!

तताउदा बाफ बन्छ,

चिस्याउदा कठ्याङ्ग्रीदो कवाफ,

कुहाएर , आसवित हुदा सराफ,

छ यसको आफ्नै बुझीनसक्नु रवाफ

अनि यसका रुप छन नाजवाफ!


भन्छ विश्व परिवर्तीत छ,

एका बिहानै सित छ,

दिउसो गर्मी सङ्ग मित छ,

बेलुका सितल गित छ,

राती यसकै जित छ!

अचम्म छ, 

नबुझेर यो मन थचाम्म छ!


आफैले बनाएको उसलाई...

मस्तिष्कले जन्माएको,

बिबिध भर्सनका नामदिदै अन्माएको,

तहतहमा टल्काएको,

थरी थरी सुचनाले सल्काएको

पहलकदमीहरुका बिच,

मानब प्रयासलाई छचल्काएको!


यसैको पछी आज....


विश्व कुदित छ,

मानव थकित छ,

प्रविधी जडित छ,

मस्तिष्क कम्पित छ!

उ सङ्गै प्रतिस्पर्धी त

एउटा सानो चिप छ

लाग्छ पछार्दै छ,

कान निमोठेर थचार्दै छ!

यसरी 

मानव मन किन दिग्भ्रमित छ?



चाहेको हो कस्को लागि,

बनाईयो यो कस्को लागि,

लाग्छ उर्जावान मानब थकित छ

हेर्न मात्रै आखा पुलकित छ,

मन रसले रसित  छ,

मस्तिष्क डोपामाईनले ग्रसित छ,

सृजनाका फुलहरु,

स्वच्छ तृष्णासोधनका मुलहरु,

अविस्कार गराउने भुलहरु,

यि सबै हराए,

लाग्छ 

सबैले उसैलाई मनपराए...


उसको नाम ए आई....

सुन्दा भैसीले कराए जस्तो

ए आई...ए आई....

यसको करामत छ अनेक,

रुप छन अनिश्चित,

छ सबै मिश्रीत....

दुग्ध प्रवाहित भैसी पालेजस्तै,

पाल यसलाई,

प्रयोग गर, आफ्नै डोपामाईन घटाउन,

रचनशिलता बढाउन, 

जसरी भैसी पाल्छौ,

दुध पिउन, घिउ खान!

यसले तिमीलाई खानु भन्दा पहिला

यसैले तिमीलाई चाहनु भन्दा पहिला....,

तिम्रो चाह के हो....आफै छान...

तिमी आफै जान....जिम्मेवार बन,

सोच दुधले मलाई खाए के होला?

यसले तिम्लाई औलामा नचाए के होला?

भैसी लखेट्दै आए के होला??

यसको उपयुक्त प्रयोगको उपाए के होला?👩‍🎤👩‍🎤


......







प्रतिबिम्ब

 मानिसलाई बिम्ब मन पर्छ 

तर आफ्नै प्रतिबिम्बबाट भाग्छ!

उ अर्काको सत्य सुन्न तयार छ

आफ्नै सत्यलाई लुकाउछ!

जान खोज्छ अनकन्टारमा

छिपाउन खोज्छ पहाडमा,

टल्काउन खोज हिमालमा,

छोप्न खोज्छ खोचहरुमा,

तर कसै गरे पनि 

जिउदै मरे पनि

रहिरहन्छ सोचहरुमा!

सत्य लुकाउन हो जाने कहाँ?

छोड्दैन एसले तिमी जाउ जहाँ ,

त्यसैले!...

आफ्नै प्रतिबिम्बमा रमाउ,

आफैलाई सिङ्गार,

बिम्बमा क्षेणीक नरमाउ,

आफ्नो ब्रह्मको स्टेरिङ समाउ,

र चलाउ आफ्नै जिबनगाडी,

दुनिया के भन्छ छाडी,

आफ्नै रफ्तारमा,

आफ्नै हतारमा,

आफ्नै बर्सातमा,

आफ्नै साथमा....✍️

दिक्कको अस्तित्व

मलाई दिक्क लाग्दैन भन्नु,

समुन्द्रले सुक्खा छु भन्नु जस्तै लाग्छ,

हावा चल्दैन भन्नु आकाशले,

चन्द्रमाले रात अध्यारो छैन भन्नु जस्तै लाग्छ।


म दिक्क हरुकै भिडमा दिक्कीएको छु,

जहाँ हरेक अनुहारका मुस्कानभित्र लुकेका छन् हजारौं प्रश्न,

जहाँ हरेक चुप्पीमा छन् असंख्य अनुत्तरित उत्तरहरू।


बिहान एउटा दिक्कसँग ठोकिन्छु,

जुन ओछ्यानबाट उठ्नासाथ मलाई नियाल्छ,

अनि सानो सुस्केरा बनेर मनको कुनामा अडिन्छ।


दिउँसो अर्को दिक्कसँग ठोकिन्छु,

जुन भीडमा रमाइलो गरिरहेझैं देखिन्छ,

तर भित्रभित्रै आफैसँग रिसाइरहेको हुन्छ।


कतै चोईटिन्छु, दिक्किएर,

कतै चोईटिन्छु ठोक्किएर,

कतै आफैंसँग हारेको छु,

कतै आफैंसँग जितेको नाटक गरिरहेको छु।


म अरूको खुसीमै ठिक्क छु,

तर त्यो खुसी उधारो जस्तै लाग्छ,

जो फिर्ता पाइने आशामा दिन्छु,

तर कहिल्यै फिर्ता आउँदैन।


अरूलाई खुशी पार्न नसकेर दिक्क छु,

तर अरूले मलाई खुशी पार्न सकेनन् भन्ने गुनासो छैन।

किनभने खुसीको मापन गर्न सिकेको छैन मैले,

खुसीमा पनि दिक्क देख्न थालेको छु मैले।


तर दिक्क पनि आफैं खुसी छ,

किनभने उसले आफ्नो काम गरिरहेको छ,

मलाई अझ गहिराइमा पु¥याइरहेको छ,

अनि म उसैको अस्तित्वमा हराइरहेको छु।


खुसीले सिकाएको थियो—

आफू खुसी भए अरूलाई खुशी पार्न सकिन्छ,

तर दिक्कले सिकायो—

अरूलाई खुशी पार्न खोज्दा आफू दिक्क हुनु पनि सम्भाव्यता हो।


त्यसैले, म दिक्क छु,

यसै दिक्कीएको छु,

र यो दिक्कबाट भाग्न सक्दिन।


किनभने,

दिक्क मात्र एउटा समस्या होइन,

यो त मेरो आफ्नै छायाँ हो,

जो मसँगै हिँड्छ,

र मबाटै जन्मिन्छ।

बहकिन्छ मन


 






बहकिएका दुईथोपा आशुहरु तप्प गाला मुसार्दै 

ओठ सम्म पुगेपछी लाग्यो,

बिछोड नुनिलो हुदोरहेछ!

उनको नुनिलो याद अझै बाकी रहेछ 

दुई खोपिल्टा भित्र!

उनले छोडेको मुटु भित्रको एउटा कोठा रित्तिएर

बोसो जमेको छ,

पिडामा जमेको बोसोले पीडा दिन्छ,

पीडा दिदा लाग्छ,

उनको नमिठो पदचाप मुटुमा गडिएको रहेछ!

उनी हुनुको आभासले मेरो जिउ जिङ्रीग हुन्छ,

गुजबमका स-साना टाकुराहरुले

जिउ सिउडी बनिरहदा,

र एकतमासले टाउको भित्रको गिदिले उनलाई

बिदाई गर भनेर आदेश दिएको छ,

तर म बिदाईको तोपमा गोलाहरु भरेर

मेसिन गन बर्साउन कसरी सकुला र खै?

नसकी नसकी पनि सक्नुपर्छ 

भन्छिन मेरी आमा,

मेरीआमाको मधुर वाणी र तार्किक वचन 

अनि निसर्त प्रेम अगाडी लहड र बचपन 

मेरो अगाडी हिरो बनेर पल्टिएको छ,

म निरीह चम्चा बनेर नाचीरहेको छु, 

के चम्चा मा अब आईनाईजेसन्को गुन्जायस छैनर?

ध्रुवीकरण को ध्रुबिकृत विश्वमा 

काईयोमा त धुलो टासिन्छ

म सङ्ग टासिने धुलो कोई भैदिए,

म सङ्गालेर नपखाली 

अङ्गालिदिने थिए!

एक सम्झनाले बनाएको खाडडललाई अर्कै मायाले टाल्न एक प्रयास हुन सक्थ्यो,

सार्थक हुनैपर्छ भन्ने त छैन,

किनकी यी गडिएका आँखा र

चाउरिएको अनुहारमा धोका र अविश्वासका धर्का बाहेक आशाका किरणहरुको मर्दन पर्न छोडेको छ,

सायद आशाले पनि बाटो मोडेको छ।

बाटो मोडेकी आशा

र अशान्त भएर हिडेकी शान्ती कतै भेटिईन भन्ने भन्नू,

तिम्रो नशालु यौवनको चन्चलता 

चाउरिन थालेको छ,

तिमीले छोडेका मलिला ओठहरु

पट्ट फुटेका छन, अहिले त बाक्लो झ्याङले टम्म छोपिएका छन,

केहीले गालामा दारी, काधमा जिम्मेवारी भनेर गिज्याउछन उसलाई, 

तर त्यो झारी पन्छ्याउने उत्प्रेरणाको अभाबमा

छट्पटिएको छ,

दारी भित्रै स-साना जनावरहरु पालिएका छन,

र खुसी छ, उसको कारण 

जैविक विविधता फस्टाएको छ!

र उ जैविक सेवक भएको छ।

आमाले चिटिक्क भएर बस भनेको सुन्दा

आमा वातावरण बिरोधी लाग्नुहुन्छ,

म मेरो अनुहारमा ग्रीन बेल्ट मुभमेन्ट चलाईरहेको छु,

छालामा घाम पर्न छोडेको छ, 

प्रेम एति जहरिलो पनि हुन्छ र?

खोलाका दुई किनारलाई सोध्न जादैछु,

कि तिनीहरु एकाकार कहिले हुन्छ्न??

सङ्गै बसेर कहिले रुन्छन,

मुस्कुराहटको आहटमा कहिले मात्तिन्छन,

एउटै छाना मुनि कैले बस्छन

एक अर्काको हात कहिले समात्छन?

अह!

कहिले पनि देखिदैनन ती सङ्गै,

तर ती खुसी छन!

म खुसी नभए पनि ती खुसी छन

मैले पनि हुनुपर्छ!

निर्जिब किनार अनि तिरलाई देखेर,

म खुसी हुनुपर्छ

मेरी आमाको पीरलाई देखेर,

म खुसी हुनुपर्छ,

मेरो जिबनरुपी जन्जिरलाई देखेर,

एउटा हाङ्गा काटिएको रुख,

अन्तिम जरा रहन्जेल पलाउने कोसिस गर्छ,

लागेका घाउहरु भलाउने कोसिस गर्छ

म मानिस भएर नसकुला र??