हिसाबकिताब अनि उतारचढावको बर्षको रुपमा गएको बर्षले नेपालको ईतिहासमा गहिरो छाप छोडेर गयो । धेरै भन्दा धेरै रुवायो थोरै आशा जगायो तर निरासा भित्रैबाट आशाजनक सुरुवाती पनि गरायो ।कयन कुराहरु फेरिए भित्तेपात्रो नयाँ फेरियो, दिन र रातहरु फेरिए सिर्फ अङ्कमा भएनी साल फेरियो! उल्लेख्य रुपमा कुनै कुराको प्रगती नभएनी नेपालको ईतिहासमै जनताले चुनेका प्रतिनिधिहरुबाट लेखिएको संबिधान जारी हुनु गएको बर्षको महत्वपुर्ण उपलब्धी रह्यो। धेरै नराम्रा तथा जनमन रुवाउने घटना हरुले गएको बर्ष खासै खुसिको बर्ष रहन सकेन । महत्त्वपूर्ण ब्यक्तित्वहरुले यसै बर्ष देह त्याग गरे / हवाईजहाज दुर्घटनाहरुले नेपाली मनमा गहिरो पीडा दियो! सुरुवातमै भुकम्पले घरबार बिहिन बनाए सङ्गै सुरु भएको यो बर्षले अन्त्य सम्म रुवाउने काम गर्यो। खोटाङ्ग मा बस दुर्घटना र डोटिमा जीव दुर्घटना सङ्गै गएको बर्ष कालो बर्षको रुपमा हामी माझबाट टाढा भयो ।धेरै कुराहरुले गएको बर्ष वास्तवमै हाम्रो लागि सुखद रहन सकेन । नया बर्ष सुरु भैसकेको छ। कयौं कुराहरु छन / नेपाली राजनिती र नेपाली जनमानश माथी धेरै चुनौती हरु छन्l आ...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी