घाउमा नुन छर्किएर भाग्ने तिमी को हौ?
सुनका बाला देखाउदै माग्ने तिमी को हौ?
हेर्दा खेरी धनैधनको खजाना छौ तिमी,
सानो टालो सङ्गै इज्जत ढाक्ने तिमी को हौ?
तिमी कोहौ ? गाउँ शहर गाउदै गाउदै हिड्छौ,
तिमी कोहौ? ईच्छा रहर बाड्दै बाड्दै हिड्छौ
सहरलाई गाउँ भन्दै डाक्ने तिमी को हौ?
स्वर्गको बस भन्दै उल्टो हाक्ने तिमी को हौ?
तिमी को हौ? सुकेको घाउ कोट्याउछौ किन?
आफ्नै जीवन जानाजान छोट्याउछौ किन?
जिवनलाई दोसाँध सङ्ग दाज्ने तिमी को हौ?
देशलाई पुरै जीवन साच्ने तिमी को हौ?
को हौ तिमी जान्न मन छ, को हौ तिमी को हौ?
परिचय छैन तिम्रो हौ तिमी जो हौ!
देश भन्छौ । बन्छ भन्छौ, झुटो आस किन गर्छौ?
सहिद हु भन्छौ भने, आखिर तिमी किन मर्छौ?
तिमी मरे लास माथी सत्ता टेक्ने खुट्टा कति?
सत्तामाथि कुर्सी समाई त्यहा बस्ने पुट्ठा कति,
भन्छौ भने नेपाली हु! भर्याङ कति बन्छौ अब
बेचिएको इज्जत ढाक्ने झ्याङ कति बन्छौ अब!
दिन दिनै बलात्कार त तिम्रो पनि भै रहेछ!
देशको इज्जत बजारमा बिकाउमा गै रहेछ!
भन्छौ भने व्यापारी हु! देश बेच्नेलाई किन पोष्छौ?
शहिदका लास माथी तातो सुईरो कति घोच्छौ?
तिमि को हौ? अब था भो! भन्न पनि कति गार्हो!
आफैलाई प्रश्न त्यो सोध्न पनि कति गाह्रो !
नेपाली हु भनु भने! यै हो तेरो नेपाल भन्छन
जनता हु भनौ भने ! यिनै तेरा नेता भन्छन!
इज्जत छ भनौ भने उडाउनेले उडाईदिए!
सम्बन्धको डोरी छैन चुडाउनेले चुडाई दिए!
देश छ भनौ भने! देशले लाज ढाकिदेन,
म सङ्ग अब कुनै बाकी रको आस छेन!
सोध्छौ भने तिमी को हौ? भनेर मलाई!
यहि प्रश्न मैले सोधु म के भन्छौ तिम्लाई!
मेरो मतले परिचय सखाप भयो मेरो।
को हौ तिमी भन्यौं भने नाम छैन मेरो।।
२. उसको संदेश ...(असोज १४,२०७५)
घुम्दै फिर्दै आउनु पर्दा एउटा सुन्दर गाउँमा
एउटा चिठी लेखीराछु प्रीती तिम्रो नाउमा।
सारङ्गीको धुनसरी बग्ने जिन्दगानी
नेपाली भै जिएको म, हिमालको सिरानी!!
सारा सङ्सार एकै ठाउँमा अडिएको देख्छु,
तिम्रो नाउमा प्रीतिको फुल सम्झी चिठी लेख्छु,
याद आए हरपल तिम्रो नाउ सम्झी रोए,
डाडा पखा हरियाली गाउँ सम्झी रोए !
भञ्ज्याङ् अनि चौतारीमा बरपिपल्को छाया,
बोलाउछ नेपाल मलाई अमुल्य छ माया ।
चौरिको दुध सुकमेल छुर्पी सम्झना छ ताजा,
चाडपर्व दसैतिहार, गुन्द्रुक अनि खाजा!
ओछ्यान हाम्रो रङ्गीचङ्गी तन्ना ओछ्याएको
घर हाम्रो फुलैफुल्ले सदा सजाएको।
गौतम बुद्ध जन्मे देशको, माया फेरि लाग्यो,
सम्झनामा नेपालीपन अहिले पनि जाग्यो।
बिरताको पहिलो नाम, गोर्खाली हो सान,
सयौं थुङ्गा फुलका हामी हाम्रो रास्ट्रगान।
गौरव गर्छौ नेपाली भै बाच्न पाउँदा सम्म,
नेपाली ले नेपालको गित गाउन पाउँदा सम्म।
गयौं हामी हासिहासी देशको लागि भन्दै,
बाचेका थ्यौ खेतवारी कोदालीले खन्दै।
बिदेशमा जान रहर कसलाई छ होला र?
अकालैमा मर्ने रहर कसको थ्यो होला र?
देशले रगत मागेपछी पछि परिएन,
बिरता र गाथा माथी सम्झौता गरिएन।
तर देश झनै झनै फस्दै जादैराछ,
यो देशमा के हुदैछ? अचम्म भै राछ।
सोचेका थ्यौ परिवर्तन आउँछ रगत्ले,
शान्तिका गित परेवाले गाउछ रगत्ले।
तर आज गिद्दहरु आकाश भरिराछन,
उडाएका परेवाका हुलै मरिराछन।
हत्या हिङ्सा बलात्कारले सिमा नाघिसक्यो,
छिमेकीले छेउछाउ बाट सिमा नाघिसक्यो।
खेल्नेहरु खेली राछ्न रगतको होली,
बीस सरी फैलिराछ यिनको भासण बोली।
देश बनाउन राम्रा जति सति गएम हामी,
जिउदा जति बाकी रहे शोषक र हरामी।
निन्द्रा आउन्न सधै सधै ऐठन हुने गर्छ,
आत्माशान्ती कहाँ हुनु, सधै रुने गर्छ ।
अझै एउटा हिटलर फेरि चाईयो देशमा
नभै एउटा अर्को युद्ध केही हुन्न यो देशमा।
भ्रस्टाचारी जति लाई जिउदै किरा परे,
सुन्दर शान्त नेपाल यो बन्थ्यो कि केई गरे।।
एउटा चिठी लेखीराछु प्रीती तिम्रो नाउमा।
सारङ्गीको धुनसरी बग्ने जिन्दगानी
नेपाली भै जिएको म, हिमालको सिरानी!!
सारा सङ्सार एकै ठाउँमा अडिएको देख्छु,
तिम्रो नाउमा प्रीतिको फुल सम्झी चिठी लेख्छु,
याद आए हरपल तिम्रो नाउ सम्झी रोए,
डाडा पखा हरियाली गाउँ सम्झी रोए !
भञ्ज्याङ् अनि चौतारीमा बरपिपल्को छाया,
बोलाउछ नेपाल मलाई अमुल्य छ माया ।
चौरिको दुध सुकमेल छुर्पी सम्झना छ ताजा,
चाडपर्व दसैतिहार, गुन्द्रुक अनि खाजा!
ओछ्यान हाम्रो रङ्गीचङ्गी तन्ना ओछ्याएको
घर हाम्रो फुलैफुल्ले सदा सजाएको।
गौतम बुद्ध जन्मे देशको, माया फेरि लाग्यो,
सम्झनामा नेपालीपन अहिले पनि जाग्यो।
बिरताको पहिलो नाम, गोर्खाली हो सान,
सयौं थुङ्गा फुलका हामी हाम्रो रास्ट्रगान।
गौरव गर्छौ नेपाली भै बाच्न पाउँदा सम्म,
नेपाली ले नेपालको गित गाउन पाउँदा सम्म।
गयौं हामी हासिहासी देशको लागि भन्दै,
बाचेका थ्यौ खेतवारी कोदालीले खन्दै।
बिदेशमा जान रहर कसलाई छ होला र?
अकालैमा मर्ने रहर कसको थ्यो होला र?
देशले रगत मागेपछी पछि परिएन,
बिरता र गाथा माथी सम्झौता गरिएन।
तर देश झनै झनै फस्दै जादैराछ,
यो देशमा के हुदैछ? अचम्म भै राछ।
सोचेका थ्यौ परिवर्तन आउँछ रगत्ले,
शान्तिका गित परेवाले गाउछ रगत्ले।
तर आज गिद्दहरु आकाश भरिराछन,
उडाएका परेवाका हुलै मरिराछन।
हत्या हिङ्सा बलात्कारले सिमा नाघिसक्यो,
छिमेकीले छेउछाउ बाट सिमा नाघिसक्यो।
खेल्नेहरु खेली राछ्न रगतको होली,
बीस सरी फैलिराछ यिनको भासण बोली।
देश बनाउन राम्रा जति सति गएम हामी,
जिउदा जति बाकी रहे शोषक र हरामी।
निन्द्रा आउन्न सधै सधै ऐठन हुने गर्छ,
आत्माशान्ती कहाँ हुनु, सधै रुने गर्छ ।
अझै एउटा हिटलर फेरि चाईयो देशमा
नभै एउटा अर्को युद्ध केही हुन्न यो देशमा।
भ्रस्टाचारी जति लाई जिउदै किरा परे,
सुन्दर शान्त नेपाल यो बन्थ्यो कि केई गरे।।
-गोरख पृथकको डायरीबाट