Wednesday, October 16, 2024

कविता: बाहना!

 


मैले
छोड भने साथीलाई,

उ समातेरै वर्णन गर्न थाल्यो बोतलको!


"जब तिमी अनायासै गिलास  हुँदै

 घाँटी भित्र लुसुक्क छिर्छौ,

राजै बनेसरी श्रीपेच भिर्छौ.....

भिजाउछौ मेरो आत,

 नबुझिने तिम्रो साथ,

तल बग्छौ साथी,

प्रभाब छोड्छौ, माथी !

माथी प्रभाब छोड्नेहरु 

पिएम. सिएम सम्मै पहुच राख्छन

सके उनका पनि टाउकामा चढ्छन।


त्यसै कारणलें

तिमीलाई मन पराएरै मैले किनेको हु,

धेरै खुसी हुदा चिनेको हु,

दुख पर्दा नाता साईनो छिनेको हु,

तिमिले एकै भेटमा मन जित्यौ,

र मैले आज पनि किनेको हु !


सर्वत हु भन्दै तिमी, म भित्र पसेका थ्यौ,

मेरो अन्तस्करणमा कुन्नी कता फसेका थ्यौ,

झ्वास्स कुन्नी कुन आगो झोसेका थ्यौ,

एक नासमै मेरो दु:ख खोसेका थ्यौ,

त्यही भएर त तिमी हरेक दुखमा याद आउछौ,

भुलाउछौ दुखलाई,

 अनि 

मस्त सुखको आभास दिलाउछौ,।


तिम्रो साथ अमुल्य छ! 

कसै सङ्ग पनि अतुल्य छ,

बस कहिले काहीँ गोजी रितो हुदा 

तिमी मेरो साथमा आउन मान्दैनौ,

अथवा तिम्रा बाध्यताले दिदैनन।


हुन त तिमी पनि ठिङ्ग दराजमा 

ठिङ्ग्रीङ्ग गरि उभिएका छौ,

लाग्छ दबिएका छौ,

साथी तिमी मेरो साथी,

दराजमा तिम्रो हबिगत देखेर

म जुर्मुराउछु, 

अनि खल्ती छामछुम गर्दै

 तिम्रो उद्दार गर्छु!

तिम्रो उद्दार गर्दा 

म आफै कति पटक लापत्ता भएको छु!

तिम्रै सङ्गतको डुबाईले बेपत्ता भएको छु,,


कहिले काहीँ 

मेलामा गएर भिडको बिचमा छोडेर आउ लाग्छ ,

तर झल्यासिन्छु,

साझ मेरो तिर्खाएको घाटीले के भन्छ?

मेरो एकोहोरीएको मनले के भन्छ?

खल्तीको नजरबन्दबाट उम्कन खोजेको

पसिना बेचेर कमाएको धनले के भन्छ?

घरी घरी दुखीरहने यो मनले के भन्छ?


भैगो! 

बरु, खान्न, यो झोल अब....

आज देखि पिउछु...

कि कसो?"

No comments: