म पोखिन चाहने मान्छे हु,
म मेरा भावहरु अभिब्यक्त गर्न चाहन्छू,
म सबैलाई लतपत्याउन चाहान्छू,
म सवैलाई सकारात्मकता र सृजनशिलताले लतपत्याउन सकुँ।
म मादल हुन चाहन्छू,
म फगत आवाज निकाल्ने
भाले र पोथी ताल मात्रै हैन,
भत्किएका, मक्किएका र बेताल भएका जिबनहरुको ताल बन्न सकु,
र आफ्नो खरी झर्ने बेला सम्म बेसुर जिन्दगीमा ताल भर्न
सकुँ।
म संगित हुन चाहन्छुँ !
जिन्दगीको आरोह र अबरोह मा बज्ने गित मात्रै हैन,
म ति खाल्डोहरु, घाउहरु, र नभरिएका खाली ठाउहरुमा गुन्जन सकुँ
अरुले मेरो बाणी सुन्दा गित र संगित भन्दा पनि माथि
अबिराम शान्ती महशुस गर्न सकुन
म चाहान्छू, म मेरो लागि त गुन्जिन्छू नै...
ति सबै आवश्यकताहरुको लागि पनि गुन्जन सकुँ....
जो साँचिकै भुमरीहरुमा घुमिरहेका छन,
बचाउ बचाउ भन्दै एउटा लयको कर्कस ध्वनी र चिच्याहट
सुनाईरहेका छन् ।
म तिनीहरुको गित बन्न सकुँ र म सुन्नुपर्नेका कानमा गुन्जन
सकुँ।
म ईच्छा बन्न चाहन्छू!
हो म ईच्छा बन्न चाहन्छू।
म त्यस्तो ईच्छा बन्न सकुँ...........
जुन पुरा हुनै पर्नेको मात्रै पुरा होस...
पुरा नहुनु पर्नेले राख्ने हिम्मत नै नराखोस।
म प्रश्न बन्न चाहन्छू...........
एउटा ठुलो र असल प्रश्न
जसले सोध्न सकोस !
सदाचारीता भन्दा पनि कुनै ठुलो कर्तब्य र धर्म हुन्छ र?
र म उत्तर बन्न चाहान्छू जो.....
आदर्सका कुरा गरेर खाईदैन भन्छन् ...
र म भन्छुँ चोरले चोर्नुलाई आदर्स मान्दछ भने..
सदाचारिता र अनुशासन मेरो आदर्स हो।
म यही आदर्सले खान्छुँ र खाईरहेको छुँ।
र दुनियाँ आदर्सका कुराले भगवान बनिरहेको बेला
यहआदर्स ब्यबहारमा उतारेर मानिस बन्न चाहान्छुँ।
मेरो चाहना यत्ती छ बस बन्न सकुँ....
एक आदर्स र नैतिकवान राष्ट्र प्रेमी नागरीक !
No comments:
Post a Comment