Friday, November 1, 2024

ईन्दिरा (लघुकथा)

 




mysansar मा आजभन्दा ९ बर्ष अघी प्रकाशित

-गोरख बहादुर धामी 

म अस्ति भग्नावशेषबाट आएर बाटोमै उभिएको एउटा लासको पर्खाइमा थिएँ। लाशहरुसँग बात मार्नु मेरो लागि अनौठो कुरो होइन। म उसको नजिकै गएँ र भने नमस्ते!

उसका मसिना र लामा दुई हात जोडिए। मलाई लागेको थियो, यो लाशको हातखुट्टा सब सही सलामत छ, उभिएको पनि छ, यो कसरी मर्यो?

उसले मेरो मनको कुरो बुझिहाले छ, भन्छ, ” म मरेको छैन म मारिएको हुँ। यो भग्नावशेषभित्र म थुनिएको थिएँ। मलाई लाग्यो, यता पनि कोही उद्दार गर्न आउलान्। अनि म पनि, तिमी जस्तै बाँच्न सकुँला! तर कुरा तेसो भएन, म पर्खि बसेँ,कोही आएन।

उनी आइनन्। छोरो बोलेन। आवाज सुनिएन। बिस्तारै मेरो देह र आत्मा फरक हुँदै गयो। म चिसो भएँ। मेरा हात खुट्टा शरीर कक्रक्क
भए।

फेरि दोश्रो दिन अर्को चट्टान खस्यो र म त्यहाँबाट भागेँ। म सँधै यहीँनेर आउँछु, तर उनी कहिलै आउँदिनन!

वाक्कदिक्क र नरमाइलो लाग्छ। आज तिमीसँग भेट भयो। यसै गरेर उनीसँग नि भेट हुन्छ होला। तिमीलाई एउटा कुरा भनुँ भन्दै ऊ आफ्नो खुट्टा खोच्याउन थाल्यो, मेरो नजिक आउँदै उसले भन्यो- मलाई दागबत्ती दिइएको छैन,म सैतान भैसकेँ। म १५ दिनदेखि भोको छु। त्यही भएर तिमीलाई पर्खेको थिएँ।

त्यो सुनेपछि म डराउँदै घरतिर दगुरेँ। पछाडि कोहि थिएन। बाँचियो भन्ने लाग्यो।

म त्यहाँबाट घरतिर हिँडे। घरमा कसैलाई नदेख्दा म आत्तिएँ : ईन्दिरा, ईन्दिरा भन्दै डॉको छोडेर कराउन थालेँ।

हजुरलाई के भयो? किन कराउनु भाको? यो आवाज सुनेर म झल्याँस्स बिउँझिएँ। उनी भने घुर्कि लगाउन थालिन्,के हो सपनीमा पनि बर्बराउन थाल्यौ। यो ईन्दिरा को हो हाँ, त्यो नखरमाउलीलाई मैले जान्याछु ??

म पनि सोच मग्न भएँ,आखिर ईन्दिरा को थिइन्?

कतै अस्ति बेपत्ता भएकी आइमाई पो हो कि

Wednesday, October 16, 2024

कविता: बाहना!

 


मैले
छोड भने साथीलाई,

उ समातेरै वर्णन गर्न थाल्यो बोतलको!


"जब तिमी अनायासै गिलास  हुँदै

 घाँटी भित्र लुसुक्क छिर्छौ,

राजै बनेसरी श्रीपेच भिर्छौ.....

भिजाउछौ मेरो आत,

 नबुझिने तिम्रो साथ,

तल बग्छौ साथी,

प्रभाब छोड्छौ, माथी !

माथी प्रभाब छोड्नेहरु 

पिएम. सिएम सम्मै पहुच राख्छन

सके उनका पनि टाउकामा चढ्छन।


त्यसै कारणलें

तिमीलाई मन पराएरै मैले किनेको हु,

धेरै खुसी हुदा चिनेको हु,

दुख पर्दा नाता साईनो छिनेको हु,

तिमिले एकै भेटमा मन जित्यौ,

र मैले आज पनि किनेको हु !


सर्वत हु भन्दै तिमी, म भित्र पसेका थ्यौ,

मेरो अन्तस्करणमा कुन्नी कता फसेका थ्यौ,

झ्वास्स कुन्नी कुन आगो झोसेका थ्यौ,

एक नासमै मेरो दु:ख खोसेका थ्यौ,

त्यही भएर त तिमी हरेक दुखमा याद आउछौ,

भुलाउछौ दुखलाई,

 अनि 

मस्त सुखको आभास दिलाउछौ,।


तिम्रो साथ अमुल्य छ! 

कसै सङ्ग पनि अतुल्य छ,

बस कहिले काहीँ गोजी रितो हुदा 

तिमी मेरो साथमा आउन मान्दैनौ,

अथवा तिम्रा बाध्यताले दिदैनन।


हुन त तिमी पनि ठिङ्ग दराजमा 

ठिङ्ग्रीङ्ग गरि उभिएका छौ,

लाग्छ दबिएका छौ,

साथी तिमी मेरो साथी,

दराजमा तिम्रो हबिगत देखेर

म जुर्मुराउछु, 

अनि खल्ती छामछुम गर्दै

 तिम्रो उद्दार गर्छु!

तिम्रो उद्दार गर्दा 

म आफै कति पटक लापत्ता भएको छु!

तिम्रै सङ्गतको डुबाईले बेपत्ता भएको छु,,


कहिले काहीँ 

मेलामा गएर भिडको बिचमा छोडेर आउ लाग्छ ,

तर झल्यासिन्छु,

साझ मेरो तिर्खाएको घाटीले के भन्छ?

मेरो एकोहोरीएको मनले के भन्छ?

खल्तीको नजरबन्दबाट उम्कन खोजेको

पसिना बेचेर कमाएको धनले के भन्छ?

घरी घरी दुखीरहने यो मनले के भन्छ?


भैगो! 

बरु, खान्न, यो झोल अब....

आज देखि पिउछु...

कि कसो?"

कबिता: बिश्वास !


 जतनले खालीठाउँ, भरेर जाउ, 

 सफलताको बिज, छरेर जाउ 

भक्कानो धिपिक, धिपिक छ आशमा

कि बचाएर जाउ कि, मारेर जाउ,,!


यो कस्तो ऐठन, हो जिन्दगीमा,

कि माझेर जाउ, या खारेर जाउ,

हैन भन्दा पनि, हो भन्दै आइछौ,

 झटारो छोड, कि फल झारेर जाउ,


बाटो चिप्लो छ है, नलड्नु कतै,

डोजर लगाउ र, सम्म पारेर जाउ,

कति सुस्केरा, हाली बस्नु अब,

तान मलाई पनि,  लतारेर जाउ.....


यो हिउद पनित, त्यतिकै बित्यो,

लेउ यो निधार ढुङ्गामा, बजारेर जाउ,

समयले पालुवा, हाल्दै छ रे हेर्छु,

फगतको यो घडी थचारेर जाउ,


फेरि फेरि उत्प्रे, रणा बोकि आउ

अहिले लाई जाउ, एक्लै रमाउ,

दुनियाँ  कहाँ  तिम्रो खुसी देख्छ,

आफ्नो संसार आफै खुद्से सजाउ.....

कविता: अपचलित-तारिफ

                                                                                                         -गोरख बहादुर धामी 

तिमी जुन जस्तै छौ नभनन  प्रीय, 

म कसैको प्रकाशले चम्केकी छैन!

तिमी सुर्य हौ त भन्दै नभन,

म तातो राको भै रन्केकी छैन!


तिमी यति मिठो गरि घरी सुर्य र घरी जुन बनाउछौ,

घरी गौ कै दाना माथी गुडुल्किने घुन बनाउछौ,

कहिलै नम्बरी सुन बनाउछौ,

कहिलै सेतै चम्किने चुन बनाउछौ!


हिजै मात्रै तिम्ले गोदावरी फुल बनायौ,

लाम्खुट्टे बाट वचन झुल बनायौ!

मायाको कहिलै मुल बनायौ,

म केही बोलिन स्थुल बनायौ!


तिम्रो तारिफले म कहिले उड्छु, सगरमा,

कहिले थचारिन्छु बगरमा,

कहिले बग्छु सानो नहरमा,

कहिले सजिन्छु मन मन्दिरको सहरमा!


म बजारिएर बज्र भै सके,

थचारिएर थच्र भै सके,

गहना बनेर सज्र भै सके,

म सजावटकै लागि दज्र भै सके!


लाग्छ !

म तिम्रो तारिफ रुपी बोझले मान्छे बन्नै सकिन

तिम्लाई बरु  ताप्ने र सितल ओढ्ने ठान्दिन,

किसान र गोड्ने ठान्दिन,

 सुनुवार र पेन्टर भन्दिन!

 

घरी घरी मलाई उपमा नबनाउ न!,

म त मानिस नै ठिक छु, 

तिमी पनि मानिस नै बनेर!

मलाई अङ्गाल न प्रिय !

कबिता अ---सफलता

-गोरख बहादुर धामी


 म त असफलता सङ्ग 

पौठेजोरी खेलेर हिन्छु,

आत्मसात गर्दै, उसका हरेक कदममा,

कुम जोरेर हिन्छु!

कहिलै धकेल्छ, बाटोको एतापट्टी,

कहिलै अर्कोपट्टी,

तर खसिहालेको छैन, दुईटैपट्टी एकैचोटि!


आज पनि बिहानै नउठ्न भनेर गएको छ,

उसलाई चिसो हुन्छ रे!

राती अगाडि नै सुत्नु भन्छ,

उ अनिदो हुन्छ रे!

कहिलै भन्दैन, भोक मलाई उसले सधै ग्वामल्वाङ्ग अङ्गालो हाल्न खोज्छ,

सिरेठोमा सिरक बन

मलाई हिड्न खोज्दा खुट्टा तान्छ,l

कहिलै दुश्मन बनेर,

तर मलाई थाहा छ,

हुदैन केही तिम्रा तिक्डम गनेर!


हिजो मात्रै भनेको हो! दिनभरी घाममा सुतौन यार,

पिठिउमा तेल मालिस गरेर घाममा सुत्न मजा हुन्छ,

हात्तेरी ! तिमी कति हिडिराख्छौ?

कति दुनिया सारा सङ्ग भिडिराक्छौ!

आउ युट्युबमा फिलिम हेरौ,

मोवाइलमा लुडो खेलौ,

मेसेन्जरमा कुनै छप्की सङ्ग बात मारौ,

अरे यार ! मरिलानु के छ र??


हिजो बेलुका पढ्दै थिए...

एकासी ! आयो उ निद बनेर,,

आखै अगाडि कालो भिड बनेर,

धेरै चोटि उ एसै गरि आउँछ, 

म त्यसको वास्ता गरे जस्तै निदाई दिन्छु,

बिहानै आउँछ चिसो बनेर,

म नुहाउछु अनि आफै पनि चिसो बनिदिन्छु!


मेरो नजिकैकै मित्र भएर होला,

कति राम्रो सङ्ग मलाई फसाउन खोज्छ,

मैले थाहा नपाए जस्तै गरि हुन्छ भनी भनी,

छक्याउनु छ उसलाई!

झुक्याउनु छ उसलाई, कि ! म उ जस्तै असफल छु!

उस्को नाम असफलता भएर पनि मलाई असफल बनाउन सफल छ।

म असफल भएरै सफल हुन चाहन्छु,

तर उ जस्तो असफल बनाउन हैन,

सफलताको द्वारमा पुग्ने सिढी बनाउन,

असफलताको मुखबाट अ निकालेर,

उसैलाई सफल बनाउन!