कन्ट्रोल इयर सेल्फ
-गोरख धामी 'पृथक'बिद्यार्थी लमजुङ किर्षी क्याम्पस
पङ्तिकार :पृथक |
कतै कतै जिन्दगी बरालिएर राजनीति लाई जिन्दावाद भन्न पुग्छ्न मान्छे, एकचोटि पसुपतिनाथ को शरण मा पुगेपछी गाउँ बाट भोट कुम्ल्याएर सिंह दरबारको ढोका भित्र छिर्यो कि उसलाई लाग्ने गर्दछ, मलाई अमेरिका एहि मलाई व्हाइट हाउस पनि एहि मलाई ...... एहि भन्दै बाकी चार बजे पछि पनि बाहिर जान सार्है अल्छी लाग्दो रैछ, यिनिहरुलाई।
दरबार लाई रेस्टुरेन्ट अनि डान्सबार बनाई सकेपछि बल्ल त्या बस्नलाई समेत घिनलागी सकेपछी अब सफा गर्ने ब्यक्तिको आवस्यकता ठान्छन , तर अर्को जिन्दावाद धारी पनि लुसुक्क दारी मुसार्दै दरवार भित्र पस्छ,पहिलै गरेको फोहोर बाट जति चिप्ले पनि उसले सफा गर्ने छाट त कुरै छैन, उसले त दरबार भित्रै झन घरबार लाई जोड्ने गर्छ,, दरबारलाइ डान्सवार बनाएको मान्छे प्रतिपक्षी हुन्छ,उसलाई सधै सनिवार मात्रै भाग पर्छ, अनि सक्कली डान्सबार मा नाच्न पुग्छ, तेहा अर्का जुङ्गे धारी हरुसङ्ग भेट भएपछी नयाँ पार्टीको जन्म हुन्छ,, गाउका स्कुलमा कालोपाटी नभा बेलामा उनिहरुले रङ्गिन पार्टी गठन गर्दै कलर्फुल पाटी हरुमा समाचार छापिने हैसिएत बनाउछन।अब चाहिँ नयाँ पार्टी पनि सरकार मा सामेल हुन्छ,, जुङ्गे धारिले डान्सबार र दारिधारिले घरबार बनाएको दरबार लाई सबै मिलेर नाङ्गो तरवार बनाउछन ,, अनि गल्ली गल्लिमा नचाउदै हिन्छ्न,,तेहि भएर यिनिहरुको सरकार मात्रै हैन, दरबार,घरबार, तरबार सबैले दारी जुङ्गा मात्रै हैन चुरिफुरी पनि उत्तिकै अग्लो बनाउछ्न , जहाँ साना साना घैटा, प्वाख उम्रन लागेका चरी हरुले पिङ खेल्छन, पटाका पड्काउछन, वर्शै भरी तिहार अनि होलि मनाउछन।
जनता हरु न त रमिता हेर्न पाउँछन्,, न त खबरदारी गर्न किनकी उनिहरुलाई फुर्सदै हुदैन ।खातिर दारी , र पल्लेदारिमै उनिहरुले दारी बढाएका हुन्छन, भोकाएका अनुहार भरिको मैलो पखाल्न उनिहरु दिनरात वारिपारी गर्छन,कसैको खबार्दारी गर्न नत उनिहरुले जिम्मेवारी ठान्छन,न त आफ्नै खेत वारि खन्छन ! नुनको बोजो, र नुनकै सोझो गर्नमा जिन्दगी बिताउने संस्कार संस्कृती ले अझै ठाउँ नछोड्दा उनिहरु सधै चेपुवामा पर्छन,, अनि सेकिने सेकुवामा पर्छन,, ट्वा पर्छन, ट्वाल्ल पर्छन, भुसुक्कै निदाउछन ,, लुसुक्कै हुन्छन,, शिक्षा भन्ने चिजलाई भिक्षा बराबर ठान्छन,, बाउबाजेकै तक्दिरमा खुसी मान्छ्न,, आफुलाई खुव बहादुर ठान्छन,, आफ्नो घर चोरले चोरिसक्यो, अर्काको घरको चौकिदार बन्छन!
देसबिकास एत्राको हुन्छ,, देसको बिनास गर्नेको लहर देशभित्र लुटतन्त्र मचाउने,, जान्ने बुझ्ने, प्रगती हुनुपर्छ भन्नेले अर्काको देशमा लोकतन्त्र खोज्ने!, देसको जनसंख्या भोकतन्त्र र सरकार भोगतन्त्रमा लागेपछी नेपाल शोक तन्त्र तिर नगएर के उद्योग तन्त्रमा जान्छ त? आफू आत्मनिर्भर बन्नु पर्छ भन्ने अनि सधै आत्मानिर्भर बनेर बस्ने ,, आफू बिकासबादी हु भन्ने,अनि बिकाश नाम गरेका नाईकेलाई मात्रै पोस्ट्मा छिराउने, गरेको गोललाइ बेच्ने,अनि देशको झन्डाको कसम खाने, बाहिर बस्दा आलोचना को कम्पनले भित्रकालाई बाहिर उन्मुख गराउने, अनि आफू चाहिँ सधै सत्ता उन्मुख भएर बस्ने,यी कुराले न त देशको बिकाश हुन्छ, न त देश बन्छ नै। देख्ने बेला नेपालमा बिकासका सम्भावना हरु मात्रै देख्ने,अनि सम्भावना बाट आफ्नो सम्भावना लाई मात्रै पुर्ती गर्ने,बिकासधारी बनेर जनताको मुखमा सधै छारो हाल्ने कर्मचारी ,राजनेता सबैको पतन नभए सम्म नत परराष्ट्र मन्त्रालय अगाडिको लाईन घट्छ नत राहदानिको व्यापार घट्छ! सबै कुरो नेपालमै देख्ने स्वाभिमानी बढी र अल्छी पनि सार्है बढी त हामी युवा नै हौ। बिदेसमा भाडा माझ्ननी हामिलाइ स्विकार्य हुने गाउका खेत मा तातो पसिना बगाउन लाज मान्ने पर्बिर्ती ले हामी ठाउको ठाउँ पछि परेका छौ!पसिना पनि बगाउछौ, देसको बिकास पनि गर्नुछ, भन्नू हुन्छ अनि तपाईलाई कसैले अबसर दिएन भनेर बस्ने कि खोसेर अबसर लिन पटटि लाग्ने?
काम गर्ने भन्दा पहिलै डुइङ दिस भनेर सामाजिक सन्जाल मा झुल्किने,, कूकिङ्ग दाल भात भन्ने दाल मा नुन हाल्नै भुल्ने,, परिक्षामा पढ्नुको साटो कोर्श गार्हो, सार्हो भनेर सामाजिक सन्जालमा पोख्त भएर अपडेट गर्ने,,पढ्नलाई चाहिँ दुई घन्टा पढ्ने, अनि सगरमाथा को टुपो भन्दा नि अग्लो सपना देख्ने यो प्रविर्ती ले हामि बिद्यार्थी पनि कुकिङ फुड भनेर फूडै काचो राख्ने भाउजू जस्तै भाछौ! हाम्रो लापरबाही ले प्रसासन लापरबाह हुन्छ, अनि सबै कुरा बेप्रबाह हुन्छ, त्यसैले हामी राम्रो बनौ।राम्रो मात्रै हैन ,, असल बनौ,, अनि मात्रै, अरुलाई दोश दिउ, आफ्नो सरिरमा किर्ना पर्दा पनि अर्काको सरिरको उपिया हटाउन आवाज उठाउने बानी हाम्रै हो। हामी थोरै पढेलेखेका हरु कै हो। त्यही भएर बानी सुधारौ, कति अर्काको ढोकाको घण्टि मात्रै बजाउने , कहिले काहीँ आफ्नै दिमागको घन्टी बजाउने कोसिस गरौ। मनको प्रयोग दिमाग मा नगरौ, दिमाग ले मनलाई हस्तक्षेप नगरौ। फुर्सदिलो बनौ यसकारण कि हामीलाई आराम चाहिएको छ, यदि हामिलाई आरामको जरुरत नै छैन भने आराम गरेर आरामको जरुरत पर्ने अवस्था बाट टाढा हुनै पर्छ। अब लेखेको मात्रै हैन देखेको पनि पाउने कोसिस गरौ। देखेको तेत्तिकै हातमा आउदैन त्यसलाई प्राप्त गर्न सिढी चढौ।भर्र्याङ् बनाउ। आफू सङ्ग भएको क्षमतालाई सबै उपयोग गरौ, अनि नयाँ सक्षमताको सुरुवात हामी बाटै गरौ। यो हुन समय लाग्दैन, बस मनस्थिति परिवर्तन गरौ। सुचना परिबहन गरौ, पक्कै हामी छौ, तेसैले यो देश छ । यो देश नेपाल छ र त हामी नेपाली छौ।
निर्णय अब हाम्रै हातमा, बादरले मकै खाएको देखेर बादरलाई गाली गरेर बस्ने कि बादरलाई धपाएर मकै को सुरक्षा आफै गर्ने??
email:gorakhsinghd@gmail.com
No comments:
Post a Comment