होलि २०७२को सन्देश
यो पाली पनि सधैं झै होलि खेलियो। परम्परागत रुपमा समुहमा होलिका गित गाउदै गाउँ गाउँ डुल्ने, गाउँले अवसर नपाए पनि रंग आदानप्रदानको सुनौलो अवसर सङ्गै सुभकामना आदानप्रदान पनि गरियो। यो पालिको होलि मेरोलागी अहिले सम्मका सम्पुर्ण होलि भन्दा सार्है रमाईलो रह्यो। हुन त पहिला पहिला गाउँतिर होलिका गित गाउदै मादल बासुरी, ड्रम इत्यादी बजाउदै गाउँ गाउँ डुल्दै, दक्षिणा बटुल्दै होलि नखेलेको पनि हैन। त्यसरी होलि खेल्दा तेति रमाईलो अनुभव भएन जति साथी भाइ हरु सङ्ग रङ्ग आदानप्रदान गर्दा भयो। यो मानेमा मैले त्यो प्रकारको होलिलाई उपेक्षा गरेको पनि हैन, तर जब रमाईलो कै कुरा आयो भने त्यसको मात्रा बाहिर अवस्य देखिदो रहेछ ।गाउँ तिर का होलि पश्चात जब प्लस टु को लागि काठमाडौ छिरियो, त्यहाँ पनि दुईटा होलि खेल्ने अवसर पाईयो। प्राईभेट कलेजमा पढ्दा तेति साथी जम्मा गर्न पाईएको थियन। आफ्नै रुमका अनि आफ्नो जिल्लाका सिमित दाजुभाई सङ्ग सुभकामना तथा रङ्ग आदानप्रदान हुन्थ्यो, त्यसपछी छत मा चढेर लोला बर्साईन्थ्यो। जो कोहिलाई लोला हान्दा डर मिश्रित रमाईलो हुन्थ्यो।किनकी बिगतमा पनि सरकार्ले जबर्जस्त लोला हान्नेलाई गोलि हानेको भन्दा छिटो पक्राउ गर्ने घोषणा गरेको थियो। त्यति रमाईलो हुन्थेन ।
अब पढाईकै सिलसिला मात्रै हैन,लक्ष्य प्राप्तिको सिलसिलामा लम्जुङ्ग किर्षी क्याम्पसमा पढ्दै गर्दाका दिनहरु, थोरै गाम्भृयता अनि धेरै रमाईलो पनमा बितिरहेका छन। यसले जे जस्तो रिजल्ट आउला त्यो आफ्नो ठाउँमा छ। तर कुरो जब रमाईलो को आउँछ, IAASIAN हरु कहिलै पछि परिन्न भन्न्ने मान्यता खासै नया हैन। यो पालिको होलि सहित IAAS मा दुइटा होलि खेलियो। भब्य सभ्य तथा सार्है उच्चस्तरीय होलि नभए पनि रमाईलो को मामलामा भने पाचै तारे हो, हुन त रमाईलोको स्तर पनि होला त्यो स्तरबाट हेर्दा नाम्बरिक रुपमा हामिले उच्च स्तरको रमाईलो गरेकै हो। आफ्ना सम्पुर्ण कुरालाई बिर्शेर वाईल्ड (सबैले भन्ने शब्द)भएकै हो। हामी तरुना तरुनी हरुको रमाईलो भनेको वाईल्डनेसको मात्राले निर्धारण गर्दो रहेछ। नेपाल विद्यार्थी सङ्घ को आयोजनामा भएको होलि कार्यक्रम बिसेसता अरु बर्श भन्दा फरक पाईयो। यो पालिको बिद्यार्थी संख्या पहिलाका बर्षहरुको भन्दा बढी भएकाले पनि हुनसक्छ । अरु रमाईलो यो मानेमा पनि थियो कि हामी विद्यार्थी भन्दा सरहरु बढी वाईल्ड देखिन्थे। लाग्थ्यो उनिहरु आफ्नो पूरा जिन्दागिको तनाव त्यागिरहेका छन । हुन त बर्षको अन्त्यमा झुल्केको यो चाडको सामरिक अर्थ पनि त्यहि हुन जान्छ। वर्ष भरिका दु:ख पिडालाई भुलेर नराम्रा रङ्गहरुलाई फाली नयाँ रङ्ग लाई सेलेक्टिव तरिका बाट जिवनमा लागू गर्ने अवसरको रुपमा पनि धेरैले यसलाई अर्थ दिन्छन(नेपालको परिवेश मा)।
रमाईलो भनेको अब खुसी मात्रै रहेन, अन्तरआत्माको अवाज हो भन्ने मेरो बुझाई छ । खुसी हुनका लागि सकारात्मक उर्जा र सफलता को अनुभव हुनै पर्छ। मानिशहरु सन्तुस्टिलाई खुसी मान्छन यसलाई मैले गलत अर्थमा लियको पनि छैन मेरो भन्नू एति मात्रै हो जब मानिसलाई म सफल भए अर्थात छु भन्ने महसुस हुदैन तब खुसी प्राप्त गर्न गार्हो छ। असन्तुष्टि यसकारण पैदा हुन्छ कि जब मानिस कम्प्यारेटिभ रुपमा कुनै कुराको बढी अपेक्षा गर्छ, अनि त्यो लक्ष्य स्वभावतः स्वभाविक आकडाको प्राप्ति सङ्गै अन्त्य हुन्छ तर मानिसलाई लाग्ने गर्छकी मेरो भाग्य खराब छ। खुसी र हासोको मिश्रण को रुपमा मैले रमाईलोलाई लिनुपर्छ ।हिजो को होलिको सन्दर्भ मा।
हुन त मलाई लाग्ने गरेको कुरो के हो भने खुसी एकदम ठूलो घेरा भएको शब्द हो ।जुन रमाईलो र सन्तुस्टिको योग्फल होला! तर होलि को कुरामा मैले मानिसको खुसिलाई आकलन गर्ने हो भने, मानिस रमाईलो मात्रै गरिरहेका थिएनन तिनी हरु हासिरहेका थिए, खुसी थिए त्यसैले रमाइलो गर्नसकेका थिए ।
रमाईलो अन्तरात्माबाट तब आउँछ जब अन्तर्मन खुसी हुन्छ अनि दिल हास्छ। हो! हिजो को होलिमा सबैको ओठ मात्रै हासेको थिएन दिलपनी उत्तिकै खुसी थियो भन्ने मेरो ठम्याई हो। बिगतमा भन्दा तुलनात्मक रुपमा यो होलि मज्जाको हुनुको अर्को कारण यो पनि थियो,कि त्यहा सम्पुर्ण सङ्गठनका साथी हरु एकसाथ नाचिरहेका थिए। मेरो आशा पनि त्यही थियो, त्यही होस भन्ने चाहना पनि हो। जुन हिजो देखियो , त्यो वातावरणले भुकम्पको बेलाको झल्को एकाएक दिमाग्मा आउँछ। रमाईला क्षणमा र आपतका क्षणमा मानिसले सबैलाई आफ्नो ठान्ने गर्छन ।बस त्यतिखेर एउटा कुरा मात्रै सबै मान्छन कि हामी मानिस हौ। हो! हामी सबैको चाहना यहि हुनुपर्छ । खुसी र दुखमा मात्र हैन, त्या बिचका उतारचढाव बिचमा पनि हाम्रो मानबिय सम्बन्ध प्रगाढ हुनु पर्छ।
आपत बिपतका कुरामा मानिसले सबैलाई आफ्नो देख्छ। खुसी /रमाईलो साटफेरका मामलामा पनि मानिसले सबैलाई एक ठान्छ भने बिचका उतारचढाव हरु के हुन कि तिनिहरुले मानिसका सम्बन्धहरु फलक्चुयड गर्नसक्छन । यो होलिले तपाईं र म मात्रै हैन हामी भनेको छ। IAAS को केशमा मात्रै हैन, सम्पुर्ण नेपाली हरुलाई रङ्गको माध्यमबाट एकताको मजबुत सन्देश दिएको छ। जिवनका अनगिन्ती रङ्ग हरुबाट सदाबहार मेलमिलापको रंग बाडदै होलि गएको छ। तर हामी यतै छौ। होलिको सन्देश बिर्शनु हुन्न र नसम्झेपनी त्यो कुरा बिर्शनु हुन्न जो मानवहित का मामलामा सधैब सर्वश्रेष्ठ रहदै आएको छ । हामी मानिस यसकारण हौ कि हामी सबै कुरा जान्दछौ । सबै कुरा यसकारण जान्दछौ कि हाम्रा सबै ईन्द्रीयहरु अरु जनावरको तुलानामा ज्यादा सुगठित छन, ज्यादा मजबुत छन। ज्यादा मजबुत यसकारण छनकी तिनिहरु एकदाबद्द छन , चाहिएको बेला जस्तो सुकै कदममा पनि एक अर्काको साथ कहिलै छोडदैनन।
एति स्मरण रहोस कि मुखले खान नमान्दा हातले जवर्जस्ती गरेको छैन । आँखा सुत्दा खेरी खुट्टा घुम्न गएको छैन । मन मा दुख पर्दा हातगोडा खुसी भएका छैनन । यो होलि कम्प्यारेटिभ रुपमा मेरो जिवनमा रमाईलो रहे पनि सबैको जिवनमा उस्तै रह्यो भन्ने मेरो बिचार पटक्कै हैन। तर यसले दिएको सन्देश भने सबैको जीवन मा एउटै छ ।
रङ् छरौ सद्भाव र एकताको ।
जय होस!!
होलि २०७२ लमजुङ किर्षी क्याम्पस |

No comments:
Post a Comment