Saturday, April 23, 2016

फिक्सन : अर्को बिहान

अर्को बिहान ...

त्यो दिनपनी घुमघाम को क्रममा म पुगेको थिए एक टहरामा.....

टिन मा पानीका थोपाहरु बज्रीरहेका थिए । जोरको हावा चलिरहेको थियो! हावाले टिन उडाउछ कि भन्ने डर उस्तै थियो भने बाहिरको पानि पनि भित्र पस्ने डर थियो । रामकुमार टर्च बालेर छेउ तिर हेर्दै कराउदै छन । ए भगत उठ गधा! ए यो त भिजी सकेछ,, के विधि निदाको हो! भगत आँखा माडदै उठ्छ । कपडा छाम्दै, ला हजुर बा आज पनि पिसाब फेरिएछ ।लजाएर बोल्छ।पिसाब हैन आकासले पिसाब फेरेको गधा! तेत्रो पानी ले भिज्दा नि था पाउन्नस मुर्दार , राम कुमार मुर्मुरियो । 'खै हेर्त फागुनिको ओछ्यान  भिजेको त छैन?, सिते ले लामो हाई काढ्दै भनिन, छैन। टिन एकनासले बजिरहेको थियो !

रामकुमारले खल्ती छाम्दै धेरै दिन अघि आधा सल्काएको ४४ बिडि निकाल्यो र सलाई पार्दै तान्न थाल्यो। यो पाराले यो बर्खामा बाचिएला जस्तो छैन,, गएको बर्खा त जसरी तसरी गयो। टिन पनि नयाँ थियो । सबै जना सङ्गै थियौ ,डर पनि थेन!! घर बनाउनलाई सरकार ले दुईलाख दिने कुरा गरेको नि कति भै सक्यो, धेरै ठाउमा पाईसकेछ्न हाम्रै गाउँ मात्रै के भा हो कुन्नी? पहिलो किस्ताको ५००००/- अस्ति तिर पाईन्छ भनेर बोलायो फेरि के कुन्नी नमिलेर निकासा भा छैन रे! हुन त आफुलाई पर्या भए पो! अर्कालाई को ले पो हेर्छ र? " लामो सास तान्दै रामकुमारले भन्यो ।

हो भन्या बुढा, अब भात किन्ने कि,, घर बनाउने! बर्ष भरी कमाएको खादैमा ठिक्क हुन्छ, फेरि यिनिहरुलाई स्कुल पनि पठाउनै पर्यो ! गाँस खायो बाँस नभएर दुख पाईयो वास बनाउ गाँस नपाई भोकै मरिन्छ । धेरै आए ! गाउमा थरिथरिका नारा दिएर गए ! फुरुक्क पारे! चाउरी परेक सुकेका अनुहार लाई हसाए, घर बनाई दिन्छौ भने ,नानाभाती प्रस्नहरु सोधे कापी हरु भरेर गए , हामिलाई झुक्याए चुट्किला सुनाएर! कथा सुनाएर।  हामिलाई धेरै आसा देखाएर खुसी पार्दै फोटो खिचेर लगे्! तपाईका कुरा ठाउमा पुगाउछौ भने। आफू ठाउमा पुगे , बढुवा भए,NGO कि के जाती हौ भने सरकार लाई कुरा लाईदिन्छम रे  हामी जस्ताको त्यस्तै,  हामिलाइ चुट्किला बनाए!'सिते ले निराशता दर्साईन ।
हुन पनि भुकम्प मा उनिहरुले कमाउने छोरो गुमाएका रहेछन । सधै हामी किन मर्न सकेनौ,, हामिलाई किन काल आएन भनेर रामकुमारले सधै काललाई गाली गर्थे र आजपनी  त्यही गरे । भुकम्पमा छोरो गुमेपछि बुहारिलाई नि गुमाएका रहेछन उनिहरुले, गर्भवती बुहारिलाई नाकाबन्दिको मारमा गुमाएछन ! बच्चा जन्माउन लाग्दा धेरै रगत बगेछ अस्पताल लिन रामकुमारले भर मग्दुर प्रयास गरे,, मानिसलाई बोलाएर बोकेरै अस्पताल लिने प्रयाश थाले तर भगवानको चाहना नै एहि भए पछि कसको के लाग्थ्यो र? रामकुमार यिनै कुरा सम्झेर भकानिदै थिए !
आज पनि सिते ले उनलाई सम्झाउने कोसिस गर्छिन!! सधै बेकारका कुरा नसम्झ बुढा यी नाति नातिना छन यिनकै लागि भएनी हामिले बाच्नु पर्छ ।गएका कुरा लाई सम्झेर कम्जोर हुनु भनेको आफैलाई मार्नु हो, बाचुन्जेल समस्या संगै जुधौ, एक दिन मर्नु त छदै छ! यी लालाबालाकै लागि हामिलाई भगवानले जिउदो छोडेका हुन ।
राती एक बज्दै छ! भगत फेरि बजैको काखमा निदाई सकेको थियो ! उसको कपाल खेलाउदि सिते 'अभागी तेरो कर्म , सानै छ्दा माया गर्ने आमाबुबा गुमाईस अब तेरै भरोसा छ , हामी हुन्जेल त सुखै पाउने हस अब ठूलो भएसी हामिलाई सुख दिनु पर्छ तैले !' दिन्छ यो मुर्दार सुख सरिरमै पानी परेको त थाहा पाउदैन, सरिरमै पिसाब फेर्छ ! रामकुमार नातिलाई सुमसुम्याउदै बोल्यो ।

फागुनिको ओछ्यान पानीले नभेट्टाको भएकाले उनी मजाले सुति रहेकी थिईन ।  फागुनी भगत भन्दा ठ्याक्कै एक डेढ बर्ष कान्छी हुन । उनलाई रामकुमार र सिते ले उठाउन खोजेनन ।निन्द्रा खल्बलियो भने उनको बितन्डा मचाउने बानी भएकाले उनलाई उनिहरुले उठाएनन ।

पानी थोरै रोकिए जस्तो भयो अब उनिहरु सुत्ने तरखरमा लागे ।
मैले यो सब नियाली रहेको थिए। भुकम्प बाट कायल भएका कयन घर हरुलाइ लुटेर आएको थिए । त्यो दिन त्यही टिनको झुप्रो मेरो टार्गेट थियो । त्यहा को बस्तुस्थिती देखेपछी लाग्यो । सन्सारमै एति घिनलाग्दो काम मैले गरिरहेको रहेछु , थुईक्क आफ्नै मुख्मा थुक्न मन लाग्यो ! म आज देखि नराम्रो काम नगर्ने भुकम्प पछिको पुनर्निर्माण मा स्वयंसेवक बन्छु अब म सुध्रन्छु कयन गाली खाए होला कयन पाप लाग्ने काम गरे । आसुले लत्पतिएका आमाबुबा हरुलाई मैले लुटे, तिनिहरुले गासको लागि थन्काएका पैसा चोरे, मस्ती गर्दै हिने  ।म बद्लने वाला थिए। मेरो भावना लाई लुट्यो त्यो घरले मैले आफैलाई धिक्कारी रहेको थिए । बिस्तारै त्यहा बाट कुलेलम ठोक्ने बिचार गरे ! रामकुमारले सिते बुढिलाई भन्यो हैन ए बुढी त्या हेर्त मान्छे जस्तै कोहि उभिरा छ । हो त बुढा त्यो गाउँ चोर्ने मान बहादुरको छोरो हैन हरामी कहिको । हो यो मुर्दारलाई आज बाकी राख्दिन रङेहात फेला पर्यो । उनी जुरुक्क उठे र म भए तिर आउदै गर्दा बिचमा एक मोटो बासको चोईलो समाते! म भाग्न खोजे,, तर मेरो कमिज को पछडिको भाग टिन को कुना मा अड्किएको थियो! म सार्है डराए, चाहेर पनि भाग्न सकिन मेरा खुट्टा काप्दै थिए ती बुढाको अनुहार नै कस्तो कस्तो लाग्यो ।बुढाले आफ्ना चम्किला दात कस्दै चम्किलो बासको चोईटा उठाए!! म एकासी कराउनु बाहेक केही गर्न सकिन  !एया मार्यो नि आमा
एई के भयो एल्लाई! डाक्टर साप हेर्नू त मेरो छोरा छट्पटीदै छ। आमा बोल्नु भयो ए हरि के भयो ह तलाई नराम्रो सपना त देखिनस ! डाक्टर सापले भन्नू भा त चाडै ठिक हुन्छस रे ।
यहि कुरा भन्न लाग्नु भएको लगभग होस आए देखि महिनौ भएको थियो । आज पनि फेरि अर्को बिहान एहि सपना सङ्गै सुरु भयो ।बुढाले सपनामा बासको चोईटाले हिर्काएको सम्झे बिस्तारै हात टाउको तिर लागेर  छामे पट्टि थियो । पट्टिमा हात पर्दा ओसिलो लाग्यो ! एक दम डराए हात आँखा अगाडि ल्याए ! नियाले रगत थिएन ,, बस पानी लागेको थियो पट्टि बाट,, हल्का सन्चो भएको अनुभव भयो ।

#भुकम्पमा परि ज्यान गुमाउने ग्यात अग्यात आत्माहरुको चिर शान्तिको कामना सहित!!