लोकसेवाको परिक्षामा उत्तर लेख्दा ध्यान दिनुपर्ने कुराहरु
लोकसेवा आयोग · लिखित परीक्षा · विषयगत प्रश्न
उत्तर लेख्दा ध्यान दिनुपर्ने कुराहरू
तयारीदेखि प्रस्तुतिसम्म: पाँच चरणको व्यवस्थित ढाँचा
१
पूर्वतयारी र एकाग्रता२
प्रश्न विश्लेषण३
उत्तरको संरचना४
सामग्री: तथ्य र उदाहरण५
प्रस्तुति र क्रमबद्धता१
पूर्वतयारी र एकाग्रता
- एकाग्रता अभ्यासबाट मात्र हासिल हुन्छ; गहिरो इच्छाशक्ति, दरिलो लगाव र अथक निरन्तरता चाहिन्छ।
- नियमित रूपमा निरन्तर अध्ययन गर्ने बानी बसाल्ने।
- लेख्दै-पढ्दै गर्ने: पढेपछि किताब बन्द गरी सोच्ने र आफ्नै शैलीमा लेख्ने।
- प्रत्येक दिन बिहान उठेलगत्तै १५ मिनेट ध्यान गर्ने।
- पूर्वलेखन अभ्यास र एउटा निश्चित खाकाभित्र रही उत्तर लेख्ने पर्याप्त अभ्यास गर्ने।
- उत्तर जानेर पनि राम्ररी लेख्न नसक्दा प्रतिस्पर्धामा असफल हुन्छन्।
२
प्रश्न विश्लेषण
- उत्तर सुरु गर्नुअघि प्रश्नलाई ध्यान दिएर पढ्ने।
- प्रश्नका खण्ड पहिचान गरी की-वर्डहरू अन्डरलाइन गर्ने।
- की-वर्डका आधारमा प्रत्येक खण्डको शीर्षक राखी प्रश्नले मागेको विषय मात्र सरल र संक्षिप्त रूपमा सोझै लेख्ने।
- सम्भव भएसम्म बुँदागत रूपमा प्रस्तुत गर्ने।
- प्रश्नले मागेकोभन्दा बाहिर नजाने; जानेका र मनमा आएका कुरा प्रसंग नमिलाई नलेख्ने।
३
उत्तरको संरचना: तीन प्रमुख खण्ड
सुरुवाती खण्ड
विषय प्रवेश वा पृष्ठभूमि। यो उत्तरमा के लेख्दैछु भन्ने कुरा स्पष्ट गर्ने; प्रश्नले सोधेको विषयमा आफ्नो सम्पूर्ण धारणा के हो भन्ने राख्ने।मूल खण्ड
धारणालाई तर्क, तथ्य र उदाहरणसहित व्याख्या, विवेचना वा विश्लेषण गर्ने। सम्भव भएसम्म मौलिक, वस्तुगत, तटस्थ र आलोचनात्मक हुने।निष्कर्ष खण्ड
माथिको सम्पूर्ण उत्तर र प्रश्नको सन्दर्भमा मेरो धारणा के हो भन्ने कुराको सार वा भाव खिच्ने। ५ अंकका प्रश्नमा निष्कर्ष लेखिरहनु पर्दैन।४
सामग्री: तथ्य र उदाहरण
- तथ्यांक र उदाहरणले तर्कलाई दरिलो बनाउँछ; अति धेरै वा अनावश्यक भए उत्तर भद्दा र झिँजो लाग्ने हुन्छ।
- सबै उत्तरमा सबै विषयको उदाहरण दिइरहनु पर्दैन; महत्त्वपूर्ण एक वा दुई विषयको मात्र, सान्दर्भिक र उपयुक्त।
- क्वान्टिटेटिभ प्रश्न: तथ्यांकको प्रस्तुति, तुलना र विश्लेषण।
- क्वालिटेटिभ प्रश्न: बुझाइ, स्थापित सिद्धान्त, मान्यता र राष्ट्रिय/अन्तर्राष्ट्रिय अभ्यासका आधारमा व्याख्या र विश्लेषण।
- मिश्रित प्रश्नमा तथ्य र तर्कको समिश्रण गर्ने; सिफारिस वा निष्कर्ष मौलिक र विषयगत हुने। अत्यधिक तथ्यांक वा पूर्ण रूपमा तथ्यविहीन मनोगत उत्तर दुवै राम्रा होइनन्।
५
प्रस्तुति र क्रमबद्धता
- प्रस्तुति भनेको भाषाशैली, शब्द र वाक्य चयन, वाक्य र अनुच्छेद गठन, सरलता, मिठास, स्पष्टता, शुद्धाशुद्धि, उदाहरण, तथ्यांक, तर्क र विश्लेषणको समष्टि हो।
- उत्तरको ढाँचा, पेपर मार्जिन, अक्षर, शब्द, लाइन र अनुच्छेदबीचको स्पेसिङ पनि मिलाउने।
- प्रत्येक खण्ड, अनुच्छेद र वाक्य सिलसिलेवार र क्रमबद्ध हुने; एउटा अनुच्छेदमा एउटै विषयवस्तु।
- नयाँ अनुच्छेदको पहिलो वाक्य अघिल्लो अनुच्छेदको भावमा टेकेर सुरु गर्ने; "तथापि, यद्यपि, तर पनि" जस्ता योजक प्रयोग गर्ने।
- हरेक वाक्य, अनुच्छेद र खण्ड अन्तरसम्बन्धित हुँदाहुँदै स्वतन्त्र र आफैँमा पूर्ण हुने।
बुँदा कि अनुच्छेद? र बुँदा कति?
- पूरै बुँदामा मात्र वा पूरै अनुच्छेदमा मात्र लेख्नु दुवै राम्रो होइन; अनुच्छेद र बुँदाको समिश्रण गर्नु राम्रो हुन्छ।
- विषय प्रवेश, दुई खण्ड जोड्ने अंश र निष्कर्ष अनुच्छेदमा; प्रश्नले मागेको विषयजति बुँदागत रूपमा।
- धेरै बुँदा लेख्दा कुरा दोहोरिन्छन्, थोरै लेख्दा आवश्यक कुरा छुट्छन्। एउटा बुँदाको अंकभार ०.५ मान्दा ५ अंकको उत्तर १० बुँदामा लेख्न सकिन्छ, तर यो कुनै नियम होइन।
प्रश्नको प्रकारअनुसार कसरी लेख्ने?
संविधान, ऐन-नियमका व्यवस्था
निश्चित बुँदा वा परिभाषा भएमा, र अर्थ फरक पर्ने सम्भावना भए जस्ताको तस्तै लेख्ने; अन्यथा अर्थ नफरक्ने गरी आफ्नै भाषामा। तथ्यगत रूपमा ठीक लेखे पूर्णाङ्कको नजिक अंक पाइन्छ।
अन्तर छुट्याउने (जस्तै: जवाफदेहिता र उत्तरदायित्व)
पहिले एक-एक वाक्यमा मौलिक परिभाषा; त्यसपछि तालिकामा तुलनात्मक बुँदागत भिन्नता; अन्त्यमा अन्तरसम्बन्ध झल्कने संक्षिप्त निष्कर्ष।
महत्त्व / व्याख्या / विश्लेषण (जस्तै: कार्यालयमा कम्प्युटर प्रणाली)
सकारात्मक र नकारात्मक दुवै पक्ष समेट्ने। सकारात्मक: कार्यप्रणाली, सेवाको गुणस्तर, उत्पादकत्व, समय र लागत। कमजोर: सीमा, जटिलता, अतिरिक्त स्रोत लागत, जनशक्तिको सीप, दुरुपयोग, सूचना सुरक्षाको जोखिम।
अवधारणा र सन्दर्भ
अवधारणा: विषयको परिचय र कालक्रमिक विकासक्रम। सन्दर्भ: कुनै विचार वा सिद्धान्तको उठान, निर्माण वा प्रयोगका पछाडिका कारक विषयहरूको समष्टि। दुवै अलग-अलग कुरा हुन्।
सीमा
सन्दर्भअनुसार अर्थ फरक: चुनौती वा दुर्बल पक्ष (संघीयताका सीमा), वा बाध्यता, अड्चन (अनुसन्धान, तथ्यांक, विधि वा उपचारका सीमा)।
पूर्वसर्त
त्यो विषय वा अवस्था हुनका लागि नभई नहुने आधारभूत कुरा। जस्तै लोकतन्त्रका: बालिग मताधिकार, आवधिक निर्वाचन, मौलिक हक र मानव अधिकार, विधिको शासन, सूचनाको हक र पारदर्शिता।
परीक्षा हलमा अन्तिम जाँच-सूची
☐ प्रश्नका खण्ड र की-वर्ड पहिचान गरेँ?
☐ प्रश्नले मागेको मात्र लेखेँ?
☐ सुरु, मूल र निष्कर्ष खण्ड छन्?
☐ तर्कसँग तथ्य/उदाहरण १-२ वटा सान्दर्भिक छन्?
☐ बुँदा र अनुच्छेदको मिश्रण छ?
☐ वाक्य र अनुच्छेद क्रमबद्ध र जोडिएका छन्?
☐ भाषा सरल, शुद्ध र स्पष्ट छ; स्पेसिङ मिलेको छ?
☐ ५ अंकको प्रश्नमा अनावश्यक निष्कर्ष थपिनँ?