कविता.... तिमी छौ र त म अडिएको छु भन्छ ढुङ्गा ले, जसको कुनै जीवन छैन, तिमी छौ र त म अडिएको छु भन्छ पानीले जसको आफ्नो जीवन छैन, तिमी छौ र त म अडिएको छु भन्छ, बोट बिरुवाले, अझै भन्छ तिमी त मेरो नसा नसामा बग्छौ, तिमी त मेरो सब थोक हौ,, मेरो प्राण हौ, मेरो जीवन हौ! जसको जीवन मेरो आधारले चल्छ, उनिहरुको लागि पनि र जसको कारण म जिवित छु उनिहरुको लागी पनि तिमी समान छौ! छुट्याउदैनौ, बालख युवा र बृद्ध, छुट्याउदैनौ घरेलु अनि जङ्गली,। बसाउछौ, माया गरेर आफ्नो छातिमा, आखाले नदेख्ने देखि आखाले देख्नका लागि ठुला लाग्ने सबै चिजहरु! जसरी एउटी आमाले भुणलाई हुर्काउदै बच्चा पैदा गर्छिन र ठूलो बनाउछिन! हो त्यही आमालाई समेत आधार दिन सक्छौ तिमी, हो त्यही आमालाई समेत जन्माउछौ तिमी। तिम्रो छातिमा भगवानहरु बस्छन, मन्दिर मस्जिद गुम्बा र चर्चका घरहरु भित्र,, तिमी भगवानलाई पनि त आधार दिन सक्छौ तिमी भगवानलाई पनि आफ्नो छातिमा हिडाउन सक्छौ । सन्सारका शक्तिशाली देश देखि, बिकास उन्मुख तेश्रो विश्व सबैलाई समान देख्न सक्ने आँखा छन तिम्रा, कहिलै तिमीले भनेनौ, बिकासको चरम उत्कर्शमा पुगेका मुलुक...
Comments