Friday, November 10, 2023

घमण्ड !

त्यो प्रश्न बनेर तिमीले

उत्तर पाउन सक्दैनौ,

भन्ने घमण्डले म कहिलै

 परीक्षा पास हुन सकिन!

 

त्यो प्रश्नको घमण्डले,

मेरो उत्तर कहिलै पाएन!

हामी दुईटैको घमण्डले,

हामी दुबै असन्तुष्ट छौँ ।


म सोच्छु, प्रश्नलाई केही आउदैन,

प्रश्न सोच्छ, मेरो उत्तर

यसलाई आउदैन!

हामी दुईटैको आवश्यकता

सही उत्तर थियो!

तर हामी दुईटैको घमण्डले 

दुबै अनुत्तरीत छौं !


प्रश्न सही उत्तर नपाएर असफल छ!

म उत्तर नै नदिएर असफल छु!

हामी दुबै असफल 

हरुलाई छेउमा राख्दै,

बिस्मय बढेको छ बिचमा,

बिस्मयले ठाउँ ओगटेको छ...

प्रलयको पहाड बनेर,

हामी दुईतिर उभिएका छौ

फुङ्ग उजाडिएका पाखा बनेर ।


मिति:2080/07/24  9:45 PM


Sunday, July 2, 2023

कविता: पिपल &People

 कविता 

शीर्षक: पिपल & People

रचना: २०८० असार १० (२३ बजे)

==================================

म भत्किएको पर्खालमा उम्रीएको "पिपल" हुँ,

केही "पिपलहरु" म "पिपलको" छहारीमा,

बसि बसि मलाई सिध्याउन सपना देखीरहेको देख्छु !

अनि के


ही 'पिपलहरु' मेरो साहारमा 

भुसुक्क निदाउदै सपनाको सहरमा छिरेको देख्छुँ..


मैले केही चराका बथानहरु बोकेको  छुँ,

केही बादरहरुको तौल जोखेको छु,

धुम्मिल यादहरु, यस्ता पनि छन, 

केही देख्नु पर्ने अनि केही देख्नै नपर्ने 

दृश्यहरु पनि देखेको  छु!!.............


देखेका जति अनि देखाईएका जति

भनु सब भने छन ती कति कति!

केही उजाडिएर मेरो छायामा बस्छन

केही बिछोडमा अनि केही मायामा बस्छन् !


मलाई 'पिपल' भन्छन ती 'पिपलहरु'

म पनि तिनीहरुलाई 'पिपल' भन्छु,

तिनीहरु सुस्ताएर मेरा हाङ्गा अनि पात गन्छन,

म तिनको आनन्द, द्वेश क्लेश र घृणा अनि प्रेम गन्छु!


मैले 'पिपल' भएर धेर भए अक्सिजन दिन्छु,

घाम भए सितल छाया दिन्छु,

केही चराको घर बनिदिएर, केही जनावरको कृडा स्थल,

अनि केही बानरहरुको हावाको घर,

ती 'पिपलहरुले' मलाई सबै रुपमा प्रयोग गर्न चाहन्छन,

मैलाई खान्छु भन्छन! मैलाई श्वास फेर्छु, अनि मैलाई बाल्छु अरे!

एतिले कहाँ पुग्छ कहिले त भनिदिन्छन ढाल्छु अरे!!


म भन्छु, "ए पिपलहरु, तिमीहरु कस्तो फोलिस

के बुद्दी घाममा पोलिस!?"

घाम स्वसेर खाना बनाउने तागत भएको म!

र मलाई लुटेर बाचेको तिमी.....

म सङ्ग गरेको दुश्मनी महङ्गो पर्ला....

हिउदमै तप्प तप्प पसिना झर्ला!


म केही गर्न नसकुला हे पिपल...

तर डाडाको म पिपल लाई सम्झेर रुनु पर्ला..

साच्चै ए पिपल! तिमी मलाई जोगाउनु 

म पिपल! तिमी पिपललाई सबैथोक बनेर साहरा दिन सक्छु!

तिमी एउटै काम गर....

मलाई जोगाएर प्रयोग गर!

म तिमीलाई जोगाउछु!!

........

............

Friday, May 26, 2023

कबिताः म चाहन्छुँ।

 



म पोखिन चाहने मान्छे हु,

म मेरा भावहरु अभिब्यक्त गर्न चाहन्छू,

म सबैलाई लतपत्याउन चाहान्छू,

म सवैलाई सकारात्मकता र सृजनशिलताले लतपत्याउन सकुँ।

 

म मादल हुन चाहन्छू,

म फगत आवाज निकाल्ने

भाले र पोथी ताल मात्रै हैन,

भत्किएका, मक्किएका र बेताल भएका जिबनहरुको ताल बन्न सकु,

र आफ्नो खरी झर्ने बेला सम्म बेसुर जिन्दगीमा ताल भर्न सकुँ।

 

म संगित हुन चाहन्छुँ !

जिन्दगीको आरोह र अबरोह मा बज्ने गित मात्रै हैन,

म ति खाल्डोहरु, घाउहरु, र नभरिएका खाली ठाउहरुमा गुन्जन सकुँ

अरुले मेरो बाणी सुन्दा गित र संगित भन्दा पनि माथि

अबिराम शान्ती महशुस गर्न सकुन

म चाहान्छू, म मेरो लागि त गुन्जिन्छू नै...

ति सबै आवश्यकताहरुको लागि पनि गुन्जन सकुँ....

जो साँचिकै भुमरीहरुमा घुमिरहेका छन,

बचाउ बचाउ भन्दै एउटा लयको कर्कस ध्वनी र चिच्याहट सुनाईरहेका छन् ।

म तिनीहरुको गित बन्न सकुँ र म सुन्नुपर्नेका कानमा गुन्जन सकुँ।

 

म ईच्छा बन्न चाहन्छू!

हो म ईच्छा बन्न चाहन्छू।

म त्यस्तो ईच्छा बन्न सकुँ...........

जुन पुरा हुनै पर्नेको मात्रै पुरा होस...

पुरा नहुनु पर्नेले राख्ने हिम्मत नै नराखोस।

 

म प्रश्न बन्न चाहन्छू...........

एउटा ठुलो र असल प्रश्न

जसले सोध्न सकोस !

सदाचारीता भन्दा पनि कुनै ठुलो कर्तब्य र धर्म हुन्छ र?

 

र म उत्तर बन्न चाहान्छू जो.....

आदर्सका कुरा गरेर खाईदैन भन्छन् ...

र म भन्छुँ चोरले  चोर्नुलाई आदर्स मान्दछ भने..

सदाचारिता र अनुशासन मेरो आदर्स हो।

म यही आदर्सले खान्छुँ र खाईरहेको छुँ।

र दुनियाँ आदर्सका कुराले भगवान बनिरहेको बेला

यहआदर्स ब्यबहारमा उतारेर मानिस बन्न चाहान्छुँ।

मेरो चाहना यत्ती छ बस बन्न सकुँ....

एक आदर्स र नैतिकवान राष्ट्र प्रेमी नागरीक !

Sunday, May 21, 2023

कबिता:- निदाउने कोशिश


मिति: २०७९ मङसिर १५


म अँध्यारो को अन्धकारमा,

यो सुनसान रातमा,

लाल्टिन जस्तै उज्याला तिम्रा साथहरुमा

सिरानी राखेर 

थोरै मायाका सम्झनाहरु 

मनको लड्डु सङ्गै चाखेर,

पनि त एक्लै निदाउने कोसिस गर्दैछु!


यो खाडीको रापले,

कुन जुनीको श्रापले,

ललाटमा लेखेको भाग्यरेखा बोकेर

यादहरुले तिम्रो, अनि बाध्यताले,

यो निधार बजारेर अनि ठोकेर

पनि त एक्लै निदाउने कोसिस गर्दैछु!


मन त्यतै अड्किन्छ ती नानी अनि बाबुमा

सम्झनाका तरेलीहरु सुसेलिदै आउछन,

रहदैन मन यो काबुमा!

पुगे साथीभाई, कोही शिखरमा

म त अड्किरहेछु,

लागिरहेछ कयौ बाध्यता अनि 

च्यापिएका रहरहरुको जन्जिरमा

सम्झिने बस एक छिन श्वास रोकेर,

अनि साहुको रिण अनि बन्दकी बोकेर,

पनि त एक्लै निदाउने कोसिस गर्दैछु!


तीन बर्ष अघिको भाईटिका सम्झेर,

मन आउँछ, भकभकाउछ यो छाती,

कहिलै पोखिन्छु अनि,

दिदिबहिनी अनि राखी सम्झेर,

एताको पीडा अनि घरको घाउ सम्झेर,

किन थर्थराउछ यो छाती ?

सपनीमा, देउराली भञ्ज्याङ अनि गाउँ सम्झेर,

गार्हो हुदोरहेछ, 

टाढै बसेर कमाउन पनि,

सकिदोरहेनछ एक्लै बसेर रमाउन पनि


तै पनि आमा बा को आशा भरोसा अनि 

परिवारको सपनाको लागि,

कहिलै नचुहिने छानो अनि,

दुईछाक मीठो मसिनो खानको लागि,

कयौं समुन्द्र पारीको बिरानो सहरमा,

सुखमा जिउने रहरै रहरमा

पनि त एक्लै निदाउने कोसिस गर्दैछु !

कोसिस गर्दैछु!!


Monday, February 6, 2023

म बनु

गोरख बहादुर धामी (बिचमा)
गोरख बहादुर धामी (बिचमा)

म सानै कुराले नबगु,

छोटा अनि निम्छरा,

ग्याष्ट्रीकहरु नभगु,

नजलु सानै रापले,

ठानु नसकिउला

श्रापले,

जानु, कमजोरी हुन्छन् 

ढाकिदैनन माफले,

म ठानु, म केही ठानेरै बाचु,

मनका बह, नकही सबैलाई,

हलुका मै नबही सबैलाई,

म बनु हावालाई उडाउने हावा,

म बनु लाभालाई चिस्याउने लाभा,

म के बन्न सक्दिन, सबै बन्न सक्दिन,

तर बनु असललाई पनि बन्न मन लाग्ने

असल बनु, 

पसलले किन्नै नसक्ने पसल बनु,

म बनु ! म आफै बनु,

म बनु म आफै  असल बनु!!!!

म मै बनु, मै असल  बनु,

असललाई पनि बन्न मन लाग्ने असल!!

Tuesday, December 20, 2022

कविता : त्रासद बर्षा र विकास


 बगेर जाउ या बहेर,

सम्झाएरै जाउ या कहेर,

तिम्रो आगमनले धर्ती रसिलो हुन्छ,

तिमी भित्रै भिज या सतहमै रहेर!


तिमी एक सत्य हौ,

काकाकुलको लागि आधिपत्य हौ!

खडेरीले तिमीलाई खोज्छ,

हरित बन्न बृक्षले तिमीलाई नै रोज्छ!

तिमी आउछौ, गड्याङगुडुङ गरि रौद्र रुपमा,

आह्लादित बनाउछौ, गर्मी अनि धुपमा!


उडिरहेको धुलो बस्छ,

पातपातको फोहोर खस्छ,

मलिनता भित्र पस्छ!

शालिनता प्रवेश गर्छ!

दुनियाको मैलो पखालिन्छ,

धर्ती मातामा परेका चिरा जति,

पालैपालो टालिन्छ!


तिमी व्यन्जना हौ, तृष्णाको

भनिन्छ उपहार हौ कृष्णको,

तर कहिले काहीँ धर्तिलाई छक्याउछौ,

आफ्नो धर्म सम्झेरै हो कि बिर्सेर,

कि त मनुष्यको कायापलट देखि तर्सेर,

धर्ती उछिट्याउछौ, अनि बाढी बनेर बगाउछौ!


हुन त अविरल पर्नु,

सुरु भए पछि सफा नगरी नरोकिनु,

पृथ्वीका प्रत्येक तृष्णाहरुको तृखा मेट्नु,

अनि रुखको लहरा पहरा देखि जरा भेट्नु

तिम्रो पनि त चाहना हुन सक्छ!

बेला मौका प्रेमिल बन्ने बाहना हुन सक्छ,


नपाउदा, ती जडित लहरा र जरा सङ्ग झुम्मिन,

छिरेको हुन सक्छौ, उजाड चिराहरुमा,

पृथ्विको अरिकल धमनी र शिराहरुमा,

प्रेमी नभेटिदाको पिडामा,

विवश भैदिएको हुन सक्छौ,

निरश भै दिएको हुन सक्छौ,

राक्षस पनि बन्न सक्छौ,

र तिमी हामी मनुष्य लाई देखाएरै भन्न सक्छौ!

कि मनुश्यका निर्माणहरुले,

विकास रुपी विकरालहरुले,

चाहना र श्रोत बिचका अन्तरालहरुले,

तिमी जस्ता अनुपम प्राकृतिक क्रियाहरुलाई,

प्रतिकृया दिन बाध्य पारिरहेको 

हुन सक्छ,

 तिमीले सितको सट्टामा

 आँसु झारीरहेको पनि हुन सक्छ!


पोल्छ कसैको आसुले भएङ्कर पोल्छ,

हो तिम्रो आसुले पनि हुन सक्छ,

बर्सेनि हाम्रा झुपडीहरु,

आधा आधी डुबानमा हुन्छन,

हाम्रा लालाबालाहरु, तिम्रो नाम सुनेरै रुन्छन!

तिमी आउदा रम्ने, मानिस पनि!

न आओस त्यो त्रासद मौसम भन्छ,

औला भाची भाची दिन गनि गनी!

आहालमा बस्न रमाउने चौपायाहरु,

पोहोरसाल लगातार एक हप्ता बेहालमा बस्नु परेर,

आहाल सम्झिदैनन!

अनि, अब त लाग्छ एस्तै डुबान अनि बाढी आईरहे,

पानीका माछा पनि पानी सम्झिदैनन!


यो सब कसरी किन र के भैरहेको छ?

मनुष्य एकपटक सोच्नु जरुरी छ!

दिनानुदिन प्रकृतिलाई घोच्ने हामीले,

एक्पटक हैन पटक पटक आफैलाई घोच्नु जरुरी छ!

पाखाहरुमा कुरुपता माथी शृङ्गार लेपन गरे जस्तै विकास गरेर के गर्ने?

प्रकृती तिरै फर्केर घोचौ आफैलाई,

फल अनि फुलका वृक्ष भाची

 फुलबुट्टा भरेर के गर्ने?

अक्सिजनलाई हिलाम्य पारेर तेर्स्याई,

अक्सिजनका सिलिन्डरमा बन्चराहरु बर्साई,

पृथ्वीका प्रत्येक प्राकृत सिलिन्डरहरु रितिदै छन,

सबै किसिमका श्रोतहरु सिदिदै छन,

प्रकृति उष्णताले मलिन छ

हामी कार्वन उत्सर्जनमा तल्लिन छौँ ,


सोचौं !

ठाउँ ठाउमा विनासकारी विकास ल्याएर के हुन्छ?

प्राकृतिक सम्रचना ध्वस्त पारेर!

अनि सम्वृद्दी ल्याउन बिश्वस्त पारेर,

भोलि घर खेत अनि बस्ती सारेर,

हिड्नुपर्छ!भने माया मारेर।


त्यसै भएर मनुष्य हो!

बिवेकशिल भएर बिबेक नबेची,

प्राकृतिक कृयाहरुलाई सक्दो नबिगारी

गरौ विकास!

सबैको अस्तित्वलाई स्विकारी!

त्यो बर्सातलाई रोकौ धर्ती बगाउनबाट,

फूललाई कसैले नरोकी मगमगाउनबाट!!


कविता शिर्षक : पाठ

 बिष्लेषण गर्न छोड्नु पर्छ,

स साना टुक्राहरुलाई, स साना मनहरुलाई,

र अनुभव गर्नु पर्छ जोडिएको वातावरण अनि जनजिबनलाई!

आफुलाई सुधार्न अझै बाकी छ,

मैले हेर्नू छ,चुपचाप भएर,

अनि लेख्नु छ, साना साना ठाउँ मा भएका दमनहरुलाई!


'म' भौतिक लडाई लड्न कति तत्पर बनु?

र कति सङ्ग बेसरम भएर रिपु बनु,

कतिलाई सकिएका, सकाईएका र सकिन लागेका ठानु,

हो, सकाउन त 'म'लाई पनि सकाउछन खोज्लान, दुनिया सकाउने ले,

अब निशब्द भै आफै जानूँ, आफैले आफैलाई शान्त ठानुँ!

र अरुले कसैलाई बनाउन र सकाउन सक्दैनन भन्ने जानूँ!


दैबले ठगेका निर्धनहरुलाई,

आत्मा सकिएका बेघरहरुलाई,

बालुवा बिनाका अनि छाल बिनाका बगरहरुलाई,

तन्किनै नसकिएका अनि तन्काउदा टुटेका रबरहरुलाई!

एकै मालामा उनेर पढ्न सक्नु छ,

उनीहरुको मनमा गड्न सक्नु छ!

साना साना कृयाकलापहरुमा,

कहि बिछोड अनि आलापहरुमा,

कतै का पुण्य अनि जानी नजानी भएका पापहरुमा,

कसैले लगाई दिएका नजर, अनि लागेका श्रापहरुमा

दबोचिएर दबिएको जीवन पढ्नु छ,

हो, त्यसैमा गडेरै त अघि बढ्नु छ।


'म' त्यतिमै कहाँ सकिउला र?

बिचबाटोमै कहाँ बहकिउला र?

चहकिलो रापले जिन्दगीको चिसो हटाउनु छ,

आफैले आफ्नै खुसीको लागि आफैलाई खटाउनु छ।अनि 

आफैले मह काढेर, आफैलाई हात चटाउनु छ।

यात्रा एसरी सुरु भएर पनि त खुसी हुन सकिन्छ,

चकमन्न मै त मैनबत्ती पनि आफै पग्लेर चहकिन्छ!


Thursday, March 28, 2019

आखिर किन ?


म त उनमा पनि भेडा देख्छु आखिर किन ?
जता ततै जगेडा देख्छु आखिर किन ?

सताएर हो या सताइएर हो थाहै भएन
चोखो प्रेममा पनि बखेडा देख्छु आखिर किन ?

भन्नेहरुले भन्ने गर्छन मगज अनुसारको दृस्टी
तर दुनियालाई नै हेडा देख्छु आखिर किन ?

समाज रंगभेदी छ भन्छन धेरै धेरै ले
तिनकै आखामा कचेरा देख्छु आखिर किन ?

उचाई प्राप्त गर्नेहरुको अनि देश हल्लाउनेहरुको पनि
चिहान माथि नै डेरा देख्छु आखिर किन ?



Sunday, December 23, 2018

नेपालमा पालिएका बाख्राका जातहरु (बिशेस सामाग्री )


स्थानीय जातका बाख्राहरु
नेपालमा मुख्यतया चार जातका स्थानीय बाख्राहरु पाल्ने गरेको पाईन्छ । यी चारै जातका बाख्राहरु भौगोलिक क्षेत्रका आधारमा बर्गिकरण गरिएको छ  । तराई क्षेत्रमा तराई बाख्रा, तल्लो तथा मध्य पहाडी क्षेत्रमा खरि, उच्च पहाडी क्षेत्रमा सिन्हाल तथा उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा जातका बाख्राहरु पाइन्छन् । यि स्थानिय जातका बाख्राहरु यस प्रकार छन् ।
क) तराई बाख्रा 
नेपालको तराई क्षेत्रतिर पाइने जातको बाख्रालाई तराई बाख्रा भनिन्छ । यो शुद्ध जातको बाख्रा नभएर भारतीय जातको बाखा जमुनापारीको गुणहरु जस्तैः माथि उठेकोे नाक, झुण्डिएको लामो कान भएकोले यसलाई जमुनापारिको खच्चड पनि भनिन्छ, यद्यपी यसबारे अध्ययन अनुसन्धान हुनु जरुरी देखिन्छ । 
 यो बाख्रा मझौला आकारको र विभिन्न रंगको भएता पनि प्रायः खैरो शरिरमा सेतो धर्सो रहेको हुन्छ । यो बाख्रा दूध तथा मासु दुवैको लागि उपयुक्त मानिन्छ । यसको शारिरीक तौल करिव १८ देखि ३५ किलोग्रामसम्म हुन्छ । सालाखाला १५ महिनाको उमेरमा पहिलो पटक व्याउने र खरी तथा तराई बाख्राको प्रजनन् क्षमतामा धेरै समानताहरु पाईन्छन् । गर्मी ठाउँमा पाइने जात भएकोले जाडो तथा चिसो ठाउँमा कमै पाईन्छ ।
(ख) खरी औंले बाख्रा 
मध्यपहाडि प्रदेशमा पाइने बाख्रालाई पहाडि वा खरि बाखा्र भन्ने गरिन्छ । विभिन्न ७ रंगका खरी बाख्राहरुमा कालो तथा खैरो रंगका बाख्राहरु तुलनात्मक रुपमा धेरै पाईन्छन् । प्रायः खरी बाख्राहरmमा मध्यम आकारका पछाडी वा माथीतिर फर्केका सिंग हुन्छन् । थोरै बाख्राहरु मुडुले पनि पाईएका छन् । खरि बाख्राको शारिरीक तौल साधारणतया १५ देखि २५ किलोग्रासम्म हुन्छ भने बोकाको शारिरीक तौल २५ देखि ३५ किलोग्रामसम्म हुन्छ । यो जातको बाख्रा सालाखाला १६ महिनाको उमेरमा पहिलो पटक व्याउने, साधारण अवस्थामा २ वर्षमा ३ पटक ब्याउने र प्रति बेत २ वा २ भन्दाबढी पाठापाठी हुर्काउन सक्ने क्षमता भएको हुनाले नेपालको अधिकांश भु–भागमा यो बाख्रा लोकप्रिय भएको पाईन्छ । यसको शरिर सानो र फुर्तिलो हुन्छ । यो जातको वाख्रालाई बधुवा वा चराएर पाल्न सकिन्छ ।
नेपालमा पाइने स्थानीय जातका बाख्राहरुमध्ये संख्याको हिसावले सबैभन्दा बढी भएको खरी बाख्रा पहाडी क्षेत्रमा पैmलिएको छ । हावा पानी, रोग प्रतिरोधात्मक क्षमता र औसत वृद्धिदर आदिको दृष्टिकोणबाट नेपालको पहाडी र मध्येपहाडी क्षेत्रको लागि खरी बाख्रा उपयोगी मानिएको छ । खरी बाख्राका विशेषताहरm यस प्रकार छन् ः
    स्थानीय हावापानीमा राम्रोसँग फस्टाउने,
    दुई वर्षको अवधिमा ३ पटकसम्म व्याउन सक्ने,
    रोगव्याधी कम लाग्ने, नेपालमा भित्रिएका विदेशीजातहरु भन्दा रोग प्रतिरोधात्मक क्षमता बढी हुने,
    साधारण खोरमा पनि पाल्न सकिने,
    सामान्यतया एउटा बाख्रीले एक पटकमा २ वटा पाठापाठी पाउने ।
    भिरपहरामा गई चर्नसक्ने र काँडाकुडी बढी मन पराउने,
    सन्तुलित आहारा (दाना) को त्यति आवश्यकता नपर्ने,
    पाठापाठी मृत्यूुदर कम हुने,
    मासु स्वादिलो र खँदिलो हुने,
(ग) सिन्हाल 
उच्च पहाडी क्षेत्रमा पाईने यो जातको बाख्रा बरुवाल वा भ्याङ्गलुङजातको भेडाको बथानमा चर्न रुचाउने हुन्छ । सिन्हाल जातको बाख्रा अन्य नेपाली बाख्राहरु मध्ये सवैभन्दा ठूलोे शरीर भएको बाख्रा हो । यसको छोटोे टाउको, सीधा नाक, चिसो सहन सक्ने क्षमता भएको र यसबाट केही मात्रामा पश्मिनासमेत उत्पादन गर्न सकिन्छ । वयस्क बाख्राको शारिरीक तौल ३० देखि ३५ किलोग्रामसम्म हुन्छ । सिन्हाल बाख्राहरु करीब २ वर्षको उमेरमा पहिलो पटक व्याउने, साधारणतया वर्षमा एक पटक व्याउने र एउटै पाठा वा पाठी मात्र पाउने गर्दछ । थोरै बाख्राहरुले मात्र जुम्ल्याहा पाठापाठी पाउने गर्दछन् ।
(घ) च्याङ्ग्रा
च्याङ्ग्रा हिमालय पर्वत श्रृंखलाको पछाडिपट्टि सुख्खा, बढी हावा लाग्ने, चिसो र अर्धभूमिजस्तो ठाउँमा पाइन्छ । च्याङ्ग्राले त्यस क्षेत्रमा पाइने ताल्ला भन्ने झारमा पलाएको पात, फूल, जरा र घाँसहरु खाएर जीवन निर्वाह गर्दछन् । च्याङ्ग्रा पश्मिना र नरम खालको न्यानो भुवा उत्पादनको लागि प्रसिद्ध छ । च्याङ्ग्राको शरीर वाक्लो लामो रौंले ढाकेको हुन्छ । रौंको भित्रि भागमा मसिना पश्मिना रहेको हुन्छ । यसको सानो तर लामो टाउको, सीधा नाक, साँघुरोे थुतुनो र कसिलो शरीर तथा बटारिएको सिङ्ग हुन्छ । तीव्वती तथा कश्मिरी च्याङ्ग्रा ठूलोे खालको हुन्छ भने नेपालको उत्तरी भेकमा पाइने च्यांग्रा सानो खालको हुन्छ । यिनीहरु अन्दाजी दुई वर्षको उमेरमा पहिलो पटक व्याउने, वर्षमा एक पटक व्याउने र अधिकांशले एक पटकमा एउटा मात्र पाठापाठी पाउने गर्दछन् । वयस्क च्यांग्राबाट वर्षमा ५० देखि २०० गाम सम्म पश्मिना उत्पादन हुने गर्दछ । वयस्क च्याङ्ग्राको तौल २५ देखि ३० किलोग्रामसम्म हुन्छ । यसको आफ्नो शारिरिक तौलको ३० प्रतिशत बराबर वजनको भारी बोक्न सक्ने क्षमता हुन्छ ।
स्थानीय बाख्राको विशेषता 
    नेपालमा पाइने बाख्राहरु मध्ये खरि बाख्रा करिव ५६ प्रतिशत, सिन्हाल १६ प्रतिशत, च्याङ्ग्रा १ प्रतिशत र तराई बाख्रा २७ प्रतिशतको हाराहारीमा रहेको पाइन्छ । जात, भौगोलिक क्षेत्र, शारिरीक बनावटको आधारमा स्थानीय बाख्राहरुको स्थिती निम्ननुसार रहेकोछ ।
नेपालमा पालिने विदेशी जातका वाख्राहरु
(क) जमुनापारी 
    जमुनापारी भारतमा पाइने सवैभन्दा ठूलो तथा आकर्षक जातको बाख्रा हो । भारतको जमुना, गंगा तथा चम्बल नदीहरुको बीच भाग हुँदै यो बाख्रा नेपालको तराई क्षेत्रमा आई पुगेको हो । जमुनापारी बाख्राको रंग एकनासको हुँदैन । साधारणतया सेतो रंग भएका बाख्राहरुमा कहिंकहिं गाढा रंगको चिन्हहरु हुने गर्दछ । ठूलो जीउ, लामो खुट्टा, नाकको बीच भाग उठेकोे (सुगानाके) , झुण्डिएका लामा कानहरु, छोटा र थेप्चा सिंगहरु हुनु यस बाख्राका प्रमुख शारीरिक विशेषताहरु हुन् । यस जातको बाख्र्री र बोका दुवैमा दाडी हुने गर्छ । यसको औसत जन्म तौल ४ के. जी. सम्म हुन्छ । २० देखि २५ महिनाको उमेरमा पहिलो पटक व्याउने गर्दछ । वर्षमा एक पटक व्याउने र प्राय: एकल पाठापाठी पाउने गर्दछ । मुख्यतया यो बाख्रा फाल्गुण चैत्रमा व्याउने गर्दछ । यो बाख्रा दूध र मासु उत्पादनको लागि उपयुक्त जात हो । यसले प्रति वेत १८८ दिन दूध दिने गर्दछ र प्रति वेत औसत दूध उत्पादन १५० देखि २०० ली.सम्म हुन्छ । यस बाख्राको शरीर ठूलोे भएकोले मासु भरिन धेरै समय लाग्दछ । वयस्क बोकाको जिउँदो तौल ५० देखि ६० के.जी र बाख्रीको ३० देखि ४० के. जी. हुने गर्दछ ।
(ख) बारबरी 
यो जातको बाख्राको उत्पत्ति पुर्वी अफ्रीकाको बारबरा भन्ने शहरमा भएको हो । भारतको उत्तर प्रदेशको विभिन्न भाग (आग्रा, मथुरा) मा यो जातको बाख्रा प्रशस्त पाइन्छ । चर्न त्यति मन नगर्ने भएकोले यो बाख्रा बधुवा प्रणालीमा पालन गर्न राम्रो हुन्छ । त्यसैले चरन क्षेत्र नभएका र शहरी वा शहरको वरिपरीको क्षेत्रमा बाख्रापालन गर्नको लागि यो जातको बाख्रा पाल्ने गरिन्छ ।
सानो तथा खदिलो शरीर, छोटा तथा ठाडा कान, सेतो रंगको शरीरमा साना हल्का राता वा खैरा धब्बाहरु भएको यो बाख्रा झट्ट हेर्दा मृग जस्तो देखिन्छ । बोका र बाख्री दूवैको मध्यम आकारका बाहिरतिर मोडिएका सिंग हुन्छन् । यसको औसत जन्म तौल २ के.जी. हुन्छ । १४ महिनामा २ चोटी व्याउने यस बाख्राले प्रायः जुम्ल्याहा, पाठापाठी पाउने गर्दछ । १५ देखि १६ महिनामा पहिलो पटक व्याउँछ ।
यो बाख्रा दूध र मासु दुवैको लागि पालिने जात हो । यसले प्रति वेत ६० देखि ७० लि. दूध उत्पादन गर्दछ । यसको मासु राम्रो मानिन्छ । वयस्क बाख्रीको जिउँदो तौल २० देखि २५ के. जी. र बोकाको २५ देखि ४० के.जी. सम्म हुन्छ । 
(ग) सानन् 
स्वीजरल्याण्डको दक्षिणी क्याण्टन बर्नमा पर्ने सानन् उपत्यका उत्पत्ति भएको यस बाख्रा दूध उत्पादनको लागि विश्व प्रसिद्ध छ । यो डेरी गोट मध्य सवैभन्दा ठूलो जातको बाख्रा हो । यो बाख्रा घाम सहन नसक्ने भएकोले चिसो हावापानीमा पाल्न उपयुक्त हुन्छ । सेतो वा क्रिम रंग, छोटा मसिना रौं , सीधा वा अलि थेप्चिएको अनुहार, ठाडा तथा अगाडितिर तेर्सिएका कान हुनु यसका जातिय विशेषताहरु हुन् । साधारणतया यो जातको बाख्राको सिँग हुँदैंन । यसको स्वभाव शान्त प्रकृतिको हुन्छ । बार्षिकरुपमा व्याउने यस बाख्राले प्रायः एकल पाठापाठी पाउने गर्छ ।
यस बाख्राले प्रतिवेत १५० देखि १८० दिनसम्म दूध दिने गर्दछ । सो अवधिमा औसत ३.५५ प्रतिशत चिल्लो पदार्थ भएको ६०० देखि ७०० लिटर दूध उत्पादन गर्छ । होलिस्टिन बाख्राको रुपमा चिनिने यस बाख्राले प्रतिवेत ३०५ दिनमा ३०२८ के. जी. दूध उत्पादन गरेको विश्व रेकर्ड छ । यसको बोकाको शारीरीक तौल औसतमा ९१ किलोग्राम र बाख्रीको ६८ किलोग्राम हुन्छ ।
(घ)    विटल 
    यस जातको बाख्रा भारतको पञ्जाब र हरियानामा पाइन्छ । झट्ट हेर्दा यस बाख्राको बनावट जमुनापारीसँग मिल्दोजुल्दो देखिन्छ । जमुनापारी भन्दा अलि सानो देखिने यो बाख्रा मुख्यतया कालो रंगको हुन्छ । यस बाख्राको उत्पादन क्षमता, विभिन्न हावापानीमा घुलमिल हुन सक्ने क्षमता र बधुवा प्रणालीमा पाल्न सकिने क्षमता जमुनापारी भन्दा राम्रो हुन्छ ।
    चौडा मझौला शरीर, उठेको नाक, पछाडि र बाहिरतिर फर्किएका सिंग, लामो, चौडा, र लत्रिएका पात जस्ता कान, छोटो तथा पातलो पुच्छर यसका शारीरिक विशेषताहरm हुन् । बोकामा दाडी हुन्छ तर बाख्रीमा हुँदैन । यसको जन्म तौल ३ के. जी. हुन्छ । २० देखि २२ महिनाको उमेर पहिलो पटक व्याउँछ । बार्षिक रुपमा व्याउने यस बाख्राले ५० प्रतिशत जुम्ल्याहा पाठापाठी पाउँछ ।
    यो दूध र मासुको लागि पालिने जात हो । साथै यसको छालाको गुणस्तर पनि राम्रो हुन्छ । प्रति वेत १५० के. जी. दूध उत्पादन हुन्छ । वयस्क बोकाको जिउँदो तौल ६० देखि ७० के.जी. र बाख्रीको ४६ के. जी हुन्छ ।
ङ) सिरोही 
सिरोही बाख्रा भारतको राजस्तानमा पर्ने सिरोही र गुजरातको पालाम्पुरमा पाइन्छ । सुख्खा ठाउँको लागि उपयुक्त हुने यो बाख्रा नेपालको पश्चिमी क्षेत्रमा भित्रिएको छ । यो मध्यम आकारको खदिलो जीउ भएको बाख्रा हो। मुख्यतया खैरो रंगका हुने यस बाख्राका शरीरमा हल्का वा गाढा खैरो रंगका धब्बाहरु हुन्छन् । खस्रो रौं, छोटो र तिखो नाक, लोती, लामा र कमजोर कान, छोटा, तिखा र माथि तथा पछाडितिर बाँगिएका सिंग हुनु यसका शारीरिक विशेषताहरु हुन् । यस बाख्राको जन्म तौल २.५ देखि २.७५ के.जी. सम्म हुन्छ । बोकाको जिउँदो तौल ५० देखि ७० के.जी. र बाख्रीको २५ देखि ३५ के. जी.हुने गर्छ । यसले प्रायः जुम्ल्याह पाठापाठी पाउने गर्दछ । यो बर्षको एक पटक व्याउने गर्दछ । यस बाख्राको पहिलो पटक व्याउने उमेर १९ महिना हुन्छ । यो मासु उत्पादनको लागि उपयुक्त जात हो । यसले प्रति वेत १७५ दिनसम्म दूध दिने गर्दछ तर प्रतिवेत दूध उत्पादन ७१ के. जी. मात्र हुन्छ । 
(च) बोयर
यो जातको बाख्रा सन् १९०० को दशकमा दक्षिण अफ्रिकामा विकास गरिएको हो । हाल क्यानाडा, यूरोप, केन्या, इजरायल, न्यूजिलैण्ड, अष्ट्रेलिया, चीन, श्रीलंका र भारतमा सफलतापूर्वक यस बाख्राको व्यवसाय गरिएको छ । विगत केहि वर्ष यता नेपालमा पनि अगुवा कृषकहरुले यो बाख्रा पालन शुरु गरेका छन् । नेपालको विभिन्न भौगोलिक क्षेत्रमा यो बाख्रा पाल्न आवश्यक प्रविधि विकासका लागि कृषि अनुसन्धान केन्द्र (बाख्रा) वन्दिपुरमा २०६५ सालदेखि विस्तृत अध्ययनको थालनी गरेको छ । 

सवै प्रकारका हावापानीमा घुलमिल हुन सक्ने क्षमता छ । यस बाख्रामा स्थानीय बाख्रा भन्दा बढी रोग प्रतिरोधात्मक क्षमता छ । द्यगिभ त्यलनगभ, भ्लतभचयतयहझष्ब, एचगककष्लष्अ बअष्म उयष्कयलष्लन सँगको रोग प्रतिरोधात्मक क्षमता उच्च छ । लोकल बाख्रामा यसको अचयकक गर्दा ज्थदचष्म ख्ष्नयच पनि उच्च पाइएको छ । यसको मmण्डै १०० प्रतिशत जुम्ल्याहा पाउने क्षमता छ र २ वर्षमा ३ चोटी व्याउने गर्दछ । यस बाख्रामा तुलनात्मकरुपमा छिटो परिपक्वता आउँछ । अन्य बाख्राको तुलनामा दुध छुटाउनु अघि र पछि दुवै अवस्थामा सवै भन्दा बढी बृद्धिदर छ । यसका पाठापाठीको वृद्धिदर १५० देखि ३०० ग्राम प्रति दिन पाइएको छ । यस बाख्राले १२० दिनसम्म ७ देखि ९ प्रतिशत ँबत र १७ देखि १९ प्रतिशत क्ल्ँ भएको प्रति दिन २ लि.को दरले दूध उत्पादन गर्छ । यसका पाठापाठी ६ देखि ९ महिनाको उमेरमा बेच्न योग्य हुन्छन् । यस उमेरमा ३५ देखि ४० के.जी. पुग्ने र मासुको गुणस्तर राम्रो हुन्छ । म्चभककष्लन एभचअभलतबनभ ५१ प्रतिशत र ऋबचअबकक बाट ःभबत थ्ष्भमि ६८ प्रतिशत पाइएको छ ।
२.३ नेपालमा पालिने वर्णशंकर जातका बाख्राहरु
(क) जमुनापारी क्रस (खरी ह् जमुनापारी)
शुद्ध स्थानिय खरी जातको बाख्रामा (प्रतिवेत १.८ पाठापाठी हुर्काउन सक्ने) शुद्ध जमुनापारी बोका लगाएर जन्मेको ५० ५ का सन्तानलाई (कम्तिमा ५ पुस्तासम्म नाता नपर्ने गरी ५० प्रतिशत एक आपसमा क्रस गराएर विकास गरिएको) जमुनापारी बर्णशंकर बाख्रा भन्ने गरिएको छ । यो जातको वर्णशंकर बाख्रा पहाडी भेगमा जमुनापारी भन्दा राम्रोसँग फस्टाउन सक्दछ । यो बाख्राको व्याउने अन्तर झण्डै खरी जस्तै छोटो (२८० दिन) हुन्छ । उमेर पुगेका १०० क्रस माउले प्रतिवेत १४५ वटा पाठापाठी पाउंछन् भने जमुनापारीले ११५ वटा (भारतमा १०० वटा मात्र) पाउंछन् ।
(ख) बारबरी क्रस (खरी ह् बारबरी)
    शुद्ध स्थानिय खरी जातको बाख्रामा (प्रतिवेत १.८ पाठापाठी हुर्काउन सक्ने) शुद्ध बारबरी बोका लगाएर जन्मेका ५० प्रतिशतका सन्तानलाई (कम्तिमा ५ पुस्तासम्म नाता नपर्ने गरी ५० प्रतिशत क्रस लाईन ब्रिडिङ्घ गरिएको) बारबरी वर्णशंकर बाख्रा भनिन्छ ।
    बारबरी बर्णशंकर जातका बाख्रा खासगरी नेपालको पश्चिमी मध्य पहाड र गरम उपत्यकामा बुटवल देखि पश्चिममा राम्रोसँग फस्टाउने अनुभव गरिएको छ । यस्तो वर्णशंकर बाख्रा मासुका लागि उपयोगी हुने छ ।
ग) सानन् क्रस (खरी ह् सानन्)
    यो शुद्ध स्थानिय खरी जातको बाख्रामा शुद्ध सानन् बोका लगाएर जन्मेको ५० ५ का सन्तानलाई (कम्तिमा ५ पुस्तासम्म नाता नपर्ने गरी क्रस गराएर विकास गरिएको बर्णशंकर बाख्रा हो । यो बाख्राको व्याउने अन्तर झण्डै खरी जस्तै छोटो (२८० दिन) हुन्छ । सानन् वर्णशंकर मध्य पहाडी क्षेत्रमा पाल्न उपयुक्त हुन्छ । यसको दूध उत्पादन क्षमता जमुनापारीभन्दा राम्रो पाइएको छ ।
उपयोगिताको आधारमा बाख्राको जातिय  वर्गिकरण 
    उपयोगिताको आधारमा
(क)    मासु उत्पादनको लागि – वारवेरी, खरी, व्ल्याक बंगाल, अफ्रिकन वोयर, माउटाउ, आदि ।
(ख)    दूध उत्पादनको लागि – सानन, नुवियन, डामास्कस, अल्पाइन आदि ।
(ग)    ऊन वा रौं (पश्मिना) उत्पादनको लागि –च्याङ्ग्रा, कश्मिरी सोभियत डाउन आदि ।

Reference: पशुपालन पुस्तिका 
> विभिन्न अनलाइन श्रोतहरु 

Saturday, December 22, 2018

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

परिचय : 
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधिक तथा उत्पादन सामग्रीको व्यवस्था, बाली/वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप मार्फत  कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पना परियोजनाले गरेको छ । यो परियोजना स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति  कार्यान्वयनको सहयोगी  परियोजना  हो।  नेपाल सरकार मन्त्रिपरिषद्बाट  स्वीकृत भई आ.व. २०७३/७४ देखि देशभर सञ्चालित छ ।

सोच :
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दीगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने ।
लक्ष्य :
समग्र कृषि मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्पmत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरणमा उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरी राष्ट्रको समग्र विकासमा टेवा पु¥याउने ।
उद्देश्य :
क) प्रमुख कृषि उपजह?को विशिष्टिकृत क्षेत्रहरु निर्माण गर्ने 
ख) निर्यातयोग्य कृषि वस्तुहरुको मूल्य अभिबृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफाम’खी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, र
ग) बहुसरोकारवाला निकायह?बीचको कार्यमरुलयक समन्वय मार्पmत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने ।
रणनीतिहरु
ङ) भूमिको वैज्ञानिक उपयोग
च) आधुनिक कृषि प्रविधिहरुको अबलम्बन
छ)  कृषिमा यान्त्रिकरण
ज)  कृषि उपजहरुको प्रशोधन तथा बजारीकरण पूर्वाधारहरुको विकास
झ) कृषि अनुसन्धान, शिक्षा, प्रसार प्रणालीको सुदृढ समन्वय एवं आधुनिकीकरण
ञ) प्रतिफलमा आधारित प्रोत्साहत प्रणालीको अबलम्बन
ट) गुणस्तर नियन्त्रण तथा खाद्य स्वच्छता अभिबृद्धि
ठ) वातावरण परिवर्तन अनुकूलित कृषि प्रणाली अबलम्बन परियोजनाका सम्भागहरु
ड) साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम
ढ) व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम
ण) व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम
त) बृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम

परियोजना सञ्चालनको अवधारणा
१) कृषियोग्य जमीनको चक्लाबन्दी
२) विशिष्टिकृत व्यावसायिकरण
३) उन्नत प्रविधि र गुणस्तरीय पूर्वाधार विकास
४) अन्तर्राष्ट्रिय रुपमा बजारमा प्रतिस्पर्धी कृषि र औद्योगीकरण
५) उपलब्धीमा आधारित सहजीकरण

अपेक्षित उपलब्धी
१) परियोजना सञ्चालनको प्रथम वर्षमा प्रत्येक जिल्लामा भौ गोलिक सम्भाव्यता तथा स्थानीय आवश्यकताका आधारमा छानिएका कम्तिमा १० हेक्टर क्षेत्रफलका तोकिएका जिल्लामा तोकिएका संख्या गरी कम्तिमा २१०० साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)हरु, प्रत्येक जिल्लामा १०० हेक्टरका २ वटा गरी कम्तिमा १५० व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) हरु स्थापना भएको हुनेछ । त्यसैगरि, तोकिएका ३० जिल्लामा ५०० हेक्टर क्षेत्रफलका कम्तिमा ३० कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) हरु स्थापना गरिनेछ . प्रत्येक प्रदेशमा एक हजार क्षेत्रफलका कम्तिमा ७ वटा बृहत कृषि उत्पादन तथा औद्योगिक क्षेत्र (सुपर जोन) स्थापना भएको हुनेछ ।
परियोजना अवधिभरमा यस्ता पकेट, ब्लक, जोन र सुपरजोनको संख्यामा सम्भाव्यता र औचित्यताकाआधारमा क्रमशः बृद्धि गर्दै कम्तिमा १० हजार पकेटहरु, १५०० ब्लकहरु, ३०० जोनहरु र २१ सुपर जोनहरु स्थापना भएको हुनेछ । प्रथम वर्षमा छानिएका १८ वटा बाली/वस्तुहरु ४२ हजार ३०० हेक्टरमा खेती भइ करिब ४ लाख ७७ हजार मे.टन उत्पादन हुने अनुमान गरिएको छ ।
२) आगामी ३ वर्ष भित्र प्रमुख खाद्यान्न बालीहरु (धान, गहुँ,मकै)मा आगामी २ वर्ष भित्र तरकारी बाली र माछामा र ७ वर्ष भित्र प्रमुख फलफूल बालीमा आत्मनिर्भर भएको हुनेछ ।
४) परियोजनाको प्रथम वर्षमा करिब ८ लाख ७) हजार आंशिक र ४३ हजार ५०० स्थायी रोजगारी सृजना भएको हुनेछ .परियोजनाको अन्तिम वर्षमा करिब ५ लाख १० हजार आंशिक र २५ हजार ५०० स्थायी रोजगारीको संख्या कायम रहनेछ .
५) हालको मूल्यमा परियोजना सञ्चालनको प्रथम वर्षमा कुल लगानी करिब ५ अर्व ७८ करोडबाट मूल्य अभिबृद्धि सहित करिब २६ अर्व ८ करोड मूल्य बरावरको र परियोजना अवधिभरमा कुल लगानी करिब १ खर्व ३० अर्वबाट मूल्य अभिबृद्धि सहित करिब २० खर्व ९५ अर्ब ७५ करोड मूल्य बरावरको रकम कुल गार्हस्थ उत्पादनमा योगदान पुगेको हुनेछ जसबाट कृषि विकास रणनीतिको पहिलो !) वर्षको लक्ष्य हासिल गर्न महत्वपूर्ण सहयोग पुग्नेछ ।
६) आगामी ३ वर्षभित्र प्रमुख खाद्यान्न बालीहरु (धान, गहँँ, मकै) आगामी २ वर्षभित्र तरकारी बाली र माछामा तथा ७ वर्ष भित्र प्रमुख फलफूल बालीमा आत्मनिर्भर भएको हुनेछ ।
परियोजना निर्देशक समिति
कृषि विकास रणनीति कार्यान्वयन समितिले प्रधानमन्त्री
कृषि आधुनिकीकरण परियोजनाको हकमा परियोजना निर्देशक
समितिको रुपमा कार्य गर्नेछ । यसको अध्यक्षता माननीय कृषि
विकास मन्त्रीले गर्ने व्यवस्था छ ।

परियोजना कार्यान्वय समिति
कृषि विकास रणनीतिमा केन्द्रिय कृषि विकास कार्यान्वयन समिति नै यस परियोजनाको कार्यान्वयन समिति हुनेछ ।
 छनौट गरिएको मूल्य श्रृंखला
आ.व. २०७३/७४ मा १८ वटा मूल्य श्रृंखलामा परियोजनाले लक्षित गरेको छ . ति मूल्य श्रृंखलामा धान, गहुँ, मकै, आलु, माछा, तरकारी, मकै बीउ, स्याउ, अदुवा, बेसार, अलैंची, सुन्तलाजात फलफूल, आँप, जुनार, जैतुन, सिमी, किवी, केरा र भटमास रहेका छन् । आगामी वर्षमा यी मूल्य श्रृंखलाहरु क्रमशः थपिंदै जानेछन् ।
श्रोत : प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजनाको  वेबसाइट 
यस सम्बन्धमा भिडियो सामाग्री हीर्नुहोस......

Thursday, December 20, 2018

टुटा एब्सोलुटा र यसको नियन्त्रण - Tuta absulata infestation in Tomato and its control

गोलभेँडा एउटा नगदे बाली हो । गोलभेँडामा सिजन अनुसार बिभिन्न खाले रोग र किराहरूले दुख दिने गर्दछन् । हालै एउटा नया र अत्यन्त घातक कीरा Tuta absoluta, टुटा एब्सोलुटा, नामक कीरा नेपाल भित्रिएको र काठमान्डु क्षेत्र वरिपरि फैलिएको छ । यो कीराको उत्पत्ति दक्षिण अमेरिकामा भएको हो (आलु गोलभेँडा जस्ता बाली पनि उतै उत्पत्ति भएका हुन) । यो कीराले गोलभेँडा लगायत आलु, भण्टा जस्ता बालीलाइ आक्रमण गर्न सक्दछ । टुटा एब्सोलुटा लाइ आलु वा गोलभेँडा को पात खनुवा Leaf miner भनेर चिनिन्छ । टुटा एब्सोलुटा तथा आलुको दानामा लाग्ने कीरा, Phthorimaea operculella, र संचित अनाजमा लाग्ने पुतला किरा Sitotroga cerealella कीराको पुतलि समुह order Lepidoptera को एउटै परिवार Gelechidae का सदस्यहरू हुन ।
गोलभेँडा को पातमा अन्य कीराले पनि किरिमिरि परेको सुरूङ बनाउदछन् र तिनिहरूलाइ पनि पात खनुवा (Leaf miner) भनिन्छ । अन्य पात खनुवा कीरा र टुटा एब्सोलुटा को नोक्सानीको प्रकृति फरक हुन्छ । टुटा एब्सोलुटा पात खनुवा कीराले बालीको पातको भित्र पसेर पातको हरियो पदार्थ खाँदै गर्दा पातमा सेता धर्साको सट्टा सेता धब्बाहरू देखिन्छन् | यस्ता धब्बा भित्रको भागमा कीराको लार्भा भेटिन्छन् ।
हाम्रो जस्तो कमजोर क्वारेन्टिन कार्यक्रम भएको देशमा यो कीरा छोटो समयमा नै देश भरि फैलने छ । तसर्थ, यसको आइपीएम् प्रविधि मार्फत ब्यवस्थापनकालागी अनुसन्धान र प्रसार कार्य अपनाउनु पर्दछ ।
कीराको जिवन चक्र
———————-
टुटा एब्सोलुटा ले पातको तल्लो सतहमा वा बढदै गरेका मुना, डाँठ तथा कलिला फलका भेटनामा सानो, लाम्चो, धमिलो सेतो रंगको फुल पार्दछ । फुलबाट निस्किएको लार्भाको टाउको कालो र शरीर सुरूमा सेतो भए पनि पछि हल्का हरियो वा गुलाबी रंगमा फेरिने गर्दछ । पुर्ण विकशित लार्भा पातबाट जमीनमा झर्दछ र प्युपामा परिणत हुन्छ जसबाट पछि माउ पुतला निस्कन्छ । माउ पुत्ला निकै सानो, करिब ७ मिलिमिटरको, खैरो वा ध्वाँसे रंगको हुन्छ |
source: slideshare.com
यो कीरा कसरी फैलन्छ?
—————————-
टुटा एब्सोलुटा सानो, तर पखेटा भएको पुत्ला कीरा हो । तसर्थ, ओल्लो पल्लो खेतबारीमा आफै पनि फैलन्छ । तर एउटा देश बाट अर्को देश, एउटा क्षेत्र बाट अर्को क्षेत्रमा भने मानविय गतिविधीका कारण फैलन्छ । खास गरेर टुटा एब्सोलुटा ले फुल पारेका वा त्यसका लार्भा, प्युपा संक्रमित गोलभेँडा का बेर्ना वा फलको ओसार पसार गर्दा यो कीरा लामो दुरी फैलन्छ । यस्तै संक्रमित गोलभेँडा आयात गर्दा यो कीरा भारतबाट नेपाल प्रवेश गरेको हो ।
नियन्त्रण विधी
——————
कुनै विनाशी जीव नपुगेको क्षेत्रमा त्यस्ता विनाशी प्रवेशमा रोक लगाउने उद्देश्यका साथ क्वारेन्टीन कार्यक्रम संचालन गरिन्छ । देश भित्र टुटा एब्सोलुटा किरा प्रवेश गरि सकेको काठमान्डु उपत्यका तथा आसपासका क्षेत्रमा फैलिइ सकेको सन्दर्भमा यसलाइ फैलन नदिन आन्तरिक क्वारेन्टीन कार्य प्रभावकारी रूपमा संचालन गरिनु पर्दछ । खास गरेर, कीरा फैलिइ सकेको काठमान्डु उपत्यका र आसपासका क्षेत्रबाट बेर्ना तथा गोलभेँडा अन्य क्षेत्रमा लैजानु हुदैन । तर सर्वसाधारणमा यो कीराको बारेमा जाकारीको अभावमा कीरा संक्रमित बेर्ना र फलको ओसार पसार सरल छैन । अहिलेको हाम्रो कार्य क्षमता र कार्य पद्दती हेर्ने हो भने आन्तरिक वा वाह्य क्वारेन्टीन खासै आसलाग्दो छैन । धेरै वर्ष अगाडी काठमानडुमा मा देखा परेको काउली बन्दाको जरामा गाँठा बनाउने रोग आन्तरिक क्वारेन्टीनको अभावमा देशभरि फैलिएको थियो ।
रसायनिक विषादी टुटा एब्सोलुटा लाइ विभिन्न संपर्क कीटनाशक विषादी, खास गरेर पाइरेथ्व्राइड समुहका विषको प्रयोग गरि नियन्त्रण गर्ने प्रयास गरिएको पाइन्छ । यस्ता विषादीको निरन्तर प्रयोग गर्दा एकातिर बालीमा रहेका लाभदायक कीराहरू पनि मर्ने र अर्को तिर टुटा एब्सोलुटा ले त्यस्ता विषादी पचाउने क्षमता विकाश गर्ने संभाना बढ्दछ । तसर्थ विषादी प्रयोग होशियारी पुर्वक गरिनु पर्दछ ।
मोहनीपासो अर्थात फेरोमोन ट्र्याप मा प्राय कीराका भाले लाइ आकर्षित गर्न पोथी कीराले त्पादन गर्ने रसायनलाइ ब्यवशायिक रूपमा उत्पादन गरि भाले कीरालाइ लठ्याउन प्रयोग गरिने उपाय हो । यस्ता पासोको उपयोग बाट क) कुनै क्षेत्रमा यस्ता विनाशी जिव स्थापित भए नभएको पत्ता लगाउन (Pest Detection) ख) विनाशी जिव स्थापित भैसकेको स्थानमा ऋतु परिवर्तन सँगै किराहरुको संख्यात्मक उतार चढाव अध्ययन गर्न (Pest population monitoring), ग) विनाशी कीरा नियन्त्रण (Pest control) र घ) विनाशी उन्मूलन (Pest Eradication) गर्न प्रयोग गर्न सकिन्छ । कीराको गतिविधि बढे घटेको अनुगमन गर्नुका साथै कीरा नियनत्रण समेत गर्न सकिन्छ । हाम्रो सन्दर्भमा यस्ता मोहनि पासोको मुल्यलाइ ध्यानमा राख्दा यसलाइ कीराको उपस्थिति पत्ता लगाउन र तिनीहरूको संख्यात्मक उतार चढावको अध्ययन गर्न प्रयोग गर्न सकिन्छ ।
जैविक नियन्त्रण प्रकृतिमा हरेक जिवका शत्रु तथा मित्रहरू पाइन्छन् । बाली बिरूवामा लाग्ने विनाशी जिवका पनि प्राकृतिक शत्रुहरू हुन्छन् । यस्ता शत्रुहरूलाइ रोग ब्याधि उत्पन्न गराउने सुक्ष्म जिव (Pathogen) , शिकारी जिव (Predator) र परजिवि जिव (Parasitoid) गरि तीन कोटीमा बाडन सकिन्छ । यस्ता प्राकृतिक शत्रुहरूको प्रयोग गर्दै गरिने विनाशी नियन्त्रण पद्दतीलाइ जैविक नियन्त्रण भनिन्छ । यो विधि अर्गानिक कृषिमा समेत स्विकृत छ ।
सामान्यतया यस्ता अवान्छित आगन्तुक (invasive) कीरा नियन्त्रणकालागि तिनिहरूको उद्गम स्थलबाट तिनिहरूलाइ आक्रमण गर्ने प्राकृतिक शत्रुहरूलाइ भित्र्याउने गरिन्छ । यस्ता विनाशी कीराका शत्रुहरूलाइ हाम्रा मित्र कीराको रूपमा चिनिन्छ । तर टुटा एब्सोलुटा को नियन्त्रणका लागी भने यस्तो यस्ता मित्र कीरा भित्र्याइएको पाइदैन, बरू रैथाने प्राकृतिक शत्रुहरूको खोजमेल गरेको पाइएको छ । नेपालमा पनि कीराको जैविक विविधता प्रशस्त मात्रामा रहेकोले हाम्रा रैथाने कीराहरूले नै यसलाइ आक्रमण गर्न सक्दछन् । तसर्थ, कुन कीराले कति मात्रामा यसलाइ नियनत्रण गर्न सघाउँछ भन्ने अनुसन्धानलाइ प्राथमिकमताका साथ अगि बढाउनु पर्दछ ।
जैविक विषादी (Bio-pesticide):
———————————–
कीरामा रोग ब्याधि उत्पन्न गराउने उद्देश्यले प्रयोग गरिने शुक्ष्म जिवयुक्त उत्पादनलाइ जैविक विषादी भनिन्छ । टुटा एब्सोलुटा पुतली समुहको कीरा हो । पुतली समुहका कीराका लार्भालाइ बी टी (अर्थात बेसिलस थुरिन्जिएन्सिस) को प्रयोग बाट नियन्त्रण गर्न सकिन्छ । त्यस्तै कीरामा रोग उत्पन्न गराउने मेटारिजियम, बोभेरिया जस्ता ढुसीहरू बाट बनाएको जैविक विषादीबाट पनि यसको नियन्त्रणमा सहयोग पुगेको बताइन्छ । यस्ता जैविक विषादी कीराका प्राकृतिक शत्रु किरालाइ बढि सुरक्षित मानिन्छ ।
शिकारी कीरा (Predator)
प्रकृतिमा पाइने केही मांशाहारी कीराहरूले उनीहरूको जिवनयापनका लागी विभिन्न खाले कीराहरूको शिकार गर्दछन् । सुन्टिकी (Lady bird beetle), क्राइसोपा, मांसाहारी पतेरा लगायत धेरै प्रकारका कीराहरूले अन्य साना कीराको शिकार गर्दछन् ।
टुटा एब्सोलुटा कीरा नियन्त्रणमा अन्य देशहरूमा कीराको मिरिडी परिवार (Family Miridae) अन्तर्गत पर्ने Macrolophus, Nesidiocoris, Cyrtopeltis जस्ता जातीका कीराहरू प्रयोग गरिएको पाइएको छ । यी कीराहरूले कीराको साथसाथै बाली विरूवाबाट पनि रस चुस्दछन् । कहिलेकाही यिनीहरूको संख्या यति धेरै भै दिन्छ, तिनीहरुले नै बालीलाइ नोक्सान पुर्याउन सक्दछन् । विदेशमा गरिएको एउटा अध्ययनमा यस्ता शिकारी कीराले गोलभेँडा को सेते किरा (Whitefly) नियन्त्रणमा महत्वपुर्ण भूमिका खेल्यो, तर सेते कीराको अभावमा गोलभेडालाइ नै नोक्सानी षुर्यायो ।
केही बर्ष अघि पोखरा आसपास क्षेत्रका किसानको प्लास्टिक घरमा गरिने गोलभेडा उत्पादनको अनुगमन गर्ने सिलसिलामा यसै समुहको पतेरो कीरा भेटिएको थियो । सो पतेरोको आक्रमण पछि गोलभेडाको कलिलो डाँठमा एक प्रकारको खैरो घेरा देखा पर्दछ त्यसमाथीको मुन्टाको बृध्दि सुस्ताउद्छ । घेरा परेको ठाउँमा डाँठ कमजोर हुन्छ र सजिलै भाँचिन्छ । सो पतेरो कीराले टुटा एब्सोलुटा को फुल र लार्भालाइ आक्रमण गर्छ की गर्दैन, अध्ययन गर्नु जरूरी छ ।
परजिवि कीरा (Parasitoid)
——————————-
टुटा एब्सोलुटा लाइ यसको फुल, लार्भा तथा प्युपा अवस्थामा आक्रमण गर्ने विभिन्न परजिवि कीराले आक्रमण गरेको पाइएको छ । तिनिहरुमा सबै भन्दा महत्वपुर्ण भूमिका फुलका परजिवि कीराको रहेको छ । पुतलीका फुलमा आक्रमण गर्ने कीरामा ट्रीकोग्रामा जातीका कीरा सबै भन्दा महत्वपुर्ण मानिन्छन् । टुटा एब्सोलुटा को फुललाइ पनि ट्रिकोग्रामाका बिभिन्न प्रजातीले आक्रमण गर्न सक्दछन्, तर ट्रिकोग्रामा एकेइय (Trichogramma achaea) ले अन्य जाती भन्दा बढी प्रभावकारी भएको बताइन्छ ।
हामीले मध्य पहाडी क्षेत्र, स्याँग्जा, तनहु र कास्कीका विभिन्न भागमा गोलभेँडा को पातको गबारो किराको शत्रुहरूको सर्भे गर्दा सो गबारोको फुललाइ ट्रिकोग्रामा ले आक्रमण गरेको पाएका थियौं । सो ट्रिकोग्रामा को जाती पहिचान गराउदा ट्रिकोग्रामा एकेइय प्रजाती भएको बताइएको थियो । तसर्थ, स्वदेशमा नै पाइने यो ट्रिकोग्रामा किरालाइ टुटा एब्सोलुटा को बिरूध्द उपयोग गर्न थप अनुसन्धान गर्नु पर्दछ ।
Source: online