Wednesday, March 23, 2016

होलि २०७२ को सन्देश

होलि २०७२को सन्देश 

होलि २०७२ लमजुङ किर्षी क्याम्पस




यो पाली पनि सधैं झै होलि खेलियो। परम्परागत रुपमा समुहमा होलिका गित गाउदै गाउँ गाउँ डुल्ने, गाउँले अवसर नपाए पनि रंग आदानप्रदानको सुनौलो अवसर सङ्गै सुभकामना आदानप्रदान पनि गरियो। यो पालिको होलि मेरोलागी अहिले सम्मका सम्पुर्ण होलि भन्दा सार्है रमाईलो रह्यो। हुन त पहिला पहिला गाउँतिर होलिका गित गाउदै मादल बासुरी, ड्रम इत्यादी बजाउदै गाउँ गाउँ डुल्दै, दक्षिणा बटुल्दै होलि नखेलेको पनि हैन। त्यसरी होलि खेल्दा तेति रमाईलो अनुभव भएन जति साथी भाइ हरु सङ्ग रङ्ग आदानप्रदान गर्दा भयो। यो मानेमा मैले त्यो प्रकारको होलिलाई उपेक्षा गरेको पनि हैन, तर जब रमाईलो कै कुरा आयो भने त्यसको मात्रा बाहिर अवस्य देखिदो रहेछ ।गाउँ तिर का होलि पश्चात जब प्लस टु को लागि काठमाडौ छिरियो, त्यहाँ पनि दुईटा होलि खेल्ने अवसर पाईयो। प्राईभेट कलेजमा पढ्दा तेति साथी जम्मा गर्न पाईएको थियन। आफ्नै रुमका अनि आफ्नो जिल्लाका सिमित दाजुभाई सङ्ग सुभकामना तथा रङ्ग आदानप्रदान हुन्थ्यो, त्यसपछी छत मा चढेर लोला बर्साईन्थ्यो। जो कोहिलाई लोला हान्दा डर मिश्रित रमाईलो हुन्थ्यो।किनकी बिगतमा पनि सरकार्ले जबर्जस्त लोला हान्नेलाई गोलि हानेको भन्दा छिटो पक्राउ गर्ने घोषणा गरेको थियो। त्यति रमाईलो हुन्थेन ।

अब पढाईकै सिलसिला मात्रै हैन,लक्ष्य प्राप्तिको सिलसिलामा लम्जुङ्ग किर्षी क्याम्पसमा पढ्दै गर्दाका दिनहरु, थोरै गाम्भृयता अनि धेरै रमाईलो पनमा बितिरहेका छन। यसले जे जस्तो रिजल्ट आउला त्यो आफ्नो ठाउँमा छ। तर कुरो जब रमाईलो को आउँछ, IAASIAN हरु कहिलै पछि परिन्न भन्न्ने मान्यता खासै नया हैन। यो पालिको होलि सहित IAAS मा दुइटा होलि खेलियो। भब्य सभ्य तथा सार्है उच्चस्तरीय होलि नभए पनि रमाईलो को मामलामा भने पाचै तारे हो, हुन त रमाईलोको स्तर पनि होला त्यो स्तरबाट हेर्दा नाम्बरिक रुपमा हामिले उच्च स्तरको रमाईलो गरेकै हो। आफ्ना सम्पुर्ण कुरालाई बिर्शेर वाईल्ड (सबैले भन्ने शब्द)भएकै हो। हामी तरुना तरुनी हरुको रमाईलो भनेको वाईल्डनेसको मात्राले निर्धारण गर्दो रहेछ। नेपाल विद्यार्थी सङ्घ को आयोजनामा भएको होलि कार्यक्रम बिसेसता अरु बर्श भन्दा फरक पाईयो। यो पालिको बिद्यार्थी संख्या पहिलाका बर्षहरुको भन्दा बढी भएकाले पनि हुनसक्छ । अरु रमाईलो यो मानेमा पनि थियो कि हामी विद्यार्थी भन्दा सरहरु बढी वाईल्ड देखिन्थे। लाग्थ्यो उनिहरु आफ्नो पूरा जिन्दागिको तनाव त्यागिरहेका छन । हुन त बर्षको अन्त्यमा झुल्केको यो चाडको सामरिक अर्थ पनि त्यहि हुन जान्छ। वर्ष भरिका दु:ख पिडालाई भुलेर नराम्रा रङ्गहरुलाई फाली नयाँ रङ्ग लाई सेलेक्टिव तरिका बाट जिवनमा लागू गर्ने अवसरको रुपमा पनि धेरैले यसलाई अर्थ दिन्छन(नेपालको परिवेश मा)।

रमाईलो भनेको अब खुसी मात्रै रहेन, अन्तरआत्माको अवाज हो भन्ने मेरो बुझाई छ । खुसी हुनका लागि सकारात्मक उर्जा र सफलता को अनुभव हुनै पर्छ। मानिशहरु सन्तुस्टिलाई खुसी मान्छन यसलाई मैले गलत अर्थमा लियको पनि छैन मेरो भन्नू एति मात्रै हो जब मानिसलाई म सफल भए अर्थात छु भन्ने महसुस हुदैन तब खुसी प्राप्त गर्न गार्हो छ। असन्तुष्टि यसकारण पैदा हुन्छ कि जब मानिस कम्प्यारेटिभ रुपमा कुनै कुराको बढी अपेक्षा गर्छ, अनि त्यो लक्ष्य स्वभावतः   स्वभाविक आकडाको प्राप्ति सङ्गै अन्त्य हुन्छ तर मानिसलाई लाग्ने गर्छकी मेरो भाग्य खराब छ। खुसी र हासोको मिश्रण को रुपमा मैले रमाईलोलाई लिनुपर्छ ।हिजो को होलिको सन्दर्भ मा।

हुन त मलाई लाग्ने गरेको कुरो के हो भने खुसी एकदम ठूलो घेरा भएको शब्द हो ।जुन रमाईलो र सन्तुस्टिको योग्फल होला! तर होलि को कुरामा मैले मानिसको खुसिलाई आकलन गर्ने हो भने, मानिस रमाईलो मात्रै गरिरहेका थिएनन तिनी हरु हासिरहेका थिए, खुसी थिए त्यसैले रमाइलो गर्नसकेका थिए ।
 रमाईलो अन्तरात्माबाट तब आउँछ जब अन्तर्मन खुसी हुन्छ अनि दिल हास्छ। हो! हिजो को होलिमा सबैको ओठ मात्रै हासेको थिएन दिलपनी उत्तिकै खुसी थियो भन्ने मेरो ठम्याई हो। बिगतमा भन्दा तुलनात्मक रुपमा यो होलि मज्जाको हुनुको अर्को कारण यो पनि थियो,कि त्यहा सम्पुर्ण सङ्गठनका साथी हरु एकसाथ नाचिरहेका थिए। मेरो आशा पनि त्यही थियो, त्यही होस भन्ने चाहना पनि हो। जुन हिजो देखियो , त्यो वातावरणले भुकम्पको बेलाको झल्को एकाएक दिमाग्मा आउँछ। रमाईला क्षणमा र आपतका क्षणमा मानिसले सबैलाई आफ्नो ठान्ने गर्छन ।बस त्यतिखेर एउटा कुरा मात्रै सबै मान्छन कि हामी मानिस हौ। हो! हामी सबैको चाहना यहि हुनुपर्छ । खुसी र दुखमा मात्र हैन, त्या बिचका उतारचढाव बिचमा पनि हाम्रो मानबिय सम्बन्ध प्रगाढ हुनु पर्छ।

आपत बिपतका कुरामा मानिसले सबैलाई आफ्नो देख्छ। खुसी /रमाईलो साटफेरका मामलामा पनि मानिसले सबैलाई एक ठान्छ भने बिचका उतारचढाव हरु के हुन कि तिनिहरुले मानिसका सम्बन्धहरु फलक्चुयड गर्नसक्छन । यो होलिले तपाईं र म मात्रै हैन हामी भनेको छ। IAAS  को केशमा मात्रै हैन, सम्पुर्ण नेपाली हरुलाई रङ्गको माध्यमबाट एकताको मजबुत सन्देश दिएको छ। जिवनका अनगिन्ती रङ्ग हरुबाट सदाबहार मेलमिलापको रंग बाडदै होलि गएको छ। तर हामी यतै छौ। होलिको सन्देश बिर्शनु हुन्न र नसम्झेपनी त्यो कुरा बिर्शनु हुन्न जो मानवहित का मामलामा सधैब सर्वश्रेष्ठ रहदै आएको छ । हामी मानिस यसकारण हौ कि हामी सबै कुरा जान्दछौ । सबै कुरा यसकारण जान्दछौ कि हाम्रा सबै ईन्द्रीयहरु अरु जनावरको तुलानामा ज्यादा सुगठित छन, ज्यादा मजबुत छन। ज्यादा मजबुत यसकारण छनकी तिनिहरु एकदाबद्द छन , चाहिएको बेला जस्तो सुकै कदममा पनि एक अर्काको साथ कहिलै छोडदैनन।
एति स्मरण रहोस कि मुखले खान नमान्दा हातले जवर्जस्ती गरेको छैन । आँखा सुत्दा खेरी खुट्टा घुम्न गएको छैन । मन मा दुख पर्दा हातगोडा खुसी भएका छैनन ।  यो होलि कम्प्यारेटिभ रुपमा मेरो जिवनमा रमाईलो रहे पनि सबैको जिवनमा उस्तै रह्यो भन्ने मेरो बिचार पटक्कै हैन। तर यसले दिएको सन्देश भने सबैको जीवन मा एउटै छ ।

रङ् छरौ सद्भाव र एकताको ।

जय होस!!


Sunday, March 20, 2016

कन्ट्रोल योर सेल्फ -Control Yourself

कन्ट्रोल इयर सेल्फ                      

         -गोरख धामी 'पृथक'
बिद्यार्थी लमजुङ किर्षी क्याम्पस

पङ्तिकार :पृथक


कतै कतै जिन्दगी बरालिएर राजनीति लाई जिन्दावाद भन्न पुग्छ्न मान्छे, एकचोटि पसुपतिनाथ को शरण मा पुगेपछी गाउँ बाट भोट कुम्ल्याएर सिंह दरबारको ढोका भित्र छिर्यो कि उसलाई लाग्ने गर्दछ, मलाई अमेरिका एहि मलाई व्हाइट हाउस पनि एहि मलाई ...... एहि भन्दै बाकी चार बजे पछि पनि बाहिर जान सार्है अल्छी लाग्दो रैछ, यिनिहरुलाई।

दरबार लाई रेस्टुरेन्ट अनि डान्सबार बनाई सकेपछि बल्ल त्या बस्नलाई समेत घिनलागी सकेपछी अब सफा गर्ने ब्यक्तिको आवस्यकता ठान्छन , तर अर्को जिन्दावाद धारी पनि लुसुक्क दारी मुसार्दै दरवार भित्र पस्छ,पहिलै गरेको फोहोर बाट जति चिप्ले पनि उसले सफा गर्ने छाट त कुरै छैन, उसले त दरबार भित्रै झन घरबार लाई जोड्ने गर्छ,, दरबारलाइ डान्सवार बनाएको मान्छे  प्रतिपक्षी हुन्छ,उसलाई सधै सनिवार मात्रै भाग पर्छ, अनि सक्कली डान्सबार मा नाच्न पुग्छ, तेहा अर्का जुङ्गे धारी हरुसङ्ग भेट भएपछी नयाँ पार्टीको जन्म हुन्छ,, गाउका स्कुलमा कालोपाटी नभा बेलामा उनिहरुले रङ्गिन पार्टी गठन गर्दै कलर्फुल पाटी हरुमा समाचार छापिने हैसिएत बनाउछन।अब चाहिँ नयाँ पार्टी पनि सरकार मा सामेल हुन्छ,, जुङ्गे धारिले डान्सबार र दारिधारिले घरबार बनाएको दरबार लाई सबै मिलेर नाङ्गो तरवार बनाउछन ,, अनि गल्ली गल्लिमा नचाउदै हिन्छ्न,,तेहि भएर यिनिहरुको सरकार मात्रै हैन, दरबार,घरबार, तरबार सबैले दारी जुङ्गा मात्रै हैन चुरिफुरी पनि उत्तिकै अग्लो बनाउछ्न , जहाँ साना साना घैटा, प्वाख उम्रन लागेका चरी हरुले पिङ खेल्छन, पटाका पड्काउछन, वर्शै भरी तिहार अनि होलि मनाउछन।

जनता हरु न त रमिता हेर्न पाउँछन्,, न त खबरदारी गर्न किनकी उनिहरुलाई फुर्सदै हुदैन ।खातिर दारी , र पल्लेदारिमै उनिहरुले दारी बढाएका हुन्छन, भोकाएका अनुहार भरिको मैलो पखाल्न उनिहरु दिनरात वारिपारी गर्छन,कसैको खबार्दारी गर्न नत उनिहरुले जिम्मेवारी ठान्छन,न त आफ्नै खेत वारि खन्छन ! नुनको बोजो, र नुनकै सोझो गर्नमा जिन्दगी बिताउने संस्कार संस्कृती ले अझै ठाउँ नछोड्दा उनिहरु सधै चेपुवामा पर्छन,, अनि सेकिने सेकुवामा पर्छन,, ट्वा पर्छन, ट्वाल्ल पर्छन, भुसुक्कै निदाउछन ,, लुसुक्कै हुन्छन,, शिक्षा भन्ने चिजलाई भिक्षा बराबर ठान्छन,, बाउबाजेकै तक्दिरमा खुसी मान्छ्न,, आफुलाई खुव बहादुर ठान्छन,, आफ्नो घर चोरले चोरिसक्यो, अर्काको घरको चौकिदार बन्छन!

देसबिकास एत्राको हुन्छ,, देसको बिनास गर्नेको लहर देशभित्र लुटतन्त्र मचाउने,, जान्ने बुझ्ने, प्रगती हुनुपर्छ भन्नेले अर्काको देशमा लोकतन्त्र खोज्ने!, देसको जनसंख्या भोकतन्त्र र सरकार भोगतन्त्रमा लागेपछी नेपाल शोक तन्त्र तिर नगएर के उद्योग तन्त्रमा जान्छ त? आफू आत्मनिर्भर बन्नु पर्छ भन्ने अनि सधै आत्मानिर्भर बनेर बस्ने ,, आफू बिकासबादी हु भन्ने,अनि बिकाश नाम गरेका नाईकेलाई मात्रै पोस्ट्मा छिराउने, गरेको गोललाइ बेच्ने,अनि देशको झन्डाको कसम खाने, बाहिर बस्दा आलोचना को कम्पनले भित्रकालाई बाहिर उन्मुख गराउने, अनि आफू चाहिँ सधै सत्ता उन्मुख भएर बस्ने,यी कुराले न त देशको बिकाश हुन्छ, न त देश बन्छ नै। देख्ने बेला नेपालमा बिकासका सम्भावना हरु मात्रै देख्ने,अनि सम्भावना बाट आफ्नो सम्भावना लाई मात्रै पुर्ती गर्ने,बिकासधारी बनेर जनताको मुखमा सधै छारो हाल्ने कर्मचारी ,राजनेता सबैको पतन नभए सम्म नत परराष्ट्र मन्त्रालय अगाडिको लाईन घट्छ नत राहदानिको व्यापार घट्छ! सबै कुरो नेपालमै देख्ने स्वाभिमानी बढी र अल्छी पनि सार्है बढी त हामी युवा नै हौ। बिदेसमा भाडा माझ्ननी हामिलाइ स्विकार्य हुने गाउका खेत मा तातो पसिना बगाउन लाज मान्ने पर्बिर्ती ले हामी ठाउको ठाउँ पछि परेका छौ!पसिना पनि बगाउछौ, देसको बिकास पनि गर्नुछ, भन्नू हुन्छ अनि तपाईलाई कसैले अबसर दिएन भनेर बस्ने कि खोसेर अबसर लिन पटटि लाग्ने?

काम गर्ने भन्दा पहिलै डुइङ दिस भनेर सामाजिक सन्जाल मा झुल्किने,, कूकिङ्ग दाल भात भन्ने दाल मा नुन हाल्नै भुल्ने,, परिक्षामा पढ्नुको साटो कोर्श गार्हो, सार्हो भनेर सामाजिक सन्जालमा पोख्त भएर अपडेट गर्ने,,पढ्नलाई चाहिँ दुई घन्टा पढ्ने, अनि सगरमाथा को टुपो भन्दा नि अग्लो सपना देख्ने यो प्रविर्ती ले  हामि बिद्यार्थी पनि कुकिङ फुड भनेर फूडै काचो राख्ने भाउजू जस्तै भाछौ! हाम्रो लापरबाही ले प्रसासन लापरबाह हुन्छ, अनि सबै कुरा बेप्रबाह हुन्छ, त्यसैले हामी राम्रो बनौ।राम्रो मात्रै हैन ,, असल बनौ,, अनि मात्रै, अरुलाई दोश दिउ, आफ्नो सरिरमा किर्ना पर्दा पनि अर्काको सरिरको उपिया हटाउन आवाज उठाउने बानी हाम्रै हो। हामी थोरै पढेलेखेका हरु कै हो। त्यही  भएर बानी सुधारौ, कति अर्काको ढोकाको घण्टि मात्रै बजाउने , कहिले काहीँ आफ्नै दिमागको घन्टी बजाउने कोसिस गरौ। मनको प्रयोग दिमाग मा नगरौ, दिमाग ले मनलाई हस्तक्षेप नगरौ। फुर्सदिलो बनौ यसकारण कि हामीलाई आराम चाहिएको छ, यदि हामिलाई आरामको जरुरत नै छैन भने आराम गरेर आरामको जरुरत पर्ने अवस्था बाट टाढा हुनै पर्छ। अब लेखेको मात्रै हैन देखेको पनि पाउने कोसिस गरौ। देखेको तेत्तिकै हातमा आउदैन त्यसलाई प्राप्त गर्न सिढी चढौ।भर्र्याङ् बनाउ। आफू सङ्ग भएको क्षमतालाई सबै उपयोग गरौ, अनि नयाँ सक्षमताको सुरुवात हामी बाटै गरौ। यो हुन समय लाग्दैन, बस मनस्थिति परिवर्तन गरौ। सुचना परिबहन गरौ, पक्कै हामी छौ, तेसैले यो देश छ । यो देश नेपाल छ र त हामी नेपाली छौ।

निर्णय  अब हाम्रै हातमा, बादरले मकै खाएको देखेर बादरलाई गाली गरेर बस्ने कि  बादरलाई धपाएर मकै को सुरक्षा आफै गर्ने??

email:gorakhsinghd@gmail.com