-गोरख बहादुर धामी
तिमी जुन जस्तै छौ नभनन प्रीय,म कसैको प्रकाशले चम्केकी छैन!
तिमी सुर्य हौ त भन्दै नभन,
म तातो राको भै रन्केकी छैन!
तिमी यति मिठो गरि घरी सुर्य र घरी जुन बनाउछौ,
घरी गौ कै दाना माथी गुडुल्किने घुन बनाउछौ,
कहिलै नम्बरी सुन बनाउछौ,
कहिलै सेतै चम्किने चुन बनाउछौ!
हिजै मात्रै तिम्ले गोदावरी फुल बनायौ,
लाम्खुट्टे बाट वचन झुल बनायौ!
मायाको कहिलै मुल बनायौ,
म केही बोलिन स्थुल बनायौ!
तिम्रो तारिफले म कहिले उड्छु, सगरमा,
कहिले थचारिन्छु बगरमा,
कहिले बग्छु सानो नहरमा,
कहिले सजिन्छु मन मन्दिरको सहरमा!
म बजारिएर बज्र भै सके,
थचारिएर थच्र भै सके,
गहना बनेर सज्र भै सके,
म सजावटकै लागि दज्र भै सके!
लाग्छ !
म तिम्रो तारिफ रुपी बोझले मान्छे बन्नै सकिन
तिम्लाई बरु ताप्ने र सितल ओढ्ने ठान्दिन,
किसान र गोड्ने ठान्दिन,
सुनुवार र पेन्टर भन्दिन!
घरी घरी मलाई उपमा नबनाउ न!,
म त मानिस नै ठिक छु,
तिमी पनि मानिस नै बनेर!
मलाई अङ्गाल न प्रिय !
No comments:
Post a Comment