Tuesday, January 21, 2025

बहकिन्छ मन


 






बहकिएका दुईथोपा आशुहरु तप्प गाला मुसार्दै 

ओठ सम्म पुगेपछी लाग्यो,

बिछोड नुनिलो हुदोरहेछ!

उनको नुनिलो याद अझै बाकी रहेछ 

दुई खोपिल्टा भित्र!

उनले छोडेको मुटु भित्रको एउटा कोठा रित्तिएर

बोसो जमेको छ,

पिडामा जमेको बोसोले पीडा दिन्छ,

पीडा दिदा लाग्छ,

उनको नमिठो पदचाप मुटुमा गडिएको रहेछ!

उनी हुनुको आभासले मेरो जिउ जिङ्रीग हुन्छ,

गुजबमका स-साना टाकुराहरुले

जिउ सिउडी बनिरहदा,

र एकतमासले टाउको भित्रको गिदिले उनलाई

बिदाई गर भनेर आदेश दिएको छ,

तर म बिदाईको तोपमा गोलाहरु भरेर

मेसिन गन बर्साउन कसरी सकुला र खै?

नसकी नसकी पनि सक्नुपर्छ 

भन्छिन मेरी आमा,

मेरीआमाको मधुर वाणी र तार्किक वचन 

अनि निसर्त प्रेम अगाडी लहड र बचपन 

मेरो अगाडी हिरो बनेर पल्टिएको छ,

म निरीह चम्चा बनेर नाचीरहेको छु, 

के चम्चा मा अब आईनाईजेसन्को गुन्जायस छैनर?

ध्रुवीकरण को ध्रुबिकृत विश्वमा 

काईयोमा त धुलो टासिन्छ

म सङ्ग टासिने धुलो कोई भैदिए,

म सङ्गालेर नपखाली 

अङ्गालिदिने थिए!

एक सम्झनाले बनाएको खाडडललाई अर्कै मायाले टाल्न एक प्रयास हुन सक्थ्यो,

सार्थक हुनैपर्छ भन्ने त छैन,

किनकी यी गडिएका आँखा र

चाउरिएको अनुहारमा धोका र अविश्वासका धर्का बाहेक आशाका किरणहरुको मर्दन पर्न छोडेको छ,

सायद आशाले पनि बाटो मोडेको छ।

बाटो मोडेकी आशा

र अशान्त भएर हिडेकी शान्ती कतै भेटिईन भन्ने भन्नू,

तिम्रो नशालु यौवनको चन्चलता 

चाउरिन थालेको छ,

तिमीले छोडेका मलिला ओठहरु

पट्ट फुटेका छन, अहिले त बाक्लो झ्याङले टम्म छोपिएका छन,

केहीले गालामा दारी, काधमा जिम्मेवारी भनेर गिज्याउछन उसलाई, 

तर त्यो झारी पन्छ्याउने उत्प्रेरणाको अभाबमा

छट्पटिएको छ,

दारी भित्रै स-साना जनावरहरु पालिएका छन,

र खुसी छ, उसको कारण 

जैविक विविधता फस्टाएको छ!

र उ जैविक सेवक भएको छ।

आमाले चिटिक्क भएर बस भनेको सुन्दा

आमा वातावरण बिरोधी लाग्नुहुन्छ,

म मेरो अनुहारमा ग्रीन बेल्ट मुभमेन्ट चलाईरहेको छु,

छालामा घाम पर्न छोडेको छ, 

प्रेम एति जहरिलो पनि हुन्छ र?

खोलाका दुई किनारलाई सोध्न जादैछु,

कि तिनीहरु एकाकार कहिले हुन्छ्न??

सङ्गै बसेर कहिले रुन्छन,

मुस्कुराहटको आहटमा कहिले मात्तिन्छन,

एउटै छाना मुनि कैले बस्छन

एक अर्काको हात कहिले समात्छन?

अह!

कहिले पनि देखिदैनन ती सङ्गै,

तर ती खुसी छन!

म खुसी नभए पनि ती खुसी छन

मैले पनि हुनुपर्छ!

निर्जिब किनार अनि तिरलाई देखेर,

म खुसी हुनुपर्छ

मेरी आमाको पीरलाई देखेर,

म खुसी हुनुपर्छ,

मेरो जिबनरुपी जन्जिरलाई देखेर,

एउटा हाङ्गा काटिएको रुख,

अन्तिम जरा रहन्जेल पलाउने कोसिस गर्छ,

लागेका घाउहरु भलाउने कोसिस गर्छ

म मानिस भएर नसकुला र??

Friday, January 17, 2025

ए देश बिदेश के फरक पर्छ??

 देशले बोलाएन....

हिजो सीप सिक्न बिदेश गएको साथीले भन्छ

 देशले बोलाएन,

बिदेशको सीप स्वदेशमा 

विदेशको सपना स्वदेशमा,

विदेशको लगानी स्वदेशमा,

र उ सबै बिदेश स्वदेशमा ल्याउन चाहन्छ,

तर उसलाई देशले बोलाएन!

देशले उसलाई न त फेसबुकमा म्यासेज गर्यो,

न त भाईबरमा हाई भन्यो,

टिकटकमा टिकटिक त कहाँ हो कहाँ ,

कुनै पानाहरुमा,

न कुनै दस्तावेजमा,

देशले लेखेको छैन उसको नाम,


र देश भन्छ,हामी विश्वब्यापीकरणको प्रभाबमा छौ,

हामी श्रोत साधनको अभाबमा छौ,

रिण काढेर भए पनि पेट भर्छौ,

भोकै पादेर भए पनि ग्यास बेच्छौ,

जानेहरु जाउ,

जानेलाई रोक्छ कसैले,

रोक्नु संविधानको खिलाफ छ।

मलाई पनि जान मन लागे बरु त्यतै आउछु,

नेपालमा के नै राखेको छ र?

बस्ने व्यवस्था गरिराख्नु

म देश हु, बिदेशिन्छु!


धेरै भए, देश बिदेशियो भन्नेछन,

र मलाई स्वदेश फिर्तिको नाममा

मेरो सम्बोधन पक्कै नहुने,

संविधान सम्मत मानिने केही दस्तावेज कोरिनेछन,

र दस्तावेजको रसस्वादनमा 

एकहुल सरकारहरु बद्लिनेछन!

म देश झन बिदेशिने छु!

सरकारहरु स्वदेशिनेछन,

विदेशी रिण स्वदेशिने छ

तर देश बिदेशिने छ..

केही पछी देश विदेश हुनेछ


ए देश भए पनि विदेश भए पनि

कसैले केही भन्नुछ??


Friday, November 1, 2024

ईन्दिरा (लघुकथा)

 




mysansar मा आजभन्दा ९ बर्ष अघी प्रकाशित

-गोरख बहादुर धामी 

म अस्ति भग्नावशेषबाट आएर बाटोमै उभिएको एउटा लासको पर्खाइमा थिएँ। लाशहरुसँग बात मार्नु मेरो लागि अनौठो कुरो होइन। म उसको नजिकै गएँ र भने नमस्ते!

उसका मसिना र लामा दुई हात जोडिए। मलाई लागेको थियो, यो लाशको हातखुट्टा सब सही सलामत छ, उभिएको पनि छ, यो कसरी मर्यो?

उसले मेरो मनको कुरो बुझिहाले छ, भन्छ, ” म मरेको छैन म मारिएको हुँ। यो भग्नावशेषभित्र म थुनिएको थिएँ। मलाई लाग्यो, यता पनि कोही उद्दार गर्न आउलान्। अनि म पनि, तिमी जस्तै बाँच्न सकुँला! तर कुरा तेसो भएन, म पर्खि बसेँ,कोही आएन।

उनी आइनन्। छोरो बोलेन। आवाज सुनिएन। बिस्तारै मेरो देह र आत्मा फरक हुँदै गयो। म चिसो भएँ। मेरा हात खुट्टा शरीर कक्रक्क
भए।

फेरि दोश्रो दिन अर्को चट्टान खस्यो र म त्यहाँबाट भागेँ। म सँधै यहीँनेर आउँछु, तर उनी कहिलै आउँदिनन!

वाक्कदिक्क र नरमाइलो लाग्छ। आज तिमीसँग भेट भयो। यसै गरेर उनीसँग नि भेट हुन्छ होला। तिमीलाई एउटा कुरा भनुँ भन्दै ऊ आफ्नो खुट्टा खोच्याउन थाल्यो, मेरो नजिक आउँदै उसले भन्यो- मलाई दागबत्ती दिइएको छैन,म सैतान भैसकेँ। म १५ दिनदेखि भोको छु। त्यही भएर तिमीलाई पर्खेको थिएँ।

त्यो सुनेपछि म डराउँदै घरतिर दगुरेँ। पछाडि कोहि थिएन। बाँचियो भन्ने लाग्यो।

म त्यहाँबाट घरतिर हिँडे। घरमा कसैलाई नदेख्दा म आत्तिएँ : ईन्दिरा, ईन्दिरा भन्दै डॉको छोडेर कराउन थालेँ।

हजुरलाई के भयो? किन कराउनु भाको? यो आवाज सुनेर म झल्याँस्स बिउँझिएँ। उनी भने घुर्कि लगाउन थालिन्,के हो सपनीमा पनि बर्बराउन थाल्यौ। यो ईन्दिरा को हो हाँ, त्यो नखरमाउलीलाई मैले जान्याछु ??

म पनि सोच मग्न भएँ,आखिर ईन्दिरा को थिइन्?

कतै अस्ति बेपत्ता भएकी आइमाई पो हो कि

Wednesday, October 16, 2024

कविता: बाहना!

 


मैले
छोड भने साथीलाई,

उ समातेरै वर्णन गर्न थाल्यो बोतलको!


"जब तिमी अनायासै गिलास  हुँदै

 घाँटी भित्र लुसुक्क छिर्छौ,

राजै बनेसरी श्रीपेच भिर्छौ.....

भिजाउछौ मेरो आत,

 नबुझिने तिम्रो साथ,

तल बग्छौ साथी,

प्रभाब छोड्छौ, माथी !

माथी प्रभाब छोड्नेहरु 

पिएम. सिएम सम्मै पहुच राख्छन

सके उनका पनि टाउकामा चढ्छन।


त्यसै कारणलें

तिमीलाई मन पराएरै मैले किनेको हु,

धेरै खुसी हुदा चिनेको हु,

दुख पर्दा नाता साईनो छिनेको हु,

तिमिले एकै भेटमा मन जित्यौ,

र मैले आज पनि किनेको हु !


सर्वत हु भन्दै तिमी, म भित्र पसेका थ्यौ,

मेरो अन्तस्करणमा कुन्नी कता फसेका थ्यौ,

झ्वास्स कुन्नी कुन आगो झोसेका थ्यौ,

एक नासमै मेरो दु:ख खोसेका थ्यौ,

त्यही भएर त तिमी हरेक दुखमा याद आउछौ,

भुलाउछौ दुखलाई,

 अनि 

मस्त सुखको आभास दिलाउछौ,।


तिम्रो साथ अमुल्य छ! 

कसै सङ्ग पनि अतुल्य छ,

बस कहिले काहीँ गोजी रितो हुदा 

तिमी मेरो साथमा आउन मान्दैनौ,

अथवा तिम्रा बाध्यताले दिदैनन।


हुन त तिमी पनि ठिङ्ग दराजमा 

ठिङ्ग्रीङ्ग गरि उभिएका छौ,

लाग्छ दबिएका छौ,

साथी तिमी मेरो साथी,

दराजमा तिम्रो हबिगत देखेर

म जुर्मुराउछु, 

अनि खल्ती छामछुम गर्दै

 तिम्रो उद्दार गर्छु!

तिम्रो उद्दार गर्दा 

म आफै कति पटक लापत्ता भएको छु!

तिम्रै सङ्गतको डुबाईले बेपत्ता भएको छु,,


कहिले काहीँ 

मेलामा गएर भिडको बिचमा छोडेर आउ लाग्छ ,

तर झल्यासिन्छु,

साझ मेरो तिर्खाएको घाटीले के भन्छ?

मेरो एकोहोरीएको मनले के भन्छ?

खल्तीको नजरबन्दबाट उम्कन खोजेको

पसिना बेचेर कमाएको धनले के भन्छ?

घरी घरी दुखीरहने यो मनले के भन्छ?


भैगो! 

बरु, खान्न, यो झोल अब....

आज देखि पिउछु...

कि कसो?"

कबिता: बिश्वास !


 जतनले खालीठाउँ, भरेर जाउ, 

 सफलताको बिज, छरेर जाउ 

भक्कानो धिपिक, धिपिक छ आशमा

कि बचाएर जाउ कि, मारेर जाउ,,!


यो कस्तो ऐठन, हो जिन्दगीमा,

कि माझेर जाउ, या खारेर जाउ,

हैन भन्दा पनि, हो भन्दै आइछौ,

 झटारो छोड, कि फल झारेर जाउ,


बाटो चिप्लो छ है, नलड्नु कतै,

डोजर लगाउ र, सम्म पारेर जाउ,

कति सुस्केरा, हाली बस्नु अब,

तान मलाई पनि,  लतारेर जाउ.....


यो हिउद पनित, त्यतिकै बित्यो,

लेउ यो निधार ढुङ्गामा, बजारेर जाउ,

समयले पालुवा, हाल्दै छ रे हेर्छु,

फगतको यो घडी थचारेर जाउ,


फेरि फेरि उत्प्रे, रणा बोकि आउ

अहिले लाई जाउ, एक्लै रमाउ,

दुनियाँ  कहाँ  तिम्रो खुसी देख्छ,

आफ्नो संसार आफै खुद्से सजाउ.....

कविता: अपचलित-तारिफ

                                                                                                         -गोरख बहादुर धामी 

तिमी जुन जस्तै छौ नभनन  प्रीय, 

म कसैको प्रकाशले चम्केकी छैन!

तिमी सुर्य हौ त भन्दै नभन,

म तातो राको भै रन्केकी छैन!


तिमी यति मिठो गरि घरी सुर्य र घरी जुन बनाउछौ,

घरी गौ कै दाना माथी गुडुल्किने घुन बनाउछौ,

कहिलै नम्बरी सुन बनाउछौ,

कहिलै सेतै चम्किने चुन बनाउछौ!


हिजै मात्रै तिम्ले गोदावरी फुल बनायौ,

लाम्खुट्टे बाट वचन झुल बनायौ!

मायाको कहिलै मुल बनायौ,

म केही बोलिन स्थुल बनायौ!


तिम्रो तारिफले म कहिले उड्छु, सगरमा,

कहिले थचारिन्छु बगरमा,

कहिले बग्छु सानो नहरमा,

कहिले सजिन्छु मन मन्दिरको सहरमा!


म बजारिएर बज्र भै सके,

थचारिएर थच्र भै सके,

गहना बनेर सज्र भै सके,

म सजावटकै लागि दज्र भै सके!


लाग्छ !

म तिम्रो तारिफ रुपी बोझले मान्छे बन्नै सकिन

तिम्लाई बरु  ताप्ने र सितल ओढ्ने ठान्दिन,

किसान र गोड्ने ठान्दिन,

 सुनुवार र पेन्टर भन्दिन!

 

घरी घरी मलाई उपमा नबनाउ न!,

म त मानिस नै ठिक छु, 

तिमी पनि मानिस नै बनेर!

मलाई अङ्गाल न प्रिय !

कबिता अ---सफलता

-गोरख बहादुर धामी


 म त असफलता सङ्ग 

पौठेजोरी खेलेर हिन्छु,

आत्मसात गर्दै, उसका हरेक कदममा,

कुम जोरेर हिन्छु!

कहिलै धकेल्छ, बाटोको एतापट्टी,

कहिलै अर्कोपट्टी,

तर खसिहालेको छैन, दुईटैपट्टी एकैचोटि!


आज पनि बिहानै नउठ्न भनेर गएको छ,

उसलाई चिसो हुन्छ रे!

राती अगाडि नै सुत्नु भन्छ,

उ अनिदो हुन्छ रे!

कहिलै भन्दैन, भोक मलाई उसले सधै ग्वामल्वाङ्ग अङ्गालो हाल्न खोज्छ,

सिरेठोमा सिरक बन

मलाई हिड्न खोज्दा खुट्टा तान्छ,l

कहिलै दुश्मन बनेर,

तर मलाई थाहा छ,

हुदैन केही तिम्रा तिक्डम गनेर!


हिजो मात्रै भनेको हो! दिनभरी घाममा सुतौन यार,

पिठिउमा तेल मालिस गरेर घाममा सुत्न मजा हुन्छ,

हात्तेरी ! तिमी कति हिडिराख्छौ?

कति दुनिया सारा सङ्ग भिडिराक्छौ!

आउ युट्युबमा फिलिम हेरौ,

मोवाइलमा लुडो खेलौ,

मेसेन्जरमा कुनै छप्की सङ्ग बात मारौ,

अरे यार ! मरिलानु के छ र??


हिजो बेलुका पढ्दै थिए...

एकासी ! आयो उ निद बनेर,,

आखै अगाडि कालो भिड बनेर,

धेरै चोटि उ एसै गरि आउँछ, 

म त्यसको वास्ता गरे जस्तै निदाई दिन्छु,

बिहानै आउँछ चिसो बनेर,

म नुहाउछु अनि आफै पनि चिसो बनिदिन्छु!


मेरो नजिकैकै मित्र भएर होला,

कति राम्रो सङ्ग मलाई फसाउन खोज्छ,

मैले थाहा नपाए जस्तै गरि हुन्छ भनी भनी,

छक्याउनु छ उसलाई!

झुक्याउनु छ उसलाई, कि ! म उ जस्तै असफल छु!

उस्को नाम असफलता भएर पनि मलाई असफल बनाउन सफल छ।

म असफल भएरै सफल हुन चाहन्छु,

तर उ जस्तो असफल बनाउन हैन,

सफलताको द्वारमा पुग्ने सिढी बनाउन,

असफलताको मुखबाट अ निकालेर,

उसैलाई सफल बनाउन!

Friday, November 10, 2023

घमण्ड !

त्यो प्रश्न बनेर तिमीले

उत्तर पाउन सक्दैनौ,

भन्ने घमण्डले म कहिलै

 परीक्षा पास हुन सकिन!

 

त्यो प्रश्नको घमण्डले,

मेरो उत्तर कहिलै पाएन!

हामी दुईटैको घमण्डले,

हामी दुबै असन्तुष्ट छौँ ।


म सोच्छु, प्रश्नलाई केही आउदैन,

प्रश्न सोच्छ, मेरो उत्तर

यसलाई आउदैन!

हामी दुईटैको आवश्यकता

सही उत्तर थियो!

तर हामी दुईटैको घमण्डले 

दुबै अनुत्तरीत छौं !


प्रश्न सही उत्तर नपाएर असफल छ!

म उत्तर नै नदिएर असफल छु!

हामी दुबै असफल 

हरुलाई छेउमा राख्दै,

बिस्मय बढेको छ बिचमा,

बिस्मयले ठाउँ ओगटेको छ...

प्रलयको पहाड बनेर,

हामी दुईतिर उभिएका छौ

फुङ्ग उजाडिएका पाखा बनेर ।


मिति:2080/07/24  9:45 PM


Sunday, July 2, 2023

कविता: पिपल &People

 कविता 

शीर्षक: पिपल & People

रचना: २०८० असार १० (२३ बजे)

==================================

म भत्किएको पर्खालमा उम्रीएको "पिपल" हुँ,

केही "पिपलहरु" म "पिपलको" छहारीमा,

बसि बसि मलाई सिध्याउन सपना देखीरहेको देख्छु !

अनि के


ही 'पिपलहरु' मेरो साहारमा 

भुसुक्क निदाउदै सपनाको सहरमा छिरेको देख्छुँ..


मैले केही चराका बथानहरु बोकेको  छुँ,

केही बादरहरुको तौल जोखेको छु,

धुम्मिल यादहरु, यस्ता पनि छन, 

केही देख्नु पर्ने अनि केही देख्नै नपर्ने 

दृश्यहरु पनि देखेको  छु!!.............


देखेका जति अनि देखाईएका जति

भनु सब भने छन ती कति कति!

केही उजाडिएर मेरो छायामा बस्छन

केही बिछोडमा अनि केही मायामा बस्छन् !


मलाई 'पिपल' भन्छन ती 'पिपलहरु'

म पनि तिनीहरुलाई 'पिपल' भन्छु,

तिनीहरु सुस्ताएर मेरा हाङ्गा अनि पात गन्छन,

म तिनको आनन्द, द्वेश क्लेश र घृणा अनि प्रेम गन्छु!


मैले 'पिपल' भएर धेर भए अक्सिजन दिन्छु,

घाम भए सितल छाया दिन्छु,

केही चराको घर बनिदिएर, केही जनावरको कृडा स्थल,

अनि केही बानरहरुको हावाको घर,

ती 'पिपलहरुले' मलाई सबै रुपमा प्रयोग गर्न चाहन्छन,

मैलाई खान्छु भन्छन! मैलाई श्वास फेर्छु, अनि मैलाई बाल्छु अरे!

एतिले कहाँ पुग्छ कहिले त भनिदिन्छन ढाल्छु अरे!!


म भन्छु, "ए पिपलहरु, तिमीहरु कस्तो फोलिस

के बुद्दी घाममा पोलिस!?"

घाम स्वसेर खाना बनाउने तागत भएको म!

र मलाई लुटेर बाचेको तिमी.....

म सङ्ग गरेको दुश्मनी महङ्गो पर्ला....

हिउदमै तप्प तप्प पसिना झर्ला!


म केही गर्न नसकुला हे पिपल...

तर डाडाको म पिपल लाई सम्झेर रुनु पर्ला..

साच्चै ए पिपल! तिमी मलाई जोगाउनु 

म पिपल! तिमी पिपललाई सबैथोक बनेर साहरा दिन सक्छु!

तिमी एउटै काम गर....

मलाई जोगाएर प्रयोग गर!

म तिमीलाई जोगाउछु!!

........

............