म बदलिने बानी बाट आजित छु! तताउदा बाफ बन्छ, चिस्याउदा कठ्याङ्ग्रीदो कवाफ, कुहाएर , आसवित हुदा सराफ, छ यसको आफ्नै बुझीनसक्नु रवाफ अनि यसका रुप छन नाजवाफ! भन्छ विश्व परिवर्तीत छ, एका बिहानै सित छ, दिउसो गर्मी सङ्ग मित छ, बेलुका सितल गित छ, राती यसकै जित छ! अचम्म छ, नबुझेर यो मन थचाम्म छ! आफैले बनाएको उसलाई... मस्तिष्कले जन्माएको, बिबिध भर्सनका नामदिदै अन्माएको, तहतहमा टल्काएको, थरी थरी सुचनाले सल्काएको पहलकदमीहरुका बिच, मानब प्रयासलाई छचल्काएको! यसैको पछी आज.... विश्व कुदित छ, मानव थकित छ, प्रविधी जडित छ, मस्तिष्क कम्पित छ! उ सङ्गै प्रतिस्पर्धी त एउटा सानो चिप छ लाग्छ पछार्दै छ, कान निमोठेर थचार्दै छ! यसरी मानव मन किन दिग्भ्रमित छ? चाहेको हो कस्को लागि, बनाईयो यो कस्को लागि, लाग्छ उर्जावान मानब थकित छ हेर्न मात्रै आखा पुलकित छ, मन रसले रसित छ, मस्तिष्क डोपामाईनले ग्रसित छ, सृजनाका फुलहरु, स्वच्छ तृष्णासोधनका मुलहरु, अविस्कार गराउने भुलहरु, यि सबै हराए, लाग्छ सबैले उसैलाई मनपराए... उसको नाम ए आई.... सुन्दा भैसीले कराए जस्तो ए आई...ए आई.... यसको करामत छ अनेक, ...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी