Skip to main content

फिक्सन : अर्को बिहान

अर्को बिहान ...

त्यो दिनपनी घुमघाम को क्रममा म पुगेको थिए एक टहरामा.....

टिन मा पानीका थोपाहरु बज्रीरहेका थिए । जोरको हावा चलिरहेको थियो! हावाले टिन उडाउछ कि भन्ने डर उस्तै थियो भने बाहिरको पानि पनि भित्र पस्ने डर थियो । रामकुमार टर्च बालेर छेउ तिर हेर्दै कराउदै छन । ए भगत उठ गधा! ए यो त भिजी सकेछ,, के विधि निदाको हो! भगत आँखा माडदै उठ्छ । कपडा छाम्दै, ला हजुर बा आज पनि पिसाब फेरिएछ ।लजाएर बोल्छ।पिसाब हैन आकासले पिसाब फेरेको गधा! तेत्रो पानी ले भिज्दा नि था पाउन्नस मुर्दार , राम कुमार मुर्मुरियो । 'खै हेर्त फागुनिको ओछ्यान  भिजेको त छैन?, सिते ले लामो हाई काढ्दै भनिन, छैन। टिन एकनासले बजिरहेको थियो !

रामकुमारले खल्ती छाम्दै धेरै दिन अघि आधा सल्काएको ४४ बिडि निकाल्यो र सलाई पार्दै तान्न थाल्यो। यो पाराले यो बर्खामा बाचिएला जस्तो छैन,, गएको बर्खा त जसरी तसरी गयो। टिन पनि नयाँ थियो । सबै जना सङ्गै थियौ ,डर पनि थेन!! घर बनाउनलाई सरकार ले दुईलाख दिने कुरा गरेको नि कति भै सक्यो, धेरै ठाउमा पाईसकेछ्न हाम्रै गाउँ मात्रै के भा हो कुन्नी? पहिलो किस्ताको ५००००/- अस्ति तिर पाईन्छ भनेर बोलायो फेरि के कुन्नी नमिलेर निकासा भा छैन रे! हुन त आफुलाई पर्या भए पो! अर्कालाई को ले पो हेर्छ र? " लामो सास तान्दै रामकुमारले भन्यो ।

हो भन्या बुढा, अब भात किन्ने कि,, घर बनाउने! बर्ष भरी कमाएको खादैमा ठिक्क हुन्छ, फेरि यिनिहरुलाई स्कुल पनि पठाउनै पर्यो ! गाँस खायो बाँस नभएर दुख पाईयो वास बनाउ गाँस नपाई भोकै मरिन्छ । धेरै आए ! गाउमा थरिथरिका नारा दिएर गए ! फुरुक्क पारे! चाउरी परेक सुकेका अनुहार लाई हसाए, घर बनाई दिन्छौ भने ,नानाभाती प्रस्नहरु सोधे कापी हरु भरेर गए , हामिलाई झुक्याए चुट्किला सुनाएर! कथा सुनाएर।  हामिलाई धेरै आसा देखाएर खुसी पार्दै फोटो खिचेर लगे्! तपाईका कुरा ठाउमा पुगाउछौ भने। आफू ठाउमा पुगे , बढुवा भए,NGO कि के जाती हौ भने सरकार लाई कुरा लाईदिन्छम रे  हामी जस्ताको त्यस्तै,  हामिलाइ चुट्किला बनाए!'सिते ले निराशता दर्साईन ।
हुन पनि भुकम्प मा उनिहरुले कमाउने छोरो गुमाएका रहेछन । सधै हामी किन मर्न सकेनौ,, हामिलाई किन काल आएन भनेर रामकुमारले सधै काललाई गाली गर्थे र आजपनी  त्यही गरे । भुकम्पमा छोरो गुमेपछि बुहारिलाई नि गुमाएका रहेछन उनिहरुले, गर्भवती बुहारिलाई नाकाबन्दिको मारमा गुमाएछन ! बच्चा जन्माउन लाग्दा धेरै रगत बगेछ अस्पताल लिन रामकुमारले भर मग्दुर प्रयास गरे,, मानिसलाई बोलाएर बोकेरै अस्पताल लिने प्रयाश थाले तर भगवानको चाहना नै एहि भए पछि कसको के लाग्थ्यो र? रामकुमार यिनै कुरा सम्झेर भकानिदै थिए !
आज पनि सिते ले उनलाई सम्झाउने कोसिस गर्छिन!! सधै बेकारका कुरा नसम्झ बुढा यी नाति नातिना छन यिनकै लागि भएनी हामिले बाच्नु पर्छ ।गएका कुरा लाई सम्झेर कम्जोर हुनु भनेको आफैलाई मार्नु हो, बाचुन्जेल समस्या संगै जुधौ, एक दिन मर्नु त छदै छ! यी लालाबालाकै लागि हामिलाई भगवानले जिउदो छोडेका हुन ।
राती एक बज्दै छ! भगत फेरि बजैको काखमा निदाई सकेको थियो ! उसको कपाल खेलाउदि सिते 'अभागी तेरो कर्म , सानै छ्दा माया गर्ने आमाबुबा गुमाईस अब तेरै भरोसा छ , हामी हुन्जेल त सुखै पाउने हस अब ठूलो भएसी हामिलाई सुख दिनु पर्छ तैले !' दिन्छ यो मुर्दार सुख सरिरमै पानी परेको त थाहा पाउदैन, सरिरमै पिसाब फेर्छ ! रामकुमार नातिलाई सुमसुम्याउदै बोल्यो ।

फागुनिको ओछ्यान पानीले नभेट्टाको भएकाले उनी मजाले सुति रहेकी थिईन ।  फागुनी भगत भन्दा ठ्याक्कै एक डेढ बर्ष कान्छी हुन । उनलाई रामकुमार र सिते ले उठाउन खोजेनन ।निन्द्रा खल्बलियो भने उनको बितन्डा मचाउने बानी भएकाले उनलाई उनिहरुले उठाएनन ।

पानी थोरै रोकिए जस्तो भयो अब उनिहरु सुत्ने तरखरमा लागे ।
मैले यो सब नियाली रहेको थिए। भुकम्प बाट कायल भएका कयन घर हरुलाइ लुटेर आएको थिए । त्यो दिन त्यही टिनको झुप्रो मेरो टार्गेट थियो । त्यहा को बस्तुस्थिती देखेपछी लाग्यो । सन्सारमै एति घिनलाग्दो काम मैले गरिरहेको रहेछु , थुईक्क आफ्नै मुख्मा थुक्न मन लाग्यो ! म आज देखि नराम्रो काम नगर्ने भुकम्प पछिको पुनर्निर्माण मा स्वयंसेवक बन्छु अब म सुध्रन्छु कयन गाली खाए होला कयन पाप लाग्ने काम गरे । आसुले लत्पतिएका आमाबुबा हरुलाई मैले लुटे, तिनिहरुले गासको लागि थन्काएका पैसा चोरे, मस्ती गर्दै हिने  ।म बद्लने वाला थिए। मेरो भावना लाई लुट्यो त्यो घरले मैले आफैलाई धिक्कारी रहेको थिए । बिस्तारै त्यहा बाट कुलेलम ठोक्ने बिचार गरे ! रामकुमारले सिते बुढिलाई भन्यो हैन ए बुढी त्या हेर्त मान्छे जस्तै कोहि उभिरा छ । हो त बुढा त्यो गाउँ चोर्ने मान बहादुरको छोरो हैन हरामी कहिको । हो यो मुर्दारलाई आज बाकी राख्दिन रङेहात फेला पर्यो । उनी जुरुक्क उठे र म भए तिर आउदै गर्दा बिचमा एक मोटो बासको चोईलो समाते! म भाग्न खोजे,, तर मेरो कमिज को पछडिको भाग टिन को कुना मा अड्किएको थियो! म सार्है डराए, चाहेर पनि भाग्न सकिन मेरा खुट्टा काप्दै थिए ती बुढाको अनुहार नै कस्तो कस्तो लाग्यो ।बुढाले आफ्ना चम्किला दात कस्दै चम्किलो बासको चोईटा उठाए!! म एकासी कराउनु बाहेक केही गर्न सकिन  !एया मार्यो नि आमा
एई के भयो एल्लाई! डाक्टर साप हेर्नू त मेरो छोरा छट्पटीदै छ। आमा बोल्नु भयो ए हरि के भयो ह तलाई नराम्रो सपना त देखिनस ! डाक्टर सापले भन्नू भा त चाडै ठिक हुन्छस रे ।
यहि कुरा भन्न लाग्नु भएको लगभग होस आए देखि महिनौ भएको थियो । आज पनि फेरि अर्को बिहान एहि सपना सङ्गै सुरु भयो ।बुढाले सपनामा बासको चोईटाले हिर्काएको सम्झे बिस्तारै हात टाउको तिर लागेर  छामे पट्टि थियो । पट्टिमा हात पर्दा ओसिलो लाग्यो ! एक दम डराए हात आँखा अगाडि ल्याए ! नियाले रगत थिएन ,, बस पानी लागेको थियो पट्टि बाट,, हल्का सन्चो भएको अनुभव भयो ।

#भुकम्पमा परि ज्यान गुमाउने ग्यात अग्यात आत्माहरुको चिर शान्तिको कामना सहित!!

Comments

Popular posts from this blog

म तिमी र उनिहरु! (माटो दिवश विशेष)

कविता.... तिमी छौ र त म अडिएको छु भन्छ ढुङ्गा ले, जसको कुनै जीवन छैन, तिमी छौ र त म अडिएको छु भन्छ पानीले जसको आफ्नो जीवन छैन, तिमी छौ र त म अडिएको छु भन्छ, बोट बिरुवाले, अझै भन्छ तिमी त मेरो नसा नसामा बग्छौ, तिमी त मेरो सब थोक हौ,, मेरो प्राण हौ, मेरो जीवन हौ! जसको जीवन मेरो आधारले चल्छ, उनिहरुको लागि पनि र जसको कारण म जिवित छु उनिहरुको लागी पनि तिमी समान छौ! छुट्याउदैनौ, बालख युवा र बृद्ध, छुट्याउदैनौ घरेलु अनि जङ्गली,। बसाउछौ, माया गरेर आफ्नो छातिमा, आखाले नदेख्ने देखि आखाले देख्नका लागि ठुला लाग्ने सबै चिजहरु! जसरी एउटी आमाले भुणलाई हुर्काउदै बच्चा पैदा गर्छिन र ठूलो बनाउछिन! हो त्यही आमालाई समेत आधार दिन सक्छौ तिमी, हो त्यही आमालाई समेत जन्माउछौ तिमी। तिम्रो छातिमा भगवानहरु बस्छन, मन्दिर मस्जिद गुम्बा र चर्चका घरहरु भित्र,, तिमी भगवानलाई पनि त आधार दिन सक्छौ तिमी भगवानलाई पनि आफ्नो छातिमा हिडाउन सक्छौ । सन्सारका शक्तिशाली देश देखि, बिकास उन्मुख तेश्रो विश्व सबैलाई समान देख्न सक्ने आँखा छन तिम्रा, कहिलै तिमीले भनेनौ, बिकासको चरम उत्कर्शमा पुगेका मुलुक...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

परिचय :   कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधिक तथा उत्पादन सामग्रीको व्यवस्था, बाली/वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप मार्फत  कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पना परियोजनाले गरेको छ । यो परियोजना स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति  कार्यान्वयनको सहयोगी  परियोजना  हो।  नेपाल सरकार मन्त्रिपरिषद्बाट  स्वीकृत भई आ.व. २०७३/७४ देखि देशभर सञ्चालित छ । सोच  : कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दीगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने । लक्ष्य : समग्र कृषि मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्पmत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरणमा उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पु¥याउने । उद्देश्य : क) प्रमुख कृषि उपजह?को विशिष्टिक...

टुटा एब्सोलुटा र यसको नियन्त्रण - Tuta absulata infestation in Tomato and its control

गोलभेँडा एउटा नगदे बाली हो । गोलभेँडामा सिजन अनुसार बिभिन्न खाले रोग र किराहरूले दुख दिने गर्दछन् । हालै एउटा नया र अत्यन्त घातक कीरा Tuta absoluta, टुटा एब्सोलुटा, नामक कीरा नेपाल भित्रिएको र काठमान्डु क्षेत्र वरिपरि फैलिएको छ । यो कीराको उत्पत्ति दक्षिण अमेरिकामा भएको हो (आलु गोलभेँडा जस्ता बाली पनि उतै उत्पत्ति भएका हुन) । यो कीराले गोलभेँडा लगायत आलु, भण्टा जस्ता बालीलाइ आक्रमण गर्न सक्दछ । टुटा एब्सोलुटा लाइ आलु वा गोलभेँडा को पात खनुवा Leaf miner भनेर चिनिन्छ । टुटा एब्सोलुटा तथा आलुको दानामा लाग्ने कीरा, Phthorimaea operculella, र संचित अनाजमा लाग्ने पुतला किरा Sitotroga cerealella कीराको पुतलि समुह order Lepidoptera को एउटै परिवार Gelechidae का सदस्यहरू हुन । गोलभेँडा को पातमा अन्य कीराले पनि किरिमिरि परेको सुरूङ बनाउदछन् र तिनिहरूलाइ पनि पात खनुवा (Leaf miner) भनिन्छ । अन्य पात खनुवा कीरा र टुटा एब्सोलुटा को नोक्सानीको प्रकृति फरक हुन्छ । टुटा एब्सोलुटा पात खनुवा कीराले बालीको पातको भित्र पसेर पातको हरियो पदार्थ खाँदै गर्दा पातमा सेता धर्साको सट्टा सेता धब्बाहरू ...