Sunday, May 22, 2016
जलवायु परिवर्तन:: कृषिमा चुनौती र प्रकोप न्युनिकरण
Saturday, April 23, 2016
फिक्सन : अर्को बिहान
Saturday, April 16, 2016
नयाँ बर्ष र नयाँ आवस्यकता
Wednesday, March 23, 2016
होलि २०७२ को सन्देश
![]() |
| होलि २०७२ लमजुङ किर्षी क्याम्पस |
यो पाली पनि सधैं झै होलि खेलियो। परम्परागत रुपमा समुहमा होलिका गित गाउदै गाउँ गाउँ डुल्ने, गाउँले अवसर नपाए पनि रंग आदानप्रदानको सुनौलो अवसर सङ्गै सुभकामना आदानप्रदान पनि गरियो। यो पालिको होलि मेरोलागी अहिले सम्मका सम्पुर्ण होलि भन्दा सार्है रमाईलो रह्यो। हुन त पहिला पहिला गाउँतिर होलिका गित गाउदै मादल बासुरी, ड्रम इत्यादी बजाउदै गाउँ गाउँ डुल्दै, दक्षिणा बटुल्दै होलि नखेलेको पनि हैन। त्यसरी होलि खेल्दा तेति रमाईलो अनुभव भएन जति साथी भाइ हरु सङ्ग रङ्ग आदानप्रदान गर्दा भयो। यो मानेमा मैले त्यो प्रकारको होलिलाई उपेक्षा गरेको पनि हैन, तर जब रमाईलो कै कुरा आयो भने त्यसको मात्रा बाहिर अवस्य देखिदो रहेछ ।गाउँ तिर का होलि पश्चात जब प्लस टु को लागि काठमाडौ छिरियो, त्यहाँ पनि दुईटा होलि खेल्ने अवसर पाईयो। प्राईभेट कलेजमा पढ्दा तेति साथी जम्मा गर्न पाईएको थियन। आफ्नै रुमका अनि आफ्नो जिल्लाका सिमित दाजुभाई सङ्ग सुभकामना तथा रङ्ग आदानप्रदान हुन्थ्यो, त्यसपछी छत मा चढेर लोला बर्साईन्थ्यो। जो कोहिलाई लोला हान्दा डर मिश्रित रमाईलो हुन्थ्यो।किनकी बिगतमा पनि सरकार्ले जबर्जस्त लोला हान्नेलाई गोलि हानेको भन्दा छिटो पक्राउ गर्ने घोषणा गरेको थियो। त्यति रमाईलो हुन्थेन ।
अब पढाईकै सिलसिला मात्रै हैन,लक्ष्य प्राप्तिको सिलसिलामा लम्जुङ्ग किर्षी क्याम्पसमा पढ्दै गर्दाका दिनहरु, थोरै गाम्भृयता अनि धेरै रमाईलो पनमा बितिरहेका छन। यसले जे जस्तो रिजल्ट आउला त्यो आफ्नो ठाउँमा छ। तर कुरो जब रमाईलो को आउँछ, IAASIAN हरु कहिलै पछि परिन्न भन्न्ने मान्यता खासै नया हैन। यो पालिको होलि सहित IAAS मा दुइटा होलि खेलियो। भब्य सभ्य तथा सार्है उच्चस्तरीय होलि नभए पनि रमाईलो को मामलामा भने पाचै तारे हो, हुन त रमाईलोको स्तर पनि होला त्यो स्तरबाट हेर्दा नाम्बरिक रुपमा हामिले उच्च स्तरको रमाईलो गरेकै हो। आफ्ना सम्पुर्ण कुरालाई बिर्शेर वाईल्ड (सबैले भन्ने शब्द)भएकै हो। हामी तरुना तरुनी हरुको रमाईलो भनेको वाईल्डनेसको मात्राले निर्धारण गर्दो रहेछ। नेपाल विद्यार्थी सङ्घ को आयोजनामा भएको होलि कार्यक्रम बिसेसता अरु बर्श भन्दा फरक पाईयो। यो पालिको बिद्यार्थी संख्या पहिलाका बर्षहरुको भन्दा बढी भएकाले पनि हुनसक्छ । अरु रमाईलो यो मानेमा पनि थियो कि हामी विद्यार्थी भन्दा सरहरु बढी वाईल्ड देखिन्थे। लाग्थ्यो उनिहरु आफ्नो पूरा जिन्दागिको तनाव त्यागिरहेका छन । हुन त बर्षको अन्त्यमा झुल्केको यो चाडको सामरिक अर्थ पनि त्यहि हुन जान्छ। वर्ष भरिका दु:ख पिडालाई भुलेर नराम्रा रङ्गहरुलाई फाली नयाँ रङ्ग लाई सेलेक्टिव तरिका बाट जिवनमा लागू गर्ने अवसरको रुपमा पनि धेरैले यसलाई अर्थ दिन्छन(नेपालको परिवेश मा)।
रमाईलो भनेको अब खुसी मात्रै रहेन, अन्तरआत्माको अवाज हो भन्ने मेरो बुझाई छ । खुसी हुनका लागि सकारात्मक उर्जा र सफलता को अनुभव हुनै पर्छ। मानिशहरु सन्तुस्टिलाई खुसी मान्छन यसलाई मैले गलत अर्थमा लियको पनि छैन मेरो भन्नू एति मात्रै हो जब मानिसलाई म सफल भए अर्थात छु भन्ने महसुस हुदैन तब खुसी प्राप्त गर्न गार्हो छ। असन्तुष्टि यसकारण पैदा हुन्छ कि जब मानिस कम्प्यारेटिभ रुपमा कुनै कुराको बढी अपेक्षा गर्छ, अनि त्यो लक्ष्य स्वभावतः स्वभाविक आकडाको प्राप्ति सङ्गै अन्त्य हुन्छ तर मानिसलाई लाग्ने गर्छकी मेरो भाग्य खराब छ। खुसी र हासोको मिश्रण को रुपमा मैले रमाईलोलाई लिनुपर्छ ।हिजो को होलिको सन्दर्भ मा।
हुन त मलाई लाग्ने गरेको कुरो के हो भने खुसी एकदम ठूलो घेरा भएको शब्द हो ।जुन रमाईलो र सन्तुस्टिको योग्फल होला! तर होलि को कुरामा मैले मानिसको खुसिलाई आकलन गर्ने हो भने, मानिस रमाईलो मात्रै गरिरहेका थिएनन तिनी हरु हासिरहेका थिए, खुसी थिए त्यसैले रमाइलो गर्नसकेका थिए ।
रमाईलो अन्तरात्माबाट तब आउँछ जब अन्तर्मन खुसी हुन्छ अनि दिल हास्छ। हो! हिजो को होलिमा सबैको ओठ मात्रै हासेको थिएन दिलपनी उत्तिकै खुसी थियो भन्ने मेरो ठम्याई हो। बिगतमा भन्दा तुलनात्मक रुपमा यो होलि मज्जाको हुनुको अर्को कारण यो पनि थियो,कि त्यहा सम्पुर्ण सङ्गठनका साथी हरु एकसाथ नाचिरहेका थिए। मेरो आशा पनि त्यही थियो, त्यही होस भन्ने चाहना पनि हो। जुन हिजो देखियो , त्यो वातावरणले भुकम्पको बेलाको झल्को एकाएक दिमाग्मा आउँछ। रमाईला क्षणमा र आपतका क्षणमा मानिसले सबैलाई आफ्नो ठान्ने गर्छन ।बस त्यतिखेर एउटा कुरा मात्रै सबै मान्छन कि हामी मानिस हौ। हो! हामी सबैको चाहना यहि हुनुपर्छ । खुसी र दुखमा मात्र हैन, त्या बिचका उतारचढाव बिचमा पनि हाम्रो मानबिय सम्बन्ध प्रगाढ हुनु पर्छ।
आपत बिपतका कुरामा मानिसले सबैलाई आफ्नो देख्छ। खुसी /रमाईलो साटफेरका मामलामा पनि मानिसले सबैलाई एक ठान्छ भने बिचका उतारचढाव हरु के हुन कि तिनिहरुले मानिसका सम्बन्धहरु फलक्चुयड गर्नसक्छन । यो होलिले तपाईं र म मात्रै हैन हामी भनेको छ। IAAS को केशमा मात्रै हैन, सम्पुर्ण नेपाली हरुलाई रङ्गको माध्यमबाट एकताको मजबुत सन्देश दिएको छ। जिवनका अनगिन्ती रङ्ग हरुबाट सदाबहार मेलमिलापको रंग बाडदै होलि गएको छ। तर हामी यतै छौ। होलिको सन्देश बिर्शनु हुन्न र नसम्झेपनी त्यो कुरा बिर्शनु हुन्न जो मानवहित का मामलामा सधैब सर्वश्रेष्ठ रहदै आएको छ । हामी मानिस यसकारण हौ कि हामी सबै कुरा जान्दछौ । सबै कुरा यसकारण जान्दछौ कि हाम्रा सबै ईन्द्रीयहरु अरु जनावरको तुलानामा ज्यादा सुगठित छन, ज्यादा मजबुत छन। ज्यादा मजबुत यसकारण छनकी तिनिहरु एकदाबद्द छन , चाहिएको बेला जस्तो सुकै कदममा पनि एक अर्काको साथ कहिलै छोडदैनन।
एति स्मरण रहोस कि मुखले खान नमान्दा हातले जवर्जस्ती गरेको छैन । आँखा सुत्दा खेरी खुट्टा घुम्न गएको छैन । मन मा दुख पर्दा हातगोडा खुसी भएका छैनन । यो होलि कम्प्यारेटिभ रुपमा मेरो जिवनमा रमाईलो रहे पनि सबैको जिवनमा उस्तै रह्यो भन्ने मेरो बिचार पटक्कै हैन। तर यसले दिएको सन्देश भने सबैको जीवन मा एउटै छ ।
रङ् छरौ सद्भाव र एकताको ।
जय होस!!
Sunday, March 20, 2016
निर्णय अब हाम्रै हातमा
| पङ्तिकार :पृथक |
दरबारलाई रेस्टुरेन्ट अनि डान्सबार बनाइसकेपछि बल्ल त्यहाँ बस्नसमेत घिन लाग्न थाल्छ। त्यसपछि अब सफा गर्ने व्यक्तिको आवश्यकता ठान्छन्। तर अर्को जिन्दावादधारी पनि लुसुक्क दाह्री मुसार्दै दरबारभित्र पस्छ। पहिल्यै गरेको फोहोरमा जति चिप्लिए पनि उसले सफा गर्ने छाँट त कुरै छैन। उसले त दरबारभित्रै झन् घरबार जोड्ने गर्छ।
दरबारलाई डान्सबार बनाउने मान्छे प्रतिपक्षी हुन्छ। उसलाई सधैँ शनिबार मात्रै भाग पर्छ, अनि सक्कली डान्सबारमा नाच्न पुग्छ। त्यहाँ अर्का जुँगेधारीहरूसँग भेट भएपछि नयाँ पार्टीको जन्म हुन्छ। गाउँका स्कुलमा कालोपाटी नभएका बेला उनीहरू रङ्गीन पार्टी गठन गर्दै कलरफुल पार्टीहरूका समाचार छापिने हैसियत बनाउँछन्।
अब चाहिँ नयाँ पार्टी पनि सरकारमा सामेल हुन्छ। जुँगेधारीले डान्सबार र दाह्रीधारीले घरबार बनाएको दरबारलाई सबै मिलेर नाङ्गो तरबार बनाउँछन् अनि गल्ली–गल्लीमा नचाउँदै हिँड्छन्।
त्यही भएर यिनीहरूको सरकार मात्रै होइन, दरबार, घरबार र तरबार सबैले दाह्री–जुँगा मात्रै होइन, चुरिफुरी पनि उत्तिकै अग्लो बनाउँछन्। जहाँ साना–साना घैँटा र प्वाँख उम्रन लागेका चरीहरू पिङ खेल्छन्, पटाका पड्काउँछन्, वर्षैभरि तिहार अनि होली मनाउँछन्।
जनताहरू न त रमिता हेर्न पाउँछन्, न त खबरदारी गर्न। किनकि उनीहरूलाई फुर्सदै हुँदैन। खातिरदारी र पल्लेदारीमै उनीहरूले दाह्री बढाएका हुन्छन्। भोकाएका अनुहारभरिको मैलो पखाल्न उनीहरू दिनरात वारिपारि गर्छन्। कसैको खबरदारी गर्न न त उनीहरू आफ्नो जिम्मेवारी ठान्छन्, न त आफ्नै खेतबारी खन्छन्!
नुनको बोझो बोक्ने र नुनकै सोझो गर्ने संस्कार–संस्कृतिले अझै ठाउँ नछोड्दा उनीहरू सधैँ चेपुवामा पर्छन् अनि सेकिइने सेकुवामा पर्छन्। ट्वाँ पर्छन्, ट्वाल्ल पर्छन्, भुसुक्कै निदाउँछन्, लुसुक्कै हुन्छन्। शिक्षाजस्तो चिजलाई भिक्षासरह ठान्छन्। बाउबाजेकै तक्दिरमा खुसी मान्छन्। आफूलाई खुब बहादुर ठान्छन्। आफ्नो घर चोरले चोरिसक्यो, अर्काको घरको चौकीदार बन्छन्!
देश विकास एत्राको हुन्छ? देशको विनाश गर्नेहरूको लहर देशभित्र लुटतन्त्र मच्चाउने, जान्ने–बुझ्ने र प्रगति हुनुपर्छ भन्नेहरू अर्काको देशमा लोकतन्त्र खोज्ने! देशको जनसङ्ख्या भोकतन्त्रमा र सरकार भोगतन्त्रमा लागेपछि नेपाल शोकतन्त्रतिर नगएर के उद्योगतन्त्रतिर जान्छ त?
आफू आत्मनिर्भर बन्नुपर्छ भन्ने, अनि सधैँ अरूमाथि निर्भर बनेर बस्ने! आफू विकासवादी हुँ भन्ने, अनि विकास नाम गरेका नाइकेलाई मात्रै पोस्टमा छिराउने! गरेको गोल बेच्ने, अनि देशको झन्डाको कसम खाने! बाहिर बस्दा आलोचनाको कम्पनले भित्रकालाई बाहिर उन्मुख गराउने, अनि आफूचाहिँ सधैँ सत्ताउन्मुख भएर बस्ने! यी कुराले न त देशको विकास हुन्छ, न त देश बन्छ नै।
देख्ने बेला नेपालमा विकासका सम्भावनाहरू मात्रै देख्ने, अनि सम्भावनाबाट आफ्नै सम्भावनालाई मात्रै पूर्ति गर्ने! विकासधारी बनेर जनताको मुखमा सधैँ छारो हाल्ने कर्मचारी र राजनेताहरूको प्रवृत्ति परिवर्तन नभएसम्म न त परराष्ट्र मन्त्रालयअगाडिको लाइन घट्छ, न त राहदानीको व्यापार घट्छ!
सबै कुरा नेपालमै देख्ने स्वाभिमानी बढी र अल्छी पनि साह्रै बढी त हामी युवा नै हौँ। विदेशमा भाँडा माझ्न पनि हामीलाई स्वीकार्य हुने, तर गाउँका खेतमा तातो पसिना बगाउन लाज मान्ने प्रवृत्तिले हामी ठाउँको ठाउँ पछि परेका छौँ।
पसिना पनि बगाउँछौँ, देशको विकास पनि गर्नुछ भन्नुहुन्छ। अनि तपाईंलाई कसैले अवसर दिएन भनेर बस्ने कि अवसर खोज्न, सिर्जना गर्न र आवश्यक परे आफ्नो अधिकारका लागि सङ्घर्ष गर्न पट्टि लाग्ने?
काम गर्नेभन्दा पहिल्यै ‘डुइङ दिस’ भनेर सामाजिक सञ्जालमा झुल्किने, ‘कुकिङ दालभात’ भन्ने, तर दालमा नुन हाल्नै बिर्सिने! परीक्षामा पढ्नुको साटो कोर्स गाह्रो, साह्रो भनेर सामाजिक सञ्जालमा पोख्त भएर अपडेट गर्ने! पढ्नलाई चाहिँ दुई घण्टा पढ्ने, अनि सगरमाथाको टुप्पोभन्दा पनि अग्लो सपना देख्ने!
यो प्रवृत्तिले हामी विद्यार्थी पनि ‘कुकिङ फुड’ भनेर खाना नै काँचो राख्ने भाउजूजस्तै भएका छौँ।
हाम्रो लापरबाहीले प्रशासन लापरबाह हुन्छ, अनि सबै कुरा बेपरबाह हुन्छ। त्यसैले हामी राम्रो बनौँ। राम्रो मात्रै होइन, असल बनौँ। अनि मात्रै अरूलाई दोष दिऔँ।
आफ्नो शरीरमा किर्ना पर्दा पनि अर्काको शरीरको उपियाँ हटाउन आवाज उठाउने बानी हाम्रै हो। हामी थोरै पढेलेखेका हरूकै हो। त्यही भएर बानी सुधारौँ। कति अर्काको ढोकाको घण्टी मात्रै बजाउने? कहिलेकाहीँ आफ्नै दिमागको घण्टी बजाउने कोसिस गरौँ।
मनको प्रयोग दिमागमा नगरौँ, दिमागले मनलाई हस्तक्षेप नगरोस्। फुर्सदिलो बनौँ, यसकारण कि हामीलाई आराम चाहिएको छ। यदि हामीलाई आरामको जरुरत नै छैन भने आराम गरेर आरामको जरुरत पर्ने अवस्थाबाट टाढा हुनैपर्छ।
अब लेखेको मात्रै होइन, देखेको पनि पाउने कोसिस गरौँ। देखेको त्यत्तिकै हातमा आउँदैन, त्यसलाई प्राप्त गर्न सिँढी चढौँ, भर्याङ बनाऔँ। आफूसँग भएको क्षमतालाई पूर्ण रूपमा उपयोग गरौँ अनि नयाँ सक्षमताको सुरुवात हामीबाटै गरौँ।
यो हुन समय लाग्दैन, बस् मनस्थिति परिवर्तन गरौँ। सूचना प्रवाह गरौँ। पक्कै हामी छौँ, त्यसैले यो देश छ। यो देश नेपाल छ र त हामी नेपाली छौँ।
निर्णय अब हाम्रै हातमा।
बाँदरले मकै खाएको देखेर बाँदरलाई गाली गरेर बस्ने कि बाँदरलाई धपाएर मकैको सुरक्षा आफैँ गर्ने?



