म नलेखिएको कहानी त हैन,
न नबसेको चौतारी नै,
न हु म सम्झनाको सहयात्री
न कसैको दौतरी नै,
तर टक्क अडिएर हजुरले,
एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने,
मैले सितलता प्राप्त गर्नेछु,
सम्भवतः हजुरको अतृप्त भाव भर्न
अझै लाखौ कोसिस गर्नेछु!!
-गोरख बहादुर धामी