Saturday, April 23, 2016

फिक्सन : अर्को बिहान

अर्को बिहान ...

त्यो दिनपनी घुमघाम को क्रममा म पुगेको थिए एक टहरामा.....

टिन मा पानीका थोपाहरु बज्रीरहेका थिए । जोरको हावा चलिरहेको थियो! हावाले टिन उडाउछ कि भन्ने डर उस्तै थियो भने बाहिरको पानि पनि भित्र पस्ने डर थियो । रामकुमार टर्च बालेर छेउ तिर हेर्दै कराउदै छन । ए भगत उठ गधा! ए यो त भिजी सकेछ,, के विधि निदाको हो! भगत आँखा माडदै उठ्छ । कपडा छाम्दै, ला हजुर बा आज पनि पिसाब फेरिएछ ।लजाएर बोल्छ।पिसाब हैन आकासले पिसाब फेरेको गधा! तेत्रो पानी ले भिज्दा नि था पाउन्नस मुर्दार , राम कुमार मुर्मुरियो । 'खै हेर्त फागुनिको ओछ्यान  भिजेको त छैन?, सिते ले लामो हाई काढ्दै भनिन, छैन। टिन एकनासले बजिरहेको थियो !

रामकुमारले खल्ती छाम्दै धेरै दिन अघि आधा सल्काएको ४४ बिडि निकाल्यो र सलाई पार्दै तान्न थाल्यो। यो पाराले यो बर्खामा बाचिएला जस्तो छैन,, गएको बर्खा त जसरी तसरी गयो। टिन पनि नयाँ थियो । सबै जना सङ्गै थियौ ,डर पनि थेन!! घर बनाउनलाई सरकार ले दुईलाख दिने कुरा गरेको नि कति भै सक्यो, धेरै ठाउमा पाईसकेछ्न हाम्रै गाउँ मात्रै के भा हो कुन्नी? पहिलो किस्ताको ५००००/- अस्ति तिर पाईन्छ भनेर बोलायो फेरि के कुन्नी नमिलेर निकासा भा छैन रे! हुन त आफुलाई पर्या भए पो! अर्कालाई को ले पो हेर्छ र? " लामो सास तान्दै रामकुमारले भन्यो ।

हो भन्या बुढा, अब भात किन्ने कि,, घर बनाउने! बर्ष भरी कमाएको खादैमा ठिक्क हुन्छ, फेरि यिनिहरुलाई स्कुल पनि पठाउनै पर्यो ! गाँस खायो बाँस नभएर दुख पाईयो वास बनाउ गाँस नपाई भोकै मरिन्छ । धेरै आए ! गाउमा थरिथरिका नारा दिएर गए ! फुरुक्क पारे! चाउरी परेक सुकेका अनुहार लाई हसाए, घर बनाई दिन्छौ भने ,नानाभाती प्रस्नहरु सोधे कापी हरु भरेर गए , हामिलाई झुक्याए चुट्किला सुनाएर! कथा सुनाएर।  हामिलाई धेरै आसा देखाएर खुसी पार्दै फोटो खिचेर लगे्! तपाईका कुरा ठाउमा पुगाउछौ भने। आफू ठाउमा पुगे , बढुवा भए,NGO कि के जाती हौ भने सरकार लाई कुरा लाईदिन्छम रे  हामी जस्ताको त्यस्तै,  हामिलाइ चुट्किला बनाए!'सिते ले निराशता दर्साईन ।
हुन पनि भुकम्प मा उनिहरुले कमाउने छोरो गुमाएका रहेछन । सधै हामी किन मर्न सकेनौ,, हामिलाई किन काल आएन भनेर रामकुमारले सधै काललाई गाली गर्थे र आजपनी  त्यही गरे । भुकम्पमा छोरो गुमेपछि बुहारिलाई नि गुमाएका रहेछन उनिहरुले, गर्भवती बुहारिलाई नाकाबन्दिको मारमा गुमाएछन ! बच्चा जन्माउन लाग्दा धेरै रगत बगेछ अस्पताल लिन रामकुमारले भर मग्दुर प्रयास गरे,, मानिसलाई बोलाएर बोकेरै अस्पताल लिने प्रयाश थाले तर भगवानको चाहना नै एहि भए पछि कसको के लाग्थ्यो र? रामकुमार यिनै कुरा सम्झेर भकानिदै थिए !
आज पनि सिते ले उनलाई सम्झाउने कोसिस गर्छिन!! सधै बेकारका कुरा नसम्झ बुढा यी नाति नातिना छन यिनकै लागि भएनी हामिले बाच्नु पर्छ ।गएका कुरा लाई सम्झेर कम्जोर हुनु भनेको आफैलाई मार्नु हो, बाचुन्जेल समस्या संगै जुधौ, एक दिन मर्नु त छदै छ! यी लालाबालाकै लागि हामिलाई भगवानले जिउदो छोडेका हुन ।
राती एक बज्दै छ! भगत फेरि बजैको काखमा निदाई सकेको थियो ! उसको कपाल खेलाउदि सिते 'अभागी तेरो कर्म , सानै छ्दा माया गर्ने आमाबुबा गुमाईस अब तेरै भरोसा छ , हामी हुन्जेल त सुखै पाउने हस अब ठूलो भएसी हामिलाई सुख दिनु पर्छ तैले !' दिन्छ यो मुर्दार सुख सरिरमै पानी परेको त थाहा पाउदैन, सरिरमै पिसाब फेर्छ ! रामकुमार नातिलाई सुमसुम्याउदै बोल्यो ।

फागुनिको ओछ्यान पानीले नभेट्टाको भएकाले उनी मजाले सुति रहेकी थिईन ।  फागुनी भगत भन्दा ठ्याक्कै एक डेढ बर्ष कान्छी हुन । उनलाई रामकुमार र सिते ले उठाउन खोजेनन ।निन्द्रा खल्बलियो भने उनको बितन्डा मचाउने बानी भएकाले उनलाई उनिहरुले उठाएनन ।

पानी थोरै रोकिए जस्तो भयो अब उनिहरु सुत्ने तरखरमा लागे ।
मैले यो सब नियाली रहेको थिए। भुकम्प बाट कायल भएका कयन घर हरुलाइ लुटेर आएको थिए । त्यो दिन त्यही टिनको झुप्रो मेरो टार्गेट थियो । त्यहा को बस्तुस्थिती देखेपछी लाग्यो । सन्सारमै एति घिनलाग्दो काम मैले गरिरहेको रहेछु , थुईक्क आफ्नै मुख्मा थुक्न मन लाग्यो ! म आज देखि नराम्रो काम नगर्ने भुकम्प पछिको पुनर्निर्माण मा स्वयंसेवक बन्छु अब म सुध्रन्छु कयन गाली खाए होला कयन पाप लाग्ने काम गरे । आसुले लत्पतिएका आमाबुबा हरुलाई मैले लुटे, तिनिहरुले गासको लागि थन्काएका पैसा चोरे, मस्ती गर्दै हिने  ।म बद्लने वाला थिए। मेरो भावना लाई लुट्यो त्यो घरले मैले आफैलाई धिक्कारी रहेको थिए । बिस्तारै त्यहा बाट कुलेलम ठोक्ने बिचार गरे ! रामकुमारले सिते बुढिलाई भन्यो हैन ए बुढी त्या हेर्त मान्छे जस्तै कोहि उभिरा छ । हो त बुढा त्यो गाउँ चोर्ने मान बहादुरको छोरो हैन हरामी कहिको । हो यो मुर्दारलाई आज बाकी राख्दिन रङेहात फेला पर्यो । उनी जुरुक्क उठे र म भए तिर आउदै गर्दा बिचमा एक मोटो बासको चोईलो समाते! म भाग्न खोजे,, तर मेरो कमिज को पछडिको भाग टिन को कुना मा अड्किएको थियो! म सार्है डराए, चाहेर पनि भाग्न सकिन मेरा खुट्टा काप्दै थिए ती बुढाको अनुहार नै कस्तो कस्तो लाग्यो ।बुढाले आफ्ना चम्किला दात कस्दै चम्किलो बासको चोईटा उठाए!! म एकासी कराउनु बाहेक केही गर्न सकिन  !एया मार्यो नि आमा
एई के भयो एल्लाई! डाक्टर साप हेर्नू त मेरो छोरा छट्पटीदै छ। आमा बोल्नु भयो ए हरि के भयो ह तलाई नराम्रो सपना त देखिनस ! डाक्टर सापले भन्नू भा त चाडै ठिक हुन्छस रे ।
यहि कुरा भन्न लाग्नु भएको लगभग होस आए देखि महिनौ भएको थियो । आज पनि फेरि अर्को बिहान एहि सपना सङ्गै सुरु भयो ।बुढाले सपनामा बासको चोईटाले हिर्काएको सम्झे बिस्तारै हात टाउको तिर लागेर  छामे पट्टि थियो । पट्टिमा हात पर्दा ओसिलो लाग्यो ! एक दम डराए हात आँखा अगाडि ल्याए ! नियाले रगत थिएन ,, बस पानी लागेको थियो पट्टि बाट,, हल्का सन्चो भएको अनुभव भयो ।

#भुकम्पमा परि ज्यान गुमाउने ग्यात अग्यात आत्माहरुको चिर शान्तिको कामना सहित!!

Saturday, April 16, 2016

नयाँ बर्ष र नयाँ आवस्यकता



हिसाबकिताब अनि उतारचढावको बर्षको रुपमा गएको बर्षले नेपालको ईतिहासमा गहिरो छाप छोडेर गयो । धेरै भन्दा धेरै रुवायो थोरै आशा जगायो तर निरासा  भित्रैबाट आशाजनक सुरुवाती पनि गरायो ।कयन कुराहरु फेरिए भित्तेपात्रो नयाँ फेरियो, दिन र रातहरु फेरिए सिर्फ अङ्कमा भएनी साल फेरियो! 
उल्लेख्य रुपमा कुनै कुराको प्रगती नभएनी नेपालको ईतिहासमै  जनताले चुनेका प्रतिनिधिहरुबाट लेखिएको संबिधान जारी हुनु गएको बर्षको महत्वपुर्ण उपलब्धी रह्यो। 
धेरै नराम्रा तथा जनमन रुवाउने घटना हरुले गएको बर्ष खासै खुसिको बर्ष रहन सकेन । महत्त्वपूर्ण ब्यक्तित्वहरुले यसै बर्ष देह त्याग गरे / हवाईजहाज दुर्घटनाहरुले नेपाली मनमा गहिरो पीडा दियो! सुरुवातमै भुकम्पले घरबार बिहिन बनाए सङ्गै सुरु भएको यो बर्षले अन्त्य सम्म रुवाउने काम गर्यो। खोटाङ्ग मा बस दुर्घटना र डोटिमा जीव दुर्घटना सङ्गै गएको बर्ष कालो बर्षको रुपमा हामी माझबाट टाढा भयो ।धेरै कुराहरुले गएको बर्ष वास्तवमै हाम्रो लागि सुखद रहन सकेन
नया बर्ष सुरु भैसकेको छ। कयौं कुराहरु छन / नेपाली राजनिती र नेपाली जनमानश माथी धेरै चुनौती हरु छन्l आर्थिकरुपमा देश खस्किएको छ। भुकम्पपछिको पुनर्निर्माण द्रुतगतिमा अघि बढ्नुपर्ने छ ! संबिधानको कार्यान्वयन गर्नु पर्ने ठूलो चुनौती छ । यसका अलवा सामाजिक तथा आर्थिक कुराहरु पनि छन , जुन साचो रुपमा अघि बढ्नैपर्ने छन। चुनौतिहरुबाट सुनौला अवसरहरुलाई खोज्ने मात्रै हैन जिवनमा लागू गर्नु छ! अनेकौ  बाधा र ब्यबधान हरुका बिचमा सबैलाई मिलाएर लान सक्ने राजनितिक नेतृत्व को खाचो अझै पनि छ। वास्तवमै भन्ने हो भने देश संक्रमणकाल बाटै गुज्रीरहेको छ। कागज मा मात्रै सिमित योजनाहरुलाई ब्यबहारिक कसरतबाट सकेसम्म छिटो सन्चालन र कार्यान्वयन गर्नु जरुरि छ ! यो सब तबमात्र सम्भब हुन्छ। जब आपसी मेलमिलाप र सद्भाव को वातावरण शृजना हुन्छ।

नेपाली राजनितिलाई  फोहोरी ठान्ने युवाहरुलाई यहि राजनितिक नेतृत्वले बिस्वास दिलाउनु पर्ने छ कि राजनिती राम्रो भएमा सबैकुरा  राम्रो हुन्छ ! राम्रो हुनका लागि नयाँबर्ष सङ्गै राम्रोहुने ,असल हुने बानिको बिकाश गर्ने मामलामा कोहि पनि चुक्नु हुन्न।
 जब देशको कुरा आउँछ तव स्वाभिमानी बनेर सडक मा उत्रन प्रत्यक नेपाली तयार छन भने देश बनाउने मामलामा पनि पक्कै सबैको एकमत हुनै पर्छ चाहे त्यो राजनीतिक क्षेत्र होस या सरकरी र गैरसरकारी । प्रगतिका बाटा सबैतिरबाट आउनका लागि चारै तिर का हाम्रा ढोका हरु खुल्नु पर्छ। 
गएको बर्षले हामिलाई धेरै धोका दिएकै होl  आर्थिक समृद्धि लाई एक दशकपछि धकेले पनि हामिलाई दशकौ पछि सम्मका लागि नेपालको खाका कोर्ने ग्यान दिएर गयको छ। भनिन्छ अनुभव  भोगेर लिने कुरा हो/ धेरै भोग्नु पर्योl  भुकम्पको त्राश, बिनाश ,नाकाबन्दी को अत्याचार तथा अनेकौ  तिकडमहरु,! 
यदि हामी आफैमा आत्मनिर्भर हुने बाटो पहिलै रोजेको हुन्थ्यौभने कसैको मुख ताकेर बस्नु जरुरी हुदैनथ्यो । अब ढिलै भएपनि धेरै कुरा नेपालिले भोगेका छौं l आफ्नो वास्तविक परिस्थिति सङ्ग परिचीत भएका छौं। आफैलाई ढिलै भएपनि बुझ्ने कोसिस गरिरहेका छौं। परनिर्भरता जस्तो खतरानाक बिस   केहीपनि हैन भन्ने कुरासङ्ग  पूर्णरुपमा परिचित भएका छौं।

जब हामी सबै चिज मा सबल छौ भने अर्का को मुख किन ताक्ने?  हामीले चाह्यौभने देशबिकाश पनि ब्यक्तित्व बिकाश भन्दा गार्हो चिज पक्कै हैन! देशलाइ  एउटा ब्यक्ती मान्ने हो भने कुनै पनि निकाय साखा तथा सम्पुर्ण सरकारका अङ्गहरु देश भन्ने ब्यक्तिका अङ्गहरु हुन। देश भन्ने ब्यक्तिको बिकाश तब मात्र सम्भव छ, जब सबै अङग हरु स्वभाबिक तबरले काम गर्न थाल्दछन। ब्यक्तिको कुनै पनि अङ्ग यदि रोगी भयो या कुनै काम गर्न सकेन भने त्यस्तो अवस्थामा ब्यक्ती स्वस्थ  हुने सक्दैन l त्यसकारण सबै अङ्ग हरु चुस्त र दुरुस्त राखेर यदि देश भन्ने ब्यक्तिलाई सुधार्दै जाने हो भने बिकाश भन्ने कुरो त्यति गार्हो चिज पनि हैन ।

सबल बिकाशको लागि अङ्गहरु सबल र सक्षम हुनै पर्छ ।प्रत्यक अङ्गहरुमा भएका असक्षमता लाई हटाएर अथवा सुधार गरेर जानू नै बिकाशको प्रथम चरण हो भन्ने मलाई लाग्दछ। यसले देशको चौतर्फी बिकाश मात्रै हैन संविधान कार्यान्वयन जस्तो झन्जटिलो काम पनि सजिलै गर्न सकिन्छ भन्ने हो । सबै अङ्ग हरुको उचित सरसफाइ बाट नै सफा वातावरण को आवस्यकता महसुस गर्न सकिन्छ। यसको मतलब यो हो कि रोगी मानिसले सरसफाईको आवस्यकता महसुस त गर्न सक्ला तर उसले सरसफाई गर्न भने सक्ला भन्ने कुनै आधार हुदैन।

नयाँ बर्ष यी र यिनै अप्ठ्याराहरु बिच हामी माझ आएको छ। संविधानको कार्यान्वयन ले नै अहिलेको अवस्थामा सबैभन्दा महत्त्वपूर्ण ठाउँलिन्छ र लिनुपर्छ पनि। नियम कानुन र यसको उचित कार्यान्वयन बिना कानुनी राज्य को परिकल्पना असम्भव छ। कानुनीराज्य एउटा अबधारणामा मात्रै हैन ब्यबहारिक प्रयोगमा आवश्यक  छ। नेपालमा कानुनी राज्यको अबधारणा पहिलैदेखि नै भएपनि यसको कार्यान्वयनमा भने उहीँ प्रश्नवाचक चिन्ह खडा छ । यो सम्बिधान कार्यान्वयन सङ्गै त्यो अबधारणा मा मात्रै सिमित नभएर वास्तविक कानुनी राज्य स्थापना हुनै पर्छ । जसको ब्यबहारिक प्रयोग राजनितिक नेतृत्व बाटै सुरु हुनुपर्छ तब मात्रै जनता कानुनी रुपमै आफुलाई सबल र सक्षम अनुभव गर्न सक्ने छन ।हरेक राजनितिक दलहरु आफैमा सफा हुनै पर्छ। अरुलाई दोश दिने परिपाटी बाट मुक्त भएर आफ्ना कमिकमजोरी लाई सुधार गर्न तिर लागि आवस्यक ठाउमा मात्र खबरदारी गर्ने बानी बसाउनै पर्छ । राम्रो कामका लागि जसको सरकार भए पनि खुल्ला मनले साथ र समर्थन गर्नु जरुरी छ भने नराम्रा कामहरुका लागि आफ्नै दलको नेतृत्व माथी पनि प्रश्न चिन्ह खडा गर्न सक्ने क्षमता   स्थापित हुनु पर्छ ।यसको लागि सधै अरुको आलोचना गर्ने प्रबिर्ती बाट बाहिर आएर एक अर्कालाई बिश्वास गर्ने वातावरण को शृजना गर्न तिर सबै राजनितिक दल हरुले लाग्नु पर्ने टड्कारो आवस्यकता छ ।यदि यो सकिएन भने संबिधान कार्यान्वयनमै सबैभन्दा बढि समस्या सुरु हुने छन ।अनि ती समस्या बाट अग्यात शक्तिले फाईदा नउठाउलान भन्ने ग्यारेन्टी कसैले दिन सक्ने छैन। त्यसैले मेलमिलाप र सद्भाव बाट मात्रै देशको बिकास हुन्छ भन्ने तिर सबैको ध्यान जान जरुरी छ।हरेक समस्याले त्यसको जवाफ पनि बोकेर ल्याएको हुन्छ भन्ने मान्यातलाई आत्म साथ गर्दै देश भित्रका सबै समस्याहरु को जड भनेको असमझदारी नै हो भन्ने मेरो ठम्म्याई हो ।

अन्त्यमा यो नयाँ बर्षले हामी सबैमा एकअर्कालाई बुझ्ने शक्ति प्रदान गरोस । सबैलाई नयाँ नेपालको निर्माणहातमा हात काधमाकाध मिलाएर जाने क्षमता प्रदान गरोस र आर्थिक उन्नतिको बाटोमा देशलाई डोर्याउन राजनितिक नेतृत्व लाई सफागर्ने अभियान मा लाग्न सबै नेपाली लाई प्रेरित गरोस ।यहि सुभकामना ।।।