त्यो प्रश्न बनेर तिमीले उत्तर पाउन सक्दैनौ, भन्ने घमण्डले म कहिलै परीक्षा पास हुन सकिन! त्यो प्रश्नको घमण्डले, मेरो उत्तर कहिलै पाएन! हामी दुईटैको घमण्डले, हामी दुबै असन्तुष्ट छौँ । म सोच्छु, प्रश्नलाई केही आउदैन, प्रश्न सोच्छ, मेरो उत्तर यसलाई आउदैन! हामी दुईटैको आवश्यकता सही उत्तर थियो! तर हामी दुईटैको घमण्डले दुबै अनुत्तरीत छौं ! प्रश्न सही उत्तर नपाएर असफल छ! म उत्तर नै नदिएर असफल छु! हामी दुबै असफल हरुलाई छेउमा राख्दै, बिस्मय बढेको छ बिचमा, बिस्मयले ठाउँ ओगटेको छ... प्रलयको पहाड बनेर, हामी दुईतिर उभिएका छौ फुङ्ग उजाडिएका पाखा बनेर । मिति:2080/07/24 9:45 PM
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी