Skip to main content

Posts

कविता : त्रासद बर्षा र विकास

 बगेर जाउ या बहेर, सम्झाएरै जाउ या कहेर, तिम्रो आगमनले धर्ती रसिलो हुन्छ, तिमी भित्रै भिज या सतहमै रहेर! तिमी एक सत्य हौ, काकाकुलको लागि आधिपत्य हौ! खडेरीले तिमीलाई खोज्छ, हरित बन्न बृक्षले तिमीलाई नै रोज्छ! तिमी आउछौ, गड्याङगुडुङ गरि रौद्र रुपमा, आह्लादित बनाउछौ, गर्मी अनि धुपमा! उडिरहेको धुलो बस्छ, पातपातको फोहोर खस्छ, मलिनता भित्र पस्छ! शालिनता प्रवेश गर्छ! दुनियाको मैलो पखालिन्छ, धर्ती मातामा परेका चिरा जति, पालैपालो टालिन्छ! तिमी व्यन्जना हौ, तृष्णाको भनिन्छ उपहार हौ कृष्णको, तर कहिले काहीँ धर्तिलाई छक्याउछौ, आफ्नो धर्म सम्झेरै हो कि बिर्सेर, कि त मनुष्यको कायापलट देखि तर्सेर, धर्ती उछिट्याउछौ, अनि बाढी बनेर बगाउछौ! हुन त अविरल पर्नु, सुरु भए पछि सफा नगरी नरोकिनु, पृथ्वीका प्रत्येक तृष्णाहरुको तृखा मेट्नु, अनि रुखको लहरा पहरा देखि जरा भेट्नु तिम्रो पनि त चाहना हुन सक्छ! बेला मौका प्रेमिल बन्ने बाहना हुन सक्छ, नपाउदा, ती जडित लहरा र जरा सङ्ग झुम्मिन, छिरेको हुन सक्छौ, उजाड चिराहरुमा, पृथ्विको अरिकल धमनी र शिराहरुमा, प्रेमी नभेटिदाको पिडामा, विवश भैदिएको हुन सक्छौ, निरश भै दिएको...

कविता शिर्षक : पाठ

 बिष्लेषण गर्न छोड्नु पर्छ, स साना टुक्राहरुलाई, स साना मनहरुलाई, र अनुभव गर्नु पर्छ जोडिएको वातावरण अनि जनजिबनलाई! आफुलाई सुधार्न अझै बाकी छ, मैले हेर्नू छ,चुपचाप भएर, अनि लेख्नु छ, साना साना ठाउँ मा भएका दमनहरुलाई! 'म' भौतिक लडाई लड्न कति तत्पर बनु? र कति सङ्ग बेसरम भएर रिपु बनु, कतिलाई सकिएका, सकाईएका र सकिन लागेका ठानु, हो, सकाउन त 'म'लाई पनि सकाउछन खोज्लान, दुनिया सकाउने ले, अब निशब्द भै आफै जानूँ, आफैले आफैलाई शान्त ठानुँ! र अरुले कसैलाई बनाउन र सकाउन सक्दैनन भन्ने जानूँ! दैबले ठगेका निर्धनहरुलाई, आत्मा सकिएका बेघरहरुलाई, बालुवा बिनाका अनि छाल बिनाका बगरहरुलाई, तन्किनै नसकिएका अनि तन्काउदा टुटेका रबरहरुलाई! एकै मालामा उनेर पढ्न सक्नु छ, उनीहरुको मनमा गड्न सक्नु छ! साना साना कृयाकलापहरुमा, कहि बिछोड अनि आलापहरुमा, कतै का पुण्य अनि जानी नजानी भएका पापहरुमा, कसैले लगाई दिएका नजर, अनि लागेका श्रापहरुमा दबोचिएर दबिएको जीवन पढ्नु छ, हो, त्यसैमा गडेरै त अघि बढ्नु छ। 'म' त्यतिमै कहाँ सकिउला र? बिचबाटोमै कहाँ बहकिउला र? चहकिलो रापले जिन्दगीको चिसो हटाउनु छ, आफैले आ...

आखिर किन ?

म त उनमा पनि भेडा देख्छु आखिर किन ? जता ततै जगेडा देख्छु आखिर किन ? सताएर हो या सताइएर हो थाहै भएन चोखो प्रेममा पनि बखेडा देख्छु आखिर किन ? भन्नेहरुले भन्ने गर्छन मगज अनुसारको दृस्टी तर दुनियालाई नै हेडा देख्छु आखिर किन ? समाज रंगभेदी छ भन्छन धेरै धेरै ले तिनकै आखामा कचेरा देख्छु आखिर किन ? उचाई प्राप्त गर्नेहरुको अनि देश हल्लाउनेहरुको पनि चिहान माथि नै डेरा देख्छु आखिर किन ?

नेपालमा पालिएका बाख्राका जातहरु (बिशेस सामाग्री )

स्थानीय जातका बाख्राहरु नेपालमा मुख्यतया चार जातका स्थानीय बाख्राहरु पाल्ने गरेको पाईन्छ । यी चारै जातका बाख्राहरु भौगोलिक क्षेत्रका आधारमा बर्गिकरण गरिएको छ  । तराई क्षेत्रमा तराई बाख्रा, तल्लो तथा मध्य पहाडी क्षेत्रमा खरि, उच्च पहाडी क्षेत्रमा सिन्हाल तथा उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा जातका बाख्राहरु पाइन्छन् । यि स्थानिय जातका बाख्राहरु यस प्रकार छन् । क) तराई बाख्रा  नेपालको तराई क्षेत्रतिर पाइने जातको बाख्रालाई तराई बाख्रा भनिन्छ । यो शुद्ध जातको बाख्रा नभएर भारतीय जातको बाखा जमुनापारीको गुणहरु जस्तैः माथि उठेकोे नाक, झुण्डिएको लामो कान भएकोले यसलाई जमुनापारिको खच्चड पनि भनिन्छ, यद्यपी यसबारे अध्ययन अनुसन्धान हुनु जरुरी देखिन्छ ।   यो बाख्रा मझौला आकारको र विभिन्न रंगको भएता पनि प्रायः खैरो शरिरमा सेतो धर्सो रहेको हुन्छ । यो बाख्रा दूध तथा मासु दुवैको लागि उपयुक्त मानिन्छ । यसको शारिरीक तौल करिव १८ देखि ३५ किलोग्रामसम्म हुन्छ । सालाखाला १५ महिनाको उमेरमा पहिलो पटक व्याउने र खरी तथा तराई बाख्राको प्रजनन् क्षमतामा धेरै समानताहरु पाईन्छन् । गर्मी ठाउँ...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

परिचय :   कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधिक तथा उत्पादन सामग्रीको व्यवस्था, बाली/वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप मार्फत  कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पना परियोजनाले गरेको छ । यो परियोजना स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति  कार्यान्वयनको सहयोगी  परियोजना  हो।  नेपाल सरकार मन्त्रिपरिषद्बाट  स्वीकृत भई आ.व. २०७३/७४ देखि देशभर सञ्चालित छ । सोच  : कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दीगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने । लक्ष्य : समग्र कृषि मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्पmत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरणमा उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पु¥याउने । उद्देश्य : क) प्रमुख कृषि उपजह?को विशिष्टिक...

टुटा एब्सोलुटा र यसको नियन्त्रण - Tuta absulata infestation in Tomato and its control

गोलभेँडा एउटा नगदे बाली हो । गोलभेँडामा सिजन अनुसार बिभिन्न खाले रोग र किराहरूले दुख दिने गर्दछन् । हालै एउटा नया र अत्यन्त घातक कीरा Tuta absoluta, टुटा एब्सोलुटा, नामक कीरा नेपाल भित्रिएको र काठमान्डु क्षेत्र वरिपरि फैलिएको छ । यो कीराको उत्पत्ति दक्षिण अमेरिकामा भएको हो (आलु गोलभेँडा जस्ता बाली पनि उतै उत्पत्ति भएका हुन) । यो कीराले गोलभेँडा लगायत आलु, भण्टा जस्ता बालीलाइ आक्रमण गर्न सक्दछ । टुटा एब्सोलुटा लाइ आलु वा गोलभेँडा को पात खनुवा Leaf miner भनेर चिनिन्छ । टुटा एब्सोलुटा तथा आलुको दानामा लाग्ने कीरा, Phthorimaea operculella, र संचित अनाजमा लाग्ने पुतला किरा Sitotroga cerealella कीराको पुतलि समुह order Lepidoptera को एउटै परिवार Gelechidae का सदस्यहरू हुन । गोलभेँडा को पातमा अन्य कीराले पनि किरिमिरि परेको सुरूङ बनाउदछन् र तिनिहरूलाइ पनि पात खनुवा (Leaf miner) भनिन्छ । अन्य पात खनुवा कीरा र टुटा एब्सोलुटा को नोक्सानीको प्रकृति फरक हुन्छ । टुटा एब्सोलुटा पात खनुवा कीराले बालीको पातको भित्र पसेर पातको हरियो पदार्थ खाँदै गर्दा पातमा सेता धर्साको सट्टा सेता धब्बाहरू ...

केहि कविताहरु

१. को हौ तिमी ? मिति २०७०/१२/२५  घाउमा नुन छर्किएर भाग्ने तिमी को हौ? सुनका बाला देखाउदै माग्ने तिमी को हौ? हेर्दा खेरी धनैधनको खजाना छौ तिमी, सानो टालो सङ्गै इज्जत ढाक्ने तिमी को हौ? तिमी कोहौ ? गाउँ शहर गाउदै गाउदै हिड्छौ, तिमी कोहौ? ईच्छा रहर बाड्दै बाड्दै हिड्छौ  सहरलाई गाउँ भन्दै डाक्ने तिमी को हौ? स्वर्गको बस भन्दै उल्टो हाक्ने तिमी को हौ? तिमी को हौ? सुकेको घाउ कोट्याउछौ किन? आफ्नै जीवन जानाजान छोट्याउछौ किन? जिवनलाई दोसाँध सङ्ग दाज्ने तिमी को हौ? देशलाई पुरै जीवन साच्ने तिमी को हौ? को हौ तिमी जान्न मन छ, को हौ तिमी को हौ? परिचय छैन तिम्रो हौ तिमी जो हौ! देश भन्छौ । बन्छ भन्छौ, झुटो आस किन गर्छौ? सहिद हु भन्छौ भने, आखिर तिमी किन मर्छौ? तिमी मरे लास माथी सत्ता टेक्ने खुट्टा कति? सत्तामाथि कुर्सी समाई त्यहा बस्ने पुट्ठा कति, भन्छौ भने नेपाली हु! भर्याङ कति बन्छौ अब बेचिएको इज्जत ढाक्ने झ्याङ कति बन्छौ अब! दिन दिनै बलात्कार त तिम्रो पनि भै रहेछ! देशको इज्जत बजारमा बिकाउमा गै रहेछ! भन्छौ भने व्या...