Skip to main content

Posts

Showing posts from December, 2022

कविता : त्रासद बर्षा र विकास

 बगेर जाउ या बहेर, सम्झाएरै जाउ या कहेर, तिम्रो आगमनले धर्ती रसिलो हुन्छ, तिमी भित्रै भिज या सतहमै रहेर! तिमी एक सत्य हौ, काकाकुलको लागि आधिपत्य हौ! खडेरीले तिमीलाई खोज्छ, हरित बन्न बृक्षले तिमीलाई नै रोज्छ! तिमी आउछौ, गड्याङगुडुङ गरि रौद्र रुपमा, आह्लादित बनाउछौ, गर्मी अनि धुपमा! उडिरहेको धुलो बस्छ, पातपातको फोहोर खस्छ, मलिनता भित्र पस्छ! शालिनता प्रवेश गर्छ! दुनियाको मैलो पखालिन्छ, धर्ती मातामा परेका चिरा जति, पालैपालो टालिन्छ! तिमी व्यन्जना हौ, तृष्णाको भनिन्छ उपहार हौ कृष्णको, तर कहिले काहीँ धर्तिलाई छक्याउछौ, आफ्नो धर्म सम्झेरै हो कि बिर्सेर, कि त मनुष्यको कायापलट देखि तर्सेर, धर्ती उछिट्याउछौ, अनि बाढी बनेर बगाउछौ! हुन त अविरल पर्नु, सुरु भए पछि सफा नगरी नरोकिनु, पृथ्वीका प्रत्येक तृष्णाहरुको तृखा मेट्नु, अनि रुखको लहरा पहरा देखि जरा भेट्नु तिम्रो पनि त चाहना हुन सक्छ! बेला मौका प्रेमिल बन्ने बाहना हुन सक्छ, नपाउदा, ती जडित लहरा र जरा सङ्ग झुम्मिन, छिरेको हुन सक्छौ, उजाड चिराहरुमा, पृथ्विको अरिकल धमनी र शिराहरुमा, प्रेमी नभेटिदाको पिडामा, विवश भैदिएको हुन सक्छौ, निरश भै दिएको...

कविता शिर्षक : पाठ

 बिष्लेषण गर्न छोड्नु पर्छ, स साना टुक्राहरुलाई, स साना मनहरुलाई, र अनुभव गर्नु पर्छ जोडिएको वातावरण अनि जनजिबनलाई! आफुलाई सुधार्न अझै बाकी छ, मैले हेर्नू छ,चुपचाप भएर, अनि लेख्नु छ, साना साना ठाउँ मा भएका दमनहरुलाई! 'म' भौतिक लडाई लड्न कति तत्पर बनु? र कति सङ्ग बेसरम भएर रिपु बनु, कतिलाई सकिएका, सकाईएका र सकिन लागेका ठानु, हो, सकाउन त 'म'लाई पनि सकाउछन खोज्लान, दुनिया सकाउने ले, अब निशब्द भै आफै जानूँ, आफैले आफैलाई शान्त ठानुँ! र अरुले कसैलाई बनाउन र सकाउन सक्दैनन भन्ने जानूँ! दैबले ठगेका निर्धनहरुलाई, आत्मा सकिएका बेघरहरुलाई, बालुवा बिनाका अनि छाल बिनाका बगरहरुलाई, तन्किनै नसकिएका अनि तन्काउदा टुटेका रबरहरुलाई! एकै मालामा उनेर पढ्न सक्नु छ, उनीहरुको मनमा गड्न सक्नु छ! साना साना कृयाकलापहरुमा, कहि बिछोड अनि आलापहरुमा, कतै का पुण्य अनि जानी नजानी भएका पापहरुमा, कसैले लगाई दिएका नजर, अनि लागेका श्रापहरुमा दबोचिएर दबिएको जीवन पढ्नु छ, हो, त्यसैमा गडेरै त अघि बढ्नु छ। 'म' त्यतिमै कहाँ सकिउला र? बिचबाटोमै कहाँ बहकिउला र? चहकिलो रापले जिन्दगीको चिसो हटाउनु छ, आफैले आ...