-गोरख सिंह धामी कहिलेकाही लेख्छु , ठीकठाक लेख्छु, कहिले दिक्दारी लेख्छु. कहिले रमाइलो लेख्छु l लाग्छl जीवन लेख्छु , भोगाइ लेख्छु, दुखाइ लेख्छु l हेर्छु टेलिभिजन पढ्छु अखबार अनि लेख्छू परिवार समाज अनि रास्ट्र लेख्छुl भिजेको सहर भिजेको खेतबारी, असिना पानी र बर्सात देख्छु अनि त्यो संगै कहिलेकाही खडेरीले धुलो उडेको देख्छु, फुंग उडेका अनुहारहरु देख्छु र मौसम लेख्छु l लेख्नलाई लेखक नै हुनपर्छ र पढ्नलाई पाठक नै बन्न पर्छ र ? कथा सबै संग हुन्छन , भोगाई सबैसंग हुन्छन l स्मरण गर्ने दिमाग र मनन गर्ने मुटु सहितको दृस्टी भए काफी l कथा लेखिन्छन पुस्टीन्छन अनि पढीन्छनl भोगाई उतार्यो, पढ्यो बस्यो र जिन्दगी कहिलेकाही लाग्छ, भोगाइहरु पढ्छ, भोगाइहरु सिक्छ र अझै नया कुराहरु भोग्छ नया सिकाइ बन्छ l पहिलाको भोगाई र गराई बाट अपुग भएका केहि कुरालाइ नया भोगाइले बिस्थापित गर्दै लैजान्छl बिस्थापित पनि के भन्नु परिस्कृत गर्दै लैजान्छ l भनिन्छ सुधार हुनु नै सकारात्मक मार्ग ति...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी