Thursday, December 20, 2018

टुटा एब्सोलुटा र यसको नियन्त्रण - Tuta absulata infestation in Tomato and its control

गोलभेँडा एउटा नगदे बाली हो । गोलभेँडामा सिजन अनुसार बिभिन्न खाले रोग र किराहरूले दुख दिने गर्दछन् । हालै एउटा नया र अत्यन्त घातक कीरा Tuta absoluta, टुटा एब्सोलुटा, नामक कीरा नेपाल भित्रिएको र काठमान्डु क्षेत्र वरिपरि फैलिएको छ । यो कीराको उत्पत्ति दक्षिण अमेरिकामा भएको हो (आलु गोलभेँडा जस्ता बाली पनि उतै उत्पत्ति भएका हुन) । यो कीराले गोलभेँडा लगायत आलु, भण्टा जस्ता बालीलाइ आक्रमण गर्न सक्दछ । टुटा एब्सोलुटा लाइ आलु वा गोलभेँडा को पात खनुवा Leaf miner भनेर चिनिन्छ । टुटा एब्सोलुटा तथा आलुको दानामा लाग्ने कीरा, Phthorimaea operculella, र संचित अनाजमा लाग्ने पुतला किरा Sitotroga cerealella कीराको पुतलि समुह order Lepidoptera को एउटै परिवार Gelechidae का सदस्यहरू हुन ।
गोलभेँडा को पातमा अन्य कीराले पनि किरिमिरि परेको सुरूङ बनाउदछन् र तिनिहरूलाइ पनि पात खनुवा (Leaf miner) भनिन्छ । अन्य पात खनुवा कीरा र टुटा एब्सोलुटा को नोक्सानीको प्रकृति फरक हुन्छ । टुटा एब्सोलुटा पात खनुवा कीराले बालीको पातको भित्र पसेर पातको हरियो पदार्थ खाँदै गर्दा पातमा सेता धर्साको सट्टा सेता धब्बाहरू देखिन्छन् | यस्ता धब्बा भित्रको भागमा कीराको लार्भा भेटिन्छन् ।
हाम्रो जस्तो कमजोर क्वारेन्टिन कार्यक्रम भएको देशमा यो कीरा छोटो समयमा नै देश भरि फैलने छ । तसर्थ, यसको आइपीएम् प्रविधि मार्फत ब्यवस्थापनकालागी अनुसन्धान र प्रसार कार्य अपनाउनु पर्दछ ।
कीराको जिवन चक्र
———————-
टुटा एब्सोलुटा ले पातको तल्लो सतहमा वा बढदै गरेका मुना, डाँठ तथा कलिला फलका भेटनामा सानो, लाम्चो, धमिलो सेतो रंगको फुल पार्दछ । फुलबाट निस्किएको लार्भाको टाउको कालो र शरीर सुरूमा सेतो भए पनि पछि हल्का हरियो वा गुलाबी रंगमा फेरिने गर्दछ । पुर्ण विकशित लार्भा पातबाट जमीनमा झर्दछ र प्युपामा परिणत हुन्छ जसबाट पछि माउ पुतला निस्कन्छ । माउ पुत्ला निकै सानो, करिब ७ मिलिमिटरको, खैरो वा ध्वाँसे रंगको हुन्छ |
source: slideshare.com
यो कीरा कसरी फैलन्छ?
—————————-
टुटा एब्सोलुटा सानो, तर पखेटा भएको पुत्ला कीरा हो । तसर्थ, ओल्लो पल्लो खेतबारीमा आफै पनि फैलन्छ । तर एउटा देश बाट अर्को देश, एउटा क्षेत्र बाट अर्को क्षेत्रमा भने मानविय गतिविधीका कारण फैलन्छ । खास गरेर टुटा एब्सोलुटा ले फुल पारेका वा त्यसका लार्भा, प्युपा संक्रमित गोलभेँडा का बेर्ना वा फलको ओसार पसार गर्दा यो कीरा लामो दुरी फैलन्छ । यस्तै संक्रमित गोलभेँडा आयात गर्दा यो कीरा भारतबाट नेपाल प्रवेश गरेको हो ।
नियन्त्रण विधी
——————
कुनै विनाशी जीव नपुगेको क्षेत्रमा त्यस्ता विनाशी प्रवेशमा रोक लगाउने उद्देश्यका साथ क्वारेन्टीन कार्यक्रम संचालन गरिन्छ । देश भित्र टुटा एब्सोलुटा किरा प्रवेश गरि सकेको काठमान्डु उपत्यका तथा आसपासका क्षेत्रमा फैलिइ सकेको सन्दर्भमा यसलाइ फैलन नदिन आन्तरिक क्वारेन्टीन कार्य प्रभावकारी रूपमा संचालन गरिनु पर्दछ । खास गरेर, कीरा फैलिइ सकेको काठमान्डु उपत्यका र आसपासका क्षेत्रबाट बेर्ना तथा गोलभेँडा अन्य क्षेत्रमा लैजानु हुदैन । तर सर्वसाधारणमा यो कीराको बारेमा जाकारीको अभावमा कीरा संक्रमित बेर्ना र फलको ओसार पसार सरल छैन । अहिलेको हाम्रो कार्य क्षमता र कार्य पद्दती हेर्ने हो भने आन्तरिक वा वाह्य क्वारेन्टीन खासै आसलाग्दो छैन । धेरै वर्ष अगाडी काठमानडुमा मा देखा परेको काउली बन्दाको जरामा गाँठा बनाउने रोग आन्तरिक क्वारेन्टीनको अभावमा देशभरि फैलिएको थियो ।
रसायनिक विषादी टुटा एब्सोलुटा लाइ विभिन्न संपर्क कीटनाशक विषादी, खास गरेर पाइरेथ्व्राइड समुहका विषको प्रयोग गरि नियन्त्रण गर्ने प्रयास गरिएको पाइन्छ । यस्ता विषादीको निरन्तर प्रयोग गर्दा एकातिर बालीमा रहेका लाभदायक कीराहरू पनि मर्ने र अर्को तिर टुटा एब्सोलुटा ले त्यस्ता विषादी पचाउने क्षमता विकाश गर्ने संभाना बढ्दछ । तसर्थ विषादी प्रयोग होशियारी पुर्वक गरिनु पर्दछ ।
मोहनीपासो अर्थात फेरोमोन ट्र्याप मा प्राय कीराका भाले लाइ आकर्षित गर्न पोथी कीराले त्पादन गर्ने रसायनलाइ ब्यवशायिक रूपमा उत्पादन गरि भाले कीरालाइ लठ्याउन प्रयोग गरिने उपाय हो । यस्ता पासोको उपयोग बाट क) कुनै क्षेत्रमा यस्ता विनाशी जिव स्थापित भए नभएको पत्ता लगाउन (Pest Detection) ख) विनाशी जिव स्थापित भैसकेको स्थानमा ऋतु परिवर्तन सँगै किराहरुको संख्यात्मक उतार चढाव अध्ययन गर्न (Pest population monitoring), ग) विनाशी कीरा नियन्त्रण (Pest control) र घ) विनाशी उन्मूलन (Pest Eradication) गर्न प्रयोग गर्न सकिन्छ । कीराको गतिविधि बढे घटेको अनुगमन गर्नुका साथै कीरा नियनत्रण समेत गर्न सकिन्छ । हाम्रो सन्दर्भमा यस्ता मोहनि पासोको मुल्यलाइ ध्यानमा राख्दा यसलाइ कीराको उपस्थिति पत्ता लगाउन र तिनीहरूको संख्यात्मक उतार चढावको अध्ययन गर्न प्रयोग गर्न सकिन्छ ।
जैविक नियन्त्रण प्रकृतिमा हरेक जिवका शत्रु तथा मित्रहरू पाइन्छन् । बाली बिरूवामा लाग्ने विनाशी जिवका पनि प्राकृतिक शत्रुहरू हुन्छन् । यस्ता शत्रुहरूलाइ रोग ब्याधि उत्पन्न गराउने सुक्ष्म जिव (Pathogen) , शिकारी जिव (Predator) र परजिवि जिव (Parasitoid) गरि तीन कोटीमा बाडन सकिन्छ । यस्ता प्राकृतिक शत्रुहरूको प्रयोग गर्दै गरिने विनाशी नियन्त्रण पद्दतीलाइ जैविक नियन्त्रण भनिन्छ । यो विधि अर्गानिक कृषिमा समेत स्विकृत छ ।
सामान्यतया यस्ता अवान्छित आगन्तुक (invasive) कीरा नियन्त्रणकालागि तिनिहरूको उद्गम स्थलबाट तिनिहरूलाइ आक्रमण गर्ने प्राकृतिक शत्रुहरूलाइ भित्र्याउने गरिन्छ । यस्ता विनाशी कीराका शत्रुहरूलाइ हाम्रा मित्र कीराको रूपमा चिनिन्छ । तर टुटा एब्सोलुटा को नियन्त्रणका लागी भने यस्तो यस्ता मित्र कीरा भित्र्याइएको पाइदैन, बरू रैथाने प्राकृतिक शत्रुहरूको खोजमेल गरेको पाइएको छ । नेपालमा पनि कीराको जैविक विविधता प्रशस्त मात्रामा रहेकोले हाम्रा रैथाने कीराहरूले नै यसलाइ आक्रमण गर्न सक्दछन् । तसर्थ, कुन कीराले कति मात्रामा यसलाइ नियनत्रण गर्न सघाउँछ भन्ने अनुसन्धानलाइ प्राथमिकमताका साथ अगि बढाउनु पर्दछ ।
जैविक विषादी (Bio-pesticide):
———————————–
कीरामा रोग ब्याधि उत्पन्न गराउने उद्देश्यले प्रयोग गरिने शुक्ष्म जिवयुक्त उत्पादनलाइ जैविक विषादी भनिन्छ । टुटा एब्सोलुटा पुतली समुहको कीरा हो । पुतली समुहका कीराका लार्भालाइ बी टी (अर्थात बेसिलस थुरिन्जिएन्सिस) को प्रयोग बाट नियन्त्रण गर्न सकिन्छ । त्यस्तै कीरामा रोग उत्पन्न गराउने मेटारिजियम, बोभेरिया जस्ता ढुसीहरू बाट बनाएको जैविक विषादीबाट पनि यसको नियन्त्रणमा सहयोग पुगेको बताइन्छ । यस्ता जैविक विषादी कीराका प्राकृतिक शत्रु किरालाइ बढि सुरक्षित मानिन्छ ।
शिकारी कीरा (Predator)
प्रकृतिमा पाइने केही मांशाहारी कीराहरूले उनीहरूको जिवनयापनका लागी विभिन्न खाले कीराहरूको शिकार गर्दछन् । सुन्टिकी (Lady bird beetle), क्राइसोपा, मांसाहारी पतेरा लगायत धेरै प्रकारका कीराहरूले अन्य साना कीराको शिकार गर्दछन् ।
टुटा एब्सोलुटा कीरा नियन्त्रणमा अन्य देशहरूमा कीराको मिरिडी परिवार (Family Miridae) अन्तर्गत पर्ने Macrolophus, Nesidiocoris, Cyrtopeltis जस्ता जातीका कीराहरू प्रयोग गरिएको पाइएको छ । यी कीराहरूले कीराको साथसाथै बाली विरूवाबाट पनि रस चुस्दछन् । कहिलेकाही यिनीहरूको संख्या यति धेरै भै दिन्छ, तिनीहरुले नै बालीलाइ नोक्सान पुर्याउन सक्दछन् । विदेशमा गरिएको एउटा अध्ययनमा यस्ता शिकारी कीराले गोलभेँडा को सेते किरा (Whitefly) नियन्त्रणमा महत्वपुर्ण भूमिका खेल्यो, तर सेते कीराको अभावमा गोलभेडालाइ नै नोक्सानी षुर्यायो ।
केही बर्ष अघि पोखरा आसपास क्षेत्रका किसानको प्लास्टिक घरमा गरिने गोलभेडा उत्पादनको अनुगमन गर्ने सिलसिलामा यसै समुहको पतेरो कीरा भेटिएको थियो । सो पतेरोको आक्रमण पछि गोलभेडाको कलिलो डाँठमा एक प्रकारको खैरो घेरा देखा पर्दछ त्यसमाथीको मुन्टाको बृध्दि सुस्ताउद्छ । घेरा परेको ठाउँमा डाँठ कमजोर हुन्छ र सजिलै भाँचिन्छ । सो पतेरो कीराले टुटा एब्सोलुटा को फुल र लार्भालाइ आक्रमण गर्छ की गर्दैन, अध्ययन गर्नु जरूरी छ ।
परजिवि कीरा (Parasitoid)
——————————-
टुटा एब्सोलुटा लाइ यसको फुल, लार्भा तथा प्युपा अवस्थामा आक्रमण गर्ने विभिन्न परजिवि कीराले आक्रमण गरेको पाइएको छ । तिनिहरुमा सबै भन्दा महत्वपुर्ण भूमिका फुलका परजिवि कीराको रहेको छ । पुतलीका फुलमा आक्रमण गर्ने कीरामा ट्रीकोग्रामा जातीका कीरा सबै भन्दा महत्वपुर्ण मानिन्छन् । टुटा एब्सोलुटा को फुललाइ पनि ट्रिकोग्रामाका बिभिन्न प्रजातीले आक्रमण गर्न सक्दछन्, तर ट्रिकोग्रामा एकेइय (Trichogramma achaea) ले अन्य जाती भन्दा बढी प्रभावकारी भएको बताइन्छ ।
हामीले मध्य पहाडी क्षेत्र, स्याँग्जा, तनहु र कास्कीका विभिन्न भागमा गोलभेँडा को पातको गबारो किराको शत्रुहरूको सर्भे गर्दा सो गबारोको फुललाइ ट्रिकोग्रामा ले आक्रमण गरेको पाएका थियौं । सो ट्रिकोग्रामा को जाती पहिचान गराउदा ट्रिकोग्रामा एकेइय प्रजाती भएको बताइएको थियो । तसर्थ, स्वदेशमा नै पाइने यो ट्रिकोग्रामा किरालाइ टुटा एब्सोलुटा को बिरूध्द उपयोग गर्न थप अनुसन्धान गर्नु पर्दछ ।
Source: online

Monday, December 10, 2018

केहि कविताहरु


१. को हौ तिमी ?
मिति २०७०/१२/२५ 
घाउमा नुन छर्किएर भाग्ने तिमी को हौ?
सुनका बाला देखाउदै माग्ने तिमी को हौ?
हेर्दा खेरी धनैधनको खजाना छौ तिमी,
सानो टालो सङ्गै इज्जत ढाक्ने तिमी को हौ?

तिमी कोहौ ? गाउँ शहर गाउदै गाउदै हिड्छौ,
तिमी कोहौ? ईच्छा रहर बाड्दै बाड्दै हिड्छौ 
सहरलाई गाउँ भन्दै डाक्ने तिमी को हौ?
स्वर्गको बस भन्दै उल्टो हाक्ने तिमी को हौ?

तिमी को हौ? सुकेको घाउ कोट्याउछौ किन?
आफ्नै जीवन जानाजान छोट्याउछौ किन?
जिवनलाई दोसाँध सङ्ग दाज्ने तिमी को हौ?
देशलाई पुरै जीवन साच्ने तिमी को हौ?

को हौ तिमी जान्न मन छ, को हौ तिमी को हौ?
परिचय छैन तिम्रो हौ तिमी जो हौ!
देश भन्छौ । बन्छ भन्छौ, झुटो आस किन गर्छौ?
सहिद हु भन्छौ भने, आखिर तिमी किन मर्छौ?

तिमी मरे लास माथी सत्ता टेक्ने खुट्टा कति?
सत्तामाथि कुर्सी समाई त्यहा बस्ने पुट्ठा कति,
भन्छौ भने नेपाली हु! भर्याङ कति बन्छौ अब
बेचिएको इज्जत ढाक्ने झ्याङ कति बन्छौ अब!

दिन दिनै बलात्कार त तिम्रो पनि भै रहेछ!
देशको इज्जत बजारमा बिकाउमा गै रहेछ!
भन्छौ भने व्यापारी हु! देश बेच्नेलाई किन पोष्छौ?
शहिदका लास माथी तातो सुईरो कति घोच्छौ?

तिमि को हौ? अब था भो! भन्न पनि कति गार्हो!
आफैलाई प्रश्न त्यो सोध्न पनि कति गाह्रो !
नेपाली हु भनु भने! यै हो तेरो नेपाल भन्छन
जनता हु भनौ भने ! यिनै तेरा नेता भन्छन!

इज्जत छ भनौ भने उडाउनेले उडाईदिए!
सम्बन्धको डोरी छैन चुडाउनेले चुडाई दिए!
देश छ भनौ भने! देशले लाज ढाकिदेन,
म सङ्ग अब कुनै बाकी रको आस छेन!

सोध्छौ भने तिमी को हौ? भनेर मलाई!
यहि प्रश्न मैले सोधु म के भन्छौ तिम्लाई!
मेरो मतले परिचय सखाप भयो मेरो।
को हौ तिमी भन्यौं भने नाम छैन मेरो।।

२. उसको संदेश ...(असोज १४,२०७५)
घुम्दै फिर्दै आउनु पर्दा एउटा सुन्दर गाउँमा
एउटा चिठी लेखीराछु प्रीती तिम्रो नाउमा।
सारङ्गीको धुनसरी बग्ने जिन्दगानी
नेपाली भै जिएको म, हिमालको सिरानी!!

सारा सङ्सार एकै ठाउँमा अडिएको देख्छु,
तिम्रो नाउमा प्रीतिको फुल सम्झी चिठी लेख्छु,
याद आए हरपल तिम्रो नाउ सम्झी रोए,
डाडा पखा हरियाली गाउँ सम्झी रोए !

भञ्ज्याङ् अनि चौतारीमा बरपिपल्को छाया,
बोलाउछ नेपाल मलाई अमुल्य छ माया ।
चौरिको दुध सुकमेल छुर्पी सम्झना छ ताजा,
चाडपर्व दसैतिहार, गुन्द्रुक अनि खाजा!

ओछ्यान हाम्रो रङ्गीचङ्गी तन्ना ओछ्याएको
घर हाम्रो फुलैफुल्ले सदा सजाएको।
गौतम बुद्ध जन्मे देशको, माया फेरि लाग्यो,
सम्झनामा नेपालीपन अहिले पनि जाग्यो।

बिरताको पहिलो नाम, गोर्खाली हो सान,
सयौं थुङ्गा फुलका हामी हाम्रो रास्ट्रगान।
गौरव गर्छौ नेपाली भै बाच्न पाउँदा सम्म,
नेपाली ले नेपालको गित गाउन पाउँदा सम्म।

गयौं हामी हासिहासी देशको लागि भन्दै,
बाचेका थ्यौ खेतवारी कोदालीले खन्दै।
बिदेशमा जान रहर कसलाई छ होला र?
अकालैमा मर्ने रहर कसको थ्यो होला र?

देशले रगत मागेपछी पछि परिएन,
बिरता र गाथा माथी सम्झौता गरिएन।
तर देश झनै झनै फस्दै जादैराछ,
यो देशमा के हुदैछ? अचम्म भै राछ।

सोचेका थ्यौ परिवर्तन आउँछ रगत्ले,
शान्तिका गित परेवाले गाउछ रगत्ले।
तर आज गिद्दहरु आकाश भरिराछन,
उडाएका परेवाका हुलै मरिराछन।

हत्या हिङ्सा बलात्कारले सिमा नाघिसक्यो,
छिमेकीले छेउछाउ बाट सिमा नाघिसक्यो।
खेल्नेहरु खेली राछ्न रगतको होली,
बीस सरी फैलिराछ यिनको भासण बोली।

देश बनाउन राम्रा जति सति गएम हामी,
जिउदा जति बाकी रहे शोषक र हरामी।
निन्द्रा आउन्न सधै सधै ऐठन हुने गर्छ,
आत्माशान्ती कहाँ हुनु, सधै रुने गर्छ ।

अझै एउटा  हिटलर फेरि चाईयो देशमा
नभै एउटा अर्को युद्ध केही हुन्न यो देशमा।
भ्रस्टाचारी जति लाई जिउदै किरा परे,
सुन्दर शान्त नेपाल यो बन्थ्यो कि केई गरे।।

 -गोरख पृथकको डायरीबाट 

Wednesday, December 5, 2018

प्लाष्टिक घर निर्माण बिधि -Plastic tunnel construction Manual (Nepali)




प्लाष्टिक घरको निर्माण गर्न बढी लगानी गर्नु पर्ने भएकोले यसरी बनाइएको घरमा बढी भन्दा बढी तरकारीको वेर्ना रोपेर खेती गर्न सकिने घर वनाउनु पर्दछ । साथै घर भित्र राम्रो संग हिंडडुल गर्न सकिने प्रयाप्त ठाँउ पनि हुनु पर्दछ । प्लाष्टिक घर दुई पाखे छाना भएको आकारमा बनाउनु पर्दछ । यस्तो घरमा अन्य आकारको घरमा भन्दा बढी संख्यामा बेर्ना अट्न सक्दछन् र हिंडडुल गर्न पनि सजिलो हुन्छ । यसरी प्लाष्टिक घर बनाउँदा घरको छानाको भिरालो प्रयाप्त हुनु पर्छ । छानाको भिरालो कम भएमा बर्षातको पानी छानामा जम्न प्लाष्टिकमा पानीको पोको बत्र जान्छ र प्लाष्टिक च्यातिन गई पूरै घर बिग्रन सक्छ । प्लाष्टिक घरको उचाई क्षेत्र अनुसार फरक पर्न सक्दछ । बढी चिसो हुने ठाउँमा अलि होचो र गर्मी ठाउँमाबढी उचाईको घर बनाउनु पर्दछ । तर ध्यान के दिनु पर्दछ भने प्लाष्टिक घरको उचाई कम्तिमा आरामले उभिएर हिड्न सकिने खालको हुनु पर्दछ ।

ठाउँको छनोट:

ज्यादै भिरालो तथा वर्षातको भेल नपस्ने ठाउँ हुनु पर्दछ ।
धेरै हुरी बतास लाग्ने स्थानमा प्लाष्टिक घर बनाउन उपयूक्त हुदैन ।
खुला ठाउँ जहाँ दिन भरीनै घाम लगि रहन्छ त्यस्तो ठाउँमा प्लाष्टिक घर बनाउन उपयूक्त हुन्छ ।

प्लाष्टिक घरको क्षेत्रफल 

प्लाष्टिक घरको लम्वाई १२ मिटर, चौडाई ५ मिटर र धुरीको उचाई ३ मिटर र वलेसीको उचाई २ मिटरको हुनु पर्दछ ।

आवश्यक सामग्री :

प्लाष्टिक घर बनाउन निम्न सामग्री चाहिन्छ :

१) धुरी खाँवा ४ वटा (लामो खालको तारु बाँस २ वटा)
२) वलेसी खाँवा ८ वटा (लामो खालको तारु बाँस ३ वटा)
३) बलोको लगि तामा वा तारु बाँस लामो खालको ३ वटा ।
४) भाटाको लागि लामो खालको तामा बाँस १० वटा (६४ वटा भाटा निस्कन्छ ) ।
५) प्लाष्टिक ५०० गेजको १६–१८ के.जी ।.
६) मसीनो डोरी २ किलो ।
७) प्लाष्टिक गाँस्ने टेप २ रोल ।

अनुमानित खर्च 
;fdfu|L
;+Vof
b/ -?_
hDdf -?k}ofF_
afF;sf] ;+Vof
18 j6f
150
2700
dl;gf] 8f]/L
2 s]=hL
35
70
Knfli6s -%)) u]hsf]_
18 s]=hL=
145
2610
Knfli6s ufF:g] 6]k
2 /f]n
100
200
HofdL
9 hgf
200
1800
hDdf vr{
&#*)


प्लाष्टिक घर भित्रको तापक्रमः

प्लाष्टिक घर भित्रको तापक्रम वनावटको आधारमा वाहिरको भन्दा ५ देखि १५ डिग्री सेन्टीग्रेड सम्मको हाराहारीमा बढी हुन्छ । घर भित्रको लागि दिउँसोको तापक्रम ३० डिग्री भन्दा माथि र रातको तापक्रम १०–१५डिग्री भन्दा कम हुनु हुदैन ।

प्लाष्टिक घर भित्रको माटोको व्यवस्थापन :

कडा चिम्टाईलो माटो छ भने आवशयक मात्रामा वालुवा र राम्रो संग पाकेको गोवर मल, जंगल भित्रको माथिको माटो र प्राङ्गारिक पदार्थ सवै तिर वरावर हुने गरि मिसाउनु पद्र्रछ ।
धेरै वलौटे माटो छ भने पाकेको गोलर मल  र जंगल भित्रको माथिको माटो मिसाउनु पर्दछ ।

प्लाष्टिक घर भित्रको माटो उपचार :

प्लाष्टिकले ढाकेर माटोको उपचार गर्ने (सोलाराईजेशन)
जैविक विषादीबाट उपचार गर्ने ।

माटोको उपचार गर्मी शुरु हुने वेलामा गर्दा राम्रो हुन्छ ।

प्लाष्टिक घर भित्र तरकारी खेती गर्दा हुने फाईदाहरु :

वोट विरुवालाई प्रतिकूल वातावरणबाट जोगाउँछ ।
तरकारी उत्पादन खुला ठाउँ भन्दा ४–५ गुणासम्म बढी हुन्छ ।
qm=;+=
hft
Knfli6s 3/
v'Nnf 7fpF
ptkfbg
-6g÷/fkgL_
cfDbfgL -?_
ptkfbg
-6g÷/fkgL_
cfDbfgL -?_
!
v'nf ;]lrt
#=@
$*,)))
!=#
!(,%))
@
j0f{z+s/
^=!
(!,%))
@=*
$@,)))


वाली टिप्ने समयलाई अगाडी वा पछाडी मिलाउन सकिन्छ र वेमौसमी ताजा तरकारी उत्पादन गर्न सकिन्छ ।
रोग र कीराको प्रकोपबाट बालीलाई जोगाउन मद्घत गर्दछ साथै विषादीको प्रयोग कम हुन्छ ।
थोपा सिंचाई वा फोहरा सिंचाईको प्रयोगद्वारा पानीको सदुपयोग गर्न सकिन्छ ।
तरकारीको गुणस्तर खुला ठाउँको भन्दा बढी हुन्छ ।
तरकारी बालीको आयु खुला ठाउँको भन्दा निकै बढी हुन्छ ।
सानो क्षेत्रफलको प्रयोगबाट धेरै आम्दानी लिन सकिन्छ ।

म तिमी र उनिहरु! (माटो दिवश विशेष)


कविता....
तिमी छौ र त म अडिएको छु
भन्छ ढुङ्गा ले, जसको कुनै जीवन छैन,
तिमी छौ र त म अडिएको छु भन्छ पानीले
जसको आफ्नो जीवन छैन,
तिमी छौ र त म अडिएको छु भन्छ,
बोट बिरुवाले,
अझै भन्छ तिमी त मेरो नसा नसामा बग्छौ,
तिमी त मेरो सब थोक हौ,, मेरो प्राण हौ, मेरो जीवन हौ!
जसको जीवन मेरो आधारले चल्छ, उनिहरुको लागि पनि र जसको कारण म जिवित छु उनिहरुको लागी पनि तिमी समान छौ!
छुट्याउदैनौ, बालख युवा र बृद्ध,
छुट्याउदैनौ घरेलु अनि जङ्गली,।
बसाउछौ, माया गरेर आफ्नो छातिमा,
आखाले नदेख्ने देखि आखाले देख्नका लागि ठुला लाग्ने सबै चिजहरु!
जसरी एउटी आमाले भुणलाई हुर्काउदै बच्चा पैदा गर्छिन र ठूलो बनाउछिन!
हो त्यही आमालाई समेत आधार दिन सक्छौ तिमी,
हो त्यही आमालाई समेत जन्माउछौ तिमी।
तिम्रो छातिमा भगवानहरु बस्छन,
मन्दिर मस्जिद गुम्बा र चर्चका घरहरु भित्र,,
तिमी भगवानलाई पनि त आधार दिन सक्छौ
तिमी भगवानलाई पनि आफ्नो छातिमा हिडाउन सक्छौ ।
सन्सारका शक्तिशाली देश देखि, बिकास उन्मुख तेश्रो विश्व सबैलाई समान देख्न सक्ने आँखा छन तिम्रा,
कहिलै तिमीले भनेनौ,
बिकासको चरम उत्कर्शमा पुगेका मुलुकहरूलाई,
कि, तिमीहरुले मेरो गर्भमा रसायन फाल्यौ,
मेरो छातिमा बम बारुद पड्कायौ,
र मेरो छातिमा बीस ओकल्यौ!
तिमीले कैलै भनेनौ, उनिहरुले मेरो अनुहार, शरिर र सुडौल अङ्गअङ्गहरुमा लुछे, मेरो बलात्कार गरे!
कैलै भनेनौ, कि मलाई एसो चाहियो,
उसो चाहियो!
र भन्दैनौ पनि, किन?
किनकी यिनिहरु सबैको खाल्डो पनि तिम्रै छातिमा खनिने वाला छ।
सबै तिमी जस्तै बन्ने वाला छन,
उनिहरु तिमी भन्दा छिटो सड्नेवाला छन।
भन्छौ,
आफ्नो खाल्डो मेरो गर्भमा आफै खन्छन भने,
म के भनु?
मलाई बगाउछु भन्दै हिन्ने नदि त मेरै छातिमा समुन्द्र बनेर तैरिएको छ।
र भन्छौ,
उनिहरु के नै गर्न सक्छन र?
मलाई पुरै फोहर पार्लान,
मलाई चम्चाले चिनी घुलाए झै, पानीमा घुलाउलान,
या उनिहरुका अस्त्र शस्त्र र रसाएनहरुलाई प्रयोग गरेर,
गर्न सक्ने जति सबै गर्लान, दुशित पार्लान
तर मलाई केही गर्न सक्दैनन!
जसरी जाचमा जथाभावी लेखेर उनिहरु पास हुन सक्दैनन,
त्यसरी नै मलाई जथाभावी दुशित गरेर उनिहरु बाच्न सक्दैनन !
किन बुझ्दैनन उनिहरु कि, रोगी आमा बाट जन्मेका शन्तान कमजोर हुन्छन भनेर
किन बुझ्दैनन?
दुशित खाना खाएको उनिहरुको जिउ रोगको भकारी हुन सक्छ भनेर।
किन बुझ्दैनन , सन्तुलन कायम गर्न प्राकृतिक पारिस्थितिक पद्धति हुन पर्छ भनेर
किन बुझ्दैनन ? जैविक बिबिधताले नै प्राकृतिक सन्तुलन ल्याउन सक्छ भनेर,
उनिहरु बिग्रीदै जानुको कारण म बिग्रनु हो।
म ठोकुवा गरेर भन्छु, र मलाई थाहा पनि छ।
एदि सबै कुरा जोगाउन चाहन्छन र पृथ्वीलाई माटो बनेको हेर्न चाहन्नन भने,
म माटो लाई माटो रहन दिनुपर्छ
म माटोलाई माटै रहन दिनुपर्छ!!

Saturday, May 12, 2018

खुसिको लागी ....

                        -गोरख सिंह धामी


कहिलेकाही लेख्छु , ठीकठाक लेख्छु, कहिले दिक्दारी लेख्छु. कहिले रमाइलो लेख्छु l  लाग्छl  जीवन लेख्छु , भोगाइ  लेख्छु, दुखाइ लेख्छु l हेर्छु टेलिभिजन पढ्छु अखबार अनि लेख्छू परिवार समाज अनि रास्ट्र लेख्छुl  भिजेको सहर भिजेको खेतबारी, असिना पानी  र बर्सात देख्छु अनि त्यो संगै कहिलेकाही खडेरीले धुलो उडेको देख्छु, फुंग उडेका अनुहारहरु देख्छु र मौसम लेख्छु l

लेख्नलाई लेखक नै हुनपर्छ र पढ्नलाई पाठक नै बन्न पर्छ र ? कथा सबै संग हुन्छन , भोगाई सबैसंग हुन्छन l स्मरण गर्ने दिमाग र मनन गर्ने मुटु सहितको दृस्टी भए काफी l कथा लेखिन्छन पुस्टीन्छन अनि पढीन्छनl भोगाई उतार्यो, पढ्यो बस्यो र जिन्दगी कहिलेकाही लाग्छ,  भोगाइहरु पढ्छ, भोगाइहरु सिक्छ र अझै नया कुराहरु भोग्छ नया सिकाइ बन्छ l पहिलाको भोगाई र गराई बाट अपुग भएका केहि कुरालाइ नया भोगाइले बिस्थापित गर्दै लैजान्छl बिस्थापित पनि के भन्नु परिस्कृत गर्दै लैजान्छ l भनिन्छ सुधार हुनु नै सकारात्मक मार्ग तिरको दौड हो l सुध्रीनु नै जिउनु पनि हो l त्यो सिकाइ के सिकाइ जुन ब्यबहारमा उतार्न आवश्यक नै हुदैन , त्यो गराई के गराई जुन गराइले मन तरंगीत हुन्न ,दिमाग प्रज्वलित हुन्न र कोष कोषमा सकारात्मक उर्जाको संचार हुन्न l त्यसैले जिवनका त्यस्ता भोगाइहरु लेखिनुपर्छ जसले जीवनलाई सहि मार्गतिर निर्देशित गरोसl पाठकहरुको  मन तरंगीत गरोस अनि एउटा बाटो देखाओस समाजलाई l

सिक्ने र सिकाउने अभ्यास हामीले धर्तीमा पाइला टेके देखि नै गर्छौ l सिकाइका बिभिन्न चरण पार गर्दै जिन्दगीको गोरेटोमा आ-आफ्नै गतिले हिन्छौ l कहिलेकाही गति परिवर्तन गर्छौ त कहिले गतिहीन बनेर पनि पल्टिन्छौ l भनिन्छ स्वादको मजा त सबै स्वाद चाख्नुमा छ l त्यस्तै जिन्दगीको मजा खुलेर जिउनु मा छ l  सारा संसार चियाएर जिउनुमा छ l सुख र दुखलाइ समायोजन गरेर जिउनुमा छ l  ठिक्कको खुसि, ठिक्कको दुख , ठिक्कको हासो अनि ठिक्कको आसु प्राप्त गर्नु मै जीवन्त जीवन छ l भनिन्छ “मरिजाने चोला के होला होला ?”  आजै रमाउ आजै सुरुवात गरौ र अर्को अनि भनिन्छ, “कुनै पनि काम गर्दा तिमि भोलि यो संसारमै रहनेछैनौ भन्ने सोच राखेर गर l”  यी सबैको एउटा तात्पर्य के हो भने मनले मनन गरेको काम आजै अहिलै गर , भोली भन्ने चिज को के भरोसा ?

म लेख्थे र लेख्ने भनेरै यो ड़ाएरि सम्म किने तर डायरी किनेको आधाबर्ष सम्म केहि पनि लेखिन l सिधा भन्दा लेख्न छोडेको धेरै भैसकेछ l  आफ्नो भावना अन्तर कुन्तरका कुराहरु कथा ब्यथा र हासो खुसि अभिव्यक्त गर्न छोडेपछि जीवन जिउनुको मजा नहुदो रहेछ l  जति खेर अलिअलि गर्दै डाएरिका पाना दिनै पिछे भरिन्थे,  लाग्थ्यो जीवन जिउदै छु , जीवन सोच्दै छु , जीवनको गोरेटो हिड्दै छु  l कापीका पानामै सहि जीवनको वास्तविक परिभाषा ,आफ्ना मनका कुरा आफ्ना मनका भावनाहरु किसानले बिउ छरे जसरी छर्न पाउदा मन नै हलुका हुदोरहेछ l अर्थात मनको भारी बिसाउने एउटा थलो बन्दोरहेछ लेखाइ l सायद मन हलुका धेरै पछी पारिदै छ l समयको बहाब हो अथवा परिवर्तन  मन सार्है गरुङ्गो भैसकेछ l पानीमा भिजाएको कोइला जस्तै l सानो सानो कुरामा खुसि हुने समय परिवर्तन भएछ , यो बिचमा मुस्कानकै मुल्य पनि ब्यापक बढेछ सायद जीवनको उद्यश्य बदलेर हो कि ठम्याउनै सकिएन l मानसिक रुपमा बढी नै परिवर्तन भएको भान हुन्छ l  हुन त मानिस तब मात्र सफल भएको महसुस गर्दो रहेछ जब उसले सोचेका देखेका सपनाहरु सकारात्मक रुपमा सफलतामा परिवर्तन हुन्छन l  यो भन्दै गर्दा सपनाहरु सिमित देखिनुपर्छ भनेको तिर नजाओस ,तर  सपना देखिसकेपछि सार्थक पार्नतिर मन बचन र कर्मले लाग्नुलाई जिन्दगी जिएको भनिन्छ l  सहि अर्थमा बाचेको भनिन्छ l

अहिलेको दुनियामा मानिस आफ्नो सपना भुलेर भिजुअल भंन्नेकी भर्चुअल दुनिया तिर लम्केको  जस्तो लाग्छ , सबै जसो त्यस्तो हुदैनन् र मानिस सबैजसो बन्न पनि हुदैन l दुनियाको रित चलाउने सस्कार र संस्कृति सिक्दै आएका हामीमा  जिम्मेवारीका आरोह अबरोह थुप्रीए  पछी वास्तविक लडाई सुरु हुन्छ l  कहिलेकाहि सपनाहरु देखेर आफु भित्रै किन्चित गर्न विवस हुन्छौ हामी l यस अर्थमा भित्र भित्रै हामीमा एक मानसिक बिकारले जरा गाडेको थाहै पाउदैनौ l त्यसैले सपनाहरु लेखिनु पर्छ , सपनाहरु पढ़िनु पर्छ र सपनाहरु साकार पारिनुपर्छ l

अहिलेको जस्तो दुनियामा मानिसलाई डाईभर्ट गर्ने अनेकौ प्रबिधि, अनेकौ अनेक जानकारी र चाहीए भन्दा बढी अनावश्यक सुचनाहरु छन l त्यसैले पनि मानिस सरलरुपमै आफ्नो सफलता, आफ्नो दुर्बलता, आफ्ना सपना र आफ्ना भावानाहरुलाई कुण्ठित गर्दै , मन र मस्तिस्कमा जम्मा पार्दै जमात भएतिर लम्कदै गरेको भान हुन्छ l  दुनियाले देखेको सपनाहरुमा आफ्नो जिन्दगी बाच्दै गर्दा आफुलाई नै चिन्न कठिन हुने गर्दछ l त्यसैले पनि वास्तविक आफु चिन्ने जस्तो महान काम समयमै हुनु जरुरी भएको छ l  आफुलाइ चिनौ , आफ्नो मन मस्तिष्क लाई चिनौ , आफ्नो बहाबलाई चिनौ, आफ्नो गतिलाई चिनौ र भनौ म यो हो l मेरो वास्तविक परिचय यो हो , मेरो गति यो हो , मैले बढाउन सक्ने गतिको सिमा यो हो  l मेरा सपना सिमित छैनन् र अरु पनि भनौ म आफै भएर पहिला आफ्नो लागी जिउनु पर्छ l आफ्नो खुसीको लागी जिउनु पर्छ l

आफ्नो गतिभन्दा जोडले हिनेको सवारी साधन दुर्घटना हुन्छ l वजन भन्दा माथि लोड भयो भने पुल चुडिन्छ र आफ्नो उचाईभन्दा माथि उड्ने चरा गन्तव्यमा पुग्दैन l त्यहि भएरै ट्राफिक क्षेत्रमा भन्ने गरिन्छ “ढिलो गए मज्जैले पुगीन्छ , छिटो गए भन्न सकिन्न l” यसको वास्तविक सार तपाइँ ढिलो जानुहोस , गाडी ढिलो चलाउनुहोस भन्न खोजेको पक्कै होइन l यसले भनेको त के हो भने गाडी सहि र ठिक्क को गतिमा हाक्नुहोस , गाडीको स्पिड क्षेमता र सडकको स्थिति हेरेर चलाउनुहोस र यति गर्दै गर्दा आफ्नो हाक्ने क्षेमताको पनि राम्रो संग ख्याल गर्नुहोस l र यो पनि बुझम कि जीवनको दौडमा कहिले काही आफु संगै धेरैलाई त्यो सिखरमा पुर्याउनु पर्ने हुन्छ l हो यी सबै कुराको एउटामात्रै अर्थ के हो भने , ठिक समयमा ठिक काम ठिक तरिकाले गर्यो भने सफलता प्राप्त हुन्छ र अहिले सम्म सफल भएका मानिसको जीवन बाट सिकिने पाठ पनि यही हो l

एति धेरै कुराहरु लेखि सकेपछी मैले आफ्नै बारेमा लेख्न छुटाए भने मजा हुदैन l म खुले आम के भन्छु भने मैले पनि आफैलाई पूर्णतया चिनेको छैन र यसो पनि भन्ने गरिन्छ, “जुनदिन तैले आफैलाई चिनिस तैले संसार जितिस l”  हो त्यहि संसार जित्ने दिनको पर्खाइमा बसेको छु,  म पनि l  लेख्दा खुसि लाग्छ l खुसीको हात पार्न लेखेको हु l कुनै पनि उद्देश्यले प्रेरित लेखाइको रुपमा बुझ्नु भयो भने गलत ठम्याई हुनेछ l   

Monday, April 2, 2018

परिवर्तन

                                      
-          
- गोरख सिंह धामी 

म हिजो बिहान मात्रै गाउ तिर डुल्दै डुल्दै जादा एउटा चिया पसलमा पुगेको थिए l त्यहा ३/४ जना गाउले दाजु भाइहरु चिया पिउदै गफ गरिरहेका थिए l म पनि त्यहि गफमा मिसिन पुगे l.
 “सार्है ठण्डा पो छ ला दा एक कप चिया पिलाउनु पर्यो हो l”
"हुन्छ भाइ l "

साहुजी ले भन्दै थिए ,  “खै यार पैला पैला त् यो समयमा गर्मी नै हुन्थ्यो l, ३/४ बर्ष एता असोजमै चिसो हुन थालेको छ l.”
 “हो भन्या मलाइ नि तेस्तै लागिराछ l. मौसम परिवर्तन भा को भन्छ  सबै तिर .” माइला दाइले थप्नु भयो l .
 हुका ख र र तान्दै साइला हजुरबुवाले भन्नु भयो l  “यो पाली हाम्रो घर तिर नि मच्छर ले पाइला टेकेछन l.”  
“मच्छर ले टोकेर औलो हुन्छ भन्ने डरले उ बेलामा तराइको जग्गा समेत छोडियो अहिले पहाडमै लामाखुत्ते टोक्न थाले , बित्यासै भयो  .  सबै समयको खेल न हो.”
उहा  भन्दै जानु भयो हामी सुन्दै  गएम  ........

 “हुन त असारमा पाक्ने आरु जेठमै पाकेर लुथ्रुक्कै भएको पनि हाम्रै आखा अगाडी छ l २/३ फीट हिउ पर्ने हाम्रै गाउमा हिउ पर्न छोडेको छ lबरु हिउदभरि खडेरी पर्न सुरु भएको छ lपोहर साल त गहु जौ लगाएको खेतमा पुरै धुलो मात्रै बाकि थियो l अर्थात खडेरीको कारण देशको पश्चिमी भागमा लाखौको कृषि उपज नस्ट हुनका साथै भोकमरीको समस्या आइलागेको थियो l बाढी र पहिरोले अर्बौको धनमाल नस्ट भएको धेरै भएको छैन l, अर्को बर्षको मनसुन फेरी आउदै छ ,l हिसाब कति बढ्ने हो ? कतिको जनधन क्षेती हुने हो कुनै आकलन छैन l. प्राबिधिक रुपमा कुनै देशले बाधा हालेर डुबानको समस्या आएको होलाl त्यो प्राबिधिक समस्या अर्कातिर छोड्दै बिगत बर्तमान र भबिस्यको आकलन गरेर भन्ने हो भने पहिलाको तुलनामा धेरै नै परिवर्तन भएको हामीले पाउछौ l . चाहे कुनै हिमालको हिउ पग्लेर पानीमा डुबेको होस् अथवा पानीको सतह बढेर कुनै जमीन डुबेको होस् , कुरो परिवर्तन मै आएर गासिएको छ l . मुल कुरा त केहो भने आज भन्दा ४०/५० बर्ष पहिला पनि ति टापुहरु थिए l त्यहा पानीको सतह पनि थियो , न आइसल्यान्डको हिउ पग्लियो न त कुनै आइसल्यान्डलाई डुबाउन  समुन्द्रको सतह नै बढ्यो l . सबै जस्ताको तेस्तै रहेको पृथ्वीमा कहिले कुनै ठाउ जलमग्न त कहिले कुनै ठाउ खडेरी ले भुक्का भइरहेको हामी सुन्छौं, देख्छौ अनी अनुभब गर्छौं l.”

खुइय गर्दै बुढाले फेरी भन्न थाले.l “हुन त पहिलाको तुलनमा हजारौ नेपालीहरु दिनको दिन विदेश उडछन  l, कयौ लासहरु बाकसमा प्याक भएर नेपाल पनि आउछन.l मानिसहरु चुड्कीको भरमा ग्लोबको एक कुना देखि अर्को कुना सम्म बातचित गर्छन l भिडियो कल गर्छन l  देशमै बसेर बिदेशी डिग्री लिन्छन अझ भन्दा घरमै बसी विश्व घुम्न पाएका छन् l. पहिला गाउघरतिरका खेतहरुमा जवानहरु पसिना बगाइरहेका देखिन्थे l अहिले जवानी विदेशको घाममा पोलेर आएको पैसाले स्वाद किन्छन l. पहिला स्वदेसको माटोमा बगाएको पसिनाको स्वाद अलग्गै मिठो हुन्छ भनिन्थ्यो, अचेल स्वदेशी पसिना सस्तो हुन्छ भनेर भनेको सुनिन्छ l.  हुन त सबै चिजको समय हुन्छ l.  समय बदलियो त्यहि भएर आरुबखडा फुल्ने समय बदलियो l  चिसो तातो हुने समय बदलियो , लामखुट्टेहरुले सगरमाथाको उचाई चुम्न थाले l: विश्वको भासमा ग्लोबलाइजेसन भनेर भनियो l.  यसरि नै मौसम, हावापानी तथा जलबायु परिवर्तन हुने मुख्य कारणलाइ ग्लोबल वार्मींग भनिदै छ l.  मानिसहरु आफुलाई टेक्निकल ठान्दै बुढा आमाबुवाहरुलाई बृदाश्रममा पुर्याइरहेका भेटिन्छन l. अनि साना नानीहरुलाई होस्टेल पठाईरहेको भेटिन्छन l, मानिसहरु जताततै फोहर गरिरहेको भेटिन्छन अनि अस्पताल बिरामीले खचाखच भेटिन्छन l. मेरो बसमा चल्दो हो त सबैलाई स्वस्थ बनाएर डाक्टर उत्पादन नै बन्द गर्दो हु l.  अस्पताल भन्ने व्यवसायलाई ठप्प पार्दो हु l. हाम्रो समयमा हामीले पढ्न पाएनौ , त्यही भएर हामी जागीरे भएनौ , हामीले आफ्नै पाखुरा बजार्यौ तर आमाबुवाहरुलाई घरमै पाल्यौ , स्याहार सुसार गर्यौ l. यो मामलामा नपढेरै धेरै राम्रो गरेको जस्तो लाग्छ l.”

“माथि भनिएका सबै कुराहरु परिवर्तन संग आपसी सम्बन्ध राख्दछन l.  मैनबत्तीले धागो हुन्जेल  उज्यालो छर्छ l त्यहि मैन बत्ती ले दुनिया जलाएर अध्यारो पार्न पनि सक्दछ l. सुर्य हुन्जेल चन्द्रमाले पनि सितलता दीइरहन्छ l प्रकाश हुन्जेल सितलता /छाया भैरहन्छ l. माटो अडिन पुरै प्रकृति चाहिन्छ l  हामी बिचमा रहेको आपसी सम्बन्धका कारण हामी अन्तरसम्बन्धित छौ l पृथ्वीमा पानि छ र यहि पृथ्वीमा आगो पनि छ l जमिन पनि छ र हावा पनि छ l त्यहि हावालाई भण्डारण गर्ने जंगल पनि छ l यी सबकुराहरु आपसमा जबसम्म सुमधुर तथा सन्तुलीत सम्बन्धमा रहन्छन  तबको अवस्थामा मात्र   वातावरणीय सन्तुलन कायम हुन्छ l ग्लोब सन्तुलीत हुन्छ l अझ भन्दा ब्यालेंन्सड ग्लोबलाइजेसनको अनुभूत गर्न पाइन्छ l जीवन र जगतका धेरै उकाली ओरालिहरु अनि भन्ज्यांग र चौतारीहरुमा एक जमानामा पिपल र बरहरु सबै तिर झाँगीएका देखिन्थे l छिटपुट रुपमा पिपुल र बारहरुका कुरा हुन्थे l धेरै जसो रोधी झ्याउरे र मादलका कुरा हुन्थे l अहिले भन्ज्यांग र डाडा काडाहरुमा पिपल र बरको सट्टा रेस्टुरेन्ट एण्डबार देखिन थालेका छन l सन्तुलीत हुने क्रममा रहेका  सुन्तला जातका फलहरु डिक्लाइनिंग भन्ने समस्याको चपेटामा परेका देखिन्छन l एउटा पिपलको रुखले अक्सिजन उत्पादन गर्दछ l अर्को प्रकारका पिपलहरु अक्सिजन बिना श्वासप्रश्वास गर्न सक्दैनन l अझ भन्दा कार्बनडाइअक्साइड उत्पादन गर्छन l जो भन्ज्यांग अनि चौतारीका पिपलहरुलाई खाना बनाउन काम लाग्छ l  यति हुदा सबै कुराहरु संतुलनमा नआए पनि रुख वाला पिपल र मानिसवाला पिपुल बीचको पुल अर्थात प्राकिर्तिक समबन्ध बडो मजाको छ भन्नेकुरा पक्का बुझ्न सकिन्छ l परिवर्तन हुदैगर्दा आज भोली एकथरी कुरा मजैले भन्न र गन्न सकिन्छ l आज भोली अक्सिजन दिने पिपल र अक्सिजन लिने पिपुल बीचको सम्बन्धमा दरार आएको चाही पक्कै हो l जसले प्रयोग गर्थ्यो त्यो बढ्यो l विज्ञानको भासामा उपभोक्ता र उत्पादकको अवस्था सन्तुलीत रहेन l उत्पादकले सोहिमात्रामा उत्पादन  गर्नसक्ने क्षेमता पनि क्रमश :  गुमाउदा उपभोग गर्ने मुखहरुमा गुणात्मक वृद्धिले  माग र पूर्तिको अवस्थामा ब्यापक असमंजस्य  हुन थाल्यो l प्राकृतिक सम्बन्धहरु आफैमा सन्तुलीत हुदैगर्दा चाहीए भन्दा बढी कृत्रिमताको खोजीमा हामी मानिसहरुको दौडले हामी गुणात्मक रुपमा संख्यामा जसरि बढिरहेका छौ l त्यसैगरी हाम्रो प्राकृतिक र कृत्रिम जीवनमा त्यसै प्रकारको स्वासप्रस्वास पाएका छैनौ l  यहि अवस्थाबाट गुज्रीने हो भने निकट भबिस्यमा मानिसको औसत आयुमा समेत ब्यापक गिरावट आउने वाला छ l जसरी माग घटेको वस्तुको बजारमा मूल्यमा गिरावट आउछ l र बजार बाट बाहिरिन्छ l”

उहाले फेरी भन्नु भयो . “अबको समस्या भनेको जल , जमीन , जंगल ,हावा र अग्नीको सन्तुलनको मात्रै हैन l , मानिसहरुको सोचको सन्तुलनको पनि हो l. संतुलीत सोच र बिचारले मात्रै मानिसलाई अरु जनावर भन्दा भिन्न बनाएको छ.l यदि अति आवश्यक संतुलन नै बिग्रन थाल्यो भने पंचतत्वहरु बिचको सन्तुलन खलबलिने कुरामा संका गर्ने ठाउ छैन l  यो कुरा साचो के पनि हो भने धेरै जसो हामीहरु प्रचार प्रसारका लागी काम गर्छौ l भै दिन्छ के भन्दा हामीले प्रचार गरेको चिज भन्दा हाम्रो प्रचार गर्न हामी आफै बढी उद्दत हुन्छौ l यो भनेको के हो भनेर खोतल्ने  हो भने सबै भन्दा असन्तुलन त हाम्रो  सोचमा देखिन्छ l  हाम्रो  दिमागमा देखिन्छ l आफु सफल हुने महत्वाकांक्षाले हाम्रा चेतनाहरु सहर बजारका  तारेहोटलका बैठक तथा सभा सम्मेलनमा मात्रै केन्द्रीत भैरहेका छन् l आफु मात्रै सफल बन्ने  हामी कस्तो ज्ञानको अभ्यासमा छौ  ?  यी कुराहरु सुन्दा जति सरल लाग्छन अनुभूति गरेर गम्दा सार्है नै गम्भीर लाग्ने गर्दछन l. वातावरणीय  सन्तुलनको आवश्यकता औल्याउनु भन्दा पहिला हाम्रो सोचाइको सन्तुलन हुनुपर्ने हो जस्तो लाग्छ l   सहि अर्थमा मैले गरेको कामको  अर्थ  अरुको  भलाइ ज्यादा अथवा आफ्नो बराबर अथवा नितान्त आफ्नो भलाइ l . यी तिना वटा कुराहरु मनन गरेर परिवर्तनको लडाई तथा सन्तुलनको आवश्यकताबिचको सहि दुरी र आवश्यकता पहिचान हुनुपर्छ l. हाम्रा कर्तव्यहरुको पुरा हिसाब किताब हामीले जम्मा पारेर मात्रै अधिकारका कुराहरु खोजि गर्न सक्ने बाताबरण बन्नु सकारात्मक परिवर्तन प्रतिको आशा हो भने प्राकृतिक परिवर्तनलाई आत्मसात गर्नु आजको बाध्यता र कर्तव्य दुवै हो l प्रकृति ज्ञानी हुनसक्छ तर बुद्धिमान् प्राणी भनेको हामी मानिस नै हो l. त्यसैले आफ्नो सोचमा सन्तुलीत परिवर्तन ल्याउनु पनि हाम्रै कर्तब्य हो l ”

यी कुराहरु धारा प्रवाह रुपमा बोलीरहदा बुढाले भनेका कुराहरुमा सबैले हो मा हो मिलाए l. धेरैले आफ्ना विदेश गएका छोरा नातिलाई सम्झीए l. गाउको चौतारीमा भएको बुढो पिपललाई सम्झीए l . सम्झीय नांगा डाडाकाडाहरु अनि पोहर साल परेको खडेरी सम्झीए l. आखै अगाडी भोकमरीले सताएका पेटहरु सम्झीए l   हजुरबुवाका यी सरल हुन सके अत्यन्तै गहन बिचारहरुको प्रभाब म मा पर्यो या परेन केहि ठम्याउन नसके पनि कहिँ न कहिँ मन र मस्तिस्क छोएर नै डायरीमा उतार्न सकेको छु l .