अर्को बिहान ... त्यो दिनपनी घुमघाम को क्रममा म पुगेको थिए एक टहरामा..... टिन मा पानीका थोपाहरु बज्रीरहेका थिए । जोरको हावा चलिरहेको थियो! हावाले टिन उडाउछ कि भन्ने डर उस्तै थियो भने बाहिरको पानि पनि भित्र पस्ने डर थियो । रामकुमार टर्च बालेर छेउ तिर हेर्दै कराउदै छन । ए भगत उठ गधा! ए यो त भिजी सकेछ,, के विधि निदाको हो! भगत आँखा माडदै उठ्छ । कपडा छाम्दै, ला हजुर बा आज पनि पिसाब फेरिएछ ।लजाएर बोल्छ।पिसाब हैन आकासले पिसाब फेरेको गधा! तेत्रो पानी ले भिज्दा नि था पाउन्नस मुर्दार , राम कुमार मुर्मुरियो । 'खै हेर्त फागुनिको ओछ्यान भिजेको त छैन?, सिते ले लामो हाई काढ्दै भनिन, छैन। टिन एकनासले बजिरहेको थियो ! रामकुमारले खल्ती छाम्दै धेरै दिन अघि आधा सल्काएको ४४ बिडि निकाल्यो र सलाई पार्दै तान्न थाल्यो। यो पाराले यो बर्खामा बाचिएला जस्तो छैन,, गएको बर्खा त जसरी तसरी गयो। टिन पनि नयाँ थियो । सबै जना सङ्गै थियौ ,डर पनि थेन!! घर बनाउनलाई सरकार ले दुईलाख दिने कुरा गरेको नि कति भै सक्यो, धेरै ठाउमा पाईसकेछ्न हाम्रै गाउँ मात्रै के भा हो कुन्नी? पहिलो किस्ताको ५००००/- अस्ति तिर पाईन्छ...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी