Wednesday, December 5, 2018

म तिमी र उनिहरु! (माटो दिवश विशेष)


कविता....
तिमी छौ र त म अडिएको छु
भन्छ ढुङ्गा ले, जसको कुनै जीवन छैन,
तिमी छौ र त म अडिएको छु भन्छ पानीले
जसको आफ्नो जीवन छैन,
तिमी छौ र त म अडिएको छु भन्छ,
बोट बिरुवाले,
अझै भन्छ तिमी त मेरो नसा नसामा बग्छौ,
तिमी त मेरो सब थोक हौ,, मेरो प्राण हौ, मेरो जीवन हौ!
जसको जीवन मेरो आधारले चल्छ, उनिहरुको लागि पनि र जसको कारण म जिवित छु उनिहरुको लागी पनि तिमी समान छौ!
छुट्याउदैनौ, बालख युवा र बृद्ध,
छुट्याउदैनौ घरेलु अनि जङ्गली,।
बसाउछौ, माया गरेर आफ्नो छातिमा,
आखाले नदेख्ने देखि आखाले देख्नका लागि ठुला लाग्ने सबै चिजहरु!
जसरी एउटी आमाले भुणलाई हुर्काउदै बच्चा पैदा गर्छिन र ठूलो बनाउछिन!
हो त्यही आमालाई समेत आधार दिन सक्छौ तिमी,
हो त्यही आमालाई समेत जन्माउछौ तिमी।
तिम्रो छातिमा भगवानहरु बस्छन,
मन्दिर मस्जिद गुम्बा र चर्चका घरहरु भित्र,,
तिमी भगवानलाई पनि त आधार दिन सक्छौ
तिमी भगवानलाई पनि आफ्नो छातिमा हिडाउन सक्छौ ।
सन्सारका शक्तिशाली देश देखि, बिकास उन्मुख तेश्रो विश्व सबैलाई समान देख्न सक्ने आँखा छन तिम्रा,
कहिलै तिमीले भनेनौ,
बिकासको चरम उत्कर्शमा पुगेका मुलुकहरूलाई,
कि, तिमीहरुले मेरो गर्भमा रसायन फाल्यौ,
मेरो छातिमा बम बारुद पड्कायौ,
र मेरो छातिमा बीस ओकल्यौ!
तिमीले कैलै भनेनौ, उनिहरुले मेरो अनुहार, शरिर र सुडौल अङ्गअङ्गहरुमा लुछे, मेरो बलात्कार गरे!
कैलै भनेनौ, कि मलाई एसो चाहियो,
उसो चाहियो!
र भन्दैनौ पनि, किन?
किनकी यिनिहरु सबैको खाल्डो पनि तिम्रै छातिमा खनिने वाला छ।
सबै तिमी जस्तै बन्ने वाला छन,
उनिहरु तिमी भन्दा छिटो सड्नेवाला छन।
भन्छौ,
आफ्नो खाल्डो मेरो गर्भमा आफै खन्छन भने,
म के भनु?
मलाई बगाउछु भन्दै हिन्ने नदि त मेरै छातिमा समुन्द्र बनेर तैरिएको छ।
र भन्छौ,
उनिहरु के नै गर्न सक्छन र?
मलाई पुरै फोहर पार्लान,
मलाई चम्चाले चिनी घुलाए झै, पानीमा घुलाउलान,
या उनिहरुका अस्त्र शस्त्र र रसाएनहरुलाई प्रयोग गरेर,
गर्न सक्ने जति सबै गर्लान, दुशित पार्लान
तर मलाई केही गर्न सक्दैनन!
जसरी जाचमा जथाभावी लेखेर उनिहरु पास हुन सक्दैनन,
त्यसरी नै मलाई जथाभावी दुशित गरेर उनिहरु बाच्न सक्दैनन !
किन बुझ्दैनन उनिहरु कि, रोगी आमा बाट जन्मेका शन्तान कमजोर हुन्छन भनेर
किन बुझ्दैनन?
दुशित खाना खाएको उनिहरुको जिउ रोगको भकारी हुन सक्छ भनेर।
किन बुझ्दैनन , सन्तुलन कायम गर्न प्राकृतिक पारिस्थितिक पद्धति हुन पर्छ भनेर
किन बुझ्दैनन ? जैविक बिबिधताले नै प्राकृतिक सन्तुलन ल्याउन सक्छ भनेर,
उनिहरु बिग्रीदै जानुको कारण म बिग्रनु हो।
म ठोकुवा गरेर भन्छु, र मलाई थाहा पनि छ।
एदि सबै कुरा जोगाउन चाहन्छन र पृथ्वीलाई माटो बनेको हेर्न चाहन्नन भने,
म माटो लाई माटो रहन दिनुपर्छ
म माटोलाई माटै रहन दिनुपर्छ!!

No comments: