Skip to main content

Posts

Showing posts from February, 2025

दिक्कको अस्तित्व

मलाई दिक्क लाग्दैन भन्नु, समुन्द्रले सुक्खा छु भन्नु जस्तै लाग्छ, हावा चल्दैन भन्नु आकाशले, चन्द्रमाले रात अध्यारो छैन भन्नु जस्तै लाग्छ। म दिक्क हरुकै भिडमा दिक्कीएको छु, जहाँ हरेक अनुहारका मुस्कानभित्र लुकेका छन् हजारौं प्रश्न, जहाँ हरेक चुप्पीमा छन् असंख्य अनुत्तरित उत्तरहरू। बिहान एउटा दिक्कसँग ठोकिन्छु, जुन ओछ्यानबाट उठ्नासाथ मलाई नियाल्छ, अनि सानो सुस्केरा बनेर मनको कुनामा अडिन्छ। दिउँसो अर्को दिक्कसँग ठोकिन्छु, जुन भीडमा रमाइलो गरिरहेझैं देखिन्छ, तर भित्रभित्रै आफैसँग रिसाइरहेको हुन्छ। कतै चोईटिन्छु, दिक्किएर, कतै चोईटिन्छु ठोक्किएर, कतै आफैंसँग हारेको छु, कतै आफैंसँग जितेको नाटक गरिरहेको छु। म अरूको खुसीमै ठिक्क छु, तर त्यो खुसी उधारो जस्तै लाग्छ, जो फिर्ता पाइने आशामा दिन्छु, तर कहिल्यै फिर्ता आउँदैन। अरूलाई खुशी पार्न नसकेर दिक्क छु, तर अरूले मलाई खुशी पार्न सकेनन् भन्ने गुनासो छैन। किनभने खुसीको मापन गर्न सिकेको छैन मैले, खुसीमा पनि दिक्क देख्न थालेको छु मैले। तर दिक्क पनि आफैं खुसी छ, किनभने उसले आफ्नो काम गरिरहेको छ, मलाई अझ गहिराइमा पु¥याइरहेको छ, अनि म उसैको अस्तित्वमा ह...

एक गजल र ए. आई को बिश्लेषण

मैले शृजना गरेको यो जिनिस नियम सङ्गत रुपमा गजल हो या हैन त्यो बिद्वान बर्गले सुझाउनुहोला, मैले गजलै ठानेर प्रस्तुत गरेको छुँ। गजल यस्तो छ।   बाघले घाँस किन खान्छ? अचम्ममा पर्छु, भैंसी खोज्दै गोठमा जान्छ अचम्ममा पर्छु, दात छैन थोते भाछ, हिन्न पनि सक्या छैन, मै राजा हु किन ठान्छ? अचम्ममा पर्छु! गोठको राजा भैंसी नै हो, बाघले स्विकार गर्न पर्थ्यो, कसले गोठमा राजा मान्छ? अचम्ममा पर्छु, बूढो हुदैन बाघ र स्याल तन्नेरी यो मान्दा बाघ गयो, भन्नेहरुको के जान्छ? अचम्ममा पर्छु, सबै कुरा सबै सङ्ग सधै हुन्न महोदय,यो थाहा छ, खानकै लागि ज्यान जान्छ, अचम्ममा पर्छु! मेरो आहराले मलाई झम्टिन आए के होला बाच्नकै लागि, दिमाग पनि काँ काँ जान्छ ? अचम्ममा पर्छु ! बिश्लेषण : यो गजललाई कसरी AI ले विश्लेषण गर्छ? होला भन्ने जिज्ञासा मेट्न मैले च्याट जिपीटी र भर्खरै ICT बिश्वबजारमा तहल्का मच्चाईरहेको डिपसिकलाई यो गजल को बिश्लेषण गर्न Promt लेखे, दुबैको विष्लेषण मैले यहाँ राखेको छु। कुन टुलले गरेको विश्लेषण ज्यादा सान्दर्भिक र सत्य छ ? ,, तुलना गर्ने जिम्मा पाठक बर्गहरुमा छोडेको छु! १.डि...