Monday, December 10, 2018

केहि कविताहरु


१. को हौ तिमी ?
मिति २०७०/१२/२५ 
घाउमा नुन छर्किएर भाग्ने तिमी को हौ?
सुनका बाला देखाउदै माग्ने तिमी को हौ?
हेर्दा खेरी धनैधनको खजाना छौ तिमी,
सानो टालो सङ्गै इज्जत ढाक्ने तिमी को हौ?

तिमी कोहौ ? गाउँ शहर गाउदै गाउदै हिड्छौ,
तिमी कोहौ? ईच्छा रहर बाड्दै बाड्दै हिड्छौ 
सहरलाई गाउँ भन्दै डाक्ने तिमी को हौ?
स्वर्गको बस भन्दै उल्टो हाक्ने तिमी को हौ?

तिमी को हौ? सुकेको घाउ कोट्याउछौ किन?
आफ्नै जीवन जानाजान छोट्याउछौ किन?
जिवनलाई दोसाँध सङ्ग दाज्ने तिमी को हौ?
देशलाई पुरै जीवन साच्ने तिमी को हौ?

को हौ तिमी जान्न मन छ, को हौ तिमी को हौ?
परिचय छैन तिम्रो हौ तिमी जो हौ!
देश भन्छौ । बन्छ भन्छौ, झुटो आस किन गर्छौ?
सहिद हु भन्छौ भने, आखिर तिमी किन मर्छौ?

तिमी मरे लास माथी सत्ता टेक्ने खुट्टा कति?
सत्तामाथि कुर्सी समाई त्यहा बस्ने पुट्ठा कति,
भन्छौ भने नेपाली हु! भर्याङ कति बन्छौ अब
बेचिएको इज्जत ढाक्ने झ्याङ कति बन्छौ अब!

दिन दिनै बलात्कार त तिम्रो पनि भै रहेछ!
देशको इज्जत बजारमा बिकाउमा गै रहेछ!
भन्छौ भने व्यापारी हु! देश बेच्नेलाई किन पोष्छौ?
शहिदका लास माथी तातो सुईरो कति घोच्छौ?

तिमि को हौ? अब था भो! भन्न पनि कति गार्हो!
आफैलाई प्रश्न त्यो सोध्न पनि कति गाह्रो !
नेपाली हु भनु भने! यै हो तेरो नेपाल भन्छन
जनता हु भनौ भने ! यिनै तेरा नेता भन्छन!

इज्जत छ भनौ भने उडाउनेले उडाईदिए!
सम्बन्धको डोरी छैन चुडाउनेले चुडाई दिए!
देश छ भनौ भने! देशले लाज ढाकिदेन,
म सङ्ग अब कुनै बाकी रको आस छेन!

सोध्छौ भने तिमी को हौ? भनेर मलाई!
यहि प्रश्न मैले सोधु म के भन्छौ तिम्लाई!
मेरो मतले परिचय सखाप भयो मेरो।
को हौ तिमी भन्यौं भने नाम छैन मेरो।।

२. उसको संदेश ...(असोज १४,२०७५)
घुम्दै फिर्दै आउनु पर्दा एउटा सुन्दर गाउँमा
एउटा चिठी लेखीराछु प्रीती तिम्रो नाउमा।
सारङ्गीको धुनसरी बग्ने जिन्दगानी
नेपाली भै जिएको म, हिमालको सिरानी!!

सारा सङ्सार एकै ठाउँमा अडिएको देख्छु,
तिम्रो नाउमा प्रीतिको फुल सम्झी चिठी लेख्छु,
याद आए हरपल तिम्रो नाउ सम्झी रोए,
डाडा पखा हरियाली गाउँ सम्झी रोए !

भञ्ज्याङ् अनि चौतारीमा बरपिपल्को छाया,
बोलाउछ नेपाल मलाई अमुल्य छ माया ।
चौरिको दुध सुकमेल छुर्पी सम्झना छ ताजा,
चाडपर्व दसैतिहार, गुन्द्रुक अनि खाजा!

ओछ्यान हाम्रो रङ्गीचङ्गी तन्ना ओछ्याएको
घर हाम्रो फुलैफुल्ले सदा सजाएको।
गौतम बुद्ध जन्मे देशको, माया फेरि लाग्यो,
सम्झनामा नेपालीपन अहिले पनि जाग्यो।

बिरताको पहिलो नाम, गोर्खाली हो सान,
सयौं थुङ्गा फुलका हामी हाम्रो रास्ट्रगान।
गौरव गर्छौ नेपाली भै बाच्न पाउँदा सम्म,
नेपाली ले नेपालको गित गाउन पाउँदा सम्म।

गयौं हामी हासिहासी देशको लागि भन्दै,
बाचेका थ्यौ खेतवारी कोदालीले खन्दै।
बिदेशमा जान रहर कसलाई छ होला र?
अकालैमा मर्ने रहर कसको थ्यो होला र?

देशले रगत मागेपछी पछि परिएन,
बिरता र गाथा माथी सम्झौता गरिएन।
तर देश झनै झनै फस्दै जादैराछ,
यो देशमा के हुदैछ? अचम्म भै राछ।

सोचेका थ्यौ परिवर्तन आउँछ रगत्ले,
शान्तिका गित परेवाले गाउछ रगत्ले।
तर आज गिद्दहरु आकाश भरिराछन,
उडाएका परेवाका हुलै मरिराछन।

हत्या हिङ्सा बलात्कारले सिमा नाघिसक्यो,
छिमेकीले छेउछाउ बाट सिमा नाघिसक्यो।
खेल्नेहरु खेली राछ्न रगतको होली,
बीस सरी फैलिराछ यिनको भासण बोली।

देश बनाउन राम्रा जति सति गएम हामी,
जिउदा जति बाकी रहे शोषक र हरामी।
निन्द्रा आउन्न सधै सधै ऐठन हुने गर्छ,
आत्माशान्ती कहाँ हुनु, सधै रुने गर्छ ।

अझै एउटा  हिटलर फेरि चाईयो देशमा
नभै एउटा अर्को युद्ध केही हुन्न यो देशमा।
भ्रस्टाचारी जति लाई जिउदै किरा परे,
सुन्दर शान्त नेपाल यो बन्थ्यो कि केई गरे।।

 -गोरख पृथकको डायरीबाट 

Wednesday, December 5, 2018

प्लाष्टिक घर निर्माण बिधि -Plastic tunnel construction Manual (Nepali)




प्लाष्टिक घरको निर्माण गर्न बढी लगानी गर्नु पर्ने भएकोले यसरी बनाइएको घरमा बढी भन्दा बढी तरकारीको वेर्ना रोपेर खेती गर्न सकिने घर वनाउनु पर्दछ । साथै घर भित्र राम्रो संग हिंडडुल गर्न सकिने प्रयाप्त ठाँउ पनि हुनु पर्दछ । प्लाष्टिक घर दुई पाखे छाना भएको आकारमा बनाउनु पर्दछ । यस्तो घरमा अन्य आकारको घरमा भन्दा बढी संख्यामा बेर्ना अट्न सक्दछन् र हिंडडुल गर्न पनि सजिलो हुन्छ । यसरी प्लाष्टिक घर बनाउँदा घरको छानाको भिरालो प्रयाप्त हुनु पर्छ । छानाको भिरालो कम भएमा बर्षातको पानी छानामा जम्न प्लाष्टिकमा पानीको पोको बत्र जान्छ र प्लाष्टिक च्यातिन गई पूरै घर बिग्रन सक्छ । प्लाष्टिक घरको उचाई क्षेत्र अनुसार फरक पर्न सक्दछ । बढी चिसो हुने ठाउँमा अलि होचो र गर्मी ठाउँमाबढी उचाईको घर बनाउनु पर्दछ । तर ध्यान के दिनु पर्दछ भने प्लाष्टिक घरको उचाई कम्तिमा आरामले उभिएर हिड्न सकिने खालको हुनु पर्दछ ।

ठाउँको छनोट:

ज्यादै भिरालो तथा वर्षातको भेल नपस्ने ठाउँ हुनु पर्दछ ।
धेरै हुरी बतास लाग्ने स्थानमा प्लाष्टिक घर बनाउन उपयूक्त हुदैन ।
खुला ठाउँ जहाँ दिन भरीनै घाम लगि रहन्छ त्यस्तो ठाउँमा प्लाष्टिक घर बनाउन उपयूक्त हुन्छ ।

प्लाष्टिक घरको क्षेत्रफल 

प्लाष्टिक घरको लम्वाई १२ मिटर, चौडाई ५ मिटर र धुरीको उचाई ३ मिटर र वलेसीको उचाई २ मिटरको हुनु पर्दछ ।

आवश्यक सामग्री :

प्लाष्टिक घर बनाउन निम्न सामग्री चाहिन्छ :

१) धुरी खाँवा ४ वटा (लामो खालको तारु बाँस २ वटा)
२) वलेसी खाँवा ८ वटा (लामो खालको तारु बाँस ३ वटा)
३) बलोको लगि तामा वा तारु बाँस लामो खालको ३ वटा ।
४) भाटाको लागि लामो खालको तामा बाँस १० वटा (६४ वटा भाटा निस्कन्छ ) ।
५) प्लाष्टिक ५०० गेजको १६–१८ के.जी ।.
६) मसीनो डोरी २ किलो ।
७) प्लाष्टिक गाँस्ने टेप २ रोल ।

अनुमानित खर्च 
;fdfu|L
;+Vof
b/ -?_
hDdf -?k}ofF_
afF;sf] ;+Vof
18 j6f
150
2700
dl;gf] 8f]/L
2 s]=hL
35
70
Knfli6s -%)) u]hsf]_
18 s]=hL=
145
2610
Knfli6s ufF:g] 6]k
2 /f]n
100
200
HofdL
9 hgf
200
1800
hDdf vr{
&#*)


प्लाष्टिक घर भित्रको तापक्रमः

प्लाष्टिक घर भित्रको तापक्रम वनावटको आधारमा वाहिरको भन्दा ५ देखि १५ डिग्री सेन्टीग्रेड सम्मको हाराहारीमा बढी हुन्छ । घर भित्रको लागि दिउँसोको तापक्रम ३० डिग्री भन्दा माथि र रातको तापक्रम १०–१५डिग्री भन्दा कम हुनु हुदैन ।

प्लाष्टिक घर भित्रको माटोको व्यवस्थापन :

कडा चिम्टाईलो माटो छ भने आवशयक मात्रामा वालुवा र राम्रो संग पाकेको गोवर मल, जंगल भित्रको माथिको माटो र प्राङ्गारिक पदार्थ सवै तिर वरावर हुने गरि मिसाउनु पद्र्रछ ।
धेरै वलौटे माटो छ भने पाकेको गोलर मल  र जंगल भित्रको माथिको माटो मिसाउनु पर्दछ ।

प्लाष्टिक घर भित्रको माटो उपचार :

प्लाष्टिकले ढाकेर माटोको उपचार गर्ने (सोलाराईजेशन)
जैविक विषादीबाट उपचार गर्ने ।

माटोको उपचार गर्मी शुरु हुने वेलामा गर्दा राम्रो हुन्छ ।

प्लाष्टिक घर भित्र तरकारी खेती गर्दा हुने फाईदाहरु :

वोट विरुवालाई प्रतिकूल वातावरणबाट जोगाउँछ ।
तरकारी उत्पादन खुला ठाउँ भन्दा ४–५ गुणासम्म बढी हुन्छ ।
qm=;+=
hft
Knfli6s 3/
v'Nnf 7fpF
ptkfbg
-6g÷/fkgL_
cfDbfgL -?_
ptkfbg
-6g÷/fkgL_
cfDbfgL -?_
!
v'nf ;]lrt
#=@
$*,)))
!=#
!(,%))
@
j0f{z+s/
^=!
(!,%))
@=*
$@,)))


वाली टिप्ने समयलाई अगाडी वा पछाडी मिलाउन सकिन्छ र वेमौसमी ताजा तरकारी उत्पादन गर्न सकिन्छ ।
रोग र कीराको प्रकोपबाट बालीलाई जोगाउन मद्घत गर्दछ साथै विषादीको प्रयोग कम हुन्छ ।
थोपा सिंचाई वा फोहरा सिंचाईको प्रयोगद्वारा पानीको सदुपयोग गर्न सकिन्छ ।
तरकारीको गुणस्तर खुला ठाउँको भन्दा बढी हुन्छ ।
तरकारी बालीको आयु खुला ठाउँको भन्दा निकै बढी हुन्छ ।
सानो क्षेत्रफलको प्रयोगबाट धेरै आम्दानी लिन सकिन्छ ।

म तिमी र उनिहरु! (माटो दिवश विशेष)


कविता....
तिमी छौ र त म अडिएको छु
भन्छ ढुङ्गा ले, जसको कुनै जीवन छैन,
तिमी छौ र त म अडिएको छु भन्छ पानीले
जसको आफ्नो जीवन छैन,
तिमी छौ र त म अडिएको छु भन्छ,
बोट बिरुवाले,
अझै भन्छ तिमी त मेरो नसा नसामा बग्छौ,
तिमी त मेरो सब थोक हौ,, मेरो प्राण हौ, मेरो जीवन हौ!
जसको जीवन मेरो आधारले चल्छ, उनिहरुको लागि पनि र जसको कारण म जिवित छु उनिहरुको लागी पनि तिमी समान छौ!
छुट्याउदैनौ, बालख युवा र बृद्ध,
छुट्याउदैनौ घरेलु अनि जङ्गली,।
बसाउछौ, माया गरेर आफ्नो छातिमा,
आखाले नदेख्ने देखि आखाले देख्नका लागि ठुला लाग्ने सबै चिजहरु!
जसरी एउटी आमाले भुणलाई हुर्काउदै बच्चा पैदा गर्छिन र ठूलो बनाउछिन!
हो त्यही आमालाई समेत आधार दिन सक्छौ तिमी,
हो त्यही आमालाई समेत जन्माउछौ तिमी।
तिम्रो छातिमा भगवानहरु बस्छन,
मन्दिर मस्जिद गुम्बा र चर्चका घरहरु भित्र,,
तिमी भगवानलाई पनि त आधार दिन सक्छौ
तिमी भगवानलाई पनि आफ्नो छातिमा हिडाउन सक्छौ ।
सन्सारका शक्तिशाली देश देखि, बिकास उन्मुख तेश्रो विश्व सबैलाई समान देख्न सक्ने आँखा छन तिम्रा,
कहिलै तिमीले भनेनौ,
बिकासको चरम उत्कर्शमा पुगेका मुलुकहरूलाई,
कि, तिमीहरुले मेरो गर्भमा रसायन फाल्यौ,
मेरो छातिमा बम बारुद पड्कायौ,
र मेरो छातिमा बीस ओकल्यौ!
तिमीले कैलै भनेनौ, उनिहरुले मेरो अनुहार, शरिर र सुडौल अङ्गअङ्गहरुमा लुछे, मेरो बलात्कार गरे!
कैलै भनेनौ, कि मलाई एसो चाहियो,
उसो चाहियो!
र भन्दैनौ पनि, किन?
किनकी यिनिहरु सबैको खाल्डो पनि तिम्रै छातिमा खनिने वाला छ।
सबै तिमी जस्तै बन्ने वाला छन,
उनिहरु तिमी भन्दा छिटो सड्नेवाला छन।
भन्छौ,
आफ्नो खाल्डो मेरो गर्भमा आफै खन्छन भने,
म के भनु?
मलाई बगाउछु भन्दै हिन्ने नदि त मेरै छातिमा समुन्द्र बनेर तैरिएको छ।
र भन्छौ,
उनिहरु के नै गर्न सक्छन र?
मलाई पुरै फोहर पार्लान,
मलाई चम्चाले चिनी घुलाए झै, पानीमा घुलाउलान,
या उनिहरुका अस्त्र शस्त्र र रसाएनहरुलाई प्रयोग गरेर,
गर्न सक्ने जति सबै गर्लान, दुशित पार्लान
तर मलाई केही गर्न सक्दैनन!
जसरी जाचमा जथाभावी लेखेर उनिहरु पास हुन सक्दैनन,
त्यसरी नै मलाई जथाभावी दुशित गरेर उनिहरु बाच्न सक्दैनन !
किन बुझ्दैनन उनिहरु कि, रोगी आमा बाट जन्मेका शन्तान कमजोर हुन्छन भनेर
किन बुझ्दैनन?
दुशित खाना खाएको उनिहरुको जिउ रोगको भकारी हुन सक्छ भनेर।
किन बुझ्दैनन , सन्तुलन कायम गर्न प्राकृतिक पारिस्थितिक पद्धति हुन पर्छ भनेर
किन बुझ्दैनन ? जैविक बिबिधताले नै प्राकृतिक सन्तुलन ल्याउन सक्छ भनेर,
उनिहरु बिग्रीदै जानुको कारण म बिग्रनु हो।
म ठोकुवा गरेर भन्छु, र मलाई थाहा पनि छ।
एदि सबै कुरा जोगाउन चाहन्छन र पृथ्वीलाई माटो बनेको हेर्न चाहन्नन भने,
म माटो लाई माटो रहन दिनुपर्छ
म माटोलाई माटै रहन दिनुपर्छ!!

Saturday, May 12, 2018

खुसिको लागी ....

                        -गोरख सिंह धामी


कहिलेकाही लेख्छु , ठीकठाक लेख्छु, कहिले दिक्दारी लेख्छु. कहिले रमाइलो लेख्छु l  लाग्छl  जीवन लेख्छु , भोगाइ  लेख्छु, दुखाइ लेख्छु l हेर्छु टेलिभिजन पढ्छु अखबार अनि लेख्छू परिवार समाज अनि रास्ट्र लेख्छुl  भिजेको सहर भिजेको खेतबारी, असिना पानी  र बर्सात देख्छु अनि त्यो संगै कहिलेकाही खडेरीले धुलो उडेको देख्छु, फुंग उडेका अनुहारहरु देख्छु र मौसम लेख्छु l

लेख्नलाई लेखक नै हुनपर्छ र पढ्नलाई पाठक नै बन्न पर्छ र ? कथा सबै संग हुन्छन , भोगाई सबैसंग हुन्छन l स्मरण गर्ने दिमाग र मनन गर्ने मुटु सहितको दृस्टी भए काफी l कथा लेखिन्छन पुस्टीन्छन अनि पढीन्छनl भोगाई उतार्यो, पढ्यो बस्यो र जिन्दगी कहिलेकाही लाग्छ,  भोगाइहरु पढ्छ, भोगाइहरु सिक्छ र अझै नया कुराहरु भोग्छ नया सिकाइ बन्छ l पहिलाको भोगाई र गराई बाट अपुग भएका केहि कुरालाइ नया भोगाइले बिस्थापित गर्दै लैजान्छl बिस्थापित पनि के भन्नु परिस्कृत गर्दै लैजान्छ l भनिन्छ सुधार हुनु नै सकारात्मक मार्ग तिरको दौड हो l सुध्रीनु नै जिउनु पनि हो l त्यो सिकाइ के सिकाइ जुन ब्यबहारमा उतार्न आवश्यक नै हुदैन , त्यो गराई के गराई जुन गराइले मन तरंगीत हुन्न ,दिमाग प्रज्वलित हुन्न र कोष कोषमा सकारात्मक उर्जाको संचार हुन्न l त्यसैले जिवनका त्यस्ता भोगाइहरु लेखिनुपर्छ जसले जीवनलाई सहि मार्गतिर निर्देशित गरोसl पाठकहरुको  मन तरंगीत गरोस अनि एउटा बाटो देखाओस समाजलाई l

सिक्ने र सिकाउने अभ्यास हामीले धर्तीमा पाइला टेके देखि नै गर्छौ l सिकाइका बिभिन्न चरण पार गर्दै जिन्दगीको गोरेटोमा आ-आफ्नै गतिले हिन्छौ l कहिलेकाही गति परिवर्तन गर्छौ त कहिले गतिहीन बनेर पनि पल्टिन्छौ l भनिन्छ स्वादको मजा त सबै स्वाद चाख्नुमा छ l त्यस्तै जिन्दगीको मजा खुलेर जिउनु मा छ l  सारा संसार चियाएर जिउनुमा छ l सुख र दुखलाइ समायोजन गरेर जिउनुमा छ l  ठिक्कको खुसि, ठिक्कको दुख , ठिक्कको हासो अनि ठिक्कको आसु प्राप्त गर्नु मै जीवन्त जीवन छ l भनिन्छ “मरिजाने चोला के होला होला ?”  आजै रमाउ आजै सुरुवात गरौ र अर्को अनि भनिन्छ, “कुनै पनि काम गर्दा तिमि भोलि यो संसारमै रहनेछैनौ भन्ने सोच राखेर गर l”  यी सबैको एउटा तात्पर्य के हो भने मनले मनन गरेको काम आजै अहिलै गर , भोली भन्ने चिज को के भरोसा ?

म लेख्थे र लेख्ने भनेरै यो ड़ाएरि सम्म किने तर डायरी किनेको आधाबर्ष सम्म केहि पनि लेखिन l सिधा भन्दा लेख्न छोडेको धेरै भैसकेछ l  आफ्नो भावना अन्तर कुन्तरका कुराहरु कथा ब्यथा र हासो खुसि अभिव्यक्त गर्न छोडेपछि जीवन जिउनुको मजा नहुदो रहेछ l  जति खेर अलिअलि गर्दै डाएरिका पाना दिनै पिछे भरिन्थे,  लाग्थ्यो जीवन जिउदै छु , जीवन सोच्दै छु , जीवनको गोरेटो हिड्दै छु  l कापीका पानामै सहि जीवनको वास्तविक परिभाषा ,आफ्ना मनका कुरा आफ्ना मनका भावनाहरु किसानले बिउ छरे जसरी छर्न पाउदा मन नै हलुका हुदोरहेछ l अर्थात मनको भारी बिसाउने एउटा थलो बन्दोरहेछ लेखाइ l सायद मन हलुका धेरै पछी पारिदै छ l समयको बहाब हो अथवा परिवर्तन  मन सार्है गरुङ्गो भैसकेछ l पानीमा भिजाएको कोइला जस्तै l सानो सानो कुरामा खुसि हुने समय परिवर्तन भएछ , यो बिचमा मुस्कानकै मुल्य पनि ब्यापक बढेछ सायद जीवनको उद्यश्य बदलेर हो कि ठम्याउनै सकिएन l मानसिक रुपमा बढी नै परिवर्तन भएको भान हुन्छ l  हुन त मानिस तब मात्र सफल भएको महसुस गर्दो रहेछ जब उसले सोचेका देखेका सपनाहरु सकारात्मक रुपमा सफलतामा परिवर्तन हुन्छन l  यो भन्दै गर्दा सपनाहरु सिमित देखिनुपर्छ भनेको तिर नजाओस ,तर  सपना देखिसकेपछि सार्थक पार्नतिर मन बचन र कर्मले लाग्नुलाई जिन्दगी जिएको भनिन्छ l  सहि अर्थमा बाचेको भनिन्छ l

अहिलेको दुनियामा मानिस आफ्नो सपना भुलेर भिजुअल भंन्नेकी भर्चुअल दुनिया तिर लम्केको  जस्तो लाग्छ , सबै जसो त्यस्तो हुदैनन् र मानिस सबैजसो बन्न पनि हुदैन l दुनियाको रित चलाउने सस्कार र संस्कृति सिक्दै आएका हामीमा  जिम्मेवारीका आरोह अबरोह थुप्रीए  पछी वास्तविक लडाई सुरु हुन्छ l  कहिलेकाहि सपनाहरु देखेर आफु भित्रै किन्चित गर्न विवस हुन्छौ हामी l यस अर्थमा भित्र भित्रै हामीमा एक मानसिक बिकारले जरा गाडेको थाहै पाउदैनौ l त्यसैले सपनाहरु लेखिनु पर्छ , सपनाहरु पढ़िनु पर्छ र सपनाहरु साकार पारिनुपर्छ l

अहिलेको जस्तो दुनियामा मानिसलाई डाईभर्ट गर्ने अनेकौ प्रबिधि, अनेकौ अनेक जानकारी र चाहीए भन्दा बढी अनावश्यक सुचनाहरु छन l त्यसैले पनि मानिस सरलरुपमै आफ्नो सफलता, आफ्नो दुर्बलता, आफ्ना सपना र आफ्ना भावानाहरुलाई कुण्ठित गर्दै , मन र मस्तिस्कमा जम्मा पार्दै जमात भएतिर लम्कदै गरेको भान हुन्छ l  दुनियाले देखेको सपनाहरुमा आफ्नो जिन्दगी बाच्दै गर्दा आफुलाई नै चिन्न कठिन हुने गर्दछ l त्यसैले पनि वास्तविक आफु चिन्ने जस्तो महान काम समयमै हुनु जरुरी भएको छ l  आफुलाइ चिनौ , आफ्नो मन मस्तिष्क लाई चिनौ , आफ्नो बहाबलाई चिनौ, आफ्नो गतिलाई चिनौ र भनौ म यो हो l मेरो वास्तविक परिचय यो हो , मेरो गति यो हो , मैले बढाउन सक्ने गतिको सिमा यो हो  l मेरा सपना सिमित छैनन् र अरु पनि भनौ म आफै भएर पहिला आफ्नो लागी जिउनु पर्छ l आफ्नो खुसीको लागी जिउनु पर्छ l

आफ्नो गतिभन्दा जोडले हिनेको सवारी साधन दुर्घटना हुन्छ l वजन भन्दा माथि लोड भयो भने पुल चुडिन्छ र आफ्नो उचाईभन्दा माथि उड्ने चरा गन्तव्यमा पुग्दैन l त्यहि भएरै ट्राफिक क्षेत्रमा भन्ने गरिन्छ “ढिलो गए मज्जैले पुगीन्छ , छिटो गए भन्न सकिन्न l” यसको वास्तविक सार तपाइँ ढिलो जानुहोस , गाडी ढिलो चलाउनुहोस भन्न खोजेको पक्कै होइन l यसले भनेको त के हो भने गाडी सहि र ठिक्क को गतिमा हाक्नुहोस , गाडीको स्पिड क्षेमता र सडकको स्थिति हेरेर चलाउनुहोस र यति गर्दै गर्दा आफ्नो हाक्ने क्षेमताको पनि राम्रो संग ख्याल गर्नुहोस l र यो पनि बुझम कि जीवनको दौडमा कहिले काही आफु संगै धेरैलाई त्यो सिखरमा पुर्याउनु पर्ने हुन्छ l हो यी सबै कुराको एउटामात्रै अर्थ के हो भने , ठिक समयमा ठिक काम ठिक तरिकाले गर्यो भने सफलता प्राप्त हुन्छ र अहिले सम्म सफल भएका मानिसको जीवन बाट सिकिने पाठ पनि यही हो l

एति धेरै कुराहरु लेखि सकेपछी मैले आफ्नै बारेमा लेख्न छुटाए भने मजा हुदैन l म खुले आम के भन्छु भने मैले पनि आफैलाई पूर्णतया चिनेको छैन र यसो पनि भन्ने गरिन्छ, “जुनदिन तैले आफैलाई चिनिस तैले संसार जितिस l”  हो त्यहि संसार जित्ने दिनको पर्खाइमा बसेको छु,  म पनि l  लेख्दा खुसि लाग्छ l खुसीको हात पार्न लेखेको हु l कुनै पनि उद्देश्यले प्रेरित लेखाइको रुपमा बुझ्नु भयो भने गलत ठम्याई हुनेछ l   

Monday, April 2, 2018

परिवर्तन

                                      
-          
गोरख सिंह धामी 

म हिजो बिहान मात्रै गाउ तिर डुल्दै डुल्दै जादा एउटा चिया पसलमा पुगेको थिए l त्यहा ३/४ जना गाउले दाजु भाइहरु चिया पिउदै गफ गरिरहेका थिए l म पनि त्यहि गफमा मिसिन पुगे l.
 “सार्है ठण्डा पो छ ला दा एक कप चिया पिलाउनु पर्यो हो l”
"हुन्छ भाइ l "

साहुजी ले भन्दै थिए ,  “खै यार पैला पैला त् यो समयमा गर्मी नै हुन्थ्यो l, ३/४ बर्ष एता असोजमै चिसो हुन थालेको छ l.”
 “हो भन्या मलाइ नि तेस्तै लागिराछ l. मौसम परिवर्तन भा को भन्छ  सबै तिर .” माइला दाइले थप्नु भयो l .
 हुका ख र र तान्दै साइला हजुरबुवाले भन्नु भयो l  यो पाली हाम्रो घर तिर नि मच्छर ले पाइला टेकेछन l.”  
“मच्छर ले टोकेर औलो हुन्छ भन्ने डरले उ बेलामा तराइको जग्गा समेत छोडियो अहिले पहाडमै लामाखुत्ते टोक्न थाले , बित्यासै भयो  .  सबै समयको खेल न हो.”
उहा  भन्दै जानु भयो हामी सुन्दै  गएम  ........

 “हुन त असारमा पाक्ने आरु जेठमै पाकेर लुथ्रुक्कै भएको पनि हाम्रै आखा अगाडी छ l २/३ फीट हिउ पर्ने हाम्रै गाउमा हिउ पर्न छोडेको छ lबरु हिउदभरि खडेरी पर्न सुरु भएको छ lपोहर साल त गहु जौ लगाएको खेतमा पुरै धुलो मात्रै बाकि थियो l अर्थात खडेरीको कारण देशको पश्चिमी भागमा लाखौको कृषि उपज नस्ट हुनका साथै भोकमरीको समस्या आइलागेको थियो l बाढी र पहिरोले अर्बौको धनमाल नस्ट भएको धेरै भएको छैन l, अर्को बर्षको मनसुन फेरी आउदै छ ,l हिसाब कति बढ्ने हो ? कतिको जनधन क्षेती हुने हो कुनै आकलन छैन l. प्राबिधिक रुपमा कुनै देशले बाधा हालेर डुबानको समस्या आएको होलाl त्यो प्राबिधिक समस्या अर्कातिर छोड्दै बिगत बर्तमान र भबिस्यको आकलन गरेर भन्ने हो भने पहिलाको तुलनामा धेरै नै परिवर्तन भएको हामीले पाउछौ l . चाहे कुनै हिमालको हिउ पग्लेर पानीमा डुबेको होस् अथवा पानीको सतह बढेर कुनै जमीन डुबेको होस् , कुरो परिवर्तन मै आएर गासिएको छ l . मुल कुरा त केहो भने आज भन्दा ४०/५० बर्ष पहिला पनि ति टापुहरु थिए l त्यहा पानीको सतह पनि थियो , न आइसल्यान्डको हिउ पग्लियो न त कुनै आइसल्यान्डलाई डुबाउन  समुन्द्रको सतह नै बढ्यो l . सबै जस्ताको तेस्तै रहेको पृथ्वीमा कहिले कुनै ठाउ जलमग्न त कहिले कुनै ठाउ खडेरी ले भुक्का भइरहेको हामी सुन्छौं, देख्छौ अनी अनुभब गर्छौं l.”

खुइय गर्दै बुढाले फेरी भन्न थाले.l “हुन त पहिलाको तुलनमा हजारौ नेपालीहरु दिनको दिन विदेश उडछन  l, कयौ लासहरु बाकसमा प्याक भएर नेपाल पनि आउछन.l मानिसहरु चुड्कीको भरमा ग्लोबको एक कुना देखि अर्को कुना सम्म बातचित गर्छन भिडियो कल गर्छन l  देशमै बसेर बिदेशी डिग्री लिन्छन अझ भन्दा घरमै बसी विश्व घुम्न पाएका छन् l. पहिला गाउघरतिरका खेतहरुमा जवानहरु पसिना बगाइरहेका देखिन्थे l अहिले जवानी विदेशको घाममा पोलेर आएको पैसाले स्वाद किन्छन l. पहिला स्वदेसको माटोमा बगाएको पसिनाको स्वाद अलग्गै मिठो हुन्छ भनिन्थ्यो, अचेल स्वदेशी पसिना सस्तो हुन्छ भनेर भनेको सुनिन्छ l.  हुन त सबै चिजको समय हुन्छ l.  समय बदलियो त्यहि भएर आरुबखडा फुल्ने समय बदलियो l  चिसो तातो हुने समय बदलियो , लामखुट्टेहरुले सगरमाथाको उचाई चुम्न थाले l: विश्वको भासमा ग्लोबलाइजेसन भनेर भनियो l.  यसरि नै मौसम, हावापानी तथा जलबायु परिवर्तन हुने मुख्य कारणलाइ ग्लोबल वार्मींग भनिदै छ l.  मानिसहरु आफुलाई टेक्निकल ठान्दै बुढा आमाबुवाहरुलाई बृदाश्रममा पुर्याइरहेका भेटिन्छन l. अनि साना नानीहरुलाई होस्टेल पठाईरहेको भेटिन्छन l, मानिसहरु जताततै फोहर गरिरहेको भेटिन्छन अनि अस्पताल बिरामीले खचाखच भेटिन्छन l. मेरो बसमा चल्दो हो त सबैलाई स्वस्थ बनाएर डाक्टर उत्पादन नै बन्द गर्दो हु l.  अस्पताल भन्ने व्यवसायलाई ठप्प पार्दो हु l. हाम्रो समयमा हामीले पढ्न पाएनौ , त्यही भएर हामी जागीरे भएनौ , हामीले आफ्नै पाखुरा बजार्यौ तर आमाबुवाहरुलाई घरमै पाल्यौ , स्याहार सुसार गर्यौ l. यो मामलामा नपढेरै धेरै राम्रो गरेको जस्तो लाग्छ l.”

“माथि भनिएका सबै कुराहरु परिवर्तन संग आपसी सम्बन्ध राख्दछन l.  मैनबत्तीले धागो हुन्जेल  उज्यालो छर्छ त्यहि मैन बत्ती ले दुनिया जलाएर अध्यारो पार्न पनि सक्दछ l. सुर्य हुन्जेल चन्द्रमाले पनि सितलता दीइरहन्छप्रकाश हुन्जेल सितलता /छाया भैरहन्छ l. माटो अडिन पुरै प्रकृति चाहिन्छ l  हामी बिचमा रहेको आपसी सम्बन्धका कारण हामी अन्तरसम्बन्धित छौ l पृथ्वीमा पानि छ र यहि पृथ्वीमा आगो पनि छ l जमिन पनि छ र हावा पनि छ l त्यहि हावालाई भण्डारण गर्ने जंगल पनि छ l यी सबकुराहरु आपसमा जबसम्म सुमधुर तथा सन्तुलीत सम्बन्धमा रहन्छन  तबको अवस्थामा मात्र   वातावरणीय सन्तुलन कायम हुन्छ l ग्लोब सन्तुलीत हुन्छ l अझ भन्दा ब्यालेंन्सड ग्लोबलाइजेसनको अनुभूत गर्न पाइन्छ l जीवन र जगतका धेरै उकाली ओरालिहरु अनि भन्ज्यांग र चौतारीहरुमा एक जमानामा पिपल र बरहरु सबै तिर झाँगीएका देखिन्थे l छिटपुट रुपमा पिपुल र बारहरुका कुरा हुन्थे धेरै जसो रोधी झ्याउरे र मादलका कुरा हुन्थे l अहिले भन्ज्यांग र डाडा काडाहरुमा पिपल र बरको सट्टा रेस्टुरेन्ट एण्डबार देखिन थालेका छन l सन्तुलीत हुने क्रममा रहेका  सुन्तला जातका फलहरु डिक्लाइनिंग भन्ने समस्याको चपेटामा परेका देखिन्छन l एउटा पिपलको रुखले अक्सिजन उत्पादन गर्दछ l अर्को प्रकारका पिपलहरु अक्सिजन बिना श्वासप्रश्वास गर्न सक्दैनन l अझ भन्दा कार्बनडाइअक्साइड उत्पादन गर्छन l जो भन्ज्यांग अनि चौतारीका पिपलहरुलाई खाना बनाउन काम लाग्छ l  यति हुदा सबै कुराहरु संतुलनमा नआए पनि रुख वाला पिपल र मानिसवाला पिपुल बीचको पुल अर्थात प्राकिर्तिक समबन्ध बडो मजाको छ भन्नेकुरा पक्का बुझ्न सकिन्छ l परिवर्तन हुदैगर्दा आज भोली एकथरी कुरा मजैले भन्न र गन्न सकिन्छ l आज भोली अक्सिजन दिने पिपल र अक्सिजन लिने पिपुल बीचको सम्बन्धमा दरार आएको चाही पक्कै हो l जसले प्रयोग गर्थ्यो त्यो बढ्यो l विज्ञानको भासामा उपभोक्ता र उत्पादकको अवस्था सन्तुलीत रहेन l उत्पादकले सोहिमात्रामा उत्पादन  गर्नसक्ने क्षेमता पनि क्रमश :  गुमाउदा उपभोग गर्ने मुखहरुमा गुणात्मक वृद्धिले  माग र पूर्तिको अवस्थामा ब्यापक असमंजस्य  हुन थाल्यो l प्राकृतिक सम्बन्धहरु आफैमा सन्तुलीत हुदैगर्दा चाहीए भन्दा बढी कृत्रिमताको खोजीमा हामी मानिसहरुको दौडले हामी गुणात्मक रुपमा संख्यामा जसरि बढिरहेका छौ l त्यसैगरी हाम्रो प्राकृतिक र कृत्रिम जीवनमा त्यसै प्रकारको स्वासप्रस्वास पाएका छैनौ l  यहि अवस्थाबाट गुज्रीने हो भने निकट भबिस्यमा मानिसको औसत आयुमा समेत ब्यापक गिरावट आउने वाला छ l जसरी माग घटेको वस्तुको बजारमा मूल्यमा गिरावट आउछ l र बजार बाट बाहिरिन्छ l”

उहाले फेरी भन्नु भयो . “अबको समस्या भनेको जल , जमीन , जंगल ,हावा र अग्नीको सन्तुलनको मात्रै हैन l , मानिसहरुको सोचको सन्तुलनको पनि हो l. संतुलीत सोच र बिचारले मात्रै मानिसलाई अरु जनावर भन्दा भिन्न बनाएको छ.l यदि अति आवश्यक संतुलन नै बिग्रन थाल्यो भने पंचतत्वहरु बिचको सन्तुलन खलबलिने कुरामा संका गर्ने ठाउ छैन l  यो कुरा साचो के पनि हो भने धेरै जसो हामीहरु प्रचार प्रसारका लागी काम गर्छौ भै दिन्छ के भन्दा हामीले प्रचार गरेको चिज भन्दा हाम्रो प्रचार गर्न हामी आफै बढी उद्दत हुन्छौ l यो भनेको के हो भनेर खोतल्ने  हो भने सबै भन्दा असन्तुलन त हाम्रो  सोचमा देखिन्छ l  हाम्रो  दिमागमा देखिन्छ l आफु सफल हुने महत्वाकांक्षाले हाम्रा चेतनाहरु सहर बजारका  तारेहोटलका बैठक तथा सभा सम्मेलनमा मात्रै केन्द्रीत भैरहेका छन् l आफु मात्रै सफल बन्ने  हामी कस्तो ज्ञानको अभ्यासमा छौ  ?  यी कुराहरु सुन्दा जति सरल लाग्छन अनुभूति गरेर गम्दा सार्है नै गम्भीर लाग्ने गर्दछन l. वातावरणीय  सन्तुलनको आवश्यकता औल्याउनु भन्दा पहिला हाम्रो सोचाइको सन्तुलन हुनुपर्ने हो जस्तो लाग्छ l   सहि अर्थमा मैले गरेको कामको  अर्थ  अरुको  भलाइ ज्यादा अथवा आफ्नो बराबर अथवा नितान्त आफ्नो भलाइ l . यी तिना वटा कुराहरु मनन गरेर परिवर्तनको लडाई तथा सन्तुलनको आवश्यकताबिचको सहि दुरी र आवश्यकता पहिचान हुनुपर्छ l. हाम्रा कर्तव्यहरुको पुरा हिसाब किताब हामीले जम्मा पारेर मात्रै अधिकारका कुराहरु खोजि गर्न सक्ने बाताबरण बन्नु सकारात्मक परिवर्तन प्रतिको आशा हो भने प्राकृतिक परिवर्तनलाई आत्मसात गर्नु आजको बाध्यता र कर्तव्य दुवै हो प्रकृति ज्ञानी हुनसक्छ तर बुद्धिमान् प्राणी भनेको हामी मानिस नै हो l. त्यसैले आफ्नो सोचमा सन्तुलीत परिवर्तन ल्याउनु पनि हाम्रै कर्तब्य हो l ”

यी कुराहरु धारा प्रवाह रुपमा बोलीरहदा बुढाले भनेका कुराहरुमा सबैले हो मा हो मिलाए l. धेरैले आफ्ना विदेश गएका छोरा नातिलाई सम्झीए l. गाउको चौतारीमा भएको बुढो पिपललाई सम्झीए l . सम्झीय नांगा डाडाकाडाहरु अनि पोहर साल परेको खडेरी सम्झीए l. आखै अगाडी भोकमरीले सताएका पेटहरु सम्झीए l   हजुरबुवाका यी सरल हुन सके अत्यन्तै गहन बिचारहरुको प्रभाब म मा पर्यो या परेन केहि ठम्याउन नसके पनि कहिँ न कहिँ मन र मस्तिस्क छोएर नै डायरीमा उतार्न सकेको छु l . 

Tuesday, February 20, 2018

Agriculturist Gorakh : किर्षिमा युवा सहभागीताको सम्भावित पाटो :अलैंची खेती

Agriculturist Gorakh : किर्षिमा युवा सहभागीताको सम्भावित पाटो :अलैंची खेती

जनताको गुन्द्रीमा कांग्रेस

-गोरख सिंह धामी
Image result for nepali congress graphics

                                                               
     
                                               
स्थानीय चुनाव , अनि भर्खरै मात्रै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभाको चुनाबमा नेपाली कांग्रेसले अनपेक्षित हार बेहोरेको कुरा नेपाली जनमानसमा नौलो छैन ।  आफुलाई लोकतन्त्रको हिमाएती ठान्ने र दसकौको गर्विलो ईतिहास भएको पार्टी चुनाबमा यसरी पाखा लाग्ला भनेर कांग्रेसजनमा सोचिएको कुरा थिएन । नेपाली जनमतले  यो नतिजा दिलाए पनि धेरै जसो मतदाताहरु यो हारले अचम्मित  भएका छन् । दरो संगठन लाखौको संख्यामा क्रियासिल सदस्य तथा केन्द्रदेखि गाउसम्म पकड भएको पार्टी २३ सिटमा खुम्चिनु झट्ट हेर्दा अप्रत्यासित लागेपनि यो नतिजा कांग्रेसको धेरै कमजोरीहरुको एकमुस्ट जवाफ हो भनेर भने प्रस्ट रुपमै भन्न सकिन्छ । यो हारका पछाडी कांग्रेसीहरुले सधै भन्दै आइरहेको आन्तरिक अन्तर्घात त छदै नै थियो । चुनाब अघि अप्रत्यासित रुपमा बनेको बामगठबन्धनको पनि धेरै नै ठुलो भूमीका रह्यो । विभिन्न समयमा कांग्रेसले तथा कांग्रेस सरकारले लिएका बिबादास्पद निर्णयहरु तथा नाकाबन्दी पछीको कांग्रेसको अस्पस्ट भूमिकाले उसको रास्ट्रवाद  माथि उठेको प्रश्न तथा दक्षिणपन्थी भनेर लाग्दै गरेको आरोपले धेरै ठुलो भूमीका खेल्यो ।

 सफल रुपमा संक्रमणकालको अन्त्य गराई तिन ठुला निर्वाचन सम्पन्न समेत गराएर सफल प्रधानमन्त्रीको छबी बनाउन सफल  शेर बहादुर देउवा कार्यकालको बिबिध चरणमा मिडिया बाजीको एकोहोरो सिकार भए जसका कारण उनि जनताको नजरमा बिस्तारै अलोकप्रिय बन्दै गए / साझा सवालको केस  होस् अथवा अन्य कुनै टेलिभिजन अन्तर्वार्ता , उनको प्रस्तुत हुने शैली धेरैलाई अप्रिय लाग्यो / जसको ठुलै आलोचना हुदा पनि कांग्रेस मुकदर्सक बनेर बसिरह्यो । यसरी बसिरहनुमा पार्टीको आन्तरिक खटपट प्रचुर मात्रामा जिम्मेवार रह्यो । सामुहिक नेतृत्वमा पार्टी चल्न नसक्दा पौडेल पक्ष र देउवा पक्ष लगाएत तेश्रो पक्षको मनोमानीले पार्टी कम्जोर बन्दै गयो । यी सबै कम्जोरीको फाइदा राजनीतिक रुपमा धुर्त खेलाडी केपी ओली ले लिए , नाकाबन्दीको बेला देखि लिएर अहिले  सम्मको एमालेको अवस्थाको लागी केपी वलीले लिएको एस डी मुनिको भासामा नया रास्ट्रवाद  र  कांग्रेसको भासामा भन्नु पर्दा खोक्रो रास्ट्रवादले भोट बैंकको काम गर्यो। यो बाहेक दुइ पार्टी मिलेको फाइदा त उनिहरुलाइ छदै नै थियो ।

यी सबै कुराहरुलाई जसरी विश्लेसन शश्लेसण जे गरे पनि अल्टिमेट नतिजा हामी माझ आइसकेको छ ।  कुनै पनि प्रकारका बहस र छलफल तथा एक्सनले यो नतिजालाई सुधार्न त सकिदैन तर भबिस्य उज्वल चाहि अवस्य बनाउन सकिन्छ । 

नेपाली कांग्रेसले चुनाबमा अनपेक्षित हार बेहोरीसकेको कुरा सबैलाई घामजस्तै छर्लंग छ । तथापी नेपाली कांग्रेस भित्र अझै यस्ता प्रविर्ती हरु छन जो नेपाली कांग्रेसले अनपेक्षित  हार बेहोर्दा निश्चित व्यक्ति  लाइ दोष दिएर बसेका छन् । पार्टीको एस्तो अवस्थालाई सुधार गर्न सामुहिक रुपमा मिलेर जानुपर्नेमा समुहगत रुपमा भेलाहरु भए । यी भेलाहरुले कांग्रेसलाई बलियो बनाउला कि झन् गुटगत रुपमा कम्जोर बनाउला ? यो प्रश्न सबैले मनन गर्ने बेला आएको  छ ।

समय दसकौ अघिको जस्तो छैन । परिवर्तनशिल छ।  होत्यहि परिवर्तनलाई आत्मसाथ नगरि मेरो गोरुको बार्है टक्का भन्या जस्तै गरेर  अब चल्दैन भनेर सबैले बुझ्नुपर्छ। पार्टी संचालनमा जति केन्द्रीय नेतृत्वको भूमीका हुन्छ त्यति नै सशक्त भूमीका जिल्ला नेतृत्वको हुन्छ ।यदि हामी केन्द्रमा युवा नेतृत्व  चाहन्छु भने जिल्ल्लाको नेतृत्व  लगाएत  सम्पूर्ण पार्टी संरचना  युवामैत्री हुनै   पर्छ।  क्रियाशील सदस्यता दिदा भएको अनियमिततालाइ सुधार गरी , अहिले सम्म दिइएका क्रियाशिल सदस्यहरुको खोज खबर गरी बर्तमान अवस्था अनुरुप नबिकरण र नया वितरण गर्न पर्छ।  आफ्नो खेमाको भएको आधारमै जस्तो सुकै गल्ति गरेपनि ढाकछोप गर्ने र अर्को खेमाको भन्दै उसले गरेको राम्रो कामको समेत प्रसंसा गर्न नसक्ने परिपाटी कांग्रस भित्रको महारोग हो । यस्ता रोगहरु लाइ निमिट्यान् पार्दै ,सबैले सबैलाई स्वीकार गर्न सक्ने वाताबरण निर्माण गर्नु जरुरी छ। अर्काको अधिकारको लागी लड्ने  भनेर चिनिएको पार्टीले आफ्नो पार्टीभित्र लोकतन्त्र कायम गर्न नसक्नु  जस्तो लाजमर्दो केहि हुन सक्दैन । 


भनिन्छ असफलता नै सफलताको पहिलो कडी हो।  चुनाब एउटा परिक्षा हो । यो चुनाब पनि एउटा परिक्षा नै थियो । फरक एति मात्रै हो गएका परिक्षाहरु ले छोटो समयाको लागी मात्रै नतिजा निकाल्थे। थोरै समय पछी अर्को परिक्षा आउने गर्दथ्यो । परिक्षामा जितिसके पछी को म्यान्डेटहरु पनि फरक फरक हुन्थे : यो परिक्षा अहिले सम्म भोगेका परिक्षाहरु भन्दा फरक छ  र यसको नतिजा पनि ।  यो परिक्षामा फेरी बाजी मार्न पाच बर्ष कुर्नु पर्ने छ । अहिले जितेर सरकार बनाउन सक्षम हुने दलहरुले फरक किसिमको म्यान्डेट पाएका छन्  अर्थात ५ बर्ष सम्म सरकार उनीहरुले चलाउने छन । यो बेला नै आफ्नो संगठन बनाउने बढाउने बिस्तार गर्ने सबै भन्दा  उर्बर समय हुने छ । सिंह दरबारका कुर्सि छाडेर जनताको गुन्द्रीमा बस्न पाउने मौका हुनेछ ।  जनताका कुरा सुन्दै उनीहरुका आवस्यकता पहिचान गर्दै जनताको कांग्रेस बन्ने मौका यहि बेला हुनेछ  । त्यही भएर जनताको पक्षमा सरकारलाई सदैब काम गर्न दबाब दिन सक्ने जिम्मेवार प्रतिपक्ष बनेर बस्नुको कांग्रेस संग् विकल्प पनि छैन । पार्टी सहि अर्थमा बलियो बनाउने हो भने सरकार र कुर्सिको मुख छाडेर जनताको गुन्द्रीमा बस्न सक्ने तागत कांग्रेसले  अब बिकसित गर्नु पर्छ । भएका कमजोरीहरुलाई बुझ्दै ति कमजोरीहरुलाई   सुधार गर्दै अगाडी बढ्नुको बिकल्प छैन    गुटगत राजनीतिले कमजोर पारेको छ भन्ने कुरा सेवदे पक्ष भनिनेहरुलाई पनि राम्रै संग थाहा छ । अनि पौडेल पक्ष भनिनेहरुलाई पनि  खुलस्तै छ । सुधारको कुरा आउदा पनि दुवै पक्ष भनिनेहरुले आफैले सुरुवात गरे  कांग्रेसले पुनर्जागरण पाउछ । यो पक्ष त्यो पक्ष भन्न छोडेर कांग्रेस पक्ष भनेर बुझिने बाताबारण भयो भने सम्पूर्ण नेपाली कांग्रेसी कार्यकर्ताहरु एकपटक फेरी माउ पार्टी प्रतिको मोह छातीमा बोकेर प्रजातान्त्रीक समाजवादको नारालाइ सिखरमा पुर्याउन तयार हुनेछन र यसले सुरुवात गर्ने छ  नेपाली कांग्रेसको नया अध्यायको ।

 एउटा कुरा सदैब के साचो हो भने, औकात अनुसारको जस सबैले पाउदछन । पार्टी भित्र धेर थोर भूमीका पद अनुसार सबैको हुन्छ  । सभापति तथा बरिस्ठ नेतृत्वको तुलानात्मक रुपमा अलि बढी भूमीका हुन्छ । यदि पार्टी सफल भएर पहिलो बनेको हुन्थ्यो भने पनि सबै भन्दा बढी  जस पाउने व्यक्तिहरु तिनै हुन्थे जसले अहिले सबै भन्दा बढी गाली खाइरहेका छन्।  त्यसैले जिल्ला स्तरमा सम्पूर्ण सभापति लगाएत कार्यसमीतिहरुले सोचून र मनन गरुन अब गति बढाउने बेला भयो भनेर। जिल्ला  सभापतिहरुले बुझुन मेरो जिल्लामा कांग्रेस पछी पर्नुको कारण के ? कुनै जिलामा जितेको छ भने कुन कुन कारणहरु त्यो जितको पछाडी छन। यी कुराहरुलाई बुझ्दै ,मनन गरे ब्यबहारमा उतार्नुको विकल्प छैन । केन्द्रीय नेतृत्वले पनि गम्भीर भएर यस्ता कुरालाई पार्टी तथा  संगठनका कुराहरुमा पनि समुहगत छलफल बाटै सबै कुराको निर्क्यौल गरेमा कांग्रेस फेरी एकपटक नया बन्नेछ र सदैका लागि नया काँग्रेस बन्नेछ । मौकामा हिरा फोर्नु पर्छ भनेझै यो मौका बाट  कांग्रेस चुक्न हुन्न ।

Thursday, January 11, 2018

जलवायु परिवर्तन:: कृषिमा चुनौती र प्रकोप न्युनिकरण

पृष्ठभूमी 



विश्वको सबैभन्दा ठूलो समस्या तथा जल्दोबल्दो बिषय को रुपमा सबैले जलवायु परिवर्तन लाई लिने गरेका छन । वास्तवमै विश्व को जल्दोबल्दो समस्याको रुपमा जलवायु परिवर्तन ले आफ्नो जरा गाडिरेहेको छ।पृथ्वीको वायुमण्डल मा हरित गृह ग्यासहरु जम्मा भए सङ्गै पृथ्वीको तापमान लगातार वृद्धि भैरहेको छ। संसार भरी यसलाई विश्वव्यापी उष्णता अर्थात Global warming भनेर भन्ने गरिन्छ । विभिन्न ओजोन तह विनाशक ग्यासहरुको मात्रा बायुमण्डलमा बढे सङ्गै सुर्यबाट आउने हानिकारक विकिरणहरु पृथ्वीमा प्रवेश गर्ने क्रम बढिरहेको छ। विभिन्न औद्योगिक क्रियाकलाप हरुको वृद्धि सङ्गै बायुमण्डलमा हानिकारक हरितगृह ग्यासहरुको मात्रा बढिरहेको छ। हानिकारक हरित गृह ग्यासहरु उत्सर्जनमा औद्योगिक रास्ट्रहरुको नै बढी भुमिका भए पनि यो सम्पुर्ण विश्वकै लागि चुनौतिको बिषय बनिरहेको छ। यसको कारक का रुपमा विश्वका धनी देशहरु भए पनि यसको प्रभाव भने विश्वका सम्पुर्ण रास्ट्रहरुले भोग्नु पर्ने निश्चित छ ! जलवायु परिवर्तन , हरितगृह प्रभाव लगाएतका हानिकारक प्राकृतिक विपत्ति हरुले कुनै सिमाना तथा भुगोल हेर्दैनन , यसकारण पनि हामी यो मामला बाट भुलेर पनि पछि हट्न मिल्दैन ! विश्वभरी कहिनकहि जलबायु परिवर्तन ले बोट बिरुवा , जीवजन्तु, तथा पारिस्थिक पद्धति लाई नै असर पारिरहेको बैज्ञानिक तथ्यहरु हामी सङ्गै छन । प्राकृतिक पद्धति सङ्गै जोडिएको किर्षी क्षेत्र पनि यी कुराहरु बाट अछुतो रहन सक्दैन । यसकारण हामी सबैको सजगता बाट मात्रै यसको रोकावट सम्भव छ, हैन भने पृथ्वीको बिनास अब तेति टाढा पनि छैन । यिनै कुराहरुलाई मैले जाने बुझेको र पढेको आधारमा व्याख्या तथा विश्लेषण गर्ने कोसिस गरेको छुl

सामान्यतया कुनै पनि स्थान बिशेषको लामो समय सम्मको औसत मौसमी अवस्थालाई जलवायु भनिन्छ । बैज्ञानिक हरुका अनुसार सामान्यतया कुनै पनि स्थानको ३० बर्ष सम्मको औसत मौसमी अवस्थालाई जलवायु भन्ने गरिएको छ। कुनै पनि स्थानको केही समयको  बर्षा , तापक्रम ,आद्रता, हावाको बहाब , सुर्यको प्रकाश ईत्यादिको कारण  छोटो समयमा हुने वायुमन्डलिय फेरबदल को नाप (घण्टा, दिन, हप्ता, महिना, बर्ष) लाई मौसम भन्ने गरिन्छ । प्राकृतिक अथवा मानव सृजित कृयाकलाप हरुले एक दसक अथवा सो भन्दा बढि समयमा हुने कुनै स्थान बिशेषको जलवायुमा हुने फेरबदललाई सामान्यतया जलवायू परिवर्तन भन्ने गरिन्छ।बैज्ञानिक हरुका अनुसार जलवायु परिवर्तन   कुनै पनि भुगोलमा सामाजिक, आर्थीक तथा वातावरणिय हिसाबले अर्थ राख्ने हुनु पर्दछ।
जलवायु परिवर्तन प्राकिर्तिक र मानवीय  दुबै किसिमले हुने गर्दछ । प्राकिर्तिक रुपमा सुर्य र पृथ्वीको बिचको चुम्बकिय शक्तिका कारण जलबायु परिवर्तन हुने गर्दछ। बैज्ञानिक हरुका अनुसार, हजारौ बर्षको अन्तरालमा पृथ्वी को नक्षेत्रमार्ग मा आउने परिवर्तन का कारण पृथ्वी मा आउने सुर्यको प्रकाशको मात्रामा परिवर्तन हुने गर्दछ। कहिलेकाही प्राकृतिक रुपमै जलबायु प्रणालीमा आउने उतार चढाबका कारण पनि भुमध्य रेखिय क्षेत्रका समुन्द्रहरुको तापक्रम बढ्ने गर्दछ। सरसर्ती बुझ्दा प्राकिर्तिक रुपमा हुने जलवायु परिवर्तनको प्रभावलाई हामिले चाहेर पनि केही गर्न सक्दैनौ, यो प्राकृतिक प्रक्रिया हो र चलिरहन्छ । मानबिय क्रियाकलाप  का कारण हारित गृह ग्यासको मात्रा पृथ्बिको बायुमन्डलमा थुप्रीने क्रम बढेसङ्गै जलवायु परिवर्तनको असर देखिन थालेको हो।  सामान्यतया हरित गृह भन्नाले वायुमण्डलको ट्रोपोस्फिएर तहमा सुर्यको प्रकाश सन्चएन गर्ने अर्थात सोस्ने प्रक्रिया भन्ने बुझिन्छ  । यहि प्रक्रियालाई आधार मानेर आज किर्षिमा पोलि हाउस र प्लास्टिक टनेल भित्र खेती गर्ने प्रबिधी हरु भित्रीएका छन । जब सुर्यको प्रकाश पृथ्वीमा आईपुग्छ केही मात्रामा ताप सोसिन्छ ! पृथ्वी बाट फिर्ता भएको ताप बायुमण्डलमा हरित गृह ग्यास हरुले सोस्दछन र पृथ्वीको सतह तिर नै फर्काईदिन्छन, जसको कारण पृथ्वी को तापक्रम बढ्ने गर्दछ। यसरी हरित गृह ग्यास हरुको कारण विस्वब्यापी तापक्रम बढिरहेको छ ।यसैलाई बिस्वब्यापी उस्णता अर्थात Global warming भन्ने गरिएको छ । यसरी बिश्वको तापक्रम बढ्नुमा हरित गृह ग्यासहरुको बायुमण्डलमा  बिसर्जन तथा उत्सर्जन  गरिनु हो  । हरित गृह ग्यास भन्नाले त्यस्ता ग्यासहरु जसले पृथ्वी बाट फिर्ता भएको सुर्यको ग्यासलाई सोस्दछन र पृथ्वी मै फिर्ता पठाउछन । सामान्यतया कार्वनडाईअक्साईड, मिथेन, कार्वन हेक्जाक्लोराईड, क्लोरोफ्लोरो कार्वन ईत्यादी ग्यासहरुको मात्रा बायुमण्डल्मा बढे सङ्गै बिस्वब्यापी उष्णता अर्थात Global warming बढिरहेको छ। सामान्य तया विश्व ब्यापी उस्णता भन्नाले पृथ्वी को सरदर तापक्रम मा हुने वृद्धि लाई जनाउदछ। विश्व ब्यापी उस्णता र जलवायु परिवर्तन  झट्ट सुन्दा उस्ता उस्तै लागे पनि यी फरक बिषय हरु हुन ।जलवायु परिवर्तन ले तापक्रममा भएको बृद्दिलाई मात्रै बुझाउदैन यसले  जलवायु को सम्पुर्ण स्थिती लाई ईङ्गित गर्दछ।
संसार भर औद्योगिकरण र बिकास निर्माणका कामहरू बढेसङ्गै ग्रीन हाउस ग्यास उत्पादन तथा उत्सर्जनमा वृद्धि भैरहेको छ। जसका कारण हरित गृह प्रभाव बढिरहेको छ ,विश्वको तापक्रम बढिरहेको छ। बैज्ञानिक हरुका अनुसार हरित गृह ग्यासहरु मध्य कार्वन डाईअक्साइड्को अत्याधिक वृद्धि   भैरहेको छ। बिगत आठ लाख बर्षमा पृथ्बि को बायुमण्डलमा हाल सबैभन्दा बढी कार्वन डाईक्साईड रहेको छ। सन १९९८ पछिका बर्षहरुमा पृथ्वीको तापक्रम लगातार बढीरहेको छ। ती मध्य सन २०१५ को तापक्रम अर्थात गर्मी सबै भन्दा बढी हो ।यसको अर्थ के हुन जान्छ भने पृथ्वीको बायुमन्डलमा हरित गृह ग्यासहरुको मात्रा प्रखर रुपमा बढिरहेको छ। उद्योग सवारी साधन, निर्माण , विद्युत उत्पादन आदिमा प्रयोग भएको डिजेल ,पेट्रोल, मट्टीतेल , कोइला, जस्ता फोसिल ईन्धन दहन हुने क्रममा हरित गृह ग्यास उत्सर्जन भै रहेका हुन्छन । यी बाहेक डिजेल पेट्रोलको उत्खनन् , ओसार प्रसार र यस्ता पदार्थहरु पोखिएर /चुहिएर पनि हरित गृह ग्यासहरु उत्सर्जन हुन्छन । किर्षिका विभिन्न कृयाकलाप जस्तै पाल्तु जनावर, बन जङ्गल बिनास , बन डढेलो वाट पनि हरित गृह ग्यासहरुको मात्रा दिन प्रतिदिन बढिरहेको छ।जलवायु परिवर्तन आज बिश्वको मुख्य समस्या बनिरहेको छ । यसले वातावरणका विभिन्न आयामहरुमा बिबिध अशरहरु देखाउदछ  । प्रयावरण का विभिन्न क्षेत्रहरु मध्य , तापक्रम , बर्षात, आद्रता, हावाको चाप, हावाको बहाव, बादलको कृयाकलाप ईत्यादिमा प्रत्यक्ष  प्रभाब पार्दछ । यो सबैको साझा समस्या भएकाले सबैले आ- आफ्नो स्थान बाट समाधानको बाटो तिर लाग्नु पर्ने देखिन्छ। यदि यो समस्याको समाधान सबै क्षेत्रबाट उचित किसिमले हुन नसक्ने हो
भने यसले निकट भविस्यमै ठूलो सङ्कट निम्त्याउने निश्चितप्राय नै छ। यो समस्याको समाधान हुन सकेन र समयमै उचित कदम नचालिएमा  विभिन्न समस्या हरु आउन सक्ने निश्चित छ ।
- बैज्ञानिक हरुका अनुसार सन २०३० सम्ममा विश्वब्यापी पदूषणका कारण करिव एक करोड मानिसको मिर्त्यु हुने सम्भावना रहेको छ । पृथ्वी को तापक्रममा गुणात्मक रुपमा वृद्धि हुने र कतिपय जिवजन्तु र बनस्पतिको वासस्थान धुर्विय क्षेत्रका चिसो स्थान तिर सर्ने, कतिपय जीव जन्तु तथा बिरुवाका प्रजातिको लोप हुने , अहिले देखिनै खडेरी, तथा तिब्र बर्सात का समस्या हरुदेखिईरहेको अवस्थामा पछि तिब्र बर्साका कारण बाढी पहिरो, भूक्षय अनि खडेरी को समस्या हुने,ठुला ठुला आधिबेहरी बाट व्यापक रुपमा जनधन को क्षति हुने , लु - को सम्स्या आजाको भन्दा कयौ गुना बढ्ने , धुर्बिय तथा हिमालि क्षेत्रका बरफ पग्लने, समुन्द्रको सतह बढ्ने , ताल तलैयामा पानीको मात्रा घट्ने, प्राकिर्तिक स्रोतहरुको पहुचमा बढी प्रतिस्पर्धा र झगाडा हुने किर्याकलाप हरु देखिने निस्चित छ। यी भबिस्यमा हुन सक्ने असरहरुको झलक मात्रै हुन तथापी अहिलेकै अवस्थामा पनि जलवायु परिवर्तन ले धेरै असर देखाई सकेको छ ! टापु मुलुक हरु डुबानको चपेटामा छन । धुर्विय आईस क्यापहरु पग्लने क्रम मा छन , नेपालकै कुरा गर्ने हो भने बर्सेनि अतिवृष्टि र अल्पबृस्टी का समस्या हरु देखिईरहेका छन। यो वर्षमात्रै खडेरिका कारण नेपालको सुदुर पश्चिमको किर्षी क्षेत्रमा अर्वौको क्षति भयो , बरखामा बाढिले उत्पात मचाईदिन्छ हिउदमा पानी सुकेर पिउने पानी पाउन नि कुनै कुनै ठाउमा गार्हो भैरहेको छ। नेपालका ठुलठुला तालहरुमा बिस्तारै पानीको तह घट्दै गैरहेको छ र हिम शिखरहरुको हिउँ दिनानुदिन पग्लिरहेको छ अनि हिमनदिमा पानीको घनत्व बढीरहेको छ जसको कारण हिमताल हरु फुट्ने खतरा उस्तै छ! किर्षी क्षेत्रमै हेर्नू पर्दा धेरै जसो बाली बिरुवाहरुको फुल्ने फल्ने र पाक्ने समयमै आकास पतालको फरक देखिईरहेको छ । यश बाट किसान हरु मारमा परिरहेका छन! उनिहरु यो असमन्जस्यता बाट गुजृरहेका छन ।
किर्षी क्षेत्रमा जलवायु परिवर्तन को प्रभावलाई कसरी घटाउने भन्ने कुरा गर्नु भन्दा पहिले जलवायु परिवर्तनमा किर्षी किर्षी क्षेत्रको योगदान बारे पनि बुझ्नु पर्ने जरुरी ठानेको छु। कुनै पनि असरहरुको प्रभाव लाई कम गर्ने शसक्त उपाए भनेको नै त्यसको कारण हरुलाई बुझेर त्यसै अनुरुप कदम उठाउनु हो ।त्यसकारण पनि मैले यी कुरा हरु उठाउने प्रयाश गरेको हु ।आधुनिक किर्षी उत्पादन र वितरण सम्बन्धित क्रियाकलापहरु वाट धेरै मात्रामा हरित गृह ग्यास उत्पादन हुने गर्दछन ।किर्षी क्षेत्रबाट मात्रै मानव सिर्जित कुल हरित गृह ग्यासको १४ प्रतिशत हरित गृह ग्यास उत्पादन हुने गर्दछ। यसका अलवा १८ प्रतिशत वन विनाशबाट उत्पादन भैरहेको छ भन्ने बैज्ञानिक आकलन रहेको छ। किर्षी कृयाकलाप बाट मुख्य रुपमा मिथेन, नाईट्रस अक्साईड र कार्वन डाईअक्साईड उत्सर्जन हुने गर्दछ्न। मानव कृयाकलाप बाट उत्सर्जन हुने नाईट्रस अक्साईड मध्य करिब ६० प्रतिशत र मिथेन मध्य करिव ५० प्रतिशत किर्षी क्षेत्रबाट उत्सर्जन भैरहेको बैज्ञानिक अनुमान रहेको छ। जनावरहरुको मुलमुत्रबाट मुख्य रुपमा नाईट्र्स अक्साईड उत्पादन हुन्छ त्यस्तै रसाएनिक तथा प्राङ्गारिक मल हालेको माछापोखरी या ताल तलैया बाट पनि नाईट्रस अक्साईड उत्पादन भैरहेको तथ्य हामी माझ छ। किर्षी क्षेत्रबाट उत्पादन हुने जम्मा कार्वन डाईअक्साईड मध्य २.७ करोड टन अर्थात मानवीय कृयाकलाप बाट उत्सर्जन हुने कार्वन डाई अक्साईडको ९ प्रतिशत उत्सर्जन भैरहेको छ। बैज्ञानिक प्रमाण हरुका अनुसार पृथ्वीको माटोबाट सालिन्दा ६० अरव टन कार्वन डाईअक्साईड वायुमण्डलमा जान्छ ।यो फोसिल ईन्धन जलेर जाने मात्रा भन्दा निकै बढी हो तर यो प्रक्रिया दोहोरो हुने भएकाले यसको प्रभाव ज्यादै न्यून हुने गर्दछ। यसरी बुझ्दै गर्दा किर्षी क्षेत्रका बिबिध कृयाकलाप हरुको भुमिका पनि जलवायु परिवर्तन मा शसक्त देखियो  । यसरि उत्पादन भैरहेका हरित गृह ग्यासहरुको उत्पादन मात्रै बन्द गर्ने हो भने एक चौथाई सम्म जलवायु परिवर्तन लाई रोक्न सकिदो रहेछ। यसरी किर्षी र बन क्षेत्रबाट पृथ्वीमा भैरहेको हरित गृह को असर लाई २ तरिकाले कम गर्न सकिन्छ। कार्वन स्थिरिकरण र हरित गृह ग्यासको उत्सर्जन घटाएर । कार्वन स्थिरिकरण भन्नाले कार्वन लाई लामो समय सम्म कुनै न कुनै विधि बाट बनस्पति या माटोमा सन्चय गर्ने भन्ने बुझिन्छ। अहिलेको अवस्थामा कार्वन स्थिरिकरण को लागि जैबिक रसाएनिक र भौतिक तिनै तरिका हरुबाट स्थिरिकरण बढाउन सकिन्छ।  सिमसार क्षेत्रको उचित ब्यबस्थापन , वृक्षरोपण , किर्षी कार्यमा उचित परिवर्तन ईत्यादी त्यस्तै भौतिक तरिका को कुरा गर्दा ल्यान्ड फिल, बायोचार, अनि जैबिक ईन्धनको रुपमा यसको प्रयोग लगाएतका कुरा हरुबाट स्थिरिकरण बढाउन सकिन्छ । त्यस्तै खनिज स्थिरिकरण , कृतिम रुखको प्रयोग, अनि कार्वन डाईअक्साईडको समुन्द्रमा भन्डारण जस्ता तरिका हरु स्थिरिकरण बढाउने नया तरिका हरु पनि रहेका छन । कार्वन स्थिरिकरण सङ्ग सङ्गै हरित गृह ग्यासको कम उत्पादन अथवा उत्पादन मा कटौती अर्को महत्वोपुर्ण कुरा हुन जान्छ । बिबिध कृयाकलाप बाट उत्पादित हुने हरित गृह ग्यासको उत्पादन मात्रै बन्द गर्ने अथवा कम गर्ने हो भने धेरै हद सम्म कृषि क्षेत्र बाटको योगदान लाई कम गर्न सकिन्छ। जस्तै किर्षी क्षेत्रबाट उत्पादन हुने नाईट्रस अक्साईड लाई हामी त्यसको प्रयोग गर्ने तरिका हरुमा सुधार गरेर कम गर्न सक्छौ । सिचाई गर्ने तौर तरिका हरुमा व्यापक बद्लाव ल्याएर, डिजेल पेट्रोल अनि ईन्धन बाट चल्ने मेसिन हरुको प्रयोग नगरेर, विभिन्न बालिहरुको किर्षी पद्दतिलाई बदलेर , गोबर मलको उचित ब्यबस्थापन गरेर, अनि जनावर हरुको पाचन क्रियाकलाप बाट उत्पादन हुने मिथेन को उत्पादन घटाउने खालका घाँस अनि दाना हरु खुवाउने जस्ता सामान्य काम हरुबाट हरित गृह ग्यासको उत्पादन कम गर्न सकिन्छ।
 यसकारण सवैले सबै ठाउ बाट एस्ता कुरा हरु सम्बन्धी सचेतना जगाई आजै सजग बनेर भोलिको क्षति बाट जोगिने उपाए अवलम्बन गर्नु पर्दछ। प्राकृतिक रुपमा हुने जलवायु परिवर्तन लाई हामीले केही गर्न नसके पनि मानवीय क्रियाकलाप हरुबाट हुने जलवायु परिवर्तन लाई भने हामी आफ्ना कृयाकलाप बाट नै रोक्न सक्दछौ! हाम्रो जस्तो मुलुकमा जलवायु परिवर्तन र यसका अशरहरु बारेको जनचेतना नै सुरुवाती उपाए हुन सक्छ। विश्वभरी नै बैकल्पिक उर्जाका श्रोतहरुलाई प्रबर्द्धन गरेर प्रयोग गर्न गराउन प्रेरित गर्ने व्यापक रुपमा भै रहेको वनफडानी लाई रोकि वृक्षरोपण गर्ने, हरियाली वातावरणको निर्माण गर्ने, प्राकृतिक श्रोतहरुको विवेक पुर्ण तरिकाले संरक्षणात्मक प्रयोग गर्ने, सडक सवारी बाट उत्पन्न हुने धुलो धुवालाई रोक्न सडक को छेउछाउ अनि पेटिहरुमा हरित पेटिका निर्माण गर्ने, ब्यक्तिगत सवारी भन्दा सार्वजनिक सवारी प्रयोग गर्न प्रोत्साहन गर्ने, फोहोरमैला को पुन प्रयोग र पुन चक्रण गर्ने, साईकल लगाएत बिद्युतिय सवारी साधान/मेसिन हरुको को प्रयोग गर्न गराउन प्रेरित गर्ने गराउने उपायहरुबाट जलवायु परिवर्तन कम गर्न सकिन्छ। यी वाहेक  खेती गर्दा खेती पातिमा प्राङ्गारिक मल हरुको प्रयोगमा बढवा दिदै खेतीबाट उत्पन्न हुने फोहोरमैला लाई नजलाउने, वातावरण मैत्री खेती गर्ने अनि जनावर तथा पन्छिहरुबाट उत्पादित फ़ोहोरमैला को उचित व्यवस्थापन गर्ने, कुहिने फ़ोहोरमैला हरुबाट कम्पोस्ट निर्माण गर्ने लगाएतका कृयाकलाप हरु बाट स्थानिय स्तरमै जल्वायु परिवर्तन रोक्ने उपाय अवलम्बन गर्न सकिन्छ। गाउँ ठाउमा स्थानिय हरुको सहभागितामा क्लब गोस्ठी , सेमिनार हरुको आयोजना गरि जलवायु र विश्व ब्यापी उष्णताको बारेमा आवस्यक ग्यान प्रदान गरि हिजो को अवस्था आजको अवस्था अनि आजका कृयाकलाप हरुबाट भोलि हुन सक्ने समस्या हरु माथी प्रकाश पारी उनिहरुमा जिम्मेवारीको बोध गराउन सक्नु आजको आवस्यकता हो माथिका सबै कृयाकलाफरुको एक मात्र उद्देश भनेको एक जना ब्यक्तिले उत्पादन गर्ने हरित गृह ग्यास को मात्रामा कटौती गर्नु हो !  बिज्ञान को भासामा कुनै एक ब्यक्तिले सरदर उत्पादन गर्ने हरित गृह ग्यासको मात्रा लाई त्यस व्यक्तिको  कार्वन फुटप्रीन्ट भनिन्छ ! हरेक सुधारात्मक उपाए हरुको एक मात्र लक्ष भनेको जलवायू परिवर्तन को अवस्थालाई घटाउनु नै हो । र यो कार्वन फुटप्रीन्ट घटाउन सकेमा मात्रै सम्भब हुन्छ। नेपाली हरुको कार्वन फुटपृन्ट ज्यादै कम छ नेपाल बाट जति कार्वन उत्पादन भैरहेको छ त्यसको हरित गृह प्रभाव मा खासै कुनै योगदान छैन! नेपाल आफुले उत्पादन गरेको कार्वन लाई स्थिरिकरण गर्न सफल छ। नेपालको बन जङ्गल ले नेपाल को कार्वन उत्पादन लाई ब्यालेन्स गरिरहेको छ । हरित गृह प्रभाव  र जलवायु परिवर्तन मा हाम्रो योगदान शून्य भएता पनि असरको भागिदार भने बराबरी रुपमा हामी पनि हुन्छौ! हामी सङ्ग भोलि आउन सक्ने बिपत्ति लाई थेग्न सक्ने सामर्थ्य को अभाव छ यसकारण पनि बिकसित विश्वलाई हामिले प्रश्न उठाउने बेला आएको छ। बाताबरण सम्बन्धी विभिन्न सम्मेलन हरुबाट कयन कुरा हरु उठ्दै गर्दा, र कयौ घोषण पत्र हरु पारित हुँदै गर्दा तिनी हरुको कार्यानोयन माथी भने प्रश्न उठाउने बेला आएको छ। नत्र भने बिराउने रामे चोट पाउने चामे भन्या जस्तै ठुला रास्ट्रहरुको गल्तिको सजाए प्रकिर्ती ले हामिलाई दिने निस्चित जस्तै छ। किर्षिमा आधुनिक प्रबिधी भित्र्याउने, रसाएनिक मल तथा विभिन्न औद्योगिक रसाएन हरु बाट बायुमण्डल लाई धुवामय पार्ने रास्ट्र हरुमाथी प्रस्न उठाउने बेला आएको छ। अब नेपालले मात्रै जलवायूको को रोगलाई रोक्न सम्भब त छैन तर यो कार्यको थालनी भने अवस्य हामी गर्न सक्छौ