Skip to main content

Posts

Showing posts from 2023

घमण्ड !

त्यो प्रश्न बनेर तिमीले उत्तर पाउन सक्दैनौ, भन्ने घमण्डले म कहिलै  परीक्षा पास हुन सकिन!   त्यो प्रश्नको घमण्डले, मेरो उत्तर कहिलै पाएन! हामी दुईटैको घमण्डले, हामी दुबै असन्तुष्ट छौँ । म सोच्छु, प्रश्नलाई केही आउदैन, प्रश्न सोच्छ, मेरो उत्तर यसलाई आउदैन! हामी दुईटैको आवश्यकता सही उत्तर थियो! तर हामी दुईटैको घमण्डले  दुबै अनुत्तरीत छौं ! प्रश्न सही उत्तर नपाएर असफल छ! म उत्तर नै नदिएर असफल छु! हामी दुबै असफल  हरुलाई छेउमा राख्दै, बिस्मय बढेको छ बिचमा, बिस्मयले ठाउँ ओगटेको छ... प्रलयको पहाड बनेर, हामी दुईतिर उभिएका छौ फुङ्ग उजाडिएका पाखा बनेर । मिति:2080/07/24  9:45 PM

कविता: पिपल &People

 कविता  शीर्षक: पिपल & People रचना: २०८० असार १० (२३ बजे) ================================== म भत्किएको पर्खालमा उम्रीएको "पिपल" हुँ, केही "पिपलहरु" म "पिपलको" छहारीमा, बसि बसि मलाई सिध्याउन सपना देखीरहेको देख्छु ! अनि के ही 'पिपलहरु' मेरो साहारमा  भुसुक्क निदाउदै सपनाको सहरमा छिरेको देख्छुँ.. मैले केही चराका बथानहरु बोकेको  छुँ, केही बादरहरुको तौल जोखेको छु, धुम्मिल यादहरु, यस्ता पनि छन,  केही देख्नु पर्ने अनि केही देख्नै नपर्ने  दृश्यहरु पनि देखेको  छु!!............. देखेका जति अनि देखाईएका जति भनु सब भने छन ती कति कति! केही उजाडिएर मेरो छायामा बस्छन केही बिछोडमा अनि केही मायामा बस्छन् ! मलाई 'पिपल' भन्छन ती 'पिपलहरु' म पनि तिनीहरुलाई 'पिपल' भन्छु, तिनीहरु सुस्ताएर मेरा हाङ्गा अनि पात गन्छन, म तिनको आनन्द, द्वेश क्लेश र घृणा अनि प्रेम गन्छु! मैले 'पिपल' भएर धेर भए अक्सिजन दिन्छु, घाम भए सितल छाया दिन्छु, केही चराको घर बनिदिएर, केही जनावरको कृडा स्थल, अनि केही बानरहरुको हावाको घर, ती 'पिपलहरुले' मलाई सबै...

कबिताः म चाहन्छुँ।

  म पोखिन चाहने मान्छे हु, म मेरा भावहरु अभिब्यक्त गर्न चाहन्छू, म सबैलाई लतपत्याउन चाहान्छू, म सवैलाई सकारात्मकता र सृजनशिलताले लतपत्याउन सकुँ।   म मादल हुन चाहन्छू, म फगत आवाज निकाल्ने भाले र पोथी ताल मात्रै हैन, भत्किएका, मक्किएका र बेताल भएका जिबनहरुको ताल बन्न सकु, र आफ्नो खरी झर्ने बेला सम्म बेसुर जिन्दगीमा ताल भर्न सकुँ।   म संगित हुन चाहन्छुँ ! जिन्दगीको आरोह र अबरोह मा बज्ने गित मात्रै हैन, म ति खाल्डोहरु, घाउहरु, र नभरिएका खाली ठाउहरुमा गुन्जन सकुँ अरुले मेरो बाणी सुन्दा गित र संगित भन्दा पनि माथि अबिराम शान्ती महशुस गर्न सकुन म चाहान्छू, म मेरो लागि त गुन्जिन्छू नै... ति सबै आवश्यकताहरुको लागि पनि गुन्जन सकुँ.... जो साँचिकै भुमरीहरुमा घुमिरहेका छन, बचाउ बचाउ भन्दै एउटा लयको कर्कस ध्वनी र चिच्याहट सुनाईरहेका छन् । म तिनीहरुको गित बन्न सकुँ र म सुन्नुपर्नेका कानमा गुन्जन सकुँ।   म ईच्छा बन्न चाहन्छू! हो म ईच्छा बन्न चाहन्छू। म त्यस्तो ईच्छा बन्न सकुँ........... जुन पुरा हुनै पर्नेको मात्रै पुरा होस... पुर...

कबिता:- निदाउने कोशिश

मिति: २०७९ मङसिर १५ म अँध्यारो को अन्धकारमा, यो सुनसान रातमा, लाल्टिन जस्तै उज्याला तिम्रा साथहरुमा सिरानी राखेर  थोरै मायाका सम्झनाहरु  मनको लड्डु सङ्गै चाखेर, पनि त एक्लै निदाउने कोसिस गर्दैछु! यो खाडीको रापले, कुन जुनीको श्रापले, ललाटमा लेखेको भाग्यरेखा बोकेर यादहरुले तिम्रो, अनि बाध्यताले, यो निधार बजारेर अनि ठोकेर पनि त एक्लै निदाउने कोसिस गर्दैछु! मन त्यतै अड्किन्छ ती नानी अनि बाबुमा सम्झनाका तरेलीहरु सुसेलिदै आउछन, रहदैन मन यो काबुमा! पुगे साथीभाई, कोही शिखरमा म त अड्किरहेछु, लागिरहेछ कयौ बाध्यता अनि  च्यापिएका रहरहरुको जन्जिरमा सम्झिने बस एक छिन श्वास रोकेर, अनि साहुको रिण अनि बन्दकी बोकेर, पनि त एक्लै निदाउने कोसिस गर्दैछु! तीन बर्ष अघिको भाईटिका सम्झेर, मन आउँछ, भकभकाउछ यो छाती, कहिलै पोखिन्छु अनि, दिदिबहिनी अनि राखी सम्झेर, एताको पीडा अनि घरको घाउ सम्झेर, किन थर्थराउछ यो छाती ? सपनीमा, देउराली भञ्ज्याङ अनि गाउँ सम्झेर, गार्हो हुदोरहेछ,  टाढै बसेर कमाउन पनि, सकिदोरहेनछ एक्लै बसेर रमाउन पनि तै पनि आमा बा को आशा भरोसा अनि  परिवारको सपनाको लागि, कहिलै नचु...

म बनु

गोरख बहादुर धामी (बिचमा) म सानै कुराले नबगु, छोटा अनि निम्छरा, ग्याष्ट्रीकहरु नभगु, नजलु सानै रापले, ठानु नसकिउला श्रापले, जानु, कमजोरी हुन्छन्  ढाकिदैनन माफले, म ठानु, म केही ठानेरै बाचु, मनका बह, नकही सबैलाई, हलुका मै नबही सबैलाई, म बनु हावालाई उडाउने हावा, म बनु लाभालाई चिस्याउने लाभा, म के बन्न सक्दिन, सबै बन्न सक्दिन, तर बनु असललाई पनि बन्न मन लाग्ने असल बनु,  पसलले किन्नै नसक्ने पसल बनु, म बनु ! म आफै बनु, म बनु म आफै  असल बनु!!!! म मै बनु, मै असल  बनु, असललाई पनि बन्न मन लाग्ने असल!!