बगेर जाउ या बहेर, सम्झाएरै जाउ या कहेर, तिम्रो आगमनले धर्ती रसिलो हुन्छ, तिमी भित्रै भिज या सतहमै रहेर! तिमी एक सत्य हौ, काकाकुलको लागि आधिपत्य हौ! खडेरीले तिमीलाई खोज्छ, हरित बन्न बृक्षले तिमीलाई नै रोज्छ! तिमी आउछौ, गड्याङगुडुङ गरि रौद्र रुपमा, आह्लादित बनाउछौ, गर्मी अनि धुपमा! उडिरहेको धुलो बस्छ, पातपातको फोहोर खस्छ, मलिनता भित्र पस्छ! शालिनता प्रवेश गर्छ! दुनियाको मैलो पखालिन्छ, धर्ती मातामा परेका चिरा जति, पालैपालो टालिन्छ! तिमी व्यन्जना हौ, तृष्णाको भनिन्छ उपहार हौ कृष्णको, तर कहिले काहीँ धर्तिलाई छक्याउछौ, आफ्नो धर्म सम्झेरै हो कि बिर्सेर, कि त मनुष्यको कायापलट देखि तर्सेर, धर्ती उछिट्याउछौ, अनि बाढी बनेर बगाउछौ! हुन त अविरल पर्नु, सुरु भए पछि सफा नगरी नरोकिनु, पृथ्वीका प्रत्येक तृष्णाहरुको तृखा मेट्नु, अनि रुखको लहरा पहरा देखि जरा भेट्नु तिम्रो पनि त चाहना हुन सक्छ! बेला मौका प्रेमिल बन्ने बाहना हुन सक्छ, नपाउदा, ती जडित लहरा र जरा सङ्ग झुम्मिन, छिरेको हुन सक्छौ, उजाड चिराहरुमा, पृथ्विको अरिकल धमनी र शिराहरुमा, प्रेमी नभेटिदाको पिडामा, विवश भैदिएको हुन सक्छौ, निरश भै दिएको...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी