प्लाष्टिक घरको निर्माण गर्न बढी लगानी गर्नु पर्ने भएकोले यसरी बनाइएको घरमा बढी भन्दा बढी तरकारीको वेर्ना रोपेर खेती गर्न सकिने घर वनाउनु पर्दछ । साथै घर भित्र राम्रो संग हिंडडुल गर्न सकिने प्रयाप्त ठाँउ पनि हुनु पर्दछ । प्लाष्टिक घर दुई पाखे छाना भएको आकारमा बनाउनु पर्दछ । यस्तो घरमा अन्य आकारको घरमा भन्दा बढी संख्यामा बेर्ना अट्न सक्दछन् र हिंडडुल गर्न पनि सजिलो हुन्छ । यसरी प्लाष्टिक घर बनाउँदा घरको छानाको भिरालो प्रयाप्त हुनु पर्छ । छानाको भिरालो कम भएमा बर्षातको पानी छानामा जम्न प्लाष्टिकमा पानीको पोको बत्र जान्छ र प्लाष्टिक च्यातिन गई पूरै घर बिग्रन सक्छ । प्लाष्टिक घरको उचाई क्षेत्र अनुसार फरक पर्न सक्दछ । बढी चिसो हुने ठाउँमा अलि होचो र गर्मी ठाउँमाबढी उचाईको घर बनाउनु पर्दछ । तर ध्यान के दिनु पर्दछ भने प्लाष्टिक घरको उचाई कम्तिमा आरामले उभिएर हिड्न सकिने खालको हुनु पर्दछ ।
ठाउँको छनोट:
 ज्यादै भिरालो तथा वर्षातको भेल नपस्ने ठाउँ हुनु पर्दछ ।
 धेरै हुरी बतास लाग्ने स्थानमा प्लाष्टिक घर बनाउन उपयूक्त हुदैन ।
 खुला ठाउँ जहाँ दिन भरीनै घाम लगि रहन्छ त्यस्तो ठाउँमा प्लाष्टिक घर बनाउन उपयूक्त हुन्छ ।
प्लाष्टिक घरको क्षेत्रफल
प्लाष्टिक घरको लम्वाई १२ मिटर, चौडाई ५ मिटर र धुरीको उचाई ३ मिटर र वलेसीको उचाई २ मिटरको हुनु पर्दछ ।
आवश्यक सामग्री :
प्लाष्टिक घर बनाउन निम्न सामग्री चाहिन्छ :
१) धुरी खाँवा ४ वटा (लामो खालको तारु बाँस २ वटा)
२) वलेसी खाँवा ८ वटा (लामो खालको तारु बाँस ३ वटा)
३) बलोको लगि तामा वा तारु बाँस लामो खालको ३ वटा ।
४) भाटाको लागि लामो खालको तामा बाँस १० वटा (६४ वटा भाटा निस्कन्छ ) ।
५) प्लाष्टिक ५०० गेजको १६–१८ के.जी ।.
६) मसीनो डोरी २ किलो ।
७) प्लाष्टिक गाँस्ने टेप २ रोल ।
अनुमानित खर्च
| 
   
;fdfu|L 
 | 
  
   
;+Vof 
 | 
  
   
b/ -?_ 
 | 
  
   
hDdf -?k}ofF_ 
 | 
 
| 
   
afF;sf] ;+Vof 
 | 
  
   
18 j6f 
 | 
  
   
150 
 | 
  
   
2700 
 | 
 
| 
   
dl;gf] 8f]/L 
 | 
  
   
2 s]=hL 
 | 
  
   
35 
 | 
  
   
70 
 | 
 
| 
   
Knfli6s -%)) u]hsf]_ 
 | 
  
   
18 s]=hL= 
 | 
  
   
145 
 | 
  
   
2610 
 | 
 
| 
   
Knfli6s ufF:g] 6]k 
 | 
  
   
2 /f]n 
 | 
  
   
100 
 | 
  
   
200 
 | 
 
| 
   
HofdL 
 | 
  
   
9 hgf 
 | 
  
   
200 
 | 
  
   
1800 
 | 
 
| 
   
hDdf vr{ 
 | 
  
   
&#*) 
 | 
 ||
प्लाष्टिक घर भित्रको तापक्रमः
प्लाष्टिक घर भित्रको तापक्रम वनावटको आधारमा वाहिरको भन्दा ५ देखि १५ डिग्री सेन्टीग्रेड सम्मको हाराहारीमा बढी हुन्छ । घर भित्रको लागि दिउँसोको तापक्रम ३० डिग्री भन्दा माथि र रातको तापक्रम १०–१५डिग्री भन्दा कम हुनु हुदैन ।
प्लाष्टिक घर भित्रको माटोको व्यवस्थापन :
कडा चिम्टाईलो माटो छ भने आवशयक मात्रामा वालुवा र राम्रो संग पाकेको गोवर मल, जंगल भित्रको माथिको माटो र प्राङ्गारिक पदार्थ सवै तिर वरावर हुने गरि मिसाउनु पद्र्रछ ।
धेरै वलौटे माटो छ भने पाकेको गोलर मल र जंगल भित्रको माथिको माटो मिसाउनु पर्दछ ।
प्लाष्टिक घर भित्रको माटो उपचार :
 प्लाष्टिकले ढाकेर माटोको उपचार गर्ने (सोलाराईजेशन)
 जैविक विषादीबाट उपचार गर्ने ।
माटोको उपचार गर्मी शुरु हुने वेलामा गर्दा राम्रो हुन्छ ।
प्लाष्टिक घर भित्र तरकारी खेती गर्दा हुने फाईदाहरु :
वोट विरुवालाई प्रतिकूल वातावरणबाट जोगाउँछ ।
तरकारी उत्पादन खुला ठाउँ भन्दा ४–५ गुणासम्म बढी हुन्छ ।
| 
   
qm=;+= 
 | 
  
   
hft 
 | 
  
   
Knfli6s 3/ 
 | 
  
   
v'Nnf 7fpF 
 | 
 ||
| 
   
ptkfbg 
-6g÷/fkgL_ 
 | 
  
   
cfDbfgL -?_ 
 | 
  
   
ptkfbg 
-6g÷/fkgL_ 
 | 
  
   
cfDbfgL -?_ 
 | 
 ||
| 
   
! 
 | 
  
   
v'nf
  ;]lrt 
 | 
  
   
#=@ 
 | 
  
   
$*,))) 
 | 
  
   
!=# 
 | 
  
   
!(,%)) 
 | 
 
| 
   
@ 
 | 
  
   
j0f{z+s/ 
 | 
  
   
^=! 
 | 
  
   
(!,%)) 
 | 
  
   
@=* 
 | 
  
   
$@,))) 
 | 
 
वाली टिप्ने समयलाई अगाडी वा पछाडी मिलाउन सकिन्छ र वेमौसमी ताजा तरकारी उत्पादन गर्न सकिन्छ ।
रोग र कीराको प्रकोपबाट बालीलाई जोगाउन मद्घत गर्दछ साथै विषादीको प्रयोग कम हुन्छ ।
थोपा सिंचाई वा फोहरा सिंचाईको प्रयोगद्वारा पानीको सदुपयोग गर्न सकिन्छ ।
तरकारीको गुणस्तर खुला ठाउँको भन्दा बढी हुन्छ ।
तरकारी बालीको आयु खुला ठाउँको भन्दा निकै बढी हुन्छ ।
सानो क्षेत्रफलको प्रयोगबाट धेरै आम्दानी लिन सकिन्छ ।

No comments:
Post a Comment