Saturday, February 22, 2025

दिक्कको अस्तित्व

मलाई दिक्क लाग्दैन भन्नु,

समुन्द्रले सुक्खा छु भन्नु जस्तै लाग्छ,

हावा चल्दैन भन्नु आकाशले,

चन्द्रमाले रात अध्यारो छैन भन्नु जस्तै लाग्छ।


म दिक्क हरुकै भिडमा दिक्कीएको छु,

जहाँ हरेक अनुहारका मुस्कानभित्र लुकेका छन् हजारौं प्रश्न,

जहाँ हरेक चुप्पीमा छन् असंख्य अनुत्तरित उत्तरहरू।


बिहान एउटा दिक्कसँग ठोकिन्छु,

जुन ओछ्यानबाट उठ्नासाथ मलाई नियाल्छ,

अनि सानो सुस्केरा बनेर मनको कुनामा अडिन्छ।


दिउँसो अर्को दिक्कसँग ठोकिन्छु,

जुन भीडमा रमाइलो गरिरहेझैं देखिन्छ,

तर भित्रभित्रै आफैसँग रिसाइरहेको हुन्छ।


कतै चोईटिन्छु, दिक्किएर,

कतै चोईटिन्छु ठोक्किएर,

कतै आफैंसँग हारेको छु,

कतै आफैंसँग जितेको नाटक गरिरहेको छु।


म अरूको खुसीमै ठिक्क छु,

तर त्यो खुसी उधारो जस्तै लाग्छ,

जो फिर्ता पाइने आशामा दिन्छु,

तर कहिल्यै फिर्ता आउँदैन।


अरूलाई खुशी पार्न नसकेर दिक्क छु,

तर अरूले मलाई खुशी पार्न सकेनन् भन्ने गुनासो छैन।

किनभने खुसीको मापन गर्न सिकेको छैन मैले,

खुसीमा पनि दिक्क देख्न थालेको छु मैले।


तर दिक्क पनि आफैं खुसी छ,

किनभने उसले आफ्नो काम गरिरहेको छ,

मलाई अझ गहिराइमा पु¥याइरहेको छ,

अनि म उसैको अस्तित्वमा हराइरहेको छु।


खुसीले सिकाएको थियो—

आफू खुसी भए अरूलाई खुशी पार्न सकिन्छ,

तर दिक्कले सिकायो—

अरूलाई खुशी पार्न खोज्दा आफू दिक्क हुनु पनि सम्भाव्यता हो।


त्यसैले, म दिक्क छु,

यसै दिक्कीएको छु,

र यो दिक्कबाट भाग्न सक्दिन।


किनभने,

दिक्क मात्र एउटा समस्या होइन,

यो त मेरो आफ्नै छायाँ हो,

जो मसँगै हिँड्छ,

र मबाटै जन्मिन्छ।

Tuesday, February 4, 2025

एक गजल र ए. आई को बिश्लेषण

मैले शृजना गरेको यो जिनिस नियम सङ्गत रुपमा गजल हो या हैन त्यो बिद्वान बर्गले सुझाउनुहोला, मैले गजलै ठानेर प्रस्तुत गरेको छुँ। गजल यस्तो छ।


 बाघले घाँस किन खान्छ? अचम्ममा पर्छु,

भैंसी खोज्दै गोठमा जान्छ अचम्ममा पर्छु,


दात छैन थोते भाछ, हिन्न पनि सक्या छैन,

मै राजा हु किन ठान्छ? अचम्ममा पर्छु!


गोठको राजा भैंसी नै हो, बाघले स्विकार गर्न पर्थ्यो,

कसले गोठमा राजा मान्छ? अचम्ममा पर्छु,


बूढो हुदैन बाघ र स्याल तन्नेरी यो मान्दा बाघ गयो,

भन्नेहरुको के जान्छ? अचम्ममा पर्छु,


सबै कुरा सबै सङ्ग सधै हुन्न महोदय,यो थाहा छ,

खानकै लागि ज्यान जान्छ, अचम्ममा पर्छु!


मेरो आहराले मलाई झम्टिन आए के होला बाच्नकै लागि,

दिमाग पनि काँ काँ जान्छ ? अचम्ममा पर्छु !



बिश्लेषण:

यो गजललाई कसरी AI ले विश्लेषण गर्छ? होला भन्ने जिज्ञासा मेट्न मैले च्याट जिपीटी र भर्खरै ICT बिश्वबजारमा तहल्का मच्चाईरहेको डिपसिकलाई यो गजल को बिश्लेषण गर्न Promt लेखे, दुबैको विष्लेषण मैले यहाँ राखेको छु। कुन टुलले गरेको विश्लेषण ज्यादा सान्दर्भिक र सत्य छ ? ,, तुलना गर्ने जिम्मा पाठक बर्गहरुमा छोडेको छु!

१.डिपसिकको विष्लेषण:

यस गजलमा प्रयोग भएका बिषयवस्तु, अलङ्कार, र भावनाहरूको विश्लेषण निम्नानुसार गर्न सकिन्छ:

१. विरोधाभास र अचम्मको भावना

गजलको हरेक पंक्तिमा "अचम्ममा पर्छु" भन्ने पुनरावृत्तिले जीवनका विरोधाभासी घटनाप्रति आश्चर्य, विस्मय, र विडम्बनाको भावना व्यक्त गरेको छ। उदाहरणका लागि:  

- "बाघले घाँस किन खान्छ?" → बाघ (मांसाहारी) ले घाँस खानु प्रकृतिविरुद्ध कुरा हो। यसले समाजमा अप्रत्याशित र अस्वाभाविक व्यवहारप्रति प्रश्न उठाइएको छ।  

- "दात छैन थोते भाछ, मै राजा हु किन ठान्छ?"→ शक्ति वा योग्यता नभएको व्यक्तिले आफूलाई "राजा" ठान्नु विडम्बनालाई इङ्गित गर्दछ।  

 २. सामाजिक शक्ति संरचनाको प्रतीकात्मक चित्रण  

- बाघ र भैंसीको प्रतीक: 

  - बाघ → शक्तिशाली तर अहंकारी, यथार्थबाट टाढा (दात नभएको, घाँस खाने)।  

  - भैंसी→ साधारण जनता वा वास्तविक शक्ति (गोठको राजा)।  

  - यी प्रतीकहरूबाट समाजमा शक्तिको दुरुपयोग, अहंकार, र वास्तविक योग्यताको अभावको समालोचना गरिएको छ। 

- "गोठको राजा भैंसी नै हो" → वास्तविक शक्ति साधारण व्यक्तिहरूमा निहित छ, तर समाजले बाघजस्ता "झूटा राजा"लाई मान्ने गर्दछ।

३. अस्तित्वको संघर्ष र नियतिवाद 

- "खानकै लागि ज्यान जान्छ"→ गरिबी, असमानता, र अस्तित्वको लागि हुने संघर्षलाई इङ्गित गर्दछ।  

- "सबै कुरा सबै सङ्ग सधै हुन्न" → जीवनको अनिश्चितता र नियतिलाई स्वीकार्ने भाव।  

 ४. मानवीय मनोविज्ञानको अभिव्यक्ति 

- "दिमाग पनि काँ काँ जान्छ?" → अस्तित्व र जीवनका जटिल प्रश्नहरूले मानिसको मनलाई अशान्त, भ्रमित, र दिशाहीन बनाउँछ।  

- "बूढो हुदैन बाघ र स्याल... → शक्ति र चालाकीको सम्बन्धमा उमेरले गर्दा आउने परिवर्तनलाई व्यङ्ग्य गरेको छ।  

 ५. भाषा शैली र अलङ्कार 

- प्रश्नात्मक शैली: हरेक पंक्तिमा प्रश्नहरूले पाठकलाई चिन्तन र आत्मप्रश्न गर्न प्रेरित गर्दछ।  

- व्यङ्ग्य र विडम्बना: "राजा" भन्ने अहंकारमा डुबेका व्यक्तिहरूप्रति तीखो व्यङ्ग्य।  

- पुनरुक्ति ("अचम्ममा पर्छु"): जीवनका विसंगतिहरूप्रति असहजता र आश्चर्यलाई जोड दिइएको छ।  

 ६. सारांश 

यस गजलले शक्ति, अहंकार, समाजको विसंगति, र मानवीय संघर्षलाई प्रतीकहरू मार्फत उजागर गरेको छ। बाघ, भैंसी, स्याल जस्ता प्राणीहरू मानवीय चरित्र र सामाजिक स्थितिको दर्पण हुन्। कविले जीवनका विरोधाभासहरूप्रति आफ्नो आश्चर्य, विरक्ति, र समाजप्रतिको गहिरो चिन्ता व्यक्त गरेका छन्।  

यो गजल व्यक्तिगत संघर्षदेखि सामाजिक संरचनासम्म फैलिएको बहुआयामी रचना हो जसले पाठकलाई आफ्नो अस्तित्व र समाजप्रति प्रश्न गर्न बाध्य पार्छ।

 

२. च्याट जिपीटि को बिश्लेषण:

यो गजलले जीवनका विभिन्न सामाजिक, राजनीतिक, र अस्तित्व सम्बन्धी विरोधाभासहरूलाई प्रतिनिधित्व गर्छ। प्रत्येक शेरले समाजमा देखिने असंगतता र अचम्मलाग्दा घटनाहरूलाई सरल र व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको छ। भाव विश्लेषण यस्तो छ:

शेर १:

"बाघले घाँस किन खान्छ?" भन्ने प्रश्नले प्राकृतिक नियमको उल्लंघनलाई संकेत गर्छ। यहाँ शक्तिशालीले आफ्नो स्वभाव छोड्नु (बाघले घाँस खानु) वा कमजोर भएर गोठमा भैंसी खोज्दै जानु अस्वाभाविक लाग्छ।

शेर २:

"दाँत छैन थोते भाछ, हिन्न पनि सक्या छैन, मै राजा हुँ किन ठान्छ?"
यो शेरले असक्षम व्यक्तिहरूले आफूलाई शक्तिशाली ठान्ने मानसिकतालाई संकेत गर्छ। यहाँ 'थोते बाघ' असक्षम तर घमण्डी पात्रको प्रतीक हो।

शेर ३:

"गोठको राजा भैंसी नै हो, बाघले स्वीकार गर्न पर्थ्यो"
यसले समाजमा योग्य र सक्षम व्यक्तिहरूको राज स्वीकार नगर्ने प्रवृत्तिको आलोचना गरेको छ। गलत पात्रलाई राज मान्ने चलनलाई यहाँ व्यंग्य गरिएको छ।

शेर ४:

"बूढो हुदैन बाघ र स्याल तन्नेरी यो मान्दा बाघ गयो"
यो पंक्तिले समयको प्रभावलाई अस्वीकार गर्ने वा बूढो भएपछि शक्तिको क्षयलाई स्वीकार नगर्ने सोचलाई लक्षित गरेको छ।

शेर ५:

"सबै कुरा सबै सङ्ग सधै हुन्न महोदय, यो थाहा छ"
यो जीवनको यथार्थबोध हो, जहाँ सबै कुरा सधैँ सबैको पक्षमा हुँदैन भन्ने तथ्यलाई स्वीकार गर्नुपर्ने हुन्छ।

शेर ६:

"मेरो आहराले मलाई झम्टिन आए के होला?"
यहाँ आफ्नो आवश्यकताले नै आफूमाथि आक्रमण गर्ने विडम्बनालाई संकेत गरिएको छ। यो अस्तित्वको लागि संघर्ष र द्वन्द्वको प्रतीक हो।

समग्र भाव:

गजलले प्रकृतिको नियम, सामाजिक व्यवस्थाका असंगतता, योग्यताको अवमूल्यन, समयको प्रभाव र अस्तित्व संघर्षजस्ता विषयहरूलाई उठान गरेको छ। सरल शब्द र गहिरो व्यंग्यमार्फत समाजलाई सोच्न बाध्य बनाउने प्रयास गरिएको छ।


Tuesday, January 21, 2025

बहकिन्छ मन


 






बहकिएका दुईथोपा आशुहरु तप्प गाला मुसार्दै 

ओठ सम्म पुगेपछी लाग्यो,

बिछोड नुनिलो हुदोरहेछ!

उनको नुनिलो याद अझै बाकी रहेछ 

दुई खोपिल्टा भित्र!

उनले छोडेको मुटु भित्रको एउटा कोठा रित्तिएर

बोसो जमेको छ,

पिडामा जमेको बोसोले पीडा दिन्छ,

पीडा दिदा लाग्छ,

उनको नमिठो पदचाप मुटुमा गडिएको रहेछ!

उनी हुनुको आभासले मेरो जिउ जिङ्रीग हुन्छ,

गुजबमका स-साना टाकुराहरुले

जिउ सिउडी बनिरहदा,

र एकतमासले टाउको भित्रको गिदिले उनलाई

बिदाई गर भनेर आदेश दिएको छ,

तर म बिदाईको तोपमा गोलाहरु भरेर

मेसिन गन बर्साउन कसरी सकुला र खै?

नसकी नसकी पनि सक्नुपर्छ 

भन्छिन मेरी आमा,

मेरीआमाको मधुर वाणी र तार्किक वचन 

अनि निसर्त प्रेम अगाडी लहड र बचपन 

मेरो अगाडी हिरो बनेर पल्टिएको छ,

म निरीह चम्चा बनेर नाचीरहेको छु, 

के चम्चा मा अब आईनाईजेसन्को गुन्जायस छैनर?

ध्रुवीकरण को ध्रुबिकृत विश्वमा 

काईयोमा त धुलो टासिन्छ

म सङ्ग टासिने धुलो कोई भैदिए,

म सङ्गालेर नपखाली 

अङ्गालिदिने थिए!

एक सम्झनाले बनाएको खाडडललाई अर्कै मायाले टाल्न एक प्रयास हुन सक्थ्यो,

सार्थक हुनैपर्छ भन्ने त छैन,

किनकी यी गडिएका आँखा र

चाउरिएको अनुहारमा धोका र अविश्वासका धर्का बाहेक आशाका किरणहरुको मर्दन पर्न छोडेको छ,

सायद आशाले पनि बाटो मोडेको छ।

बाटो मोडेकी आशा

र अशान्त भएर हिडेकी शान्ती कतै भेटिईन भन्ने भन्नू,

तिम्रो नशालु यौवनको चन्चलता 

चाउरिन थालेको छ,

तिमीले छोडेका मलिला ओठहरु

पट्ट फुटेका छन, अहिले त बाक्लो झ्याङले टम्म छोपिएका छन,

केहीले गालामा दारी, काधमा जिम्मेवारी भनेर गिज्याउछन उसलाई, 

तर त्यो झारी पन्छ्याउने उत्प्रेरणाको अभाबमा

छट्पटिएको छ,

दारी भित्रै स-साना जनावरहरु पालिएका छन,

र खुसी छ, उसको कारण 

जैविक विविधता फस्टाएको छ!

र उ जैविक सेवक भएको छ।

आमाले चिटिक्क भएर बस भनेको सुन्दा

आमा वातावरण बिरोधी लाग्नुहुन्छ,

म मेरो अनुहारमा ग्रीन बेल्ट मुभमेन्ट चलाईरहेको छु,

छालामा घाम पर्न छोडेको छ, 

प्रेम एति जहरिलो पनि हुन्छ र?

खोलाका दुई किनारलाई सोध्न जादैछु,

कि तिनीहरु एकाकार कहिले हुन्छ्न??

सङ्गै बसेर कहिले रुन्छन,

मुस्कुराहटको आहटमा कहिले मात्तिन्छन,

एउटै छाना मुनि कैले बस्छन

एक अर्काको हात कहिले समात्छन?

अह!

कहिले पनि देखिदैनन ती सङ्गै,

तर ती खुसी छन!

म खुसी नभए पनि ती खुसी छन

मैले पनि हुनुपर्छ!

निर्जिब किनार अनि तिरलाई देखेर,

म खुसी हुनुपर्छ

मेरी आमाको पीरलाई देखेर,

म खुसी हुनुपर्छ,

मेरो जिबनरुपी जन्जिरलाई देखेर,

एउटा हाङ्गा काटिएको रुख,

अन्तिम जरा रहन्जेल पलाउने कोसिस गर्छ,

लागेका घाउहरु भलाउने कोसिस गर्छ

म मानिस भएर नसकुला र??

Friday, January 17, 2025

ए देश बिदेश के फरक पर्छ??

 देशले बोलाएन....

हिजो सीप सिक्न बिदेश गएको साथीले भन्छ

 देशले बोलाएन,

बिदेशको सीप स्वदेशमा 

विदेशको सपना स्वदेशमा,

विदेशको लगानी स्वदेशमा,

र उ सबै बिदेश स्वदेशमा ल्याउन चाहन्छ,

तर उसलाई देशले बोलाएन!

देशले उसलाई न त फेसबुकमा म्यासेज गर्यो,

न त भाईबरमा हाई भन्यो,

टिकटकमा टिकटिक त कहाँ हो कहाँ ,

कुनै पानाहरुमा,

न कुनै दस्तावेजमा,

देशले लेखेको छैन उसको नाम,


र देश भन्छ,हामी विश्वब्यापीकरणको प्रभाबमा छौ,

हामी श्रोत साधनको अभाबमा छौ,

रिण काढेर भए पनि पेट भर्छौ,

भोकै पादेर भए पनि ग्यास बेच्छौ,

जानेहरु जाउ,

जानेलाई रोक्छ कसैले,

रोक्नु संविधानको खिलाफ छ।

मलाई पनि जान मन लागे बरु त्यतै आउछु,

नेपालमा के नै राखेको छ र?

बस्ने व्यवस्था गरिराख्नु

म देश हु, बिदेशिन्छु!


धेरै भए, देश बिदेशियो भन्नेछन,

र मलाई स्वदेश फिर्तिको नाममा

मेरो सम्बोधन पक्कै नहुने,

संविधान सम्मत मानिने केही दस्तावेज कोरिनेछन,

र दस्तावेजको रसस्वादनमा 

एकहुल सरकारहरु बद्लिनेछन!

म देश झन बिदेशिने छु!

सरकारहरु स्वदेशिनेछन,

विदेशी रिण स्वदेशिने छ

तर देश बिदेशिने छ..

केही पछी देश विदेश हुनेछ


ए देश भए पनि विदेश भए पनि

कसैले केही भन्नुछ??


Friday, November 1, 2024

ईन्दिरा (लघुकथा)

 




mysansar मा आजभन्दा ९ बर्ष अघी प्रकाशित

-गोरख बहादुर धामी 

म अस्ति भग्नावशेषबाट आएर बाटोमै उभिएको एउटा लासको पर्खाइमा थिएँ। लाशहरुसँग बात मार्नु मेरो लागि अनौठो कुरो होइन। म उसको नजिकै गएँ र भने नमस्ते!

उसका मसिना र लामा दुई हात जोडिए। मलाई लागेको थियो, यो लाशको हातखुट्टा सब सही सलामत छ, उभिएको पनि छ, यो कसरी मर्यो?

उसले मेरो मनको कुरो बुझिहाले छ, भन्छ, ” म मरेको छैन म मारिएको हुँ। यो भग्नावशेषभित्र म थुनिएको थिएँ। मलाई लाग्यो, यता पनि कोही उद्दार गर्न आउलान्। अनि म पनि, तिमी जस्तै बाँच्न सकुँला! तर कुरा तेसो भएन, म पर्खि बसेँ,कोही आएन।

उनी आइनन्। छोरो बोलेन। आवाज सुनिएन। बिस्तारै मेरो देह र आत्मा फरक हुँदै गयो। म चिसो भएँ। मेरा हात खुट्टा शरीर कक्रक्क
भए।

फेरि दोश्रो दिन अर्को चट्टान खस्यो र म त्यहाँबाट भागेँ। म सँधै यहीँनेर आउँछु, तर उनी कहिलै आउँदिनन!

वाक्कदिक्क र नरमाइलो लाग्छ। आज तिमीसँग भेट भयो। यसै गरेर उनीसँग नि भेट हुन्छ होला। तिमीलाई एउटा कुरा भनुँ भन्दै ऊ आफ्नो खुट्टा खोच्याउन थाल्यो, मेरो नजिक आउँदै उसले भन्यो- मलाई दागबत्ती दिइएको छैन,म सैतान भैसकेँ। म १५ दिनदेखि भोको छु। त्यही भएर तिमीलाई पर्खेको थिएँ।

त्यो सुनेपछि म डराउँदै घरतिर दगुरेँ। पछाडि कोहि थिएन। बाँचियो भन्ने लाग्यो।

म त्यहाँबाट घरतिर हिँडे। घरमा कसैलाई नदेख्दा म आत्तिएँ : ईन्दिरा, ईन्दिरा भन्दै डॉको छोडेर कराउन थालेँ।

हजुरलाई के भयो? किन कराउनु भाको? यो आवाज सुनेर म झल्याँस्स बिउँझिएँ। उनी भने घुर्कि लगाउन थालिन्,के हो सपनीमा पनि बर्बराउन थाल्यौ। यो ईन्दिरा को हो हाँ, त्यो नखरमाउलीलाई मैले जान्याछु ??

म पनि सोच मग्न भएँ,आखिर ईन्दिरा को थिइन्?

कतै अस्ति बेपत्ता भएकी आइमाई पो हो कि

Wednesday, October 16, 2024

कविता: बाहना!

 


मैले
छोड भने साथीलाई,

उ समातेरै वर्णन गर्न थाल्यो बोतलको!


"जब तिमी अनायासै गिलास  हुँदै

 घाँटी भित्र लुसुक्क छिर्छौ,

राजै बनेसरी श्रीपेच भिर्छौ.....

भिजाउछौ मेरो आत,

 नबुझिने तिम्रो साथ,

तल बग्छौ साथी,

प्रभाब छोड्छौ, माथी !

माथी प्रभाब छोड्नेहरु 

पिएम. सिएम सम्मै पहुच राख्छन

सके उनका पनि टाउकामा चढ्छन।


त्यसै कारणलें

तिमीलाई मन पराएरै मैले किनेको हु,

धेरै खुसी हुदा चिनेको हु,

दुख पर्दा नाता साईनो छिनेको हु,

तिमिले एकै भेटमा मन जित्यौ,

र मैले आज पनि किनेको हु !


सर्वत हु भन्दै तिमी, म भित्र पसेका थ्यौ,

मेरो अन्तस्करणमा कुन्नी कता फसेका थ्यौ,

झ्वास्स कुन्नी कुन आगो झोसेका थ्यौ,

एक नासमै मेरो दु:ख खोसेका थ्यौ,

त्यही भएर त तिमी हरेक दुखमा याद आउछौ,

भुलाउछौ दुखलाई,

 अनि 

मस्त सुखको आभास दिलाउछौ,।


तिम्रो साथ अमुल्य छ! 

कसै सङ्ग पनि अतुल्य छ,

बस कहिले काहीँ गोजी रितो हुदा 

तिमी मेरो साथमा आउन मान्दैनौ,

अथवा तिम्रा बाध्यताले दिदैनन।


हुन त तिमी पनि ठिङ्ग दराजमा 

ठिङ्ग्रीङ्ग गरि उभिएका छौ,

लाग्छ दबिएका छौ,

साथी तिमी मेरो साथी,

दराजमा तिम्रो हबिगत देखेर

म जुर्मुराउछु, 

अनि खल्ती छामछुम गर्दै

 तिम्रो उद्दार गर्छु!

तिम्रो उद्दार गर्दा 

म आफै कति पटक लापत्ता भएको छु!

तिम्रै सङ्गतको डुबाईले बेपत्ता भएको छु,,


कहिले काहीँ 

मेलामा गएर भिडको बिचमा छोडेर आउ लाग्छ ,

तर झल्यासिन्छु,

साझ मेरो तिर्खाएको घाटीले के भन्छ?

मेरो एकोहोरीएको मनले के भन्छ?

खल्तीको नजरबन्दबाट उम्कन खोजेको

पसिना बेचेर कमाएको धनले के भन्छ?

घरी घरी दुखीरहने यो मनले के भन्छ?


भैगो! 

बरु, खान्न, यो झोल अब....

आज देखि पिउछु...

कि कसो?"

कबिता: बिश्वास !


 जतनले खालीठाउँ, भरेर जाउ, 

 सफलताको बिज, छरेर जाउ 

भक्कानो धिपिक, धिपिक छ आशमा

कि बचाएर जाउ कि, मारेर जाउ,,!


यो कस्तो ऐठन, हो जिन्दगीमा,

कि माझेर जाउ, या खारेर जाउ,

हैन भन्दा पनि, हो भन्दै आइछौ,

 झटारो छोड, कि फल झारेर जाउ,


बाटो चिप्लो छ है, नलड्नु कतै,

डोजर लगाउ र, सम्म पारेर जाउ,

कति सुस्केरा, हाली बस्नु अब,

तान मलाई पनि,  लतारेर जाउ.....


यो हिउद पनित, त्यतिकै बित्यो,

लेउ यो निधार ढुङ्गामा, बजारेर जाउ,

समयले पालुवा, हाल्दै छ रे हेर्छु,

फगतको यो घडी थचारेर जाउ,


फेरि फेरि उत्प्रे, रणा बोकि आउ

अहिले लाई जाउ, एक्लै रमाउ,

दुनियाँ  कहाँ  तिम्रो खुसी देख्छ,

आफ्नो संसार आफै खुद्से सजाउ.....

कविता: अपचलित-तारिफ

                                                                                                         -गोरख बहादुर धामी 

तिमी जुन जस्तै छौ नभनन  प्रीय, 

म कसैको प्रकाशले चम्केकी छैन!

तिमी सुर्य हौ त भन्दै नभन,

म तातो राको भै रन्केकी छैन!


तिमी यति मिठो गरि घरी सुर्य र घरी जुन बनाउछौ,

घरी गौ कै दाना माथी गुडुल्किने घुन बनाउछौ,

कहिलै नम्बरी सुन बनाउछौ,

कहिलै सेतै चम्किने चुन बनाउछौ!


हिजै मात्रै तिम्ले गोदावरी फुल बनायौ,

लाम्खुट्टे बाट वचन झुल बनायौ!

मायाको कहिलै मुल बनायौ,

म केही बोलिन स्थुल बनायौ!


तिम्रो तारिफले म कहिले उड्छु, सगरमा,

कहिले थचारिन्छु बगरमा,

कहिले बग्छु सानो नहरमा,

कहिले सजिन्छु मन मन्दिरको सहरमा!


म बजारिएर बज्र भै सके,

थचारिएर थच्र भै सके,

गहना बनेर सज्र भै सके,

म सजावटकै लागि दज्र भै सके!


लाग्छ !

म तिम्रो तारिफ रुपी बोझले मान्छे बन्नै सकिन

तिम्लाई बरु  ताप्ने र सितल ओढ्ने ठान्दिन,

किसान र गोड्ने ठान्दिन,

 सुनुवार र पेन्टर भन्दिन!

 

घरी घरी मलाई उपमा नबनाउ न!,

म त मानिस नै ठिक छु, 

तिमी पनि मानिस नै बनेर!

मलाई अङ्गाल न प्रिय !