जलवायु परिवर्तन:: कृषिमा चुनौती र प्रकोप न्युनिकरण : लेखहरु गोरख धामी बि.एस.सि कृषि अध्ययनरत लम्जुङ क्याम्पस, कृषि र पशु विज्ञान अध्ययन संस्थान विश्वको सबैभन्दा ठूलो समस्या तथा जल्दोबल्दो विषयको रुपमा सबैले जलवायु परिवर्तन लाई लिने गरेका छन । वास्तवमै विश्वको जल्दोबल्दो समस्याको रुपमा जलवायु परिवर्तनले आफ्नो जरा गाडिरेहेको छ।पृथ्वीको वायुमण्डलमा हरितगृह ग्यासहरु जम्मा भए संगै पृथ्वीको तापमान लगातार वृद्धि भैरहेको छ। संसार भरी यसलाई विश्वव्यापी उष्णता अर्थात् Global warming भनेर भन्ने गरिन्छ । विभिन्न ओजोन तह विनाशक ग्यासहरुको मात्रा वायुमण्डलमा बढे संगै सुर्यबाट आउने हानिकारक विकिरणहरु पृथ्वीमा प्रवेश गर्ने क्रम बढिरहेको छ। विभिन्न औद्योगिक क्रियाकलापहरुको वृद्धि संगै वायुमण्डलमा हानिकारक हरितगृह ग्यासहरुको मात्रा बढिरहेको छ। हानिकारक हरित गृह ग्यासहरु उत्सर्जनमा औद्योगिक राष्ट्रहरुको नै बढी भुमिका भए पनि यो सम्पुर्ण विश्वकै लागि चुनौतिको विषय बनिरहेको छ। यसको कारकका रुपमा विश्वका धनी देशहरु भए पनि यसको प्रभाव भने विश्वका सम्पुर्ण राष्ट्र...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी