स्थानीय जातका बाख्राहरु
नेपालमा मुख्यतया चार जातका स्थानीय बाख्राहरु पाल्ने गरेको पाईन्छ । यी चारै जातका बाख्राहरु भौगोलिक क्षेत्रका आधारमा बर्गिकरण गरिएको छ । तराई क्षेत्रमा तराई बाख्रा, तल्लो तथा मध्य पहाडी क्षेत्रमा खरि, उच्च पहाडी क्षेत्रमा सिन्हाल तथा उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा जातका बाख्राहरु पाइन्छन् । यि स्थानिय जातका बाख्राहरु यस प्रकार छन् ।

क) तराई बाख्रा
नेपालको तराई क्षेत्रतिर पाइने जातको बाख्रालाई तराई बाख्रा भनिन्छ । यो शुद्ध जातको बाख्रा नभएर भारतीय जातको बाखा जमुनापारीको गुणहरु जस्तैः माथि उठेकोे नाक, झुण्डिएको लामो कान भएकोले यसलाई जमुनापारिको खच्चड पनि भनिन्छ, यद्यपी यसबारे अध्ययन अनुसन्धान हुनु जरुरी देखिन्छ ।

यो बाख्रा मझौला आकारको र विभिन्न रंगको भएता पनि प्रायः खैरो शरिरमा सेतो धर्सो रहेको हुन्छ । यो बाख्रा दूध तथा मासु दुवैको लागि उपयुक्त मानिन्छ । यसको शारिरीक तौल करिव १८ देखि ३५ किलोग्रामसम्म हुन्छ । सालाखाला १५ महिनाको उमेरमा पहिलो पटक व्याउने र खरी तथा तराई बाख्राको प्रजनन् क्षमतामा धेरै समानताहरु पाईन्छन् । गर्मी ठाउँमा पाइने जात भएकोले जाडो तथा चिसो ठाउँमा कमै पाईन्छ ।
(ख) खरी औंले बाख्रा
मध्यपहाडि प्रदेशमा पाइने बाख्रालाई पहाडि वा खरि बाखा्र भन्ने गरिन्छ । विभिन्न ७ रंगका खरी बाख्राहरुमा कालो तथा खैरो रंगका बाख्राहरु तुलनात्मक रुपमा धेरै पाईन्छन् । प्रायः खरी बाख्राहरmमा मध्यम आकारका पछाडी वा माथीतिर फर्केका सिंग हुन्छन् । थोरै बाख्राहरु मुडुले पनि पाईएका छन् । खरि बाख्राको शारिरीक तौल साधारणतया १५ देखि २५ किलोग्रासम्म हुन्छ भने बोकाको शारिरीक तौल २५ देखि ३५ किलोग्रामसम्म हुन्छ । यो जातको बाख्रा सालाखाला १६ महिनाको उमेरमा पहिलो पटक व्याउने, साधारण अवस्थामा २ वर्षमा ३ पटक ब्याउने र प्रति बेत २ वा २ भन्दाबढी पाठापाठी हुर्काउन सक्ने क्षमता भएको हुनाले नेपालको अधिकांश भु–भागमा यो बाख्रा लोकप्रिय भएको पाईन्छ । यसको शरिर सानो र फुर्तिलो हुन्छ । यो जातको वाख्रालाई बधुवा वा चराएर पाल्न सकिन्छ ।
नेपालमा पाइने स्थानीय जातका बाख्राहरुमध्ये संख्याको हिसावले सबैभन्दा बढी भएको खरी बाख्रा पहाडी क्षेत्रमा पैmलिएको छ । हावा पानी, रोग प्रतिरोधात्मक क्षमता र औसत वृद्धिदर आदिको दृष्टिकोणबाट नेपालको पहाडी र मध्येपहाडी क्षेत्रको लागि खरी बाख्रा उपयोगी मानिएको छ । खरी बाख्राका विशेषताहरm यस प्रकार छन् ः
स्थानीय हावापानीमा राम्रोसँग फस्टाउने,
दुई वर्षको अवधिमा ३ पटकसम्म व्याउन सक्ने,
रोगव्याधी कम लाग्ने, नेपालमा भित्रिएका विदेशीजातहरु भन्दा रोग प्रतिरोधात्मक क्षमता बढी हुने,
साधारण खोरमा पनि पाल्न सकिने,
सामान्यतया एउटा बाख्रीले एक पटकमा २ वटा पाठापाठी पाउने ।
भिरपहरामा गई चर्नसक्ने र काँडाकुडी बढी मन पराउने,
सन्तुलित आहारा (दाना) को त्यति आवश्यकता नपर्ने,
पाठापाठी मृत्यूुदर कम हुने,
मासु स्वादिलो र खँदिलो हुने,

(ग) सिन्हाल
उच्च पहाडी क्षेत्रमा पाईने यो जातको बाख्रा बरुवाल वा भ्याङ्गलुङजातको भेडाको बथानमा चर्न रुचाउने हुन्छ । सिन्हाल जातको बाख्रा अन्य नेपाली बाख्राहरु मध्ये सवैभन्दा ठूलोे शरीर भएको बाख्रा हो । यसको छोटोे टाउको, सीधा नाक, चिसो सहन सक्ने क्षमता भएको र यसबाट केही मात्रामा पश्मिनासमेत उत्पादन गर्न सकिन्छ । वयस्क बाख्राको शारिरीक तौल ३० देखि ३५ किलोग्रामसम्म हुन्छ । सिन्हाल बाख्राहरु करीब २ वर्षको उमेरमा पहिलो पटक व्याउने, साधारणतया वर्षमा एक पटक व्याउने र एउटै पाठा वा पाठी मात्र पाउने गर्दछ । थोरै बाख्राहरुले मात्र जुम्ल्याहा पाठापाठी पाउने गर्दछन् ।

(घ) च्याङ्ग्रा
च्याङ्ग्रा हिमालय पर्वत श्रृंखलाको पछाडिपट्टि सुख्खा, बढी हावा लाग्ने, चिसो र अर्धभूमिजस्तो ठाउँमा पाइन्छ । च्याङ्ग्राले त्यस क्षेत्रमा पाइने ताल्ला भन्ने झारमा पलाएको पात, फूल, जरा र घाँसहरु खाएर जीवन निर्वाह गर्दछन् । च्याङ्ग्रा पश्मिना र नरम खालको न्यानो भुवा उत्पादनको लागि प्रसिद्ध छ । च्याङ्ग्राको शरीर वाक्लो लामो रौंले ढाकेको हुन्छ । रौंको भित्रि भागमा मसिना पश्मिना रहेको हुन्छ । यसको सानो तर लामो टाउको, सीधा नाक, साँघुरोे थुतुनो र कसिलो शरीर तथा बटारिएको सिङ्ग हुन्छ । तीव्वती तथा कश्मिरी च्याङ्ग्रा ठूलोे खालको हुन्छ भने नेपालको उत्तरी भेकमा पाइने च्यांग्रा सानो खालको हुन्छ । यिनीहरु अन्दाजी दुई वर्षको उमेरमा पहिलो पटक व्याउने, वर्षमा एक पटक व्याउने र अधिकांशले एक पटकमा एउटा मात्र पाठापाठी पाउने गर्दछन् । वयस्क च्यांग्राबाट वर्षमा ५० देखि २०० गाम सम्म पश्मिना उत्पादन हुने गर्दछ । वयस्क च्याङ्ग्राको तौल २५ देखि ३० किलोग्रामसम्म हुन्छ । यसको आफ्नो शारिरिक तौलको ३० प्रतिशत बराबर वजनको भारी बोक्न सक्ने क्षमता हुन्छ ।

स्थानीय बाख्राको विशेषता
नेपालमा पाइने बाख्राहरु मध्ये खरि बाख्रा करिव ५६ प्रतिशत, सिन्हाल १६ प्रतिशत, च्याङ्ग्रा १ प्रतिशत र तराई बाख्रा २७ प्रतिशतको हाराहारीमा रहेको पाइन्छ । जात, भौगोलिक क्षेत्र, शारिरीक बनावटको आधारमा स्थानीय बाख्राहरुको स्थिती निम्ननुसार रहेकोछ ।

नेपालमा पालिने विदेशी जातका वाख्राहरु
(क) जमुनापारी
जमुनापारी भारतमा पाइने सवैभन्दा ठूलो तथा आकर्षक जातको बाख्रा हो । भारतको जमुना, गंगा तथा चम्बल नदीहरुको बीच भाग हुँदै यो बाख्रा नेपालको तराई क्षेत्रमा आई पुगेको हो । जमुनापारी बाख्राको रंग एकनासको हुँदैन । साधारणतया सेतो रंग भएका बाख्राहरुमा कहिंकहिं गाढा रंगको चिन्हहरु हुने गर्दछ । ठूलो जीउ, लामो खुट्टा, नाकको बीच भाग उठेकोे (सुगानाके) , झुण्डिएका लामा कानहरु, छोटा र थेप्चा सिंगहरु हुनु यस बाख्राका प्रमुख शारीरिक विशेषताहरु हुन् । यस जातको बाख्र्री र बोका दुवैमा दाडी हुने गर्छ । यसको औसत जन्म तौल ४ के. जी. सम्म हुन्छ । २० देखि २५ महिनाको उमेरमा पहिलो पटक व्याउने गर्दछ । वर्षमा एक पटक व्याउने र प्राय: एकल पाठापाठी पाउने गर्दछ । मुख्यतया यो बाख्रा फाल्गुण चैत्रमा व्याउने गर्दछ । यो बाख्रा दूध र मासु उत्पादनको लागि उपयुक्त जात हो । यसले प्रति वेत १८८ दिन दूध दिने गर्दछ र प्रति वेत औसत दूध उत्पादन १५० देखि २०० ली.सम्म हुन्छ । यस बाख्राको शरीर ठूलोे भएकोले मासु भरिन धेरै समय लाग्दछ । वयस्क बोकाको जिउँदो तौल ५० देखि ६० के.जी र बाख्रीको ३० देखि ४० के. जी. हुने गर्दछ ।

(ख) बारबरी
यो जातको बाख्राको उत्पत्ति पुर्वी अफ्रीकाको बारबरा भन्ने शहरमा भएको हो । भारतको उत्तर प्रदेशको विभिन्न भाग (आग्रा, मथुरा) मा यो जातको बाख्रा प्रशस्त पाइन्छ । चर्न त्यति मन नगर्ने भएकोले यो बाख्रा बधुवा प्रणालीमा पालन गर्न राम्रो हुन्छ । त्यसैले चरन क्षेत्र नभएका र शहरी वा शहरको वरिपरीको क्षेत्रमा बाख्रापालन गर्नको लागि यो जातको बाख्रा पाल्ने गरिन्छ ।
सानो तथा खदिलो शरीर, छोटा तथा ठाडा कान, सेतो रंगको शरीरमा साना हल्का राता वा खैरा धब्बाहरु भएको यो बाख्रा झट्ट हेर्दा मृग जस्तो देखिन्छ । बोका र बाख्री दूवैको मध्यम आकारका बाहिरतिर मोडिएका सिंग हुन्छन् । यसको औसत जन्म तौल २ के.जी. हुन्छ । १४ महिनामा २ चोटी व्याउने यस बाख्राले प्रायः जुम्ल्याहा, पाठापाठी पाउने गर्दछ । १५ देखि १६ महिनामा पहिलो पटक व्याउँछ ।
यो बाख्रा दूध र मासु दुवैको लागि पालिने जात हो । यसले प्रति वेत ६० देखि ७० लि. दूध उत्पादन गर्दछ । यसको मासु राम्रो मानिन्छ । वयस्क बाख्रीको जिउँदो तौल २० देखि २५ के. जी. र बोकाको २५ देखि ४० के.जी. सम्म हुन्छ ।

(ग) सानन्
स्वीजरल्याण्डको दक्षिणी क्याण्टन बर्नमा पर्ने सानन् उपत्यका उत्पत्ति भएको यस बाख्रा दूध उत्पादनको लागि विश्व प्रसिद्ध छ । यो डेरी गोट मध्य सवैभन्दा ठूलो जातको बाख्रा हो । यो बाख्रा घाम सहन नसक्ने भएकोले चिसो हावापानीमा पाल्न उपयुक्त हुन्छ । सेतो वा क्रिम रंग, छोटा मसिना रौं , सीधा वा अलि थेप्चिएको अनुहार, ठाडा तथा अगाडितिर तेर्सिएका कान हुनु यसका जातिय विशेषताहरु हुन् । साधारणतया यो जातको बाख्राको सिँग हुँदैंन । यसको स्वभाव शान्त प्रकृतिको हुन्छ । बार्षिकरुपमा व्याउने यस बाख्राले प्रायः एकल पाठापाठी पाउने गर्छ ।
यस बाख्राले प्रतिवेत १५० देखि १८० दिनसम्म दूध दिने गर्दछ । सो अवधिमा औसत ३.५५ प्रतिशत चिल्लो पदार्थ भएको ६०० देखि ७०० लिटर दूध उत्पादन गर्छ । होलिस्टिन बाख्राको रुपमा चिनिने यस बाख्राले प्रतिवेत ३०५ दिनमा ३०२८ के. जी. दूध उत्पादन गरेको विश्व रेकर्ड छ । यसको बोकाको शारीरीक तौल औसतमा ९१ किलोग्राम र बाख्रीको ६८ किलोग्राम हुन्छ ।

(घ) विटल
यस जातको बाख्रा भारतको पञ्जाब र हरियानामा पाइन्छ । झट्ट हेर्दा यस बाख्राको बनावट जमुनापारीसँग मिल्दोजुल्दो देखिन्छ । जमुनापारी भन्दा अलि सानो देखिने यो बाख्रा मुख्यतया कालो रंगको हुन्छ । यस बाख्राको उत्पादन क्षमता, विभिन्न हावापानीमा घुलमिल हुन सक्ने क्षमता र बधुवा प्रणालीमा पाल्न सकिने क्षमता जमुनापारी भन्दा राम्रो हुन्छ ।
चौडा मझौला शरीर, उठेको नाक, पछाडि र बाहिरतिर फर्किएका सिंग, लामो, चौडा, र लत्रिएका पात जस्ता कान, छोटो तथा पातलो पुच्छर यसका शारीरिक विशेषताहरm हुन् । बोकामा दाडी हुन्छ तर बाख्रीमा हुँदैन । यसको जन्म तौल ३ के. जी. हुन्छ । २० देखि २२ महिनाको उमेर पहिलो पटक व्याउँछ । बार्षिक रुपमा व्याउने यस बाख्राले ५० प्रतिशत जुम्ल्याहा पाठापाठी पाउँछ ।
यो दूध र मासुको लागि पालिने जात हो । साथै यसको छालाको गुणस्तर पनि राम्रो हुन्छ । प्रति वेत १५० के. जी. दूध उत्पादन हुन्छ । वयस्क बोकाको जिउँदो तौल ६० देखि ७० के.जी. र बाख्रीको ४६ के. जी हुन्छ ।

ङ) सिरोही
सिरोही बाख्रा भारतको राजस्तानमा पर्ने सिरोही र गुजरातको पालाम्पुरमा पाइन्छ । सुख्खा ठाउँको लागि उपयुक्त हुने यो बाख्रा नेपालको पश्चिमी क्षेत्रमा भित्रिएको छ । यो मध्यम आकारको खदिलो जीउ भएको बाख्रा हो। मुख्यतया खैरो रंगका हुने यस बाख्राका शरीरमा हल्का वा गाढा खैरो रंगका धब्बाहरु हुन्छन् । खस्रो रौं, छोटो र तिखो नाक, लोती, लामा र कमजोर कान, छोटा, तिखा र माथि तथा पछाडितिर बाँगिएका सिंग हुनु यसका शारीरिक विशेषताहरु हुन् । यस बाख्राको जन्म तौल २.५ देखि २.७५ के.जी. सम्म हुन्छ । बोकाको जिउँदो तौल ५० देखि ७० के.जी. र बाख्रीको २५ देखि ३५ के. जी.हुने गर्छ । यसले प्रायः जुम्ल्याह पाठापाठी पाउने गर्दछ । यो बर्षको एक पटक व्याउने गर्दछ । यस बाख्राको पहिलो पटक व्याउने उमेर १९ महिना हुन्छ । यो मासु उत्पादनको लागि उपयुक्त जात हो । यसले प्रति वेत १७५ दिनसम्म दूध दिने गर्दछ तर प्रतिवेत दूध उत्पादन ७१ के. जी. मात्र हुन्छ ।

(च) बोयर
यो जातको बाख्रा सन् १९०० को दशकमा दक्षिण अफ्रिकामा विकास गरिएको हो । हाल क्यानाडा, यूरोप, केन्या, इजरायल, न्यूजिलैण्ड, अष्ट्रेलिया, चीन, श्रीलंका र भारतमा सफलतापूर्वक यस बाख्राको व्यवसाय गरिएको छ । विगत केहि वर्ष यता नेपालमा पनि अगुवा कृषकहरुले यो बाख्रा पालन शुरु गरेका छन् । नेपालको विभिन्न भौगोलिक क्षेत्रमा यो बाख्रा पाल्न आवश्यक प्रविधि विकासका लागि कृषि अनुसन्धान केन्द्र (बाख्रा) वन्दिपुरमा २०६५ सालदेखि विस्तृत अध्ययनको थालनी गरेको छ ।

सवै प्रकारका हावापानीमा घुलमिल हुन सक्ने क्षमता छ । यस बाख्रामा स्थानीय बाख्रा भन्दा बढी रोग प्रतिरोधात्मक क्षमता छ । द्यगिभ त्यलनगभ, भ्लतभचयतयहझष्ब, एचगककष्लष्अ बअष्म उयष्कयलष्लन सँगको रोग प्रतिरोधात्मक क्षमता उच्च छ । लोकल बाख्रामा यसको अचयकक गर्दा ज्थदचष्म ख्ष्नयच पनि उच्च पाइएको छ । यसको मmण्डै १०० प्रतिशत जुम्ल्याहा पाउने क्षमता छ र २ वर्षमा ३ चोटी व्याउने गर्दछ । यस बाख्रामा तुलनात्मकरुपमा छिटो परिपक्वता आउँछ । अन्य बाख्राको तुलनामा दुध छुटाउनु अघि र पछि दुवै अवस्थामा सवै भन्दा बढी बृद्धिदर छ । यसका पाठापाठीको वृद्धिदर १५० देखि ३०० ग्राम प्रति दिन पाइएको छ । यस बाख्राले १२० दिनसम्म ७ देखि ९ प्रतिशत ँबत र १७ देखि १९ प्रतिशत क्ल्ँ भएको प्रति दिन २ लि.को दरले दूध उत्पादन गर्छ । यसका पाठापाठी ६ देखि ९ महिनाको उमेरमा बेच्न योग्य हुन्छन् । यस उमेरमा ३५ देखि ४० के.जी. पुग्ने र मासुको गुणस्तर राम्रो हुन्छ । म्चभककष्लन एभचअभलतबनभ ५१ प्रतिशत र ऋबचअबकक बाट ःभबत थ्ष्भमि ६८ प्रतिशत पाइएको छ ।
२.३ नेपालमा पालिने वर्णशंकर जातका बाख्राहरु
(क) जमुनापारी क्रस (खरी ह् जमुनापारी)
शुद्ध स्थानिय खरी जातको बाख्रामा (प्रतिवेत १.८ पाठापाठी हुर्काउन सक्ने) शुद्ध जमुनापारी बोका लगाएर जन्मेको ५० ५ का सन्तानलाई (कम्तिमा ५ पुस्तासम्म नाता नपर्ने गरी ५० प्रतिशत एक आपसमा क्रस गराएर विकास गरिएको) जमुनापारी बर्णशंकर बाख्रा भन्ने गरिएको छ । यो जातको वर्णशंकर बाख्रा पहाडी भेगमा जमुनापारी भन्दा राम्रोसँग फस्टाउन सक्दछ । यो बाख्राको व्याउने अन्तर झण्डै खरी जस्तै छोटो (२८० दिन) हुन्छ । उमेर पुगेका १०० क्रस माउले प्रतिवेत १४५ वटा पाठापाठी पाउंछन् भने जमुनापारीले ११५ वटा (भारतमा १०० वटा मात्र) पाउंछन् ।

(ख) बारबरी क्रस (खरी ह् बारबरी)
शुद्ध स्थानिय खरी जातको बाख्रामा (प्रतिवेत १.८ पाठापाठी हुर्काउन सक्ने) शुद्ध बारबरी बोका लगाएर जन्मेका ५० प्रतिशतका सन्तानलाई (कम्तिमा ५ पुस्तासम्म नाता नपर्ने गरी ५० प्रतिशत क्रस लाईन ब्रिडिङ्घ गरिएको) बारबरी वर्णशंकर बाख्रा भनिन्छ ।
बारबरी बर्णशंकर जातका बाख्रा खासगरी नेपालको पश्चिमी मध्य पहाड र गरम उपत्यकामा बुटवल देखि पश्चिममा राम्रोसँग फस्टाउने अनुभव गरिएको छ । यस्तो वर्णशंकर बाख्रा मासुका लागि उपयोगी हुने छ ।
ग) सानन् क्रस (खरी ह् सानन्)
यो शुद्ध स्थानिय खरी जातको बाख्रामा शुद्ध सानन् बोका लगाएर जन्मेको ५० ५ का सन्तानलाई (कम्तिमा ५ पुस्तासम्म नाता नपर्ने गरी क्रस गराएर विकास गरिएको बर्णशंकर बाख्रा हो । यो बाख्राको व्याउने अन्तर झण्डै खरी जस्तै छोटो (२८० दिन) हुन्छ । सानन् वर्णशंकर मध्य पहाडी क्षेत्रमा पाल्न उपयुक्त हुन्छ । यसको दूध उत्पादन क्षमता जमुनापारीभन्दा राम्रो पाइएको छ ।

उपयोगिताको आधारमा बाख्राको जातिय वर्गिकरण
उपयोगिताको आधारमा
(क) मासु उत्पादनको लागि – वारवेरी, खरी, व्ल्याक बंगाल, अफ्रिकन वोयर, माउटाउ, आदि ।
(ख) दूध उत्पादनको लागि – सानन, नुवियन, डामास्कस, अल्पाइन आदि ।
(ग) ऊन वा रौं (पश्मिना) उत्पादनको लागि –च्याङ्ग्रा, कश्मिरी सोभियत डाउन आदि ।

Reference: पशुपालन पुस्तिका
> विभिन्न अनलाइन श्रोतहरु
No comments:
Post a Comment