Tuesday, February 20, 2018

जनताको गुन्द्रीमा कांग्रेस

-गोरख सिंह धामी
Image result for nepali congress graphics

                                                               
     
                                               
स्थानीय चुनाव , अनि भर्खरै मात्रै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभाको चुनाबमा नेपाली कांग्रेसले अनपेक्षित हार बेहोरेको कुरा नेपाली जनमानसमा नौलो छैन ।  आफुलाई लोकतन्त्रको हिमाएती ठान्ने र दसकौको गर्विलो ईतिहास भएको पार्टी चुनाबमा यसरी पाखा लाग्ला भनेर कांग्रेसजनमा सोचिएको कुरा थिएन । नेपाली जनमतले  यो नतिजा दिलाए पनि धेरै जसो मतदाताहरु यो हारले अचम्मित  भएका छन् । दरो संगठन लाखौको संख्यामा क्रियासिल सदस्य तथा केन्द्रदेखि गाउसम्म पकड भएको पार्टी २३ सिटमा खुम्चिनु झट्ट हेर्दा अप्रत्यासित लागेपनि यो नतिजा कांग्रेसको धेरै कमजोरीहरुको एकमुस्ट जवाफ हो भनेर भने प्रस्ट रुपमै भन्न सकिन्छ । यो हारका पछाडी कांग्रेसीहरुले सधै भन्दै आइरहेको आन्तरिक अन्तर्घात त छदै नै थियो । चुनाब अघि अप्रत्यासित रुपमा बनेको बामगठबन्धनको पनि धेरै नै ठुलो भूमीका रह्यो । विभिन्न समयमा कांग्रेसले तथा कांग्रेस सरकारले लिएका बिबादास्पद निर्णयहरु तथा नाकाबन्दी पछीको कांग्रेसको अस्पस्ट भूमिकाले उसको रास्ट्रवाद  माथि उठेको प्रश्न तथा दक्षिणपन्थी भनेर लाग्दै गरेको आरोपले धेरै ठुलो भूमीका खेल्यो ।

 सफल रुपमा संक्रमणकालको अन्त्य गराई तिन ठुला निर्वाचन सम्पन्न समेत गराएर सफल प्रधानमन्त्रीको छबी बनाउन सफल  शेर बहादुर देउवा कार्यकालको बिबिध चरणमा मिडिया बाजीको एकोहोरो सिकार भए जसका कारण उनि जनताको नजरमा बिस्तारै अलोकप्रिय बन्दै गए / साझा सवालको केस  होस् अथवा अन्य कुनै टेलिभिजन अन्तर्वार्ता , उनको प्रस्तुत हुने शैली धेरैलाई अप्रिय लाग्यो / जसको ठुलै आलोचना हुदा पनि कांग्रेस मुकदर्सक बनेर बसिरह्यो । यसरी बसिरहनुमा पार्टीको आन्तरिक खटपट प्रचुर मात्रामा जिम्मेवार रह्यो । सामुहिक नेतृत्वमा पार्टी चल्न नसक्दा पौडेल पक्ष र देउवा पक्ष लगाएत तेश्रो पक्षको मनोमानीले पार्टी कम्जोर बन्दै गयो । यी सबै कम्जोरीको फाइदा राजनीतिक रुपमा धुर्त खेलाडी केपी ओली ले लिए , नाकाबन्दीको बेला देखि लिएर अहिले  सम्मको एमालेको अवस्थाको लागी केपी वलीले लिएको एस डी मुनिको भासामा नया रास्ट्रवाद  र  कांग्रेसको भासामा भन्नु पर्दा खोक्रो रास्ट्रवादले भोट बैंकको काम गर्यो। यो बाहेक दुइ पार्टी मिलेको फाइदा त उनिहरुलाइ छदै नै थियो ।

यी सबै कुराहरुलाई जसरी विश्लेसन शश्लेसण जे गरे पनि अल्टिमेट नतिजा हामी माझ आइसकेको छ ।  कुनै पनि प्रकारका बहस र छलफल तथा एक्सनले यो नतिजालाई सुधार्न त सकिदैन तर भबिस्य उज्वल चाहि अवस्य बनाउन सकिन्छ । 

नेपाली कांग्रेसले चुनाबमा अनपेक्षित हार बेहोरीसकेको कुरा सबैलाई घामजस्तै छर्लंग छ । तथापी नेपाली कांग्रेस भित्र अझै यस्ता प्रविर्ती हरु छन जो नेपाली कांग्रेसले अनपेक्षित  हार बेहोर्दा निश्चित व्यक्ति  लाइ दोष दिएर बसेका छन् । पार्टीको एस्तो अवस्थालाई सुधार गर्न सामुहिक रुपमा मिलेर जानुपर्नेमा समुहगत रुपमा भेलाहरु भए । यी भेलाहरुले कांग्रेसलाई बलियो बनाउला कि झन् गुटगत रुपमा कम्जोर बनाउला ? यो प्रश्न सबैले मनन गर्ने बेला आएको  छ ।

समय दसकौ अघिको जस्तो छैन । परिवर्तनशिल छ।  हो,  त्यहि परिवर्तनलाई आत्मसाथ नगरि मेरो गोरुको बार्है टक्का भन्या जस्तै गरेर  अब चल्दैन भनेर सबैले बुझ्नुपर्छ। पार्टी संचालनमा जति केन्द्रीय नेतृत्वको भूमीका हुन्छ त्यति नै सशक्त भूमीका जिल्ला नेतृत्वको हुन्छ ।यदि हामी केन्द्रमा युवा नेतृत्व  चाहन्छु भने जिल्ल्लाको नेतृत्व  लगाएत  सम्पूर्ण पार्टी संरचना  युवामैत्री हुनै   पर्छ।  क्रियाशील सदस्यता दिदा भएको अनियमिततालाइ सुधार गरी , अहिले सम्म दिइएका क्रियाशिल सदस्यहरुको खोज खबर गरी बर्तमान अवस्था अनुरुप नबिकरण र नया वितरण गर्न पर्छ।  आफ्नो खेमाको भएको आधारमै जस्तो सुकै गल्ति गरेपनि ढाकछोप गर्ने र अर्को खेमाको भन्दै उसले गरेको राम्रो कामको समेत प्रसंसा गर्न नसक्ने परिपाटी कांग्रस भित्रको महारोग हो । यस्ता रोगहरु लाइ निमिट्यान् पार्दै ,सबैले सबैलाई स्वीकार गर्न सक्ने वाताबरण निर्माण गर्नु जरुरी छ। अर्काको अधिकारको लागी लड्ने  भनेर चिनिएको पार्टीले आफ्नो पार्टीभित्र लोकतन्त्र कायम गर्न नसक्नु  जस्तो लाजमर्दो केहि हुन सक्दैन । 


भनिन्छ असफलता नै सफलताको पहिलो कडी हो।  चुनाब एउटा परिक्षा हो । यो चुनाब पनि एउटा परिक्षा नै थियो । फरक एति मात्रै हो गएका परिक्षाहरु ले छोटो समयाको लागी मात्रै नतिजा निकाल्थे। थोरै समय पछी अर्को परिक्षा आउने गर्दथ्यो । परिक्षामा जितिसके पछी को म्यान्डेटहरु पनि फरक फरक हुन्थे : यो परिक्षा अहिले सम्म भोगेका परिक्षाहरु भन्दा फरक छ  र यसको नतिजा पनि ।  यो परिक्षामा फेरी बाजी मार्न पाच बर्ष कुर्नु पर्ने छ । अहिले जितेर सरकार बनाउन सक्षम हुने दलहरुले फरक किसिमको म्यान्डेट पाएका छन्  अर्थात ५ बर्ष सम्म सरकार उनीहरुले चलाउने छन । यो बेला नै आफ्नो संगठन बनाउने बढाउने बिस्तार गर्ने सबै भन्दा  उर्बर समय हुने छ । सिंह दरबारका कुर्सि छाडेर जनताको गुन्द्रीमा बस्न पाउने मौका हुनेछ ।  जनताका कुरा सुन्दै उनीहरुका आवस्यकता पहिचान गर्दै जनताको कांग्रेस बन्ने मौका यहि बेला हुनेछ  । त्यही भएर जनताको पक्षमा सरकारलाई सदैब काम गर्न दबाब दिन सक्ने जिम्मेवार प्रतिपक्ष बनेर बस्नुको कांग्रेस संग् विकल्प पनि छैन । पार्टी सहि अर्थमा बलियो बनाउने हो भने सरकार र कुर्सिको मुख छाडेर जनताको गुन्द्रीमा बस्न सक्ने तागत कांग्रेसले  अब बिकसित गर्नु पर्छ । भएका कमजोरीहरुलाई बुझ्दै ति कमजोरीहरुलाई   सुधार गर्दै अगाडी बढ्नुको बिकल्प छैन  ।   गुटगत राजनीतिले कमजोर पारेको छ भन्ने कुरा सेवदे पक्ष भनिनेहरुलाई पनि राम्रै संग थाहा छ । अनि पौडेल पक्ष भनिनेहरुलाई पनि  खुलस्तै छ । सुधारको कुरा आउदा पनि दुवै पक्ष भनिनेहरुले आफैले सुरुवात गरे  कांग्रेसले पुनर्जागरण पाउछ । यो पक्ष त्यो पक्ष भन्न छोडेर कांग्रेस पक्ष भनेर बुझिने बाताबारण भयो भने सम्पूर्ण नेपाली कांग्रेसी कार्यकर्ताहरु एकपटक फेरी माउ पार्टी प्रतिको मोह छातीमा बोकेर प्रजातान्त्रीक समाजवादको नारालाइ सिखरमा पुर्याउन तयार हुनेछन र यसले सुरुवात गर्ने छ  नेपाली कांग्रेसको नया अध्यायको ।

 एउटा कुरा सदैब के साचो हो भने, औकात अनुसारको जस सबैले पाउदछन । पार्टी भित्र धेर थोर भूमीका पद अनुसार सबैको हुन्छ  । सभापति तथा बरिस्ठ नेतृत्वको तुलानात्मक रुपमा अलि बढी भूमीका हुन्छ । यदि पार्टी सफल भएर पहिलो बनेको हुन्थ्यो भने पनि सबै भन्दा बढी  जस पाउने व्यक्तिहरु तिनै हुन्थे जसले अहिले सबै भन्दा बढी गाली खाइरहेका छन्।  त्यसैले जिल्ला स्तरमा सम्पूर्ण सभापति लगाएत कार्यसमीतिहरुले सोचून र मनन गरुन अब गति बढाउने बेला भयो भनेर। जिल्ला  सभापतिहरुले बुझुन मेरो जिल्लामा कांग्रेस पछी पर्नुको कारण के ? कुनै जिलामा जितेको छ भने कुन कुन कारणहरु त्यो जितको पछाडी छन। यी कुराहरुलाई बुझ्दै ,मनन गरे ब्यबहारमा उतार्नुको विकल्प छैन । केन्द्रीय नेतृत्वले पनि गम्भीर भएर यस्ता कुरालाई पार्टी तथा  संगठनका कुराहरुमा पनि समुहगत छलफल बाटै सबै कुराको निर्क्यौल गरेमा कांग्रेस फेरी एकपटक नया बन्नेछ र सदैका लागि नया काँग्रेस बन्नेछ । मौकामा हिरा फोर्नु पर्छ भनेझै यो मौका बाट  कांग्रेस चुक्न हुन्न ।

Thursday, January 11, 2018

जलवायु परिवर्तन:: कृषिमा चुनौती र प्रकोप न्युनिकरण

पृष्ठभूमी 



विश्वको सबैभन्दा ठूलो समस्या तथा जल्दोबल्दो बिषय को रुपमा सबैले जलवायु परिवर्तन लाई लिने गरेका छन । वास्तवमै विश्व को जल्दोबल्दो समस्याको रुपमा जलवायु परिवर्तन ले आफ्नो जरा गाडिरेहेको छ।पृथ्वीको वायुमण्डल मा हरित गृह ग्यासहरु जम्मा भए सङ्गै पृथ्वीको तापमान लगातार वृद्धि भैरहेको छ। संसार भरी यसलाई विश्वव्यापी उष्णता अर्थात Global warming भनेर भन्ने गरिन्छ । विभिन्न ओजोन तह विनाशक ग्यासहरुको मात्रा बायुमण्डलमा बढे सङ्गै सुर्यबाट आउने हानिकारक विकिरणहरु पृथ्वीमा प्रवेश गर्ने क्रम बढिरहेको छ। विभिन्न औद्योगिक क्रियाकलाप हरुको वृद्धि सङ्गै बायुमण्डलमा हानिकारक हरितगृह ग्यासहरुको मात्रा बढिरहेको छ। हानिकारक हरित गृह ग्यासहरु उत्सर्जनमा औद्योगिक रास्ट्रहरुको नै बढी भुमिका भए पनि यो सम्पुर्ण विश्वकै लागि चुनौतिको बिषय बनिरहेको छ। यसको कारक का रुपमा विश्वका धनी देशहरु भए पनि यसको प्रभाव भने विश्वका सम्पुर्ण रास्ट्रहरुले भोग्नु पर्ने निश्चित छ ! जलवायु परिवर्तन , हरितगृह प्रभाव लगाएतका हानिकारक प्राकृतिक विपत्ति हरुले कुनै सिमाना तथा भुगोल हेर्दैनन , यसकारण पनि हामी यो मामला बाट भुलेर पनि पछि हट्न मिल्दैन ! विश्वभरी कहिनकहि जलबायु परिवर्तन ले बोट बिरुवा , जीवजन्तु, तथा पारिस्थिक पद्धति लाई नै असर पारिरहेको बैज्ञानिक तथ्यहरु हामी सङ्गै छन । प्राकृतिक पद्धति सङ्गै जोडिएको किर्षी क्षेत्र पनि यी कुराहरु बाट अछुतो रहन सक्दैन । यसकारण हामी सबैको सजगता बाट मात्रै यसको रोकावट सम्भव छ, हैन भने पृथ्वीको बिनास अब तेति टाढा पनि छैन । यिनै कुराहरुलाई मैले जाने बुझेको र पढेको आधारमा व्याख्या तथा विश्लेषण गर्ने कोसिस गरेको छुl

सामान्यतया कुनै पनि स्थान बिशेषको लामो समय सम्मको औसत मौसमी अवस्थालाई जलवायु भनिन्छ । बैज्ञानिक हरुका अनुसार सामान्यतया कुनै पनि स्थानको ३० बर्ष सम्मको औसत मौसमी अवस्थालाई जलवायु भन्ने गरिएको छ। कुनै पनि स्थानको केही समयको  बर्षा , तापक्रम ,आद्रता, हावाको बहाब , सुर्यको प्रकाश ईत्यादिको कारण  छोटो समयमा हुने वायुमन्डलिय फेरबदल को नाप (घण्टा, दिन, हप्ता, महिना, बर्ष) लाई मौसम भन्ने गरिन्छ । प्राकृतिक अथवा मानव सृजित कृयाकलाप हरुले एक दसक अथवा सो भन्दा बढि समयमा हुने कुनै स्थान बिशेषको जलवायुमा हुने फेरबदललाई सामान्यतया जलवायू परिवर्तन भन्ने गरिन्छ।बैज्ञानिक हरुका अनुसार जलवायु परिवर्तन   कुनै पनि भुगोलमा सामाजिक, आर्थीक तथा वातावरणिय हिसाबले अर्थ राख्ने हुनु पर्दछ।
जलवायु परिवर्तन प्राकिर्तिक र मानवीय  दुबै किसिमले हुने गर्दछ । प्राकिर्तिक रुपमा सुर्य र पृथ्वीको बिचको चुम्बकिय शक्तिका कारण जलबायु परिवर्तन हुने गर्दछ। बैज्ञानिक हरुका अनुसार, हजारौ बर्षको अन्तरालमा पृथ्वी को नक्षेत्रमार्ग मा आउने परिवर्तन का कारण पृथ्वी मा आउने सुर्यको प्रकाशको मात्रामा परिवर्तन हुने गर्दछ। कहिलेकाही प्राकृतिक रुपमै जलबायु प्रणालीमा आउने उतार चढाबका कारण पनि भुमध्य रेखिय क्षेत्रका समुन्द्रहरुको तापक्रम बढ्ने गर्दछ। सरसर्ती बुझ्दा प्राकिर्तिक रुपमा हुने जलवायु परिवर्तनको प्रभावलाई हामिले चाहेर पनि केही गर्न सक्दैनौ, यो प्राकृतिक प्रक्रिया हो र चलिरहन्छ । मानबिय क्रियाकलाप  का कारण हारित गृह ग्यासको मात्रा पृथ्बिको बायुमन्डलमा थुप्रीने क्रम बढेसङ्गै जलवायु परिवर्तनको असर देखिन थालेको हो।  सामान्यतया हरित गृह भन्नाले वायुमण्डलको ट्रोपोस्फिएर तहमा सुर्यको प्रकाश सन्चएन गर्ने अर्थात सोस्ने प्रक्रिया भन्ने बुझिन्छ  । यहि प्रक्रियालाई आधार मानेर आज किर्षिमा पोलि हाउस र प्लास्टिक टनेल भित्र खेती गर्ने प्रबिधी हरु भित्रीएका छन । जब सुर्यको प्रकाश पृथ्वीमा आईपुग्छ केही मात्रामा ताप सोसिन्छ ! पृथ्वी बाट फिर्ता भएको ताप बायुमण्डलमा हरित गृह ग्यास हरुले सोस्दछन र पृथ्वीको सतह तिर नै फर्काईदिन्छन, जसको कारण पृथ्वी को तापक्रम बढ्ने गर्दछ। यसरी हरित गृह ग्यास हरुको कारण विस्वब्यापी तापक्रम बढिरहेको छ ।यसैलाई बिस्वब्यापी उस्णता अर्थात Global warming भन्ने गरिएको छ । यसरी बिश्वको तापक्रम बढ्नुमा हरित गृह ग्यासहरुको बायुमण्डलमा  बिसर्जन तथा उत्सर्जन  गरिनु हो  । हरित गृह ग्यास भन्नाले त्यस्ता ग्यासहरु जसले पृथ्वी बाट फिर्ता भएको सुर्यको ग्यासलाई सोस्दछन र पृथ्वी मै फिर्ता पठाउछन । सामान्यतया कार्वनडाईअक्साईड, मिथेन, कार्वन हेक्जाक्लोराईड, क्लोरोफ्लोरो कार्वन ईत्यादी ग्यासहरुको मात्रा बायुमण्डल्मा बढे सङ्गै बिस्वब्यापी उष्णता अर्थात Global warming बढिरहेको छ। सामान्य तया विश्व ब्यापी उस्णता भन्नाले पृथ्वी को सरदर तापक्रम मा हुने वृद्धि लाई जनाउदछ। विश्व ब्यापी उस्णता र जलवायु परिवर्तन  झट्ट सुन्दा उस्ता उस्तै लागे पनि यी फरक बिषय हरु हुन ।जलवायु परिवर्तन ले तापक्रममा भएको बृद्दिलाई मात्रै बुझाउदैन यसले  जलवायु को सम्पुर्ण स्थिती लाई ईङ्गित गर्दछ।
संसार भर औद्योगिकरण र बिकास निर्माणका कामहरू बढेसङ्गै ग्रीन हाउस ग्यास उत्पादन तथा उत्सर्जनमा वृद्धि भैरहेको छ। जसका कारण हरित गृह प्रभाव बढिरहेको छ ,विश्वको तापक्रम बढिरहेको छ। बैज्ञानिक हरुका अनुसार हरित गृह ग्यासहरु मध्य कार्वन डाईअक्साइड्को अत्याधिक वृद्धि   भैरहेको छ। बिगत आठ लाख बर्षमा पृथ्बि को बायुमण्डलमा हाल सबैभन्दा बढी कार्वन डाईक्साईड रहेको छ। सन १९९८ पछिका बर्षहरुमा पृथ्वीको तापक्रम लगातार बढीरहेको छ। ती मध्य सन २०१५ को तापक्रम अर्थात गर्मी सबै भन्दा बढी हो ।यसको अर्थ के हुन जान्छ भने पृथ्वीको बायुमन्डलमा हरित गृह ग्यासहरुको मात्रा प्रखर रुपमा बढिरहेको छ। उद्योग सवारी साधन, निर्माण , विद्युत उत्पादन आदिमा प्रयोग भएको डिजेल ,पेट्रोल, मट्टीतेल , कोइला, जस्ता फोसिल ईन्धन दहन हुने क्रममा हरित गृह ग्यास उत्सर्जन भै रहेका हुन्छन । यी बाहेक डिजेल पेट्रोलको उत्खनन् , ओसार प्रसार र यस्ता पदार्थहरु पोखिएर /चुहिएर पनि हरित गृह ग्यासहरु उत्सर्जन हुन्छन । किर्षिका विभिन्न कृयाकलाप जस्तै पाल्तु जनावर, बन जङ्गल बिनास , बन डढेलो वाट पनि हरित गृह ग्यासहरुको मात्रा दिन प्रतिदिन बढिरहेको छ।जलवायु परिवर्तन आज बिश्वको मुख्य समस्या बनिरहेको छ । यसले वातावरणका विभिन्न आयामहरुमा बिबिध अशरहरु देखाउदछ  । प्रयावरण का विभिन्न क्षेत्रहरु मध्य , तापक्रम , बर्षात, आद्रता, हावाको चाप, हावाको बहाव, बादलको कृयाकलाप ईत्यादिमा प्रत्यक्ष  प्रभाब पार्दछ । यो सबैको साझा समस्या भएकाले सबैले आ- आफ्नो स्थान बाट समाधानको बाटो तिर लाग्नु पर्ने देखिन्छ। यदि यो समस्याको समाधान सबै क्षेत्रबाट उचित किसिमले हुन नसक्ने हो
भने यसले निकट भविस्यमै ठूलो सङ्कट निम्त्याउने निश्चितप्राय नै छ। यो समस्याको समाधान हुन सकेन र समयमै उचित कदम नचालिएमा  विभिन्न समस्या हरु आउन सक्ने निश्चित छ ।
- बैज्ञानिक हरुका अनुसार सन २०३० सम्ममा विश्वब्यापी पदूषणका कारण करिव एक करोड मानिसको मिर्त्यु हुने सम्भावना रहेको छ । पृथ्वी को तापक्रममा गुणात्मक रुपमा वृद्धि हुने र कतिपय जिवजन्तु र बनस्पतिको वासस्थान धुर्विय क्षेत्रका चिसो स्थान तिर सर्ने, कतिपय जीव जन्तु तथा बिरुवाका प्रजातिको लोप हुने , अहिले देखिनै खडेरी, तथा तिब्र बर्सात का समस्या हरुदेखिईरहेको अवस्थामा पछि तिब्र बर्साका कारण बाढी पहिरो, भूक्षय अनि खडेरी को समस्या हुने,ठुला ठुला आधिबेहरी बाट व्यापक रुपमा जनधन को क्षति हुने , लु - को सम्स्या आजाको भन्दा कयौ गुना बढ्ने , धुर्बिय तथा हिमालि क्षेत्रका बरफ पग्लने, समुन्द्रको सतह बढ्ने , ताल तलैयामा पानीको मात्रा घट्ने, प्राकिर्तिक स्रोतहरुको पहुचमा बढी प्रतिस्पर्धा र झगाडा हुने किर्याकलाप हरु देखिने निस्चित छ। यी भबिस्यमा हुन सक्ने असरहरुको झलक मात्रै हुन तथापी अहिलेकै अवस्थामा पनि जलवायु परिवर्तन ले धेरै असर देखाई सकेको छ ! टापु मुलुक हरु डुबानको चपेटामा छन । धुर्विय आईस क्यापहरु पग्लने क्रम मा छन , नेपालकै कुरा गर्ने हो भने बर्सेनि अतिवृष्टि र अल्पबृस्टी का समस्या हरु देखिईरहेका छन। यो वर्षमात्रै खडेरिका कारण नेपालको सुदुर पश्चिमको किर्षी क्षेत्रमा अर्वौको क्षति भयो , बरखामा बाढिले उत्पात मचाईदिन्छ हिउदमा पानी सुकेर पिउने पानी पाउन नि कुनै कुनै ठाउमा गार्हो भैरहेको छ। नेपालका ठुलठुला तालहरुमा बिस्तारै पानीको तह घट्दै गैरहेको छ र हिम शिखरहरुको हिउँ दिनानुदिन पग्लिरहेको छ अनि हिमनदिमा पानीको घनत्व बढीरहेको छ जसको कारण हिमताल हरु फुट्ने खतरा उस्तै छ! किर्षी क्षेत्रमै हेर्नू पर्दा धेरै जसो बाली बिरुवाहरुको फुल्ने फल्ने र पाक्ने समयमै आकास पतालको फरक देखिईरहेको छ । यश बाट किसान हरु मारमा परिरहेका छन! उनिहरु यो असमन्जस्यता बाट गुजृरहेका छन ।
किर्षी क्षेत्रमा जलवायु परिवर्तन को प्रभावलाई कसरी घटाउने भन्ने कुरा गर्नु भन्दा पहिले जलवायु परिवर्तनमा किर्षी किर्षी क्षेत्रको योगदान बारे पनि बुझ्नु पर्ने जरुरी ठानेको छु। कुनै पनि असरहरुको प्रभाव लाई कम गर्ने शसक्त उपाए भनेको नै त्यसको कारण हरुलाई बुझेर त्यसै अनुरुप कदम उठाउनु हो ।त्यसकारण पनि मैले यी कुरा हरु उठाउने प्रयाश गरेको हु ।आधुनिक किर्षी उत्पादन र वितरण सम्बन्धित क्रियाकलापहरु वाट धेरै मात्रामा हरित गृह ग्यास उत्पादन हुने गर्दछन ।किर्षी क्षेत्रबाट मात्रै मानव सिर्जित कुल हरित गृह ग्यासको १४ प्रतिशत हरित गृह ग्यास उत्पादन हुने गर्दछ। यसका अलवा १८ प्रतिशत वन विनाशबाट उत्पादन भैरहेको छ भन्ने बैज्ञानिक आकलन रहेको छ। किर्षी कृयाकलाप बाट मुख्य रुपमा मिथेन, नाईट्रस अक्साईड र कार्वन डाईअक्साईड उत्सर्जन हुने गर्दछ्न। मानव कृयाकलाप बाट उत्सर्जन हुने नाईट्रस अक्साईड मध्य करिब ६० प्रतिशत र मिथेन मध्य करिव ५० प्रतिशत किर्षी क्षेत्रबाट उत्सर्जन भैरहेको बैज्ञानिक अनुमान रहेको छ। जनावरहरुको मुलमुत्रबाट मुख्य रुपमा नाईट्र्स अक्साईड उत्पादन हुन्छ त्यस्तै रसाएनिक तथा प्राङ्गारिक मल हालेको माछापोखरी या ताल तलैया बाट पनि नाईट्रस अक्साईड उत्पादन भैरहेको तथ्य हामी माझ छ। किर्षी क्षेत्रबाट उत्पादन हुने जम्मा कार्वन डाईअक्साईड मध्य २.७ करोड टन अर्थात मानवीय कृयाकलाप बाट उत्सर्जन हुने कार्वन डाई अक्साईडको ९ प्रतिशत उत्सर्जन भैरहेको छ। बैज्ञानिक प्रमाण हरुका अनुसार पृथ्वीको माटोबाट सालिन्दा ६० अरव टन कार्वन डाईअक्साईड वायुमण्डलमा जान्छ ।यो फोसिल ईन्धन जलेर जाने मात्रा भन्दा निकै बढी हो तर यो प्रक्रिया दोहोरो हुने भएकाले यसको प्रभाव ज्यादै न्यून हुने गर्दछ। यसरी बुझ्दै गर्दा किर्षी क्षेत्रका बिबिध कृयाकलाप हरुको भुमिका पनि जलवायु परिवर्तन मा शसक्त देखियो  । यसरि उत्पादन भैरहेका हरित गृह ग्यासहरुको उत्पादन मात्रै बन्द गर्ने हो भने एक चौथाई सम्म जलवायु परिवर्तन लाई रोक्न सकिदो रहेछ। यसरी किर्षी र बन क्षेत्रबाट पृथ्वीमा भैरहेको हरित गृह को असर लाई २ तरिकाले कम गर्न सकिन्छ। कार्वन स्थिरिकरण र हरित गृह ग्यासको उत्सर्जन घटाएर । कार्वन स्थिरिकरण भन्नाले कार्वन लाई लामो समय सम्म कुनै न कुनै विधि बाट बनस्पति या माटोमा सन्चय गर्ने भन्ने बुझिन्छ। अहिलेको अवस्थामा कार्वन स्थिरिकरण को लागि जैबिक रसाएनिक र भौतिक तिनै तरिका हरुबाट स्थिरिकरण बढाउन सकिन्छ।  सिमसार क्षेत्रको उचित ब्यबस्थापन , वृक्षरोपण , किर्षी कार्यमा उचित परिवर्तन ईत्यादी त्यस्तै भौतिक तरिका को कुरा गर्दा ल्यान्ड फिल, बायोचार, अनि जैबिक ईन्धनको रुपमा यसको प्रयोग लगाएतका कुरा हरुबाट स्थिरिकरण बढाउन सकिन्छ । त्यस्तै खनिज स्थिरिकरण , कृतिम रुखको प्रयोग, अनि कार्वन डाईअक्साईडको समुन्द्रमा भन्डारण जस्ता तरिका हरु स्थिरिकरण बढाउने नया तरिका हरु पनि रहेका छन । कार्वन स्थिरिकरण सङ्ग सङ्गै हरित गृह ग्यासको कम उत्पादन अथवा उत्पादन मा कटौती अर्को महत्वोपुर्ण कुरा हुन जान्छ । बिबिध कृयाकलाप बाट उत्पादित हुने हरित गृह ग्यासको उत्पादन मात्रै बन्द गर्ने अथवा कम गर्ने हो भने धेरै हद सम्म कृषि क्षेत्र बाटको योगदान लाई कम गर्न सकिन्छ। जस्तै किर्षी क्षेत्रबाट उत्पादन हुने नाईट्रस अक्साईड लाई हामी त्यसको प्रयोग गर्ने तरिका हरुमा सुधार गरेर कम गर्न सक्छौ । सिचाई गर्ने तौर तरिका हरुमा व्यापक बद्लाव ल्याएर, डिजेल पेट्रोल अनि ईन्धन बाट चल्ने मेसिन हरुको प्रयोग नगरेर, विभिन्न बालिहरुको किर्षी पद्दतिलाई बदलेर , गोबर मलको उचित ब्यबस्थापन गरेर, अनि जनावर हरुको पाचन क्रियाकलाप बाट उत्पादन हुने मिथेन को उत्पादन घटाउने खालका घाँस अनि दाना हरु खुवाउने जस्ता सामान्य काम हरुबाट हरित गृह ग्यासको उत्पादन कम गर्न सकिन्छ।
 यसकारण सवैले सबै ठाउ बाट एस्ता कुरा हरु सम्बन्धी सचेतना जगाई आजै सजग बनेर भोलिको क्षति बाट जोगिने उपाए अवलम्बन गर्नु पर्दछ। प्राकृतिक रुपमा हुने जलवायु परिवर्तन लाई हामीले केही गर्न नसके पनि मानवीय क्रियाकलाप हरुबाट हुने जलवायु परिवर्तन लाई भने हामी आफ्ना कृयाकलाप बाट नै रोक्न सक्दछौ! हाम्रो जस्तो मुलुकमा जलवायु परिवर्तन र यसका अशरहरु बारेको जनचेतना नै सुरुवाती उपाए हुन सक्छ। विश्वभरी नै बैकल्पिक उर्जाका श्रोतहरुलाई प्रबर्द्धन गरेर प्रयोग गर्न गराउन प्रेरित गर्ने व्यापक रुपमा भै रहेको वनफडानी लाई रोकि वृक्षरोपण गर्ने, हरियाली वातावरणको निर्माण गर्ने, प्राकृतिक श्रोतहरुको विवेक पुर्ण तरिकाले संरक्षणात्मक प्रयोग गर्ने, सडक सवारी बाट उत्पन्न हुने धुलो धुवालाई रोक्न सडक को छेउछाउ अनि पेटिहरुमा हरित पेटिका निर्माण गर्ने, ब्यक्तिगत सवारी भन्दा सार्वजनिक सवारी प्रयोग गर्न प्रोत्साहन गर्ने, फोहोरमैला को पुन प्रयोग र पुन चक्रण गर्ने, साईकल लगाएत बिद्युतिय सवारी साधान/मेसिन हरुको को प्रयोग गर्न गराउन प्रेरित गर्ने गराउने उपायहरुबाट जलवायु परिवर्तन कम गर्न सकिन्छ। यी वाहेक  खेती गर्दा खेती पातिमा प्राङ्गारिक मल हरुको प्रयोगमा बढवा दिदै खेतीबाट उत्पन्न हुने फोहोरमैला लाई नजलाउने, वातावरण मैत्री खेती गर्ने अनि जनावर तथा पन्छिहरुबाट उत्पादित फ़ोहोरमैला को उचित व्यवस्थापन गर्ने, कुहिने फ़ोहोरमैला हरुबाट कम्पोस्ट निर्माण गर्ने लगाएतका कृयाकलाप हरु बाट स्थानिय स्तरमै जल्वायु परिवर्तन रोक्ने उपाय अवलम्बन गर्न सकिन्छ। गाउँ ठाउमा स्थानिय हरुको सहभागितामा क्लब गोस्ठी , सेमिनार हरुको आयोजना गरि जलवायु र विश्व ब्यापी उष्णताको बारेमा आवस्यक ग्यान प्रदान गरि हिजो को अवस्था आजको अवस्था अनि आजका कृयाकलाप हरुबाट भोलि हुन सक्ने समस्या हरु माथी प्रकाश पारी उनिहरुमा जिम्मेवारीको बोध गराउन सक्नु आजको आवस्यकता हो माथिका सबै कृयाकलाफरुको एक मात्र उद्देश भनेको एक जना ब्यक्तिले उत्पादन गर्ने हरित गृह ग्यास को मात्रामा कटौती गर्नु हो !  बिज्ञान को भासामा कुनै एक ब्यक्तिले सरदर उत्पादन गर्ने हरित गृह ग्यासको मात्रा लाई त्यस व्यक्तिको  कार्वन फुटप्रीन्ट भनिन्छ ! हरेक सुधारात्मक उपाए हरुको एक मात्र लक्ष भनेको जलवायू परिवर्तन को अवस्थालाई घटाउनु नै हो । र यो कार्वन फुटप्रीन्ट घटाउन सकेमा मात्रै सम्भब हुन्छ। नेपाली हरुको कार्वन फुटपृन्ट ज्यादै कम छ नेपाल बाट जति कार्वन उत्पादन भैरहेको छ त्यसको हरित गृह प्रभाव मा खासै कुनै योगदान छैन! नेपाल आफुले उत्पादन गरेको कार्वन लाई स्थिरिकरण गर्न सफल छ। नेपालको बन जङ्गल ले नेपाल को कार्वन उत्पादन लाई ब्यालेन्स गरिरहेको छ । हरित गृह प्रभाव  र जलवायु परिवर्तन मा हाम्रो योगदान शून्य भएता पनि असरको भागिदार भने बराबरी रुपमा हामी पनि हुन्छौ! हामी सङ्ग भोलि आउन सक्ने बिपत्ति लाई थेग्न सक्ने सामर्थ्य को अभाव छ यसकारण पनि बिकसित विश्वलाई हामिले प्रश्न उठाउने बेला आएको छ। बाताबरण सम्बन्धी विभिन्न सम्मेलन हरुबाट कयन कुरा हरु उठ्दै गर्दा, र कयौ घोषण पत्र हरु पारित हुँदै गर्दा तिनी हरुको कार्यानोयन माथी भने प्रश्न उठाउने बेला आएको छ। नत्र भने बिराउने रामे चोट पाउने चामे भन्या जस्तै ठुला रास्ट्रहरुको गल्तिको सजाए प्रकिर्ती ले हामिलाई दिने निस्चित जस्तै छ। किर्षिमा आधुनिक प्रबिधी भित्र्याउने, रसाएनिक मल तथा विभिन्न औद्योगिक रसाएन हरु बाट बायुमण्डल लाई धुवामय पार्ने रास्ट्र हरुमाथी प्रस्न उठाउने बेला आएको छ। अब नेपालले मात्रै जलवायूको को रोगलाई रोक्न सम्भब त छैन तर यो कार्यको थालनी भने अवस्य हामी गर्न सक्छौ 

Sunday, January 7, 2018

गोलभोडा खेतीको परिचय र जातको छनौट



गोलभेडा खेती प्राबिधिक सामाग्री प्राविधिक ज्ञान तथा कार्यबिधि

१.मौसम ,माटोको अवस्था र हावापानी 

गोलभँेडा न्यानो तथा गर्मी हावापानी मन पराउने एक तरकारी बाली हो । गोलभँेडा खेती मौसमी तथा बेमौसमी दुबै किसिमबाट गर्न सकिन्छ र यो प्रायः वर्षभरी नै उपलब्ध हुन्छ । गोलभोडा खेतीका लागि पाहारिलो, पानी नजम्ने ठाउँ र मलिलो दोमट माटो उपयुक्त हुन्छ।
२.उपयोग
गोलेभँेडामा भिटामिन ‘सि’ प्रशस्त मात्रामा पाइन्छ । परम्परागत रूपमा गोलभँेडा तरकारी र अचारको लागि प्रयोग गरिँदै आएकोमा हाल यसको अलावा सलाद र सस बनाउन समेत प्रयोग बढ्दै गएको छ, जसले गर्दा यसको बजारमा प्रशस्त माग रहेको छ ।

३.जात हरु
गोलभँेडा खेतीका लागि वर्षातको समयमा लक्ष्मी ५००५, ग्रेस्को–१, सगरमाथा, वि एल ४१०, सिर्जना, अम्मर, इन्डम आदि जातहरू उपयुक्त हुन्छन ।
हिउँदे मौसमका लागि मनिषा, भीम, अभिनाश, लप्सी गेडे, बि.एस.एस ४२२ नामका जातहरु उपयुक्त हुन्छन । यसका साथै गोलभँेडाका अन्य प्रचलित जातहरू पुसा रुवी, मनप्रेकस, रोमा, बिशेष, सुरक्षा, एन १६२, एच. आर. डि. १ हुन ।
गोलभोडाका नवीन, ऋषि, रुपाली वर्णशङ्कर जातमा ओइलाउने रोग कम लाग्दछ ।

४. गोलभोडा लगाउने समय र नर्सरी ब्यबस्थापन

गोलभोडाका जातहरू जस्तै पुसा रुबी, मनपे्रकस, रोमा र एन. सि. एल. १ जातलाई उच्च पहाडमा चैत्रदेखि जेठ महिनासम्म बेर्ना सार्न सकिन्छ भने मध्य पहाडमा फागुनदेखि भाद्र महिनासम्ममा र तराईमा भाद्रदेखि कार्तिक
महिनासम्म बेर्ना सार्न सकिन्छ ।
मध्य पहाडका लागि उपयुक्त जातहरू विषेशगरी भीम र सुरक्षा जस्ता जात जेठदेखि साउन महिनासम्ममा बेर्ना सारिसक्नु पर्दछ ।
ओइलाउने रोग प्रतिरोधक जातहरू जस्तै एन. १६२, एच. आर. डि. १, ग्रेस्को १ आदि जात मध्य पहाडी भागमा फागुनदेखि साउन महिनासम्म बेर्ना सार्नु पर्दछ । तराईका लागि एन १६२ जातलाई भाद्र र माघ महिनामा बेर्ना सार्नु उपयुक्त हुन्छ ।
एक रोपनी (डेढ कठ्ठा) जग्गामा गोलभोडा खेतीका लागि वर्णशङ्कर भएमा १० ग्राम र स्थानीय तथा उन्नत जातको भएमा ३० ग्राम बीउको आवश्यकता पर्दछ ।
नर्सरीका लागी मलिलो, पाहारिलो, पानी नजम्ने र रेखदेख गर्न सजिलो हुने ठाउँको छनोट गर्नु पर्दछ ।
गोलभोडा खेतीका लागि १ मिटर चौडा, १० देखि १२ से.मि. अग्ला ड्याङ् र आवश्यकतानुसारको लम्बाइ राखी नर्सरी बनाउनु पर्दछ । १ मिटर चौडा र १ मिटर लम्बाइको नर्सरी व्याडका लागि ५ के.जि.का दरले राम्ररी पाकेको कम्पोष्ट मल राख्नु पर्दछ ।
वर्षात्मा फेद कुहिने रोगबाट बचाउन नर्सरीमा ब्लाइटेक्स वा बेभिस्टिन १ ग्राम प्रतिलिटर पानीको झोल बनाइ माटोको उपचार गर्नु पर्दछ ।
नर्सरी व्याडमा १० से.मि. अर्थात् चार अङ्गुलको फरकमा २ से.मि. गहिरो हुनेगरी काठको छेस्काले धर्सा कोर्ने र सो कोरिएको धर्सामा नटासिने गरी एकै नासले बीउ खसाल्नु पर्दछ ।
बीउ खसालिसके पछि बीउलाई मसिनो माटोले पुरिदिनु पर्दछ र माथिबाट सुकेको पराल वा खरले छापो हाल्नु पर्दछ । यदि नर्सरीको माटो सुख्खा भएमा हजारीले सिँचाइ गर्नु पर्दछ ।
बीउ टुसाए पछि छापो हटाउनु पर्दछ । छापो हटाउँदा साँझपख हटाउनु पर्दछ र सोही समयमा हल्का सिँचाइ गर्नु पर्दछ । यदि नर्सरीको माटो सुख्खा देखिएमा हजारीले पानी दिनु पर्दछ । पानी दिँदा जहिले पनि बेलुकीपख दिनु पर्दछ ।
वर्षात्को पानीबाट नर्सरी बचाउन १ मिटरको उचाइमा चारैतिर हावा पस्ने गरी प्लाष्टिकको छानो हाल्नु पर्दछ ।
नर्सरीमा कीरा तथा रोगको रोकथामका लागि नियमित रूपमा झारपात हटाइदिनु पर्दछ । नर्सरीमा कीरा देखिएमा सुर्ती, नीम, तीतेपाती, वनमारा आदिको झोल बनाइ छर्नु पर्दछ ।
बेर्ना कुहिने रोग देखिएमा साफ पाउडर एक ग्राम प्रतिलिटर पानीमा राखी सो झोल नर्सरीमा छर्नु पर्दछ ।
बेर्ना २० देखि २२ दिनको भए पछि वा तीन–चार पाते हुनासाथ मुख्य बारीमा लगेर सार्नु पर्दछ ।

५. गोलभेडा खेतीको लागि जग्गाको तयारी र मलखाद व्यवस्थापन

गोलभँेडा लगाउने जग्गामा २ वा ३ पटक खनजोत गरी माटो मसिनो बनाउनु पर्दछ र झारपात तथा ढुङ्गा हटाउनु पर्दछ । खेती गरिने जग्गाको चारैतिर निकास बनाइ पानी काट्नु पर्दछ ।
जग्गा तयारीको अन्तिम खनजोतमा एक रोपनी जग्गामा कम्पोष्ट मल १,५०० के.जि., युरीया ४ के.जि., डि.ए.पि. ११ के.जि. र पोटास ८ के.जि. राखी माटोमा राम्रोसँग मिलाउनु पर्दछ ।
बर्षात्मा खेती गर्दा पानीको निकास हुने गरी १० देखि १२ से.मि. अग्लो ड्याङ्मा बिरुवा लगाउनु पर्दछ ।
ड्याङ्मा बिरुवा सार्दा उन्नत जातको लागि लाइनदेखी लाइनको दुरी ७५ से.मि. र बोटदेखि बोटको दुरी ६० से.मि. राख्नु पर्दछ । यसैगरी वर्णशङ्कर जातका लागि लाइनदेखि लाइनको दुरी १०० से.मि.र बोटदेखी बोटको दुरी ६० से.मि. राख्नु पर्दछ ।
नर्सरीबाट बेर्ना सार्दा जति भाग माटो भित्र पुरिएको हुन्छ त्यति नै भाग मात्र बेर्ना सार्दा जमिन भित्र पुर्नेगरी सार्नु पर्दछ । खेती गरिने जग्गाको चारैतिर निकास बनाइ पानी कटाउने व्यवस्था मिलाउनु पर्दछ ।
बेर्ना सारेको १० दिनमा भेजिमेक्स १ मि.लि. प्रति ५ लिटर पानीमा वा एच.वि.१०१ दुई थोपा प्रतिलिटर पानीमा मिसाई बिरुवाको पातमा छर्नु पर्दछ ।
गोलभोडा खेतीका लागि बेर्ना सारेको १५ दिन पछि प्रतिबोट १५ ग्रामका दरले युरिया मल हाल्नु पर्दछ । मल हाल्दा बोटको हाँगाको फैलावटको वरिपरि रिङ् जस्तो ३÷४ अङ्गुल गहिरो खाडल बनाई युरिया मल राखी माटोले पुरी टपडे«सिङ्ग गरिदिनु पर्दछ ।
बेर्ना सारेको २० दिनमा पुनः भेजिमेक्स वा एच बि १०१ माथि उल्लेख गरेअनुसारको विधिबमोजिम प्रयोग गर्नु पर्दछ । यसैगरि बेर्ना सारेको २५ दिनमा जिप्लेक्सर÷मल्टिप्लेक्स ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ ।
यसैगरी बेर्ना सारेको ३० औँ दिनमा वा पहिलो टपडे«सिङ्ग गरेको १५ दिन पछि माथि उल्लेख गरे जस्तै गरी युरिया मल राख्नु पर्दछ ।
बेर्ना सारेको ३५ दिनमा पुनः जिप्लेक्सर÷मल्ट
िप्लेक्स ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ । यसैगरी बेर्ना सारेको ४० दिनमा पुनः जिप्लेक्सर÷मल्टिप्लेक्स ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्नु पर्दछ ।
मिराकुलन, हिटकुलन वा युरेका १ मि.लि. प्रति लिटर पानीमा मिसाएर फूल खेल्न थाले पछि १५÷१५ दिनको फरकमा ३÷४ पटकसम्म राख्नाले फल चर्कने वा फुट्ने समस्याबाट बचाउँदछ ।

७. गोलभोडा खेतीको गोडमेल र सिँचाइको व्यवस्थापन

गोलभँेडाको उत्पादन बढाउन र यसको फललाई आकर्षकबनाउन व्यवस्थित किसिमले गोडमेल तथा सिँचाइ गर्नुपर्दछ ।
गोलभँेडाको बेर्ना सारेको १५ दिनमा पहिलो गोडमेल गरीयुरियाको प्रयोग गर्नु पर्दछ । यसैगरी बेर्ना सारेको ३०दिनमा दोस्रो गोडमेल गरी युरियाले दोस्रो टपडे«सिङ्ग गर्नुपर्दछ ।
बिरुवा ठूलो भई लत्रिन थालेमा १ मिटर अग्लो बाँसकोथाँक्रो दिई बिरुवा अड्याउनका लागि डोरीले हल्काकिसिमले बाँध्नु पर्दछ । यसो गर्नाले गोलभोडाको फल राम्रो हुन्छ ।
जमिनको सतहदेखि १ फिट माथिसम्मका हाँगा हटाइदिनु पर्दछ । माटो सुख्खा देखिएमा पानी नजम्ने गरी आवश्यकताअनुसार नियमित रूपमा सिँचाइ गर्नु पर्दछ ।
सिँचाइको व्यवस्थापन पानीको स्रोत तथा उपलब्धताको आधारमा उपयुक्त प्रविधि जस्तै ढिकी पम्प, थोपा सिँचाई
आदिको प्रयोग गर्नु पर्दछ ।

८. बाली टिपाइ (भित्र्याउने र बजार व्यवस्थापन

गोलभँेडाको परिपक्व भएको तर हरियो फल भेट्नु सहित टिप्नु पर्दछ । बजारमा गोलभँेडाको भाउ राम्रो भएको बेला गोलभँेडा छिटो पकाउने तथा तयार गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
गोलभँेडालाई छिटो पकाउनु पर्ने भएमा टिपिएको गोलभोडाको भेट्नु हटाएर काँचो फललाई केही पाकेको गोलभोडासंग मिसाइराख्नु पर्दछ । यसैगरी गोलभोडाको हरियो फल र अलि–अलि रङ्ग चढेको फल टिपी रातो पाकेको गोलभँेडा, पाक्न लागेको केरा वा मेवासँग मिसाइ ओभानो ठाउँमा राखी सेतो प्लाष्टिकले छोपेमा फल छिटो पाक्दछ ।
गोलभँेडाबाट राम्रो आम्दानी पाउन साना तथा ठूला पाके का फलहरु छुट्ट छुट्टै राख्नु पर्दछ । त्यसैगरी लाम्चो तथा अण्डा आकारको फललाई पनि छुट्टाछुट्टै राख्नु पर्दछ । यसरी छुट्याइएको गोलभोडा अलग–अलग भाँडोमा राख्नु पर्दछ ।
बजारमा लानु अघि कुहिएका, दाग लागेका नमिलेका तथा बिग्रिएका गोलभोडा छानी छुट्टै राखेर प्रयोजनमा प्रयोग गर्नु पर्दछ ।
गोलभेडा प्लाष्टिकको क्रेटमा राखी बजार लैजाँदा अथवा ढुवानी गर्दा नोक्सान कम हुन्छ । यस क्रममा फल टिप्नु भन्दा अगाडि बजारमा आफ्नो उत्पादनको माग, मूल्य र व्यापारीहरूको बारेमा जानकारी लिनु पर्दछ ।
गोलभँेडा उत्पादन गर्ने कृषकले कुन महिनामा बढी खपत हुन्छ र बढी मुल्यमा जान्छ, कस्तो खालको फल र जात व्यापारी तथा उपभोक्ताहरुले रुचाउँदछन् भन्ने विषयमा पूर्ण रूपमा जानकारी लिनु पर्दछ ।
तरकारीका लागि थोक तथा खुद्रा कुन बजार हो सो बारे पनि राम्ररी जानकारी हुनु पर्दछ । होटेल र रेष्टुरेन्टमा कस्ता खाले गोलभोडाको माग छ सोको जानकारी लिनु पर्दछ ।


श्रोत: veg book practical action

Wednesday, July 27, 2016

किर्षिमा युवा सहभागीताको सम्भावित पाटो :अलैंची खेती



गोरख ब धामी ( Bsc Ag)


मानिसहरु आशा गर्छन, त्यही अनुरुप उनिहरु आफ्नो समय सेट गर्छन। स्टपवाच कुदाउछन, आफू पनि कुद्छन ,तर खुट्टा मुनि कहिलै हेर्दैनन, त्यहा सुन फलेको नि हुन सक्थ्यो, तर उनिहरु यो सोच्दछन कि यो मेरो खुट्टा हो, मेरो खुट्टामुनी केही पनि फल्न सक्दैन। अर्थात खुट्टा मुनिको माटोलाइ नजरअन्दाज गर्दै दगुर्दछन। आजै पनि कयन युवाहरू त्यसै गरि दगुरेका छन/ कयन दगुर्दै छन, कयनले जुत्ताको तुनाहरु कसि रहेका छन। अरुले देखाईदेका सम्भावना हरु बाट हामी सधै खुसी हुन्छौ, आफुले सम्भावना देख्न जान्दैनौ, या मैले देख्नै सक्दिन भनेर आँखा चिम्ली दिन्छौ। भर्खरै युवा किर्षी उध्यम सम्मेलन सम्पन भएको छ। युवाहरूलाई किर्षी तथा उद्यम तिर आकर्सित गराउने मामलामा थोरै भय पनि ईट्टा थप्ने काम त्यसले गरेको छ। यसै सन्दर्भ लाई लिएर नेपालमा धेरै सम्भावना बोकेको र युवाहरूलाई कृषिमा  तान्न सक्ने ब्यबसायिक रुपमा खेती गरेमा सार्है फाईदा हुनसक्ने बाली अलैचि खेतिका बिगत बर्तमान र भबिस्यका पाटाहरु माथी प्रकाश पार्ने कोशिश गरेको छु।
पृष्ठभुमि
नेपालकै एक महत्त्वपूर्ण निर्यातमुखी नगदेवाली एवं मसला बालिको रुपमा अलैची लाई महत्वका साथ हेर्ने गरिन्छ। भारतमा सिमा जोडिएका पुर्वान्चल क्षेत्रका पहाडी जिल्लाहरु (ईलाम , ताप्लेजुङ ,पाँचथर)बाट करिव २०० बर्ष अघि बाट सुरु भएको अलैची खेती हाल आएर देशका सबै मध्य पहाडी जिल्लाहरूमा बिस्तार हुन थालेको छ । आ.व २०६५/०६६ सम्ममा नेपाल अधिराज्यका ३९ जिल्लाहरुमा बिस्तार भैसकेको र ती जिल्ला हरुमा जम्मा १४४७० हेक्टर जमिनमा  गरिएको छ। जसमध्ये ११८४९हे.झन्डै ८२% क्षेत्रफल उत्पादन को अवस्थामा रहेको  र जसबाट ७०३७ मेट्रीक टन यसको उत्पादन भैरहेको कुरा अनुसन्धान हरुले देखाउदछन ।उत्पादनको झण्डै ९७%पुर्वान्चल क्षेत्र बाट उत्पादन भएको देखिन्छ,, देशका अन्य क्षेत्रहरुमा जम्मा जम्मी ३% मात्रै उत्पादन भैरहेको तथ्य हामी माझ छ। नेपालबाट उत्पादन भएको अलैंची भारत लगायत समुन्द्र पारिका अन्य देशहरुमा निर्यात हुने गर्दछ जसबाट करिव १ अरव ३२ करोड बराबरको बिदेशी मुन्द्रा आर्जन भैरहेको छ। देशका थोरै जिल्ला हरुमामात्रै व्यबसायिक रुपमा खेती भैरहेको यसको खेति  लाई अझै आधुनिक बनाउनु आजको आवस्यकता हो।

सम्भावना र चुनौतीहरु
नेपालको भौगोलिक अवस्था र वातावरणले गर्दा देशै भरी अलैची खेती उत्पादन हुन सक्ने सम्भावना प्रशस्त रहेको छ।  नेपालको समुन्द्री सतह बाट ६००-२१०० मिटर सम्मको तुषारो, असिना नपर्ने,बढी  ओसिलो /सेपिलो , छहारी भएको , उत्तर पुर्वी मोहडा भएको केही भिरालो,पानी नजम्ने बढी तातो पर्ने, पुर्व देखि पश्चिमसम्मको सबै मध्य -पहाडी क्षेत्रहरुमा अलैचीको व्यबसायिक रुपमा खेती गर्न सकिन्छ। 
नेपालको भौगोलिक अवस्था र वातावरणले गर्दा अलैंची खेति हुन सक्ने सम्भावना प्रशस्त रहेको कुरा हामी माझ छर्लङ्ग छ। आंशिक रुपमा भएपनी सुठो तथा अलैची बिकास शाखा खुमल्टार र अलैंची बिकास केन्द्र फिक्कलमा आ.व.२०५४/०५५ मा भएको अलैची उत्पादन अनुसन्धान  तथा बजार गोष्ठीबाट प्राप्त प्रोसेसिङ्को  अनुमान अनुसार हाल सम्म थप ३४८० हे. क्षेत्रफलमा  खेती गर्ने सम्भावना रहेको पाईएको छ।

खेर गइरहेको कमसल जग्गामा समेत सफलता पुर्वक खेती गर्न सकिने अलैची ग्रामीण किर्षक हरुको आय आर्जनमा सघाउने नगदेवाली भएकाले यसले बसाइँसराइ कम गर्न समेत सहयोग पुग्न सक्दछ! पहाड बाट बर्सेनि कयौं मानिसहरू खुसी जीवन र नोकरी खोज्न सहर तथा तराई तिर भौतारिने जीवन पद्दती बाट छुटकारा दिलाउन   एउटा चिट्ठा साबित हुन सक्ने कुरामा कसैको दुइमत छैन। 
अलैची आफैमा निर्यात मुखी बाली भएकाले बिदेशी मुन्द्रा को आर्जन गर्ने सुनौलो मौका पनि हामी माझ छ ।अहिले उत्पादन भैरहेको अलैंची ले मात्रै पनि अरबौ बिदेशी मुन्द्रा आर्जन भैरहेको तथ्य हरुले देखाउछन ।

अवको आवश्यकता भनेको अलैंची बाट आयातित रकम लाई अलैंची खेतिकै बिकासमा खर्च गर्नु हो । देशको  उत्पादनको  ९७% धानिरहेको पुर्वान्चल बिकाश क्षेत्र जस्तै अरु बिकास क्षेत्रका सम्भाबित जिल्ला हरुमा अलैंची खेती बिकास गर्न सकिएमा अहिलेको उत्पादन भन्दा दसौ गुना उत्पादन बढाउन सकिन्छ ! 
नगदे वालिको रुपमा परिचित यस बालीको उत्पादन बिक्री नभएको वा अनुकुल नभएको अवस्थामा पनि सजिलै भण्डार गर्न सकिने र यो बाली एक औद्योगिक बाली भएकाले पनि मसला उद्योग हरुमा कच्चापदार्थ को रुपमा प्रयोग गर्न सकिन्छ!
विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग हुने अलैंचीको देशमै उचित प्रसोधन तथा व्यबस्थापनको खाचो छ । पहाडी भेगमा बर्षेनी  भूक्षय तथा बाढिपहिरो ले ठूलो मात्रामा माटो नास भैरहेको अवस्थामा खेती गरिदा माटो पनि नबग्ने र भु-संरक्षणमा समेत सघाउने हुदा यसको खेती गर्दा दुईपक्षिए फाईदा समेत हुने गर्दछ।

नेपालका सबैजसो पहाडी भागमा व्यावसायिक रुपमा खेती गर्न सकिने अलैंची खेती युवा शसक्तिकरणको एउटा पाटो बन्न सक्ने कुरामा कसैको दुईमत छैन। दिनहु झोला गुडाउदै बिदेश उड्ने युवाहरूलाई व्यावसायिक तालिम दिन सकिएमा र यसका सम्भावना हरुलाई सरकारी निकाए मार्फत युवा हरुमा जागृत गराउन सकिएमा नेपालमै अलैंची नाम गरेको सुन फल्न सक्छ। सबै कुरा हरुको सम्भावनाहरु माथी सदैव नेपालको अस्थिर राजनीति ले भुमिका खेल्ने गरेको छ। कार्यक्रमहरु ल्याउदै नल्याईनु र ल्याईहाले पनि बिचबाटोमा पुग्दा सरकार परिवर्तन हुने समस्याले योजनाहरु बिचमै तुहिने गरेका छन । बीस बर्से किर्षी बिकास रणनीतिमा  प्रस्ट रुपमा लेखिएको छ,, कुनै पनि योजनाहरुको सक्षम कार्यान्वयन हुन स्थिर राज्य व्यवस्था को खाचो पर्दछ ।नेपालको अस्थिर राजनीति नै कुनै पनि बिकासको सबै भन्दा ठूलो चुनौती बनेको छ। अलैंची खेती बिकास र प्रबर्द्धन का हकमा पनि एहि सबै भन्दा ठूलो चुनौती हो। यो बाहेक सबै ठाउमा यातायात को सुबिधा नहुदा धेरै कुरा हरु अन्यौलमा परे जस्तै अलैंची खेती पनि अन्यौलमा परेको छ। समग्र रुपमा नेपालको मध्य पहाडी क्षेत्रहरूमा त्यहाको भौगोलिक बनोट ,माटो हावापानीको दृस्ठिकोणले गर्दा अलैची खेती गर्नु उपयुक्त देखिन्छ। माथी भनिए जस्तै उपयुक्त यातायात सुबिधा र बजार सुबिधा भएको ठाउँ आर्थिक दृस्टीले अति उपयोगी हुन सक्दछ।
उपसङ्हार 
माथी दर्साईएका सबै कुराहरू ले नेपालमा अलैची खेतिको बढ्दो सम्भावना लाई दर्शाएका छन । बढ्दो सम्भावना लाई अझै बढाएर आफ्नो जीवन पद्धति बदल्ने एउटा पाटोको रुपमा अलैंची खेती तपाईको सहयात्री बन्न सक्छ ! पुर्वका केही जिल्लामा गरिएको  खेतिले किर्षी बाट आउने कुल ग्राहस्त उत्पादनमा केही न केही भुमिका पक्कै खेलेको छ। अझै भन्दा बर्सेनि अरबौ रुपैयाँ नेपालले अलैंची बाट भित्र्याईरहेको परिप्रेक्ष मा तपाईंको योगदानले त्यसलाई जरुर खरबौ बनाउन सक्छ! तपाईलाई खाडी जाने बिबस्था बाट मुक्ती दिलाउन सक्छ ! यसकारण तपाईको ग्यान सीप र सिकेको प्रबिधि सहि रुपमा नेपालमै प्रयोग गर्ने एउटा सुनौलो बाटो अलैंची खेती बन्न सक्छ। यसरी जाँदै गर्दा आफ्नो परिवार र जीवन सुखी बनाउने बाहनामा देश नै आत्मनिर्भर बन्न सक्ने बाटो मा हामी सबै युवा हरुले लाग्नु जरुरी छ!

यस लेख  मार्फत मैले अलैंची लाई जोडे र यसमा सम्भावना हरु औल्याए! तपाई हामी हरुमाझ सम्भावना मात्रै छन। किनकि हामी सम्भावना हरुले भरिएको देश मा छौ। सम्भावना हरु मध्य एउटा सम्भावना को परिपुर्ति तपाईको हात बाट हुन सक्छ , त्यसलै असल मनले असल नेपाली युवा भएर सोच्न थालौ, आफै सुरु गर्ने तिर लागौ ,आजै गरौ अहिलै गरौ।