mysansar मा आजभन्दा ९ बर्ष अघी प्रकाशित -गोरख बहादुर धामी म अस्ति भग्नावशेषबाट आएर बाटोमै उभिएको एउटा लासको पर्खाइमा थिएँ। लाशहरुसँग बात मार्नु मेरो लागि अनौठो कुरो होइन। म उसको नजिकै गएँ र भने नमस्ते! उसका मसिना र लामा दुई हात जोडिए। मलाई लागेको थियो, यो लाशको हातखुट्टा सब सही सलामत छ, उभिएको पनि छ, यो कसरी मर्यो? उसले मेरो मनको कुरो बुझिहाले छ, भन्छ, ” म मरेको छैन म मारिएको हुँ। यो भग्नावशेषभित्र म थुनिएको थिएँ। मलाई लाग्यो, यता पनि कोही उद्दार गर्न आउलान्। अनि म पनि, तिमी जस्तै बाँच्न सकुँला! तर कुरा तेसो भएन, म पर्खि बसेँ,कोही आएन। उनी आइनन्। छोरो बोलेन। आवाज सुनिएन। बिस्तारै मेरो देह र आत्मा फरक हुँदै गयो। म चिसो भएँ। मेरा हात खुट्टा शरीर कक्रक्क भए। फेरि दोश्रो दिन अर्को चट्टान खस्यो र म त्यहाँबाट भागेँ। म सँधै यहीँनेर आउँछु, तर उनी कहिलै आउँदिनन! वाक्कदिक्क र नरमाइलो लाग्छ। आज तिमीसँग भेट भयो। यसै गरेर उनीसँग नि भेट हुन्छ होला। तिमीलाई एउटा कुरा भनुँ भन्दै ऊ आफ्नो खुट्टा खोच्याउन थाल्यो, मेरो नजिक आउँदै उसले भन्यो- मलाई दागबत्ती दिइएको छैन,म सैतान भैसकेँ। म १५ ...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी