मलाई दिक्क लाग्दैन भन्नु, समुन्द्रले सुक्खा छु भन्नु जस्तै लाग्छ, हावा चल्दैन भन्नु आकाशले, चन्द्रमाले रात अध्यारो छैन भन्नु जस्तै लाग्छ। म दिक्क हरुकै भिडमा दिक्कीएको छु, जहाँ हरेक अनुहारका मुस्कानभित्र लुकेका छन् हजारौं प्रश्न, जहाँ हरेक चुप्पीमा छन् असंख्य अनुत्तरित उत्तरहरू। बिहान एउटा दिक्कसँग ठोकिन्छु, जुन ओछ्यानबाट उठ्नासाथ मलाई नियाल्छ, अनि सानो सुस्केरा बनेर मनको कुनामा अडिन्छ। दिउँसो अर्को दिक्कसँग ठोकिन्छु, जुन भीडमा रमाइलो गरिरहेझैं देखिन्छ, तर भित्रभित्रै आफैसँग रिसाइरहेको हुन्छ। कतै चोईटिन्छु, दिक्किएर, कतै चोईटिन्छु ठोक्किएर, कतै आफैंसँग हारेको छु, कतै आफैंसँग जितेको नाटक गरिरहेको छु। म अरूको खुसीमै ठिक्क छु, तर त्यो खुसी उधारो जस्तै लाग्छ, जो फिर्ता पाइने आशामा दिन्छु, तर कहिल्यै फिर्ता आउँदैन। अरूलाई खुशी पार्न नसकेर दिक्क छु, तर अरूले मलाई खुशी पार्न सकेनन् भन्ने गुनासो छैन। किनभने खुसीको मापन गर्न सिकेको छैन मैले, खुसीमा पनि दिक्क देख्न थालेको छु मैले। तर दिक्क पनि आफैं खुसी छ, किनभने उसले आफ्नो काम गरिरहेको छ, मलाई अझ गहिराइमा पु¥याइरहेको छ, अनि म उसैको अस्तित्वमा ह...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी