Wednesday, July 27, 2016

किर्षिमा युवा सहभागीताको सम्भावित पाटो :अलैंची खेती



गोरख ब धामी ( Bsc Ag)


मानिसहरु आशा गर्छन, त्यही अनुरुप उनिहरु आफ्नो समय सेट गर्छन। स्टपवाच कुदाउछन, आफू पनि कुद्छन ,तर खुट्टा मुनि कहिलै हेर्दैनन, त्यहा सुन फलेको नि हुन सक्थ्यो, तर उनिहरु यो सोच्दछन कि यो मेरो खुट्टा हो, मेरो खुट्टामुनी केही पनि फल्न सक्दैन। अर्थात खुट्टा मुनिको माटोलाइ नजरअन्दाज गर्दै दगुर्दछन। आजै पनि कयन युवाहरू त्यसै गरि दगुरेका छनकयन दगुर्दै छन, कयनले जुत्ताको तुनाहरु कसि रहेका छन। अरुले देखाईदेका सम्भावना हरु बाट हामी सधै खुसी हुन्छौ, आफुले सम्भावना देख्न जान्दैनौ, या मैले देख्नै सक्दिन भनेर आँखा चिम्ली दिन्छौ। भर्खरै युवा किर्षी उध्यम सम्मेलन सम्पन भएको छ। युवाहरूलाई किर्षी तथा उद्यम तिर आकर्सित गराउने मामलामा थोरै भय पनि ईट्टा थप्ने काम त्यसले गरेको छ। यसै सन्दर्भ लाई लिएर नेपालमा धेरै सम्भावना बोकेको युवाहरूलाई कृषिमा  तान्न सक्ने ब्यबसायिक रुपमा खेती गरेमा सार्है फाईदा हुनसक्ने बाली अलैचि खेतिका बिगत बर्तमान भबिस्यका पाटाहरु माथी प्रकाश पार्ने कोशिश गरेको छु।
पृष्ठभुमि
नेपालकै एक महत्त्वपूर्ण निर्यातमुखी नगदेवाली एवं मसला बालिको रुपमा अलैची लाई महत्वका साथ हेर्ने गरिन्छ। भारतमा सिमा जोडिएका पुर्वान्चल क्षेत्रका पहाडी जिल्लाहरु (ईलाम , ताप्लेजुङ ,पाँचथर)बाट करिव २०० बर्ष अघि बाट सुरु भएको अलैची खेती हाल आएर देशका सबै मध्य पहाडी जिल्लाहरूमा बिस्तार हुन थालेको . २०६५/०६६ सम्ममा नेपाल अधिराज्यका ३९ जिल्लाहरुमा बिस्तार भैसकेको र ती जिल्ला हरुमा जम्मा १४४७० हेक्टर जमिनमा  गरिएको छ। जसमध्ये ११८४९हे.झन्डै ८२% क्षेत्रफल उत्पादन को अवस्थामा रहेको   जसबाट ७०३७ मेट्रीक टन यसको उत्पादन भैरहेको कुरा अनुसन्धान हरुले देखाउदछन ।उत्पादनको झण्डै ९७%पुर्वान्चल क्षेत्र बाट उत्पादन भएको देखिन्छ,, देशका अन्य क्षेत्रहरुमा जम्मा जम्मी % मात्रै उत्पादन भैरहेको तथ्य हामी माझ छ। नेपालबाट उत्पादन भएको अलैंची भारत लगायत समुन्द्र पारिका अन्य देशहरुमा निर्यात हुने गर्दछ जसबाट करिव अरव ३२ करोड बराबरको बिदेशी मुन्द्रा आर्जन भैरहेको छ। देशका थोरै जिल्ला हरुमामात्रै व्यबसायिक रुपमा खेती भैरहेको यसको खेति  लाई अझै आधुनिक बनाउनु आजको आवस्यकता हो।

सम्भावना चुनौतीहरु
नेपालको भौगोलिक अवस्था वातावरणले गर्दा देशै भरी अलैची खेती उत्पादन हुन सक्ने सम्भावना प्रशस्त रहेको छ।  नेपालको समुन्द्री सतह बाट ६००-२१०० मिटर सम्मको तुषारो, असिना नपर्ने,बढी  ओसिलो /सेपिलो , छहारी भएको , उत्तर पुर्वी मोहडा भएको केही भिरालो,पानी नजम्ने बढी तातो पर्ने, पुर्व देखि पश्चिमसम्मको सबै मध्य -पहाडी क्षेत्रहरुमा अलैचीको व्यबसायिक रुपमा खेती गर्न सकिन्छ। 
नेपालको भौगोलिक अवस्था वातावरणले गर्दा अलैंची खेति हुन सक्ने सम्भावना प्रशस्त रहेको कुरा हामी माझ छर्लङ्ग छ। आंशिक रुपमा भएपनी सुठो तथा अलैची बिकास शाखा खुमल्टार अलैंची बिकास केन्द्र फिक्कलमा ..२०५४/०५५ मा भएको अलैची उत्पादन अनुसन्धान  तथा बजार गोष्ठीबाट प्राप्त प्रोसेसिङ्को  अनुमान अनुसार हाल सम्म थप ३४८० हे. क्षेत्रफलमा  खेती गर्ने सम्भावना रहेको पाईएको छ।

खेर गइरहेको कमसल जग्गामा समेत सफलता पुर्वक खेती गर्न सकिने अलैची ग्रामीण किर्षक हरुको आय आर्जनमा सघाउने नगदेवाली भएकाले यसले बसाइँसराइ कम गर्न समेत सहयोग पुग्न सक्दछ! पहाड बाट बर्सेनि कयौं मानिसहरू खुसी जीवन नोकरी खोज्न सहर तथा तराई तिर भौतारिने जीवन पद्दती बाट छुटकारा दिलाउन   एउटा चिट्ठा साबित हुन सक्ने कुरामा कसैको दुइमत छैन। 
अलैची आफैमा निर्यात मुखी बाली भएकाले बिदेशी मुन्द्रा को आर्जन गर्ने सुनौलो मौका पनि हामी माझ ।अहिले उत्पादन भैरहेको अलैंची ले मात्रै पनि अरबौ बिदेशी मुन्द्रा आर्जन भैरहेको तथ्य हरुले देखाउछन

अवको आवश्यकता भनेको अलैंची बाट आयातित रकम लाई अलैंची खेतिकै बिकासमा खर्च गर्नु हो  देशको  उत्पादनको  ९७% धानिरहेको पुर्वान्चल बिकाश क्षेत्र जस्तै अरु बिकास क्षेत्रका सम्भाबित जिल्ला हरुमा अलैंची खेती बिकास गर्न सकिएमा अहिलेको उत्पादन भन्दा दसौ गुना उत्पादन बढाउन सकिन्छ
नगदे वालिको रुपमा परिचित यस बालीको उत्पादन बिक्री नभएको वा अनुकुल नभएको अवस्थामा पनि सजिलै भण्डार गर्न सकिने यो बाली एक औद्योगिक बाली भएकाले पनि मसला उद्योग हरुमा कच्चापदार्थ को रुपमा प्रयोग गर्न सकिन्छ!
विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग हुने अलैंचीको देशमै उचित प्रसोधन तथा व्यबस्थापनको खाचो पहाडी भेगमा बर्षेनी  भूक्षय तथा बाढिपहिरो ले ठूलो मात्रामा माटो नास भैरहेको अवस्थामा खेती गरिदा माटो पनि नबग्ने भु-संरक्षणमा समेत सघाउने हुदा यसको खेती गर्दा दुईपक्षिए फाईदा समेत हुने गर्दछ।

नेपालका सबैजसो पहाडी भागमा व्यावसायिक रुपमा खेती गर्न सकिने अलैंची खेती युवा शसक्तिकरणको एउटा पाटो बन्न सक्ने कुरामा कसैको दुईमत छैन। दिनहु झोला गुडाउदै बिदेश उड्ने युवाहरूलाई व्यावसायिक तालिम दिन सकिएमा यसका सम्भावना हरुलाई सरकारी निकाए मार्फत युवा हरुमा जागृत गराउन सकिएमा नेपालमै अलैंची नाम गरेको सुन फल्न सक्छ। सबै कुरा हरुको सम्भावनाहरु माथी सदैव नेपालको अस्थिर राजनीति ले भुमिका खेल्ने गरेको छ। कार्यक्रमहरु ल्याउदै नल्याईनु ल्याईहाले पनि बिचबाटोमा पुग्दा सरकार परिवर्तन हुने समस्याले योजनाहरु बिचमै तुहिने गरेका छन बीस बर्से किर्षी बिकास रणनीतिमा  प्रस्ट रुपमा लेखिएको ,, कुनै पनि योजनाहरुको सक्षम कार्यान्वयन हुन स्थिर राज्य व्यवस्था को खाचो पर्दछ ।नेपालको अस्थिर राजनीति नै कुनै पनि बिकासको सबै भन्दा ठूलो चुनौती बनेको छ। अलैंची खेती बिकास प्रबर्द्धन का हकमा पनि एहि सबै भन्दा ठूलो चुनौती हो। यो बाहेक सबै ठाउमा यातायात को सुबिधा नहुदा धेरै कुरा हरु अन्यौलमा परे जस्तै अलैंची खेती पनि अन्यौलमा परेको छ। समग्र रुपमा नेपालको मध्य पहाडी क्षेत्रहरूमा त्यहाको भौगोलिक बनोट ,माटो हावापानीको दृस्ठिकोणले गर्दा अलैची खेती गर्नु उपयुक्त देखिन्छ। माथी भनिए जस्तै उपयुक्त यातायात सुबिधा बजार सुबिधा भएको ठाउँ आर्थिक दृस्टीले अति उपयोगी हुन सक्दछ।
उपसङ्हार 
माथी दर्साईएका सबै कुराहरू ले नेपालमा अलैची खेतिको बढ्दो सम्भावना लाई दर्शाएका छन बढ्दो सम्भावना लाई अझै बढाएर आफ्नो जीवन पद्धति बदल्ने एउटा पाटोको रुपमा अलैंची खेती तपाईको सहयात्री बन्न सक्छ ! पुर्वका केही जिल्लामा गरिएको  खेतिले किर्षी बाट आउने कुल ग्राहस्त उत्पादनमा केही केही भुमिका पक्कै खेलेको छ। अझै भन्दा बर्सेनि अरबौ रुपैयाँ नेपालले अलैंची बाट भित्र्याईरहेको परिप्रेक्ष मा तपाईंको योगदानले त्यसलाई जरुर खरबौ बनाउन सक्छ! तपाईलाई खाडी जाने बिबस्था बाट मुक्ती दिलाउन सक्छ ! यसकारण तपाईको ग्यान सीप सिकेको प्रबिधि सहि रुपमा नेपालमै प्रयोग गर्ने एउटा सुनौलो बाटो अलैंची खेती बन्न सक्छ। यसरी जाँदै गर्दा आफ्नो परिवार जीवन सुखी बनाउने बाहनामा देश नै आत्मनिर्भर बन्न सक्ने बाटो मा हामी सबै युवा हरुले लाग्नु जरुरी !

यस लेख  मार्फत मैले अलैंची लाई जोडे यसमा सम्भावना हरु औल्याए! तपाई हामी हरुमाझ सम्भावना मात्रै छन। किनकि हामी सम्भावना हरुले भरिएको देश मा छौ। सम्भावना हरु मध्य एउटा सम्भावना को परिपुर्ति तपाईको हात बाट हुन सक्छ , त्यसलै असल मनले असल नेपाली युवा भएर सोच्न थालौ, आफै सुरु गर्ने तिर लागौ ,आजै गरौ अहिलै गरौ।




Sunday, May 22, 2016

जलवायु परिवर्तन:: कृषिमा चुनौती र प्रकोप न्युनिकरण




जलवायु परिवर्तन:: कृषिमा चुनौती र प्रकोप न्युनिकरण

गोरख धामी
बि.एस.सि कृषि अध्ययनरत  
लम्जुङ क्याम्पस, कृषि र पशु विज्ञान अध्ययन संस्थान 
विश्वको सबैभन्दा ठूलो समस्या तथा जल्दोबल्दो विषयको रुपमा सबैले जलवायु परिवर्तन लाई लिने गरेका छन । वास्तवमै विश्वको जल्दोबल्दो समस्याको रुपमा जलवायु परिवर्तनले आफ्नो जरा गाडिरेहेको छ।पृथ्वीको वायुमण्डलमा हरितगृह ग्यासहरु जम्मा भए संगै पृथ्वीको तापमान लगातार वृद्धि भैरहेको छ। संसार भरी यसलाई विश्वव्यापी उष्णता अर्थात् Global warming भनेर भन्ने गरिन्छ । विभिन्न ओजोन तह विनाशक ग्यासहरुको मात्रा वायुमण्डलमा बढे संगै सुर्यबाट आउने हानिकारक विकिरणहरु पृथ्वीमा प्रवेश गर्ने क्रम बढिरहेको छ। विभिन्न औद्योगिक क्रियाकलापहरुको वृद्धि संगै वायुमण्डलमा हानिकारक हरितगृह ग्यासहरुको मात्रा बढिरहेको छ। हानिकारक हरित गृह ग्यासहरु उत्सर्जनमा औद्योगिक राष्ट्रहरुको नै बढी भुमिका भए पनि यो सम्पुर्ण विश्वकै लागि चुनौतिको विषय बनिरहेको छ। यसको कारकका रुपमा विश्वका धनी देशहरु भए पनि यसको प्रभाव भने विश्वका सम्पुर्ण राष्ट्रहरुले भोग्नु पर्ने निश्चित छ । जलवायु परिवर्तन , हरितगृह प्रभाव लगाएतका हानिकारक प्राकृतिक विपत्तिहरुले कुनै सिमाना तथा भुगोल हेर्दैनन् , यसकारण पनि हामी यो मामला बाट भुलेर पनि पछि हट्न मिल्दैन | विश्वभरी कहिन कहि जलवायु परिवर्तनले बोट बिरुवा , जीवजन्तु, तथा पारिस्थिक पद्धति लाई नै असर पारिरहेको वैज्ञानिक तथ्यहरु हामी संगै छन्। प्राकृतिक पद्धति संगै जोडिएको कृषि क्षेत्र पनि यी कुराहरु बाट अछुतो रहन सक्दैन । यसकारण हामी सबैको सजगता बाट मात्रै यसको रोकावट सम्भव छ, हैन भने पृथ्वीको बिनास अब तेति टाढा पनि छैन । यिनै कुराहरुलाई मैले जाने बुझेको र पढेको आधारमा व्याख्या तथा विश्लेषण गर्ने कोसिस गरेको छु ।
जलवायु परिवर्तन के हो ?
सामान्यतया कुनै पनि स्थान विशेषको लामो समय सम्मको औसत मौसमी अवस्थालाई जलवायु भनिन्छ । वैज्ञानिकहरुका अनुसार सामान्यतया कुनै पनि स्थानको ३० बर्ष सम्मको औसत मौसमी अवस्थालाई जलवायु भन्ने गरिएको छ। कुनै पनि स्थानको केही समयको  बर्षा , तापक्रम ,आद्रता, हावाको वहाब , सुर्यको प्रकाश ईत्यादिको कारण  छोटो समयमा हुने वायुमण्डलीय फेरबदलको नाप (घण्टा, दिन, हप्ता, महिना, बर्ष) लाई मौसम भन्ने गरिन्छ । प्राकृतिक अथवा मानव सृजित कृयाकलाप हरुले एक दसक अथवा सो भन्दा बढि समयमा हुने कुनै स्थान विशेषको जलवायुमा हुने फेरबदललाई सामान्यतया जलवायू परिवर्तन भन्ने गरिन्छ। वैज्ञानिक हरुका अनुसार जलवायु परिवर्तन   कुनै पनि भुगोलमा सामाजिक, आर्थिक तथा वातावरणिय हिसाबले अर्थ राख्ने हुनु पर्दछ।
जलवायु परिवर्तनका कारणहरु:
जलवायु परिवर्तन प्राकृतिक र मानवीय  दुबै किसिमले हुने गर्दछ । प्राकृतिक रुपमा सुर्य र पृथ्वीको बिचको चुम्बकिय शक्तिका कारण जलवायु परिवर्तन हुने गर्दछ। वैज्ञानिकहरुका अनुसार, हजारौ वर्षको अन्तरालमा पृथ्वीको नक्षेत्रमार्गमा आउने परिवर्तनका कारण पृथ्वीमा आउने सुर्यको प्रकाशको मात्रामा परिवर्तन हुने गर्दछ। कहिलेकाही प्राकृतिक रुपमै जलवायु प्रणालीमा आउने उतार चढाबका कारण पनि भुमध्य रेखिय क्षेत्रका समुन्द्रहरुको तापक्रम बढ्ने गर्दछ। सरसर्ती बुझ्दा प्राकृतिक रुपमा हुने जलवायु परिवर्तनको प्रभावलाई हामीले चाहेर पनि केही गर्न सक्दैनौ, यो प्राकृतिक प्रक्रिया हो र चलिरहन्छ । मानवीय क्रियाकलापका कारण हरितगृह ग्यासको मात्रा पृथ्वीको वायुमण्डलमा थुप्रीने क्रम बढेसंगै जलवायु परिवर्तनको असर देखिन थालेको हो।

पृथ्वीको तापक्रम बढ्दो छ:

सामान्यतया हरितगृह भन्नाले वायुमण्डलको टोपोस्फिएर तहमा सुर्यको प्रकाश संचयण गर्ने अर्थात्  सोस्ने प्रक्रिया भन्ने बुझिन्छ  । यहि प्रक्रियालाई आधार मानेर आज कृषिमा पोलि हाउस र प्लास्टिक टनेल भित्र खेती गर्ने प्रविधिहरु भित्रीएका छन । जब सुर्यको प्रकाश पृथ्वीमा आईपुग्छ केही मात्रामा ताप सोसिन्छ। पृथ्वी बाट फिर्ता भएको ताप वायुमण्डलमा हरितगृह ग्यासहरुले सोस्दछन् र पृथ्वीको सतहतिर नै फर्काईदिन्छन, जसको कारण पृथ्वी को तापक्रम बढ्ने गर्दछ। यसरी हरितगृह ग्यास हरुको कारण विश्वव्यापि तापक्रम बढिरहेको छ । यसैलाई विश्वव्यापी उष्णता अर्थात् Global warming भन्ने गरिएको छ । यसरी विश्वको तापक्रम बढ्नुमा हरितगृह ग्यासहरुको वायुमण्डलमा  विसर्जन तथा उत्सर्जन  गरिनु हो  । हरितगृह ग्यास भन्नाले त्यस्ता ग्यासहरु जसले पृथ्वीबाट फिर्ता भएको सुर्यको ग्यासलाई सोस्दछन र पृथ्वीमै फिर्ता पठाउछन। सामान्यतया कार्वण्डाईअक्साईड, मिथेन, कार्वन हेक्जाक्लोराईड, क्लोरोफ्लोरो कार्वन ईत्यादी ग्यासहरुको मात्रा वायुमण्डलमा बढे संगै विश्वव्यापी उष्णता अर्थात् Global warming बढिरहेको छ। सामान्य तया विश्वव्यापी उष्णता भन्नाले पृथ्वीको सरदर तापक्रम मा हुने वृद्धि लाई जनाउदछ। विश्वव्यापी उष्णता र जलवायु परिवर्तन  झट्ट सुन्दा उस्ता उस्तै लागे पनि यी फरक विषयहरु हुन् । जलवायु परिवर्तनले तापक्रममा भएको वृद्धिलाई मात्रै बुझाउदैन यसले जलवायुको सम्पुर्ण स्थितिलाई ईङ्गित गर्दछ।
किन तापक्रम बढिरहेको छ ?
संसारभर औद्योगिकरण र विकास निर्माणका कामहरू बढेसंगै ग्रीन हाउस ग्यास उत्पादन तथा उत्सर्जनमा वृद्धि भइरहेको छ। जसका कारण हरित गृह प्रभाव बढिरहेको छ, विश्वको तापक्रम बढिरहेको छ। वैज्ञानिकहरुका अनुसार हरितगृह ग्यासहरु मध्ये कार्वडाईअक्साइड्को अत्याधिक वृद्धि   भैरहेको छ। विगत आठ लाख वर्षमा पृथ्वीको वायुमण्डलमा हाल सबैभन्दा बढी कार्वनडाईक्साईड रहेको छ। सन् १९९८ पछिका वर्षहरुमा पृथ्वीको तापक्रम लगातार बढीरहेको छ। ती मध्ये सन् २०१५ को तापक्रम अर्थात गर्मी सबैभन्दा बढी हो । यसको अर्थ के हुन जान्छ भने पृथ्वीको वायुमण्डलमा हरितगृह ग्यासहरुको मात्रा प्रखर रुपमा बढिरहेको छ। उद्योग, सवारी साधन, निर्माण , विध्युत् उत्पादन आदिमा प्रयोग भएको डिजेल ,पेट्रोल, मट्टीतेल , कोइला, जस्ता फोसिल ईन्धन दहन हुने क्रममा हरित गृह ग्यास उत्सर्जन भइरहेका हुन्छन । यी बाहेक डिजेल पेट्रोलको उत्खनन् , ओसार प्रसार र यस्ता पदार्थहरु पोखिएर /चुहिएर पनि हरितगृह ग्यासहरु उत्सर्जन हुन्छन् । कृषिका विभिन्न कृयाकलाप जस्तै पाल्तु जनावर, वनजङ्गल विनास, वन डढेलो वाट पनि हरित गृह ग्यासहरुको मात्रा दिन प्रतिदिन बढिरहेको छ। जलवायु परिवर्तन आज विश्वको मुख्य समस्या बनिरहेको छ । यसले वातावरणका विभिन्न आयामहरुमा विविध असरहरु देखाउदछ  । प्रयावरणका विभिन्न क्षेत्रहरु मध्य, तापक्रम, वर्षात, आद्रता, हावाको चाप, हावाको वहाब, बादलको कृयाकलाप ईत्यादिमा प्रत्यक्ष  प्रभाव पार्दछ । यो सबैको साझा समस्या भएकाले सबैले आ-आफ्नो स्थानबाट समाधानको बाटो तिर लाग्नु पर्ने देखिन्छ। यदि यो समस्याको समाधान सबै क्षेत्रबाट उचित किसिमले हुन नसक्ने हो भने यसले निकट भविस्यमै ठूलो सङ्कट निम्त्याउने निश्चितप्राय नै छ। यो समस्याको समाधान हुन सकेन र समयमै उचित कदम नचालिएमा  विभिन्न समस्याहरु आउन सक्ने निश्चित छ ।

वैज्ञानिकहरुका अनुसार सन् २०३० सम्ममा विश्वव्यापि पदूषणका कारण करिव एक करोड मानिसको मृत्यु हुने सम्भावना रहेको छ ।

प्राकृतिक सन्तुलनमा जलवायु परिवर्तनका असरहरु : 
पृथ्वीको तापक्रममा गुणात्मक रुपमा वृद्धि हुने र कतिपय जिवजन्तु र वनस्पतिको बासस्थान धुर्विय क्षेत्रका चिसो स्थानतिर सर्ने, कतिपय जीवजन्तु तथा बिरुवाका प्रजातिको लोप हुने, अहिले देखिनै खडेरी, तथा तिव्र वर्षातका समस्याहरु देखिईरहेको अवस्थापछि तिव्र वर्षाका कारण बाढी पहिरो, भूक्षय अनि खडेरीको समस्या हुने, ठुल्ठुला  आधिबेहरी बाट व्यापक रुपमा जनधन को क्षति हुने, लु  को सम्स्या आजाको भन्दा कयौ गुना बढ्ने , धुर्विय तथा हिमाली क्षेत्रका बरफ पग्लने, समुन्द्रको सतह बढ्ने , ताल तलैयामा पानीको मात्रा घट्ने, प्राकृतिक स्रोतहरुको पहुचमा बढी प्रतिस्पर्धा र झगडा हुने किर्याकलापहरु देखिने निस्चित छ। यी भबिष्यमा हुन सक्ने असरहरुको झलक मात्रै हुन् तथापि अहिलेकै अवस्थामा पनि जलवायु परिवर्तनले धेरै असर देखाई सकेको छ । टापु मुलुकहरु डुबानको चपेटामा छन् । धुर्विय आईस क्यापहरु पग्लने क्रममा छन्, नेपालकै कुरा गर्ने हो भने वर्षेनी अतिवृष्टि र अल्पवृष्टिका समस्याहरु देखिइरहेका छन्। यो वर्षमात्रै खडेरिका कारण नेपालको सुदुर पश्चिमको कृषि क्षेत्रमा अरौबौको क्षति भयो, वर्षामा बाढिले उत्पात मचाईदिन्छ हिउदमा पानी सुकेर पिउने पानी पाउन नि कुनै-कुनै ठाउमा गाह्रो भैरहेको छ। नेपालका ठुल्ठुला तालहरुमा बिस्तारै पानीको तह घट्दै गैरहेको छ र हिम शिखरहरुको हिउँ दिनानुदिन पग्लिरहेको छ अनि हिमनदिमा पानीको घनत्व बढीरहेको छ जसको कारण हिमताल हरु फुट्ने खतरा उस्तै छ। कृषि क्षेत्रमै हेर्नू पर्दा धेरै जसो बाली बिरुवाहरुको फुल्ने र पाक्ने समयमै आकाश पातालको फरक देखिरहेको छ । यसबाट किसानहरु मारमा परिरहेका छन। उनिहरु यो असमन्यता बाट गुजरीरहेका छन् ।

जलवायु मैत्री कृषि आजको आवश्यकता :

जलवायु परिवर्तनको प्रभावलाई कसरी घटाउने भन्ने कुरा गर्नु भन्दा पहिले जलवायु परिवर्तनमा कुनै पनि क्षेत्रको योगदान बारे पनि बुझ्नु पर्ने जरुरी हुन्छ। कुनै पनि असरहरुको प्रभाव लाई कम गर्ने ससक्त उपाय भनेको नै त्यसको कारण- हरुलाई बुझेर त्यसै अनुरुप कदम उठाउनु हो । त्यसकारण पनि मैले यी कुराहरु उठाउने प्रयास गरेको हु । मुख्यतया: कृषि क्षेत्रको योगदान बारे चर्चा गर्नु पर्दा, आधुनिक कृषि उत्पादन र वितरण सम्बन्धित क्रियाकलापहरु बाट धेरै मात्रामा हरितगृह ग्यास उत्पादन हुने गर्दछन् ।

कृषि क्षेत्रबाट मात्रै मानव सिर्जित कुल हरितगृह ग्यासको १४ प्रतिशत हरितगृह ग्यास उत्पादन हुने गर्दछ। यसका अलवा १८ प्रतिशत वन विनाशबाट उत्पादन भैरहेको छ भन्ने वैज्ञानिक आकलन रहेको छ। कृषि कृयाकलाप बाट मुख्य रुपमा मिथेन, नाईट्रस अक्साईड र कार्वनडाईअक्साईड उत्सर्जन हुने गर्दछ्न।

मानव कृयाकलाप बाट उत्सर्जन हुने नाईट्रस अक्साईड मध्ये करिब ६० प्रतिशत र मिथेन मध्ये करिब ५० प्रतिशत कृषि क्षेत्रबाट उत्सर्जन भैरहेको वैज्ञानिक अनुमान रहेको छ। जनावरहरुको मुलमुत्रबाट मुख्य रुपमा नाईट्र्स अक्साईड उत्पादन हुन्छ त्यस्तै रसायनिक तथा प्राङ्गारिक मल हालेको माछापोखरी या ताल-तलैया बाट पनि नाईट्रस अक्साईड उत्पादन भैरहेको तथ्य हामी माझ छ। कृषि क्षेत्रबाट उत्पादन हुने जम्मा कार्वनडाईअक्साईड मध्ये २.७ करोड टन अर्थात मानवीय कृयाकलाप बाट उत्सर्जन हुने कार्वन डाई अक्साईडको ९ प्रतिशत उत्सर्जन भैरहेको छ। वैज्ञानिक प्रमाणहरुका अनुसार पृथ्वीको माटोबाट सालिन्दा (yearly)  ६० अरब टन कार्वन डाईअक्साईड वायुमण्डलमा जान्छ । यो फोसिल ईन्धन जलेर जाने मात्रा भन्दा निकै बढी हो तर यो प्रक्रिया दोहोरो हुने भएकाले यसको प्रभाव ज्यादै न्यून हुने गर्दछ। यसरी बुझ्दै गर्दा कृषि क्षेत्रका विविध कृयाकलापहरुको भुमिका पनि जलवायु परिवर्तनमा ससक्त देखियो  । यसरि उत्पादन भैरहेका हरित गृह ग्यासहरुको उत्पादन मात्रै बन्द गर्ने हो भने एक चौथाई सम्म जलवायु परिवर्तनलाई रोक्न सकिदो रहेछ। यसरी कृषि र वन क्षेत्रबाट पृथ्वीमा भैरहेको हरित गृहको असर लाई २ तरिकाले कम गर्न सकिन्छ। कार्वन स्थिरिकरण (fixation) र हरित गृह ग्यासको उत्सर्जन घटाएर । कार्वन स्थिरिकरण भन्नाले कार्वन लाई लामो समय सम्म कुनै न कुनै विधि बाट वनस्पति या माटोमा सन्चय गर्ने भन्ने बुझिन्छ। अहिलेको अवस्थामा कार्वन स्थिरिकरण को लागि जैबिक रसायनिक र भौतिक तिनै तरिकाहरुबाट स्थिरिकरण बढाउन सकिन्छ।  सिमसार क्षेत्रको उचित व्यवस्थापन, वृक्षरोपण, कृषि कार्यमा उचित परिवर्तन ईत्यादी त्यस्तै भौतिक तरिका को कुरा गर्दा ल्यान्ड फिल, बायोचार, अनि जैबिक ईन्धनको रुपमा यसको प्रयोग लगाएतका कुरा हरुबाट स्थिरिकरण बढाउन सकिन्छ । त्यस्तै खनिज स्थिरिकरण, कृत्रिम रुखको प्रयोग, अनि कार्वन डाईअक्साईडको समुन्द्रमा भण्डारण जस्ता तरिकाहरु स्थिरिकरण बढाउने नया तरिकाहरु पनि रहेका छन । कार्वन स्थिरिकरण संग-संगै हरितगृह ग्यासको कम उत्पादन अथवा उत्पादनमा कटौती अर्को महत्वपुर्ण कुरा हुन जान्छ । जस्तै कृषि क्षेत्रबाट उत्पादन हुने नाईट्रस अक्साईड लाई हामी त्यसको प्रयोग गर्ने तरिकाहरुमा सुधार गरेर कम गर्न सक्छौ । सिचाई गर्ने तौर तरिकाहरुमा व्यापक बद्लाव ल्याएर, डिजेल पेट्रोल अनि ईन्धन बाट चल्ने मेसिनहरुको प्रयोग नगरेर, विभिन्न वालिहरुको कृषि पद्दतिलाई बदलेर , गोबर मलको उचित व्यवस्थापन गरेर, अनि जनावरहरुको पाचन क्रियाकलाप बाट उत्पादन हुने मिथेन को उत्पादन घटाउने खालका घाँस अनि दानाहरु खुवाउने जस्ता सामान्य कामहरुबाट हरितगृह ग्यासको उत्पादन कम गर्न सकिन्छ।
जलवायु प्रकोप न्यूनीकरणमा हाम्रो भूमिका के ? 
यसकारण सबैले सबै ठाउबाट यस्ता कुराहरु सम्बन्धि सचेतना जगाई आजै सजग बनेर भोलिको क्षति बाट जोगिने उपाय अवलम्बन गर्नु पर्दछ। प्राकृतिक रुपमा हुने जलवायु परिवर्तन लाई हामीले केही गर्न नसके पनि मानवीय क्रियाकलापहरुबाट हुने जलवायु परिवर्तन लाई भने हामी आफ्ना कृयाकलाप बाट नै रोक्न सक्दछौ। हाम्रो जस्तो मुलुकमा जलवायु परिवर्तन र यसका असरहरु बारेको जनचेतना नै सुरुवाती उपाय हुन सक्छ। विश्वभरी नै वैकल्पिक उर्जाका श्रोतहरुलाई प्रवर्द्धन गरेर प्रयोग गर्न गराउन प्रेरित गर्ने व्यापक रुपमा भइरहेको वनफडानी लाई रोकि वृक्षरोपण गर्ने, हरियाली वातावरणको निर्माण गर्ने, प्राकृतिक श्रोतहरुको विवेकपुर्ण तरिकाले संरक्षणात्मक प्रयोग गर्ने, सडक सवारीबाट उत्पन्न हुने धुलो धुवालाई रोक्न सडकको छेउछाउ अनि पेटिहरुमा हरित पेटिका निर्माण गर्ने, व्यक्तिगत सवारी भन्दा सार्वजनिक सवारी प्रयोग गर्न प्रोत्साहन गर्ने, फोहोरमैला को पुन:  प्रयोग र पुन: चक्रण गर्ने, साईकल लगाएत विध्युतिय सवारी साधान/मेसिनहरुको प्रयोग गर्न गराउन प्रेरित गर्ने गराउने उपायहरुबाट जलवायु परिवर्तन कम गर्न सकिन्छ। यि बाहेक  खेती गर्दा खेती पातिमा प्राङ्गारिक मलहरुको प्रयोगमा बढावा दिदै खेतीबाट उत्पन्न हुने फोहोरमैला लाई नजलाउने, वातावरण मैत्री खेती गर्ने अनि जनावर तथा पन्छिहरुबाट उत्पादित फ़ोहोरमैला को उचित व्यवस्थापन गर्ने, कुहिने फ़ोहोरमैलाहरुबाट कम्पोष्ट निर्माण गर्ने लगाएतका कृयाकलापहरु बाट स्थानिय स्तरमै जल्वायु परिवर्तन रोक्ने उपाय अवलम्वन गर्न सकिन्छ। गाउँ ठाउमा स्थानिय हरुको सहभागितामा क्लब गोस्ठी, सेमिनारहरुको आयोजना गरी जलवायु र विश्व व्यापी उष्णताको बारेमा आवश्यक ज्ञान प्रदान गरी हिजोको अवस्था आजको अवस्था अनि आजका कृयाकलापहरु बाट भोलि हुन सक्ने समस्याहरु माथि प्रकाश पारी उनिहरुमा जिम्मेवारीको बोध गराउन सक्नु आजको आवश्यकता हो माथिका सबै कृयाकलाफरुको एक मात्र उद्देश भनेको एक जना व्यक्तिले उत्पादन गर्ने हरितगृह ग्यास को मात्रामा कटौती गर्नु हो ।  विज्ञान को भाषामा कुनै एक व्यक्तिले सरदर उत्पादन गर्ने हरितगृह ग्यासको मात्रा लाई त्यस व्यक्तिको  कार्वन फुटप्रीन्ट भनिन्छ । हरेक सुधारात्मक उपाएहरुको एक मात्र लक्ष्य भनेको जलवायू परिवर्तन को अवस्थालाई घटाउनु नै हो र यो कार्वन फुटप्रीन्ट घटाउन सकेमा मात्रै सम्भव हुन्छ। नेपालीहरुको कार्वन फुटप्रिन्ट ज्यादै कम छ नेपाल बाट जति कार्वन उत्पादन भइरहेको छ त्यसको हरितगृह प्रभावमा खासै कुनै योगदान छैन। नेपाल आफुले उत्पादन गरेको कार्वन लाई स्थिरिकरण गर्न सफल छ। नेपालको वन जङ्गलले नेपालको कार्वन उत्पादन लाई ब्यालेन्स गरिरहेको छ । हरितगृह प्रभाव  र जलवायु परिवर्तन मा हाम्रो योगदान सुन्य भएता पनि असरको भागिदार भने बराबरी रुपमा हामी पनि हुन्छौ। हामीसंग भोलि आउन सक्ने विपत्तिलाई थेग्न सक्ने सामर्थ्यको अभाव छ यसकारण पनि विकसित विश्वलाई हामिले प्रश्न उठाउने बेला आएको छ। वातवरण सम्बन्धी विभिन्न सम्मेलनहरुबाट कैयौ कुराहरु उठ्दै गर्दा, र कयौ घोषण पत्रहरु पारित हुँदै गर्दा तिनी हरुको कार्यान्वयन माथि भने प्रश्न उठाउने बेला आएको छ। नत्र भने “बिराउने रामे चोट पाउने चामे” भन्या जस्तै ठुला राष्ट्रहरुको गल्तिको सजाए प्रकृतिले हामीलाई दिने निस्चित जस्तै छ। कृषि आधुनिक प्रविधी भित्र्याउने, रसायनिक मल तथा विभिन्न औद्योगिक रसायनहरुबाट वायुमण्डललाई धुवामय पार्ने रास्ट्र हरुमाथि प्रश्न उठाउने बेला आएको छ।
अब नेपालले मात्रै जलवायूकोको रोगलाई रोक्न सम्भव त छैन तर यो कार्यको थालनी भने अवश्य हामी गर्न सक्छौ । आजैबाट कहि न कहिबाट सुरुवात गरौ, हामिले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने?
THIS article is sole property of writer this is first published in yubakirshi,com in may16 saturday 2016
link is provided here 

 http://yubakrishi.com/2016/05/27/718