Skip to main content

Posts

Showing posts from January 11, 2018

जलवायु परिवर्तन:: कृषिमा चुनौती र प्रकोप न्युनिकरण

पृष्ठभूमी  विश्वको सबैभन्दा ठूलो समस्या तथा जल्दोबल्दो बिषय को रुपमा सबैले जलवायु परिवर्तन लाई लिने गरेका छन । वास्तवमै विश्व को जल्दोबल्दो समस्याको रुपमा जलवायु परिवर्तन ले आफ्नो जरा गाडिरेहेको छ।पृथ्वीको वायुमण्डल मा हरित गृह ग्यासहरु जम्मा भए सङ्गै पृथ्वीको तापमान लगातार वृद्धि भैरहेको छ। संसार भरी यसलाई विश्वव्यापी उष्णता अर्थात Global warming भनेर भन्ने गरिन्छ । विभिन्न ओजोन तह विनाशक ग्यासहरुको मात्रा बायुमण्डलमा बढे सङ्गै सुर्यबाट आउने हानिकारक विकिरणहरु पृथ्वीमा प्रवेश गर्ने क्रम बढिरहेको छ। विभिन्न औद्योगिक क्रियाकलाप हरुको वृद्धि सङ्गै बायुमण्डलमा हानिकारक हरितगृह ग्यासहरुको मात्रा बढिरहेको छ। हानिकारक हरित गृह ग्यासहरु उत्सर्जनमा औद्योगिक रास्ट्रहरुको नै बढी भुमिका भए पनि यो सम्पुर्ण विश्वकै लागि चुनौतिको बिषय बनिरहेको छ। यसको कारक का रुपमा विश्वका धनी देशहरु भए पनि यसको प्रभाव भने विश्वका सम्पुर्ण रास्ट्रहरुले भोग्नु पर्ने निश्चित छ ! जलवायु परिवर्तन , हरितगृह प्रभाव लगाएतका हानिकारक प्राकृतिक विपत्ति हरुले कुनै सिमाना तथा भुगोल हेर्दैनन , यसकारण पनि हामी यो मामला बा...