Skip to main content

Posts

Showing posts from July 3, 2026

तिमि छौ र पो.....

 कविता  शिर्षक:  धन्न तिमी छौ… सुनियो यसरी, बोल्ने फुर्सद भएन, बुनियो यसरी, पोल्ने फुर्सद भएन। सबै मनका कुरा तिमीले खोल्यौ, जानियो यसरी, खोल्ने फुर्सद भएन। तिम्रै लेखाइ पढेर बुझेँ, तिम्रै आँखाले देखेको हेरेर बुझेँ, तिम्रा नाङ्गा नाचहरू, बाङ्ग्याइएका हरेक बातहरू, सबैबाट नबोली लिँदै सिकेँ शिक्षा, गरें निर्मम समीक्षा। तत्पश्चात— तिम्रै कपडा ओढेर, तिम्रै कुटोले गोडेर, तिम्रै बाटोमै मोडेर, तिमीले देखाएका कर्तुतहरू, छर्लङ्ग भएका कुन्तरहरू, तिमीभन्दा टाढै, तिमी आफैले सार्वजनिक गरेका गल्तीहरू, आज मेरा लागि पाठ बने। मैले सिक्नका लागि गल्ती गर्न परेन, तिम्रै जस्तो बेइज्जतीले मर्न परेन। धन्न तिमी छौ, र पो मैले सिकेँ— धन्न तिमी छौ, र पो…