बहकिएका दुईथोपा आशुहरु तप्प गाला मुसार्दै ओठ सम्म पुगेपछी लाग्यो, बिछोड नुनिलो हुदोरहेछ! उनको नुनिलो याद अझै बाकी रहेछ दुई खोपिल्टा भित्र! उनले छोडेको मुटु भित्रको एउटा कोठा रित्तिएर बोसो जमेको छ, पिडामा जमेको बोसोले पीडा दिन्छ, पीडा दिदा लाग्छ, उनको नमिठो पदचाप मुटुमा गडिएको रहेछ! उनी हुनुको आभासले मेरो जिउ जिङ्रीग हुन्छ, गुजबमका स-साना टाकुराहरुले जिउ सिउडी बनिरहदा, र एकतमासले टाउको भित्रको गिदिले उनलाई बिदाई गर भनेर आदेश दिएको छ, तर म बिदाईको तोपमा गोलाहरु भरेर मेसिन गन बर्साउन कसरी सकुला र खै? नसकी नसकी पनि सक्नुपर्छ भन्छिन मेरी आमा, मेरीआमाको मधुर वाणी र तार्किक वचन अनि निसर्त प्रेम अगाडी लहड र बचपन मेरो अगाडी हिरो बनेर पल्टिएको छ, म निरीह चम्चा बनेर नाचीरहेको छु, के चम्चा मा अब आईनाईजेसन्को गुन्जायस छैनर? ध्रुवीकरण को ध्रुबिकृत विश्वमा काईयोमा त धुलो टासिन्छ म सङ्ग टासिने धुलो कोई भैदिए, म सङ्गालेर नपखाली अङ्गालिदिने थिए! एक सम्झनाले बनाएको खाडडललाई अर्कै मायाले टाल्न एक प्रयास हुन सक्थ्यो, सार्थक हुनैपर्छ भन्ने त छैन, किनकी य...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी