कविता शीर्षक: पिपल & People रचना: २०८० असार १० (२३ बजे) ================================== म भत्किएको पर्खालमा उम्रीएको "पिपल" हुँ, केही "पिपलहरु" म "पिपलको" छहारीमा, बसि बसि मलाई सिध्याउन सपना देखीरहेको देख्छु ! अनि के ही 'पिपलहरु' मेरो साहारमा भुसुक्क निदाउदै सपनाको सहरमा छिरेको देख्छुँ.. मैले केही चराका बथानहरु बोकेको छुँ, केही बादरहरुको तौल जोखेको छु, धुम्मिल यादहरु, यस्ता पनि छन, केही देख्नु पर्ने अनि केही देख्नै नपर्ने दृश्यहरु पनि देखेको छु!!............. देखेका जति अनि देखाईएका जति भनु सब भने छन ती कति कति! केही उजाडिएर मेरो छायामा बस्छन केही बिछोडमा अनि केही मायामा बस्छन् ! मलाई 'पिपल' भन्छन ती 'पिपलहरु' म पनि तिनीहरुलाई 'पिपल' भन्छु, तिनीहरु सुस्ताएर मेरा हाङ्गा अनि पात गन्छन, म तिनको आनन्द, द्वेश क्लेश र घृणा अनि प्रेम गन्छु! मैले 'पिपल' भएर धेर भए अक्सिजन दिन्छु, घाम भए सितल छाया दिन्छु, केही चराको घर बनिदिएर, केही जनावरको कृडा स्थल, अनि केही बानरहरुको हावाको घर, ती 'पिपलहरुले' मलाई सबै...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी