मिति: २०७९ मङसिर १५ म अँध्यारो को अन्धकारमा, यो सुनसान रातमा, लाल्टिन जस्तै उज्याला तिम्रा साथहरुमा सिरानी राखेर थोरै मायाका सम्झनाहरु मनको लड्डु सङ्गै चाखेर, पनि त एक्लै निदाउने कोसिस गर्दैछु! यो खाडीको रापले, कुन जुनीको श्रापले, ललाटमा लेखेको भाग्यरेखा बोकेर यादहरुले तिम्रो, अनि बाध्यताले, यो निधार बजारेर अनि ठोकेर पनि त एक्लै निदाउने कोसिस गर्दैछु! मन त्यतै अड्किन्छ ती नानी अनि बाबुमा सम्झनाका तरेलीहरु सुसेलिदै आउछन, रहदैन मन यो काबुमा! पुगे साथीभाई, कोही शिखरमा म त अड्किरहेछु, लागिरहेछ कयौ बाध्यता अनि च्यापिएका रहरहरुको जन्जिरमा सम्झिने बस एक छिन श्वास रोकेर, अनि साहुको रिण अनि बन्दकी बोकेर, पनि त एक्लै निदाउने कोसिस गर्दैछु! तीन बर्ष अघिको भाईटिका सम्झेर, मन आउँछ, भकभकाउछ यो छाती, कहिलै पोखिन्छु अनि, दिदिबहिनी अनि राखी सम्झेर, एताको पीडा अनि घरको घाउ सम्झेर, किन थर्थराउछ यो छाती ? सपनीमा, देउराली भञ्ज्याङ अनि गाउँ सम्झेर, गार्हो हुदोरहेछ, टाढै बसेर कमाउन पनि, सकिदोरहेनछ एक्लै बसेर रमाउन पनि तै पनि आमा बा को आशा भरोसा अनि परिवारको सपनाको लागि, कहिलै नचु...
म नलेखिएको कहानी त हैन, न नबसेको चौतारी नै, न हु म सम्झनाको सहयात्री न कसैको दौतरी नै, तर टक्क अडिएर हजुरले, एक नजर मेरो मनको आखिझ्यालमा लगाउनु भयो भने, मैले सितलता प्राप्त गर्नेछु, सम्भवतः हजुरको अतृप्त भाव भर्न अझै लाखौ कोसिस गर्नेछु!! -गोरख बहादुर धामी