Skip to main content

Posts

Showing posts from January 17, 2025

ए देश बिदेश के फरक पर्छ??

  देशले बोलाएन.... हिजो सीप सिक्न बिदेश गएको साथीले भन्छ  देशले बोलाएन, बिदेशको सीप स्वदेशमा  विदेशको सपना स्वदेशमा, विदेशको लगानी स्वदेशमा, र उ सबै बिदेश स्वदेशमा ल्याउन चाहन्छ, तर उसलाई देशले बोलाएन! देशले उसलाई न त फेसबुकमा म्यासेज गर्यो, न त भाईबरमा हाई भन्यो, टिकटकमा टिकटिक त कहाँ हो कहाँ , कुनै पानाहरुमा, न कुनै दस्तावेजमा, देशले लेखेको छैन उसको नाम, र देश भन्छ,हामी विश्वब्यापीकरणको प्रभाबमा छौ, हामी श्रोत साधनको अभाबमा छौ, रिण काढेर भए पनि पेट भर्छौ, भोकै पादेर भए पनि ग्यास बेच्छौ, जानेहरु जाउ, जानेलाई रोक्छ कसैले, रोक्नु संविधानको खिलाफ छ। मलाई पनि जान मन लागे बरु त्यतै आउछु, नेपालमा के नै राखेको छ र? बस्ने व्यवस्था गरिराख्नु म देश हु, बिदेशिन्छु! धेरै भए, देश बिदेशियो भन्नेछन, र मलाई स्वदेश फिर्तिको नाममा मेरो सम्बोधन पक्कै नहुने, संविधान सम्मत मानिने केही दस्तावेज कोरिनेछन, र दस्तावेजको रसस्वादनमा  एकहुल सरकारहरु बद्लिनेछन! म देश झन बिदेशिने छु! सरकारहरु स्वदेशिनेछन, विदेशी रिण स्वदेशिने छ तर देश बिदेशिने छ.. केही पछी देश विदेश हुनेछ ए देश भए पनि विदेश भए प...